काठमाडौं । प्रहरीले एक हजार दरका ५१४ वटा नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली नोटको कारोबारमा संलग्न २ जना महिलालाई कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन् ।
शनिबार राति कलंकीको एउटा चिया पसलमा नक्कली नोटको कारोबार भइरहेको सूचनापछि प्रहरी टोली डंगोलको पसलमा पुगेको थियो ।
प्रहरीले ५ लाख १४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित उनीलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।