समृद्धि फाइनान्सको पोखरामा निःशुल्क स्वास्थ्य जाँच, २६४ जनाले लिए सेवा
काठमाडौं । समृद्धि फाइनान्सले शनिबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा शाखा कार्यालयद्वारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका– ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा भएको स्वास्थ्य जाँचमा २६४ जनाले निःशुल्क सेवा लिएका छन् । निःशुल्क स्वास्थ्य जाँचमा वडा ४ का वडाध्यक्ष देवकृष्णा पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिमा स्वास्थ्य सहरी केन्द्र पोखरा महानगरपालिका– ४ का सदस्य सुजन पौडेल, पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरका अध्यक्ष पुरुषोत्तम सुवेदी रहेका थिए । डा. अनुप बराल र डा. प्रतिभा तिमिल्सिनाले स्वास्थ्य जाँच गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गरिरहेको छ ।
एक्समा विनोद चौधरीको शक्ति प्रदर्शन, मोदीको सपथमा भाग लिन निम्तो
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सपथ ग्रहण कार्यक्रममा आफूलाई निम्ता आएकोमा नेपाली काँग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले सगौरभ सार्वजनिक गरेका छन् । उनले आफूलाई आएको निम्ताे सार्वजनिक गर्दै प्रधानमन्त्री मोदी र उनको मन्त्रिमण्डललाई बधाई दिएका छन् । नेपालबाट प्रधानमन्त्री र व्यवसायी विनोद चौधरीलाई बाहेक निम्ता गरिएको छैन । नेपालको कानुनले नेपालीलाई विदेशमा लगानी गर्न बन्देज गरेको छ । तर, कानुनी व्यवस्था छल्दै चौधरी र उनका परिवार सदस्यहरुले भारतमा ठूलो लगानी गरेका छन् । विदेशी लगानीकर्ता र आफ्ना हितैसीको रुपमा मोदीले चौधरीलाई सपथ ग्रहण समारोहमा निम्ताे गरेको अनुमान गरिएको छ । सामान्यत: कुटनीतिक क्षेत्रमा निमन्त्रणा कार्ड/पत्रलाई सार्वजनिक गरिँदैन । तर, चौधरीले आफ्नो भारतीय सत्तासँगको सम्बन्ध र शक्ति प्रदर्शन गर्न निमन्त्रणा कार्डलाई सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । सरकारी जग्गा अतिक्रमणको अभियोगमा उनलाई दुई महिनाअघि मात्र नेपाल प्रहरीले बयान लिएको थियो । यस्तै, प्रकृतिको मुद्दामा नेपालका अरु व्यवसायी प्रहरी हिरासतमा बस्न बाध्य भएका छन् । तर, चौधरीले शक्तिको प्रयोग गरेको र प्रहरी हिरासतमा बस्नबाट मुक्ति पाएको टिप्पणी हुने गरेको छ । निमन्त्रणा कार्ड सार्वजनिक गर्नु अघि उनले आफू र आफ्ना २ भाइ छोराहरुले प्रधानमन्त्री मोदीलाई भेटेको तस्बिरहरु एक्स (ट्वीट)मा पोष्ट गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण कार्यक्रममा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारत प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी साेमबारसम्म भारतमा रहनेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिने कार्यक्रम छ । कार्यक्रममा भाग लिन भारतीय सरकारले नेपाल, भुटान, बंगलादेशसहित छिमेकी देशका सरकार प्रमुखलाई निम्ताे गरेकाे छ । सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।
काठमाडौंमा फेरि अर्को ठूलो सहकारी ठगी, अध्यक्ष र सचिवको हातमा हतकडी
काठमाडौं । काठमाडौंमा फेरि अर्को ठूलो सहकारीको बचतकर्ताको रकम अपचलन गरेको विषय बाहिरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्क्वायर सहकारीको रकम हिनामिना गरेको भन्दै संस्थाका केही पदाधिकारीलाई पक्राउ गरेको हो । काठमाडौंको मखनमा सञ्चालनमा रहेको उक्त सहकारीले बचतकर्तालाई उच्च ब्याज दिन्छु भनेर अन्ततः रकम अपचलन गरेपछि उजुरीका अधारमा प्रहरीले पक्राउ गरेको हो । सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिकरत्रैमासिकरवार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक(पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले उजुरीका आधारमा पक्राउ गरिएको सीआईबीको भनाइ छ । सीआईबीले संस्थाका अध्यक्ष बाशु देव मान जोशी, संस्थाका सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछैंलाई पक्राउ गरेको हो । उनीहरुले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन गरेको प्रहरीको आरोप छ । आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरि बचतकर्ताहरुको आरोप छ । उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।
युनाईटेड मोदी हाइड्रोको १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, ४ सञ्चालक निर्वाचित
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आइतबार काठमाडौंमा रहेको कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गुरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत भएको छ । सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित मेवा खोला जलविद्युत आयोजना (५० मे. वा.) (आयोजना) मा लगानी गर्नका लागि विद्युत नियमन आयोगद्वारा मिति २०८०/१०/२२ मा दिएको सहमति बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ०५ लाख रुपैयाँ बमोजिमको सेयर संख्या १ करोड २३ लाख ५ हजार कित्ता सेयर बराबर सेयरका दरले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हकप्रद सेयर निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा निष्काशन पश्चात चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने तथा सो सम्बन्धि आवश्यक कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने, हकप्रद शेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय, लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
एलिट क्यापिटलले हकप्रद सेयर जारी गर्ने
काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीका नाममा सार्वजनिक सूचना जारी गरेको छ । हाल संस्थापकहरूका लागि मात्र निष्कासन गरिएको हकप्रदमा १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद निष्कासन गरिएको हो । यदि कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै विद्यमान अन्य सेयरधनीले खरिदको अवसर पाउने कम्पनीले जनाएको छ । यो हकप्रद निष्कासनपछि एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रदपछि संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत सेयर सर्वसाधारणलाई आईपीओमार्फत बिक्री गरिने कम्पनीको भनाइ छ । साथै, क्यापिटलले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको रूपमा पनि काम गर्ने तयारी गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । कम्पनीेले मर्चेन्ट बैंकिङसम्बन्धी पूर्ण सेवा दिने क्रममा एलिट क्यापिटलले बिक्री प्रबन्धक र सेयर रजिष्टारको सेवा पनि दिने तयारी गरेको छ । तर, धितोपत्र बोर्डले बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारकाे इजाजतपत्र दिन रोकेका कारण सेवा दिन नसकिएको कम्पनीले जनाएको छ ।
बैंकिङ फ्रड : कसले गर्छ, कसरी गर्छ ?
जलसाज (फ्रड) भनेको नभएका झुटा कुरा गरेको वा भएको भनि मिति अङ्क व्यहोरा आदी फरक पारी लेखेर सही छाप गरि लिने वा दिने काम हो । त्यसैगरि झुटो काम वा व्यवहारद्धारा अरुलाई छकाउने वा ढाँट्ने काम, छलकपट वा धुर्तता, बेइमानी गरि आर्थिक प्रलोभन र फाइदा लिने कार्यलाई जलसाज भनिन्छ । विश्वमा फ्रड इशापूर्व ३०० मा दुई ग्रिक समुन्द्री व्यापारीहरु हेजेस्टाटोस र जेनोस्थेमिसले आफ्नो जहाज र कार्वोमा एकतल्लो भाग बीमा नीति लिएर आफूलाई समृद्ध बनाउने योजना बनाएर फ्रड तथा जालसाज गरेको घटनलाई नै संसारको पहिलो धोकाधडी, जालसाज तथा फ्रड हो । नेपालमा पहिलो फ्रडको सुरुवातको मिति स्पष्ट तथा यकिन नभए पनि पुरापूर्व कालदेखि नै फ्रडहरू हुने गरेको विभिन्न इतिहासमा उल्लेख छ । बिशेष गरि बैंक तथा वित्तीय संस्था तथा लघुवित्त संस्थामा पछिल्लो समयमा विभिन्न किसिमका नयाँ–नयाँ फ्रड तथा जालसाजहरू बढ्दो मात्रामा देखिएका छन् । बैंक वित्तीय संस्थामा देखिने गरेको करोडौं तथा अर्बौंको फ्रड लघुवित्तमा देखिने सम्भावना न्यून हुन्छ । किनभने लघुवित्त संस्थामा स-सानो कारोबार हुन्छ । तथापि आवश्यक समयमा चेकजाचँको कमी, नियमित सुपरिवेक्षण तथा कमजोर आन्तरिक नियन्त्रण संयन्त्रको अभावमा लघुवित्त संस्थाहरुमा पनि विभिन्न किसिमका फ्रडहरु हुने गरेको देखिन्छ । यस किसिमका फ्रडमा बिशेषगरि लघुवित्तकै सदस्यहरु, कर्मचारीहरु र सदस्य तथा कर्मचारी वाहेक अन्य व्यक्तिहरु अर्थात थर्ड पार्टीबाट पनि फ्रड हुने गरेको विभिन्न लघुवित्तका घटनाहरुले देखाएका छन् । यस किसिमको फ्रडहरु लघुवित्त वित्तीय संस्थाले समयमै पता लगाई निराकरणको लागि आवश्यक संयन्त्रको निमार्ण गर्न अति नै आवश्यक छ । त्यसैगरि फ्रडहरूको संख्या तथा मात्रालाई समयमै पता लगाउन नसकेर कपितय वित्तीय संस्था घाटामा जाने तथा कतिपय संस्था नाजुक अवस्थामा पुगेको देखिन्छ । लघुवित्त संस्थामा अन्य क्षेत्रजस्तो फ्रडको मात्रा नदेखिए पनि भविष्यमा हुन सक्ने सम्भाव्यतालाई समयमै निराकरण, नियन्त्रण गर्न नसके कतिपय अवस्थामा यसबाट ठूलो दुर्घटना हुन सक्ने वा वित्तीय संस्थालाई ठुलो चुनौतिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । फ्रड तथा जालसाजलाई पत्ता लगाउन नसक्दा घरमा दुध खान बिरालो आउने र दुधलाई खान प्रयास गर्ने तथा कहिले काहीँ दुध खान सफल पनि हुने र बिरालोलाई धपाउन खोज्दा पटकै पिच्छे बाटो परिवर्तन गर्दै भाग्न सफल हुने गरेको अर्थात बिरालोले दुध खाने संभावना जहिले पनि रही रहने अवस्था रहन सक्छ । यदि घरमा बिरालो आउनसक्ने सम्भावित बाटोहरु नै बन्द गर्न सके बिरालो घरभित्र छिर्न नसक्ने र दुध सधंैभरि बिरालोबाट सुरक्षित राख्न सकिने जस्तै लघुवित्त वित्तीय संस्थामा हुन सक्ने फ्रड तथा जालसाजलाई समयमै पता लगाई यसलाई न्यूनिकरण तथा निराकरण गर्न तर्फ लघुवित्त संस्था अग्रसर हुनु आवश्यक छ । दुधलाई सुरक्षित गर्न घरमा आउँदा बिरालो धपाउनुको साटो बिरालो आउन सक्ने सम्भावित बाटोहरु नै बन्द गर्नु नै उत्तम विकल्प भएझैँ लघुवित्त वित्तीय संस्थामा हुनसक्ने फ्रडको अवस्थालाई अाँकलन गरि फ्रडरहित कारोबारको लागि प्राथमिकता प्रदान गर्दा उत्तम अवस्थालाई मध्य नजर गरि फ्रडलाई पता लगाउन र न्यूनीकरण गर्नको लागि केहि महत्पुर्ण उपायहरू यहाँ प्रस्तुत गरिएका छन् ।लघुवित्त संस्थाहरुमा फ्रडका पात्रहरु मुख्यगरि कर्मचारी, सदस्य र बाह्य व्यक्तिहरु हुने गर्दछन् । कर्मचारीबाट हुने फ्रड -विभिन्न सामाग्रीहरु कम मुल्यमा खरीद गरेर बढी मूल्यको बिल अर्थात नक्कली बिल बनाउने, नक्कली तथा बनावटी कागजपत्र मिलाई वित्तीय संस्थाको नगद हिनामिना गर्ने (जस्तै कर्जा नक्कली कर्जा मागपत्र, नक्कली तमसुक, नक्कली बचत निकासा तथा भर्पाई आदी ।) -भाखा नाघेको कर्जा लुकाउने, फर्जी लगानी तथा असुली देखाई सतप्रतिशत असुली देखाउने । -एक सदस्यको खाताबाट सदस्यलाई थाहा नदिई रकम निकासा गरि अर्को सदस्यको खातामा चढाउने तथा उक्त रकम सदस्यबाट असुली गरि केहि हदसम्म रकम आफै चलाउने वा अपचलन गर्ने । -भाखा नाघेको सदस्यहरुबाट किस्ता तथा ब्याज रकम असुली गरि असुली गरेको सबै रकम सदस्यको खातामा जम्मा नगरी केही रकम स्वयं आफैंले परिचालन गर्ने । -बैंक तथा भल्टभित्र पुरै नगद देखाई भल्ट भित्रको केही मात्राको नगद रकम कर्मचारीले चलाउने । -सदस्यको हिसाब किताब सही नराख्ने, एक जनाले तिरेको रकम अन्यमा देखाउने तथा फर्जी कर्जा बचत देखाई केही रकम आफंैले चलाउने । -केन्द्रको कलेक्सनसिट वा पासबुकमा र कार्यालयको कलेक्सनसिटमा रकम फरक–फरक उल्लेख गरि केही रकम अपचलन गर्ने । -सदस्यता त्याग गर्दा सदस्यलाई पुरै रकम नदिई अन्य सदस्यको कर्जामा मिलान गर्ने वा केही रकम आफंैले अपचलन गर्ने । -फर्जी सदस्य पास गरि उक्त सदस्यलाई फर्जी कर्जा वितरण देखाई नगद आफैं परिचालन गर्ने । -सदस्यले जम्मा गरेको कर्जा तथा बचत रकम केरमेट गरी फरक पार्ने । -सदस्य तथा श्रीमान लघु बिमा बापत आएको क्षतिपुर्ति दावी रकम सम्बन्धित व्यक्तिलाई पुरै नदिई केही रकम अपचलन गर्ने । -शाखाको कर्मचारीहरुले एक अर्काको गल्तिलाई ढाकछोप गर्ने माथिल्लो निकायमा कुनै सूचना नदिई संकास्पद कारोबार गर्ने । -कर्मचारीहरुले आफ्नो नातेदार इष्टमित्रको घरपरिवारको नाममा कर्जा कारोबार देखाई उक्त कर्जा रकम आफैंले परिचालन गर्ने । -सदस्य तथा निजको अभिभावकसँग सर सापटी लिने । -सदस्य तथा निजको परिवारसँग आवश्यकता भन्दा बढी हिमचिम गर्ने वा आवश्यकताभन्दा बढी सम्बन्ध कायम गर्ने । सदस्य तथा थर्डपार्टीबाट हुने फ्रड -पुर्वनियोजित ढंगले रेडिमेट स्वार्थसहितको समूह तथा केन्द्र गठन गर्ने/गराउने । -अस्थायी रुपमा बास गरिरहेको सदस्यलाई स्थायी भनेर ढाकछोप गर्ने र समूहमा राख्न सिफारिस गर्ने । -यो मेरो घर तथा परियोजना हो भनेर अन्यको घर तथा परियोजना देखाउने । -केवाईसी ग्राहक तथ्याकं विवरण अध्यावधिक गर्दा विवरणहरु झुटो पेस गर्ने । -कर्जा माग गर्दा सही उद्देश्य तथा परियोजना नखुलाउने । -आम्दानीका श्रोतहरु ढाँट्ने, झुटो आम्दानी विवरण पेस गर्ने । -कर्जामा साक्षी तथा जमानी बस्ने गलत व्यक्ति ल्याउने । -एक प्रयोजनमा माग गरि अर्कै प्रयोजनमा कर्जा प्रयोग गर्ने । -कर्जा लिएर परियोजनामा लगानी नगरि अनावश्यक खर्च भोज भतेर गर्ने । -एक आपसी मिलेमतोमा गलत सदस्यलाई कर्जा माग गराउने । -कर्मचारीसँग अनावश्यक सापटी लिने दिने तथा सम्बन्धमा लिमिटेशन नगर्ने । -घरपरिवारसँग सल्लाह नगरि अन्य व्यक्तिको प्रलोभनमा परि कर्जा माग गरि अन्य व्यक्तिलाई कर्जा चलाउन दिने । -कर्जालाई आम्दानी योग्य कार्यमा नलगाई साथी, संगी तथा इष्ट मित्र र समुदायमा भोज भतेर पार्टी गरेर कर्जालाई दुरुपयोग गर्ने । -नियतबस २ जना ३ जना मिलेर पुरै केन्द्रकै सदस्यहरुको नाममा कर्जा निकालेर दुरुपयोग गर्ने तथा आफैंले परिचालन गर्ने । -तेस्रो व्यक्तिले केन्द्रको केन्द्र प्रमुखलाई फकाएर वा प्रलोभन दिएर फर्जी कर्जा निकाल्न लगाई ठाँउ छोडेर अन्यत्र गएर बस्ने । फ्रडको पहिचान कसरी गर्ने ? -आन्तरिक नियन्त्रणको संयन्त्रलाई प्रभावकारी पालना गरेर । (जस्तै मेकर, चेकर र अप्रुभलकर्ताको रोल प्रभावकारी लागु भए नभएको अवस्थालाई नियमित सुपरिवेक्षण तथा चेकजाँज गरेर ।) -कर्मचारीहरुबाट विभिन्न टिप्स तथा सूचना लिने र उक्त सूचनाहरुको आधारमा प्रमाणहरु संकलनको आधारमा । -नियमित कारोबारको कुनै अप्रत्यासित घटना तथा दुर्घटनालाई आधार बनाएर । -अप्रत्यासित परिणाम आउदाँ उक्त परिणामको लेखाजोखा तथा मापन गरेर । -कार्यालय रहेको घरपेटीसँगको भौतिक रुपमा अन्तक्र्रियाबाट वा टेलिफोन सम्वाद गरेर सूचना । -कर्मचारीहरुको साथी सँगतीबाट विभिन्न किसिमका सूचनाहरु लिएर । -कर्मचारीहरुको लवाई खवाईमा एक्कासी परिवर्तन भएको विवरण बारे सूचना पता लगाएर । -दैनिक रुपमा जाँडरक्सी सेवन गर्ने जुवातास खेल्ने कर्मचारीको गिरोहबाट विभिन्न कुराहरु पत्ता लगाएर । -सदस्य तथा अभिभावकसँग अफलाईन फोनबाट तथा भेटघाँट गरेर अन्तक्र्रिया गरेर सुचना प्राप्त गरेर । -केन्द्र तथा समूह निरिक्षणको क्रममा कर्मचारीको अनुपस्थितीमा कर्मचारीहरुको आनीबानी तथा व्यवहार बारेमा विभिन्न विषयहरू केन्द्र तथा समुहका सदस्य तथा अभिभावकहरु सँग अन्तरक्र्रिया गरेर । -एक्कासी भाखा नाघेको कर्जामा वृद्धि भएको र एकाएक उक्त भाखा नाघेको कर्जाको सामाधान भएमा उक्त कर्जा क्रृत्रिम रुपमा तत्कालको लागि मिलाएको हुनसक्ने भएकोले उक्त कर्जा जोखिम व्यवस्थापनको स्थायी रुपमा श्रोत खोज्ने, सही तरिकाले व्यवस्थापन भएको हो कि फ्रड तथा जालसाज गरेर व्यवस्थापन भएको यकिन गर्न विभिन्न सूचनाहरु संकलन गर्ने । -कर्जा लगानी भएको सदस्यहरुलाई अनुगमन कार्यालय वा केन्द्रिय कार्यालयबाट लगानी भएको बेलामा टेलिफोन सम्वाद, अन्तरक्रियाको अधारमा फर्जी लगानी पता लगाउन सकिन्छ साथै कर्जा लगानी बापतको सम्पूर्ण रकम प्राप्त भए नभएको भिड्न गर्ने जसले गर्दा फ्रड भए नभएको पता लगाउन सकिन्छ । -केन्द्रमा बिपन्न वर्ग तथा नपढेका सदस्यहरुलाई आवश्यक कारोबारहरु कर्जा कति लिनु भएको हो, कर्जा कुन परियोजनामा लगानी गर्नुभयो, किस्ता कसरी तिर्ने गर्नुहुन्छ, त्यसको बारेमा सोधपुछ तथा छलफल गर्दा पनि फ्रड तथा सालसाज भए, नभएको थाहा हुन सक्छ । -सदस्यता त्याग हुने सदस्यहरुलाई फोनबाट तथा सम्भव भएमा भौतिक रुपमै सदस्यसँग भेटेर के–कति रकम पाए नपाएको सूचना संकलन तथा भिडान गर्ने । -सदस्य तथा कर्मचारीहरुबीच बढी हिमचिम भएको नभएको साथै कर्मचारी तथा सदस्यहरुलाई बिशेष निगरानी राखी अन्य विवरणहरुको सुचना लिने । -कर्मचारीहरुले संचालन गर्ने केन्द्र तथा समूहलाई सकेसम्म वार्षिक रुपमा परिवर्तन गरेर पनि फ्रड भए नभएको पता लगाउन सकिन्छ । -शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई २ देखि ३ बष भित्र अनिवार्य सरुवा नीति बनाउने र कार्यान्वयन गर्ने यसो गर्दा केहि मात्रामा फ्रड भएमा तत्काल पता लाग्न सक्छ । -खरीद गरिएको समाग्रीको गुणस्तर चेकजाँच गर्ने, बजार दरभाउ सोधपुछ गर्ने । यसरी गर्न सकिन्छ फ्रडलाई न्यूनिकरण लघुवित्त संस्थाहरुमा हुन सक्ने फ्रड तथा जालसाजलाई न्यूनिकरणको लागि देहायमा उल्लेखित बमोजिमका टिप्सहरुलाई अबलम्बन गर्दा हुन सक्ने फ्रडलाई न्यूनिकरण गर्न, गराउन सहज हुन सक्छ । -शाखा कार्यालयहरु तथा कारोबारको नियमित स्थलगत र गैरस्थलगत सुपरिवेक्षण तथा निरिक्षणमा वृद्धि गरिनु पर्छ । जसले गर्दा अनुगमनकर्ताले विभिन्न कमी कमजोरीहरु समयमै पत्ता लगाई ठूलो घटना तथा दुर्घटना हुनबाट जोगाउनुको साथै शाखा कार्यालय स–सानो कमजोरीहरुलाई समयमै सुधार गराउन सकिन्छ । -सकेसम्म सबै कर्जा स्वीकृतीको अख्तियारी केन्द्रीय कार्यालयमा निहित राख्ने त्यसो भएमा फर्जि कर्जा लगानी हुनबाट रोकिन्छ साथै कर्जा प्रस्तावमा कर्जा माँग गर्ने, सिफारिस गर्ने केन्द्र प्रमुख तथा अध्यक्षको सम्पर्क नं उल्लेख गर्न, लगाउने दैनिक रुपमा भल्टमा रहेको रकम अफलाइन निरिक्षण गर्ने, बढि रकम राख्ने शाखा कार्यालयहरुको कारोबार भिडान गर्न उक्त दिनको कारोबारको विवरण मागँ गर्ने, पटक–पटक बढि नगद वा लगातार बढि नगद राख्ने शाखाहरुमा बिनायोजना आकस्मिक छडके चेकजाचँ गर्ने वा भिडियो कल गरेर पनि नगदको अवस्था चेकजाँज गर्ने जस्ले गर्दा फ्रड तथा जालसाजलाई न्यूनिकरण गराउन सकिन्छ । -एकै दिनमा बढी कर्जा लगानीको सेम्पलिङ्ग गरेर साथै ठुलो मात्राको बाँकी रहेका कर्जा रकम चुक्ता भई पुन त्यहि सदस्यलाई नयाँ कर्जा लगानी भएको कर्जाहरुलाई नमुना गरेर फ्रड भए नभएको यकिन गर्न सकिन्छ । -कर्जा लगानी गर्दा नगदमा भुक्तानी नगरिकन बैंक चेकमार्फत कर्जा लगानी गर्ने, जस्ले गर्दा एक व्यक्तिको नामबाट अन्य व्यक्तिले कर्जा चलाउन नपाओस । -अनुगमनकर्ताले शाखा चेकजाचँको बेला दैनिकी सम्भव भएसम्म २ वटा समुह तथा केन्द्र निरिक्षण गर्ने, चेकजाँच दौरानमा सदस्यहरुको जम्मा गरेको रकम बारे अन्तरकृया गर्ने यसो गर्दा कलेक्सनसिट वा असुली सिटसंग सदस्यले छलफलमा भनेका कुराहरु मेल खाए नखाएको भिडान गर्ने । केन्द्रको कलेक्सनसिटसंग शाखा कार्यालयमा रहेको कलेक्सनसिटसंग भिडान गर्न केन्द्रमा रहेको असुलीसिटको फोटो खिचेर कार्यालयको सिट र सिस्टममा भिडान गर्ने । -कर्मचारीहरुलाई सधै उत्प्रेरित गर्न, गराउन आन्तरिक र बाहय तालिममा सहभागी गराउने । -ग्राहकलाई बित्तीय साक्षरता जस्तै कर्मचारीलाई पनि बेला बेलामा सचेतना अन्तरकृया कार्यक्रम संचालन गर्ने । -केन्द्र बैठकबाट आउने कलेक्सनसिटमा केरमेट भएको कारोवारलाई टेलिफोनबाट सदस्यसँग सोधपुछ गरि केरमेट भएको कारण तथा विवरण भिडान गर्ने । -केन्द्रहरुलाई बेला बेलामा पुर्नताजगी तालिम, अन्तरकृया, अभिभावक बैठक र बितिय साक्षरता कार्यक्रम संचालन गर्ने । -संस्थाको नीति नियम परिपत्र तथा निर्देशनलाई अक्षरस पालना गर्ने, गराउने । -नियमित, तथा आकस्मिक रुपमा शाखा कार्यालयको आन्तरिक लेखापरिक्षण गर्ने, कमिकमजोरी भए सुधार तथा ल्याकिगं भएको खण्डमा समयमै आवश्यक कारवाही गर्ने । -कर्मचारीहरुलाई अति आवश्यक कार्यहरु गर्नका लागि स-सानो पेश्कि, सापट तथा कर्मचारी कर्जाको व्यवस्था गर्ने । -बैकिङ कसुर जन्य कार्यको कानुनी सजायहरुको बारेमा कर्मचारीहरुलाई प्रशिक्षण तथा अन्तरकृया गर्ने, साथै फ्रड तथा जालसाज गर्नेलाई के कति दण्ड, सजाय तथा क्षतिबारे जानकारी गराउने । -राम्रो कार्य गर्नेलाई पुरस्कार तथा गलत गर्नेलाई सजायको व्यवस्था गर्ने । -संख्यात्मक प्रगती भन्दा गुणात्मक बृद्धि तथा प्रगतीलाई प्राथमिकता दिने । -बेला बेलामा शाखा कार्यालय भएको स्थानमा जनप्रतिनिधी, समाजसेवी,अगुवा, अभिभावक र केन्द्र प्रमुखहरुलाई राखेर पब्लिक अडिट गर्ने,गराउने । -फ्रड तथा आर्थिक हिनामिना गर्नेलाई सुन्य सहनशिलता नीति अबलम्बन गर्ने । -शाखा कार्यालयहरुलाई असुहाउदो तथा एग्रेसिभ रुपमा लक्ष्य प्रदान नगर्ने, लक्ष्य निर्धारण गर्दा शाखा कार्यालयको बस्तु स्थिती तथा अन्य कुराहरुको बिश्लेषणको आधारमा बार्षिक तथा मासिक लक्ष्य निर्धारण गर्ने । -सकेसम्म केन्द्रमा ऋबकज भिकक कारोबार गर्ने डिजिटर कारोबारलाई प्राथमिकता दिने, नगद रहित कार्य गर्ने । -कर्मचारीहरुको समयसापेक्ष सेवा सुबिधाहरुलाई परिमार्जन गर्ने । -संस्थाको नीतिनियम,परिपत्र,कम्प्लयान्स मिचेर काम गर्ने जोसुकैलाई कारवाहीको लागि सिफारिस गर्ने । -शाखा कार्यालय निरिक्षण जादाँ तथा फर्कदा रुटमा पर्ने शाखा कार्यालयहरुमा १ घण्टा भएपनि सरप्राइज रुपमा भिजिट गर्ने । -धितोमा अधारित कर्जा लगानीको लागि जग्गा तथा धितोलाई मुल्याकंन गर्न बाहय मुल्याकंनकर्ताबाट मुल्याकंन गराएर धितो कर्जा लगानी गर्ने । -सदस्यहरुलाई प्रत्येक कारोबारहरुको एस एम एस आउने सिस्टम बनाउने तथा सो सम्बन्धमा ग्राहक सदस्यहरुलाई जानकारी तथ सचेत गराउने साथै सदस्यलाई एसएमएस आए नआएको यकिन गर्ने । -सबै शाखा कार्यालयहरुमा सिसिटिभि जडान गर्ने सो को प्रभावकारी चेकजाँच केन्द्रिय कार्यालयमा अप्रेशन विभागबाट गर्ने । -स्थानीय कर्मचारीलाई सकेसम्म स्थानिय शाखा कार्यालयहरुमा अति आवश्यक बाहेक अलिकति टाढा भएको शाखामा पदस्थापन गर्ने, स्थानिय कर्मचारीहरु भएकोलाई बिशेष निगरानी राख्ने । -शाखा प्रमुखको जिम्मेवारी प्रदान गर्दा अनुभवी कर्मचारीहरुलाई प्राथमिकता दिने सकेसम्म संस्थाकै सक्ष्म कर्मचारीहरु तथा योग्य कर्मचारीहरु बीच प्रतिस्पर्धा गराई जिम्मेवारी प्रदान गर्ने । -नयाँ खोलिने शाखाहरुमा कम्तिमा १ जना संस्थाको पुरानो कर्मचारीलाई व्यवस्थापन गर्ने । -मासिक रुपमा शाखा कार्यालयको बैंक स्टेटमेन्ट भिडान विवरण केन्द्रीय कार्यालयमा मागँ गर्ने । -नयाँ कर्मचारी न्युक्त गर्दा सेवा प्रवेश तालिमको व्यवस्था गर्ने र बित्तीय संस्थाको कोड अफ कन्डक्ट बारेमा प्रशिक्षण गर्ने । (लेखक साधना लघुवित्त वित्तीय संस्थाका नायब महाप्रबन्धकको रूपमा कार्यरत छन् )
प्रभु बैंक र सौराहाका १६ होटलबीच सम्झौता, भरतपुर भ्रमण वर्षमा ग्राहकलाई छुट
काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहकबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आवद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देवघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्य का रुपमा लिन सकिन्छ । विभिन्न देश तथा विदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, विभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र हो । सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंकका कर्मचारीका लागि आवासमा ८५ देखी १५५ तथा खाना तथा पेय पदार्थमा १० प्रतिशत देखी १५ प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिने छ ।
५ लाख बढी नक्कली नोटसहित कलंकीबाट दुई जना पक्राउ
काठमाडौं । प्रहरीले एक हजार दरका ५१४ वटा नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली नोटको कारोबारमा संलग्न २ जना महिलालाई कलंकीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन् । शनिबार राति कलंकीको एउटा चिया पसलमा नक्कली नोटको कारोबार भइरहेको सूचनापछि प्रहरी टोली डंगोलको पसलमा पुगेको थियो । प्रहरीले ५ लाख १४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित उनीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।