न्यायाधीशसँग चुस्की लाउँदै थिए सुरेन्द्र, पक्राउ गर्न प्रहरीकै अवरोध
काठमाडौं । ‘दुई जना गुण्डाजस्तो केटाहरू मेरो घर वरिपरि घुमिरहेका छन्, मलाईं उनीहरूप्रति शंका लागिरहेको छ, उनीहरू को हुन् ? सोधीखोजी गर्नुपर्यो,’ सुरेन्द्र भण्डारीले आफ्नो घर नजिक पर्ने स्थानीय प्रहरीलाई फोन गरेर दिएको सूचना हो यो ।’ लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीईओ)समेत रहेका भण्डारीबाट यस्तो सूचना पाएपछि स्थानीय प्रहरी पनि सतर्क बन्यो । र, लगत्तै उनको घर नजिक पुगेर ती ‘केटाहरू’लाई धपायो । उनीहरूले स्थानीय प्रहरीलाई कुनै प्रतिकार गरेनन् । अर्थात् आफूहरू त्यहाँ आउनुको कारण स्थानीय प्रहरीसँग खुलाएनन् । ‘हामी दुई/तीन दिनदेखि उनको (सुरेन्द्र) को निगरानीमा थियौं । उनी घरमै छन् भन्ने निश्चित भइसकेको थियो । तर, झट्ट घरभित्रै छिर्ने कुरा भएन,’ त्यसैले सम्पूर्ण विषयवस्तु बुझ्न उनको घर वरपर निगरानी गरिरहेका थियौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा देखेर शंका लागेको रहेछ, र स्थानीय प्रहरीलाई खबर गरिएछ, स्थानीय प्रहरी आएर हामीलाई सोधखोज गरेपछि हामीलाई थाहा भयो ।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीम केही दिनदेखि सुरेन्द्रकोे निगरानीमा थियो । घरमै छन् भन्ने सूचना पाइसकेको थियो । त्यसपछि शुक्रबार राति उनलाई पक्राउ गर्यो । ‘हामीले सहकारीका सबै पदाधिकारीलाई पक्राउ गर्नु थियो, सुरुमा अन्यलाई पक्राउ गर्दा सूचना चुहिने डरले हामीले सुरुमै सुरेन्द्रलाई समात्यौं, त्यसपछि अरुको ठेगाना सजिलै पत्ता लाग्यो र पक्राउ गर्न सफल भयौं,’ प्रहरी स्रोतले भन्यो । प्रहरीले सीईओ भण्डारीसहित संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृत कुमार अर्याल र सञ्चालक समिति सदस्य कदमबाबा जोशी प्रधानलाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरिसकेको छ । प्रहरी स्रोतका अनुसार उनी पक्राउ पर्दा एक जना न्यायाधीशसँग रक्सी पिइरहेका थिए । ‘न्यायाधीशको नाम नखोलौं, हाम्रो टीम पक्राउका लागि पुग्दा उनी एक जना न्यायाशीसँग रक्सी पिइरहेका थिए,’ स्रोतले भन्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकम ठगेको गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । सो सहकारीका सञ्चालक र लेखा समिति गरेर ९ जनाविरुद्द जिल्ला अदालत ललितपुरले गत चैतमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरू विरुद्द गत माघमा महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको छ । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धु्रब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन सहितको पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको पनि प्रहरी उपरीक्षक आचार्यलले जानकारी दिए । उनका अनुसार अब उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइने छ । यस सहकारीमा कुल ६ अर्ब ३० करोड रुपैयाँ बचत र २२ हजार बचतकर्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरेपछि अब सहकारीका बचतकर्ताको उजुरीका आधारमा सहकारीको बचत ठगेको आरोपमा पनि थप अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ । को हुन् उनीहरू ? अमरदास श्रेष्ठ ७६ वर्षीय श्रेष्ठ लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । उनी नाम मात्रैका अध्यक्ष भए पनि सहकारीको साँचो भने प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग नै थियो । ३१ वर्ष नेपाल बैंकमा काम गरेका उनले सो बैंकको चिफ म्यानेजरबाट अवकास पाएका थिए । वि.सं. २०६१ सालमा लागिगुँरास सहकारीको सचिव बनेका उनी सो पदको जिम्मेवारीमा दुई वर्ष बसेका थिए । २०६४ सालमा सो सहकारीको उपाध्यक्ष बनेका उनी ८ वर्षसम्म उपाध्यक्षकै जिम्मेवारी सम्हाले । वि.सं २०७४ सालदेखि हालसम्म उनी सो सहकारीको अध्यक्ष भएर काम गरिरहेका छन् । सुरेन्द्र भण्डारी लालिगुराँस सहकारीको पर्याय हुन् सुरेन्द्र भण्डारी । उनी सो सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । २०५६ सालदेखि हालसम्म निरन्तर रुपमा उनी सो सहकारीको विभिन्न पदमा रहेर काम गरेका थिए । सुरुमा सहकारीमा म्यानेजरका रुपमा काम गरेका उनी त्यसपछि प्रमुख कार्यकारी अधिकृत, संचालक समिति सदस्य हुँदै हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत छन् । उनी विसं २०६६ र २०७६ सालमा गरी दुई पटक राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पनि बने । उनी २०७२ देखि २०७७ सम्म राष्ट्रिय सहकारी महासंघको सञ्चालक भएर पनि काम गरे । नेपाली काँग्रेस निकट उनको घर गोरखा भए पनि हाल ललितपुरको भैंसेपाटीमा बस्छन् । नेपाली कांग्रेस निकट सहकारी तथा वित्त विभागको सचिव समेत रहेका भण्डारी गोरखाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि समेत हुन् । अमृत कुमार अर्याल ७५ वर्षीय अर्यालको घर काठमाडौंको लाजिम्पाट हो । उनी लालिगुराँस सहकारीको कोषाध्यक्ष हुन् । उनले पनि ३१ वर्ष नेपाल बैंकमा काम गरे । उनी कामु शाखा प्रबन्धक भएर बैंकबाट अवकास भएका थिए । वि.सं २०६५ सालदेखि लालिगुराँस सहकारीको सदस्यको रुपमा काम गरिरहेका उनी हाल सो संस्थाको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । कदम जोशी प्रधान प्रधान लामो समय शिक्षण पेशामा थिइन् । उनले २०४७ सालदेखि शिक्षण पेसा सुरु गरेकी थिइन् । त्यसपछि उनी सहकारीमा आवद्ध भइन् । २०७४ सालदेखि हालसम्म उनी लालिगुराँस सहकारीको सञ्चालक समिति सदस्यमा कार्यरत छिन् । कुन-कुनमा छ लगानी ? प्रहरीका अनुसार सहकारीका सञ्चालक तथा पदाधिकारीहरू मिलेर बचतकर्ताको बचत घरजग्गामा लगाएका छन् । सर्वसाधारणहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनेर विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ निक्षेप अपचलन गरेको धारणा प्रहरीको छ । यस सहकारीको कार्यक्षेत्र साविक बागमती, गण्डकी, नारायणी र लुम्बिनी अञ्चलका २६ जिल्लामा रहेको बुझिएको छ । यस सहकारीले पर्सामा लालिगुराँस डेरी एण्ड रिसर्च फर्म सेन्टर र ललितपुरको गोदावरीमा दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिरहेको पनि भेटिएको छ । प्रहरीले अझैं सहकारी र संस्थाको सञ्चालकले रकम दुरुपयोग गरेर अन्य धेरै कम्पनीमा लगानी गरेको हुन सक्ने अनुमान गरेको छ । यसअघि लालिगराँस सहकारीले लगानी गरेका कम्पनीहरूको नाम आफ्नो वेवसाइटमार्फत् नै सार्वजनिक गरेको थियो । सो बेला उक्त सहकारीले लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ, लालीगुराँस राष्ट्रिय उच्च मावि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ, लालीगुराँस हस्पिटल, भैरवकुन्ड हाइड्रोपावर र लालीगुराँस एजुकेसन फाउन्डेसनमा लगानी गरेको सार्वजनिक गरेको थियो । सम्बन्धित सामग्री : अदालतको आदेशपछि पनि लालिगुराँस सहकारीले ५३ लाख बचत फिर्ता नगरेपछि… अर्बौंको सम्पत्ति बिक्री गरेर सञ्चालक फरार भएपछि समस्याग्रस्त घोषणा, मिलेभगतमा सरकार जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो
व्यावसायिक बेसारखेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री
धरान । धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेको बताए । उनले २०४५ सालदेखि बेसारको खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उनी सुनाउँछन् । उनले वर्षमा चारदेखि पाँच क्विन्टलसम्म बेसार उत्पादन गर्दै आएका छन् । जसबाट वार्षिक दुई लाख रुपैयाँदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । अहिले बजारमा बेसार खुद्रा मूल्य प्रतिकेजी दुई सय ८० रुपैयाँदेखि तीन सयसम्ममा बिक्री हुने गरेको छ । बेसार उत्पादक तुलसिङले भने, ‘मैले चार कठ्ठा जग्गामा बेसारखेती गरेको छु, तीन/चार पटक गोडमेल गर्नुपर्छ, मेहनतअनुसारको आम्दानी पाएकाले खुसी छु ।’ यहाँ उत्पादित बेसार धरान–१७ को मङ्गलबारे बजार, धरान कृषि बजारदेखि पोखरा, काठमाडौं, लहान तथा छिमेकी मुलुक भारतलगायतका ठाउँहरुमा जाने गरेको छ । व्यावसायिक रूपमा बेसारखेती गर्दै आएका अर्का किसान धरान उपमहानगरपालिका–२० का तिलक राई मौसमले साथ दिएको अवस्थामा बेसारखेतीबाट राम्रै आम्दानी हुने गरेको बताउँछन् । ‘चार/पाँचकठ्ठा जमिनमा बेसारखेती गर्दै आएको छु, वार्षिक चार क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने गरेको छ, यसबाट रु तीन लाखभन्दा बढी आम्दानी हुन्छ’, उनले भने । धरानको विष्णुपादुकामा यस क्षेत्रमै सबैभन्दा धेरै बेसारखेती हुन्छ । ४१ वर्षदेखि बेसारखेती गर्दै आएका राईले भने, ‘बेसार उत्पादन गर्दा मेहनत धेरै लाग्छ, हलोले जोत्न मिल्दैन, आफैँले कुटो, कोदालो लगाएर खन्नुपर्ने हुन्छ । पहाड जस्तो ठाउँमा गिटी, ढुङ्गा र बालुवा मात्र हुन्छ, खन्न निकै साह्रो हुन्छ, तर मेहनतअनुसार मूल्य राम्रै भएकाले दुःख बिर्सन्छु, खुसी हुन्छु ।’ सोही ठाउँका अर्का किसान पदम राईले पनि बेसारखेती गरिरहेका छन् । यस क्षेत्रका उनी पुराना किसान हुन् । उनी पनि वार्षिक तीनदेखि चार लाख रुपैयाँ यसै खेतीबाट आम्दानी गर्न सफल भएका छन् । बढीमा १० क्विन्टल बेसार उत्पादन गरेर उपभोक्ताको घरसम्म बेसार पुर्याउने काम सजिलो छैन, यो मेरो पुख्र्यौली खेती हो, उनको प्रतिक्रिया छ । विष्णुपादुकामा उत्पादित बेसार बजारीकरणका लागि धरानको कृषि बजारलाई दिएको र त्यहाँबाट भारतसम्म निर्यात हुने गरेको धरान उपमहानगरपालिका–२० का वडाध्यक्ष पदम लिम्बुले बताए । अध्यक्ष लिम्बुका अनुसार हाल विष्णुपादुकामा बेसारखेती गर्ने दुईसयको हाराहारीमा किसान छन् । उनीहरुले गर्ने बेसार, अदुवाखेतीमा किरा लाग्ने, कुहिने समस्या देखापर्न थालेपछि त्यसको समस्या समाधानका लागि कृषि विज्ञको सल्लाहअनुसारको कीरा र रोग नियन्त्रण गर्ने औषधि किसानलाई प्रदान गरिँदै आएको जानकारी दिए । विष्णुपादुकाबाट धरान बजार पुग्न केही समय लाग्ने भएकाले विष्णुपादुका नजिकै रहेको बजार भञ्ज्याङ भन्ने ठाउँमा बजारको व्यवस्था गरेर किसानको सहजताका लागि छिट्टै सुरु गरिने वडा अध्यक्ष लिम्बुको भनाइ छ । विगतको तुलनामा चालु आर्थिक वर्षमा बेसारको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । उनले भने, ‘विशेषगरी बेसार धरान उपमहानगरपालिका–२० बाट धेरै आउने गरेको छ भने पहाडी जिल्ला तेह्रथुम, पाँचथर, खोटाङ, धनकुटा लगायतबाट पनि बेसार बोकेर किसान आउने गरेका छन् । बेसार चैत, वैशाखमा सिजन हुने भएकाले त्यो समयमा धेरै आउने र यही सिजनमा वार्षिक दुई हजार चार सय मेट्रिकटनसम्म बेसार बिक्री हुने गरेको तथ्यांक छ ।’ विसं २०८० असार मसान्तदेखि गत जेठ सम्ममा धरान उपमहानगरपालिका–१३ कृषि बजारबाट जम्मा ४५ करोड रुपैयाँको बेसार बिक्री भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउँदै यसको निर्यातमा सरकारको सहयोगको आवश्यकता रहेको जानकारी दिए । पछिल्लो समयमा बेसार भान्सामा मात्र सीमित नरहेर सौन्दर्यकरण, बिहेमा हल्दी लगाई कार्यक्रममा पनि खपत भइरहेको पाइएको छ । रासस
असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद यादव पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा मुछिएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । हत्या प्रकरणमा उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । यादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । यादवलाई आइतबार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ। यादव लोकतान्त्रिक समाजवादी पार्टीका नेतासमेत हुन् । अदालतमा मुद्दा चलिरहेकै बेलादेखि यादव फरार थिए । उनीविरुद्ध महोत्तरी जिल्ला अदालतले असई बिक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाएको छ । उक्त प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई पनि अदालतले जन्म कैदको सजाय सुनाएको छ । हत्या प्रकरणमा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका छन् ।
संसद बैठकमै माननीयज्युहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छ : उपसभामुख राना
काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् । संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् । सांसदहरुले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन् । ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्युहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहीँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यि अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ’, उनले भनिन् । उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।
प्रभु बैंकको भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा
काठमाडौं । प्रभु बैंकले भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि प्रभु बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो । बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यवसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिएको जानकारी दिएको छ । बैंकका अनुसार प्रभु बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरीएको हो । यो बिजनेस डेबिट कार्ड विशेषगरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । ‘व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पाेरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन्’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहने बैंकको दाबी छ । बिजनेस डेबिट कार्डको मद्दतले निम्नलिखित भुक्तानी आवश्यकतालाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिनेछ । यात्रा र मनोरञ्जन आवश्यकताहरू बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्नेछन् । यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलमार्फत ट्राभल एजेन्टहरूसँग खरिद गर्न सकिन्छ । यसरी व्यावसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नुपर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झन्झट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ । कार्यालय खर्च र खरिद आवश्यकताहरू बिजनेस डेबिट कार्डको मद्दतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् । उनीहरूले विक्रेताहरूसँग राम्रो छुटको लागि सिधै कुराकानी गर्न सक्दछन् किनकि विक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित् रूपमा भुक्तानी प्राप्त गर्दछन् । प्रशिक्षण आवश्यकताहरू भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृतिसँग, व्यापारिक घरानाहरूले पारदर्शी र सजिलैसँग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् । व्यवसाय डेबिट कार्डको साथ लाभ र मुल्य अभिवृद्धि ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालनका लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ । प्रभु बैंकद्वारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रर्वद्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।
बन्द हुँदै कोकाकोलाकाे बोटलिङ कम्पनी
काठमाडौ । विश्वको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनीमध्ये एक कोकाकोलाले आफ्नो बोटलिङ इन्भेस्टमेन्ट ग्रुप (बीआइजी) बन्द गर्ने भएको छ । थप सुव्यवस्थित रूपमा बाँकी बोटलिङ लगानीहरूको निरीक्षण गर्ने उद्देश्यले बीआइजीको मुख्यालय बन्द गर्न लागिएकाे बताइएकाे छ । यो अमेरिकी कम्पनीले नेपाल, भारतलगायत विश्वभरि आफ्नो बोटलिङ सञ्चालन गर्दछ । कोकाकोलाका अन्तर्राष्ट्रिय विकास अध्यक्ष हेनरिक ब्राउनले एक नाेट जारी गर्दै बीआइजीको कर्पोरेट कार्यालय जुन ३० (आज ) देखि बन्द हुने बताएका छन् । उनले बीआइजीको मुख्यालय बन्द गर्न र थप सुव्यवस्थित रूपमा बाँकी बोटलिङ लगानीहरूको निरीक्षण गर्न याे समय सही भएको बताएका छन् । नोटमा भारत, नेपाल र श्रीलंका कोकाकोलाको आन्तरिक बोर्डको निगरानीमा रहने उल्लेख छ । कोकाकोला भारतको पूर्णस्वामित्वमा रहेको बोटलिङ कम्पनी हिन्दुस्तान कोकाकोला बेभरेज (एचसीसीबी) सिधै बीआइजीको नियन्त्रणमा रहेकोले यो कदमले भारतलाई प्रत्यक्ष असर गर्नेछ । इटीले जुन १८ मा कोकाकोलाले एचसीसीबीमा अल्पसंख्यक हिस्सेदारी बेच्न कम्तीमा चार ठूला भारतीय व्यापारिक घराना र तिनीहरूको पारिवारिक कार्यालयहरूलाई सम्पर्क गरेको थियो । यो कदम कम्पनीको आईपीओअघि मूल्य अनलक गर्नु हो । आइतबारदेखि कोकाकोलाको बोटलिङ लगानी र सञ्चालन आन्तरिक बोर्डद्वारा व्यवस्थित गरिनेछ । यो बोर्डले बोतल व्यवसायको कार्यसम्पादन र रणनीतिको अनुगमन गर्नेछ । ब्राउनले बोर्डको अध्यक्षता गर्नेछन् । यसमा विश्वव्यापी सञ्चालन प्रबन्ध गर्ने वरिष्ठ अधिकारीहरू समावेश हुनेछन् । यसमा मोनिका हावर्ड डगलस, मुराट ओजेल, एनरिक रापेटी, तपस्वी चन्डेल र जोन मर्फी पर्छन् । ब्राउनले नोटमा भने कि यो निर्णयको उद्देश्य निर्णय प्रक्रियालाई अझ सरल बनाउन र सबै बजारहरूमा क्षमताहरू बलियो बनाउनु हो । हालका महिनामा कोकाकोलाले लेनदेनको श्रृंखला घोषणा गरेको छ, जसले बीआइजीको प्रभावलाई उल्लेखनीय रूपमा घटाएको छ । कम्पनीले ब्रान्ड निर्माण, बजार प्रवेश, नवप्रवर्तन र प्रतिस्पर्धी रणनीतिमा बढी ध्यान दिने योजना बनाएको छ । सोही कारण कम्पनीले बोटलिङ सञ्चालन बिक्री गर्ने तयारी गरेको हो । जनवरीमा एचसीसीबीले देशको उत्तरी, पूर्वी र उत्तर–पूर्वी भागहरूमा कम्पनीको स्वामित्वमा रहेका केही बोटलिङ सञ्चालनहरू आफ्ना तीन फ्रान्चाइजी बोटलर्स मून बेभरेज, एसएलएमजी बेभरेज र कन्धारी ग्लोबल बेभरेजलाई बेचेकाे थियाे । कम्पनीले यी बोटलिङ अपरेसनहरू रिफ्रेन्चाइज गरेर २९३ मिलियन डलर कमाएको बताएको थियो । एचसीसीबीले अब १६ प्लान्टहरू सञ्चालन गर्दछ । यो मुख्यतया पश्चिम र दक्षिण भारतमा फैलिएको छ । सन् २००६ मा कोकाकोलाले आफ्नो कम्पनीको स्वामित्वमा रहेको बोटलिङ सञ्चालनलाई बोटलिङ इन्भेस्टमेन्ट ग्रुप बनाउन एकीकृत गर्यो । त्यतिखेर यसले बोटलिङ सञ्चालनलाई उपयुक्त लगानी र विशेषज्ञता प्राप्त गर्न सुनिश्चित गर्ने उद्देश्य रहेको बताएको थियो । सन् २०२२/२३ मा एचसीसीबीको राजस्व ४० प्रतिशतले बढेर १२ हजार ८ सय ४० करोड भारु पुगेको थियाे । यस अवधिमा कम्पनीको खुद नाफा ८०९.३२ करोड रहेको छ जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो । कोकाकोलाको विश्वभरिका बोटलिङ सञ्चालनहरू सूचीबद्ध र निजी स्वामित्वमा रहेका कम्पनीहरूको मिश्रणको स्वामित्वमा छन् । विश्वभरिका यसका शीर्ष पाँच बोटलिङ साझेदारहरूले २०२२ मा यसको कुल एकाइ केस मात्राको ४२ प्रतिशत योगदान दिए । एजेन्सी
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यक छ : निर्देशक घिमिरे
काठमाडौं । डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्यांकअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेंगु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेंगु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश : डेंगु देखिन सुरु भइसकेको छ, अहिले सङ्क्रमणको अवस्था के छ ? नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु देखिएको हो । पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ । डेंगु सङ्क्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । पानी पर्न सुरु भएसँगै अब सङ्क्रमणको सम्भावना पनि सुरु भइसक्यो । हाल तथ्यांक हेर्दा भने ७२ वटा जिल्लामा एक हजार तीन सय ४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । विशेषगरी डेंगु कहिलेदेखि बढी देखिने गर्दछ ? जुनबेला तापक्रम बढ्छ, पानी पर्छ, अनि पाँच सात दिन पानी जम्मा भएर लामखुट्टेको जीवनचक्र पूरा भएपछि त्यो लामखुट्टेको सङ्ख्या बढी हुन्छ । जब मनसुन अगाडि बढ्छ त्यसरी नै सङ्क्रमण बढ्ने हो । लगातार पानी परिराख्यो भने सङ्क्रमण त्यति बढ्न पाउँदैन किनकी पानी एकै ठाउँमा जम्मा भइरहने अवस्था हुँदैन । नेपालमा असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको सम्भावना बढी हुन्छ । दुई तीन वर्षको अन्तरालमा महामारी देखिने भन्नुभयो ? तर २०२२ मा ८८ जना र २०२३ मा डेङ्गुले २० जनाको ज्यान लियो, यस वर्ष महामारीको सम्भावना कस्तो रहन्छ ? केही अघिल्ला वर्षको ट्रेन्ड हेर्दा दुई तीन वर्षको अन्तरालमा देखिन्छ । तर त्यो समग्रमा भनेको होइन । जस्तो कुनै ठाउँमा पहिले नै महामारी फैलिसकेको छ भने अर्को पटक त्यहाँ देखिन नसक्ला । तर हामीले रोकथामका उपायहरु कति अपनाउछौँ भन्ने विषय पनि जोडेर हेर्नुपर्छ जस्तो लाग्छ । कुन ठाउँमा बढी देखिन सक्छ भनेर ‘म्यापिङ’ गरेका छौँ । कसैलाई लक्षणरहित पनि डेंगु देखिन सक्छ । लक्षण देखिएर समस्या भएपछि जाँच गराउन आउने हुन्छन् त्यसैले पनि सबै सङ्क्रमितको सङ्ख्या गणना हुँदैन । डेंगुका पाँच वटा प्रकार हुन्छन् । पहिला एउटा देखिसक्यो भने अर्को पटक अर्के प्रकार देखिन सक्छ जुन घातक हुन सक्दछ । डेंगु नियन्त्रण रोकथामका लागि कस्तो तयारी भएको छ ? लामखुट्टे नियन्त्रण गर्न सचेतना फैलाउन उत्तिकै महत्वपूर्ण छ । नियन्त्रण गर्न कस्ता उपयाहरु अपनाइरहेका छौँ भन्ने मुख्य विषय हो रु सचेतनाका कुरा हेर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपिल गरिरहेको छ । हामीले पनि विभिन्न माध्यमबाट सचेतना फैलाइरहेका छौँ । सातै वटा प्रदेशका सचिवहरु तथा स्वास्थ्य निर्देशनालयसँग विभिन्न अभियानकालागि छलफल भएको छ । स्थानीय निकायले लामखुट्टेको बासस्थान ‘खोज्ने र नष्ट’ गर्ने अभियानमा बढी जोड दिनुपर्छ । साथै टायर, गमलाको फुलदानीमा जमेका पानी हटाउनेलगायतका कुराहरु पनि छन् । यस्ता यावत अभियान सञ्चालन गर्नका लागि स्थानीय तहसम्म पुग्ने गरी प्रदेशसँग समन्वय गरेका छौँ । बिरामी भएपछि जति छिटो उपचार भयो सर्ने सम्भावना कम हुन्छ । उपचारमा पनि कमी हुन दिने छैनाैँ । विज्ञहरुसँग छलफल गरेर अगाडि कसरी बढ्ने भन्न विषयमा पनि राय लिने काम पनि गरिरहेका छौँ । समन्वयात्मक तरिकाले अगाडि बढिरहेका छौँ । डेङ्गु मात्र नभई अरु किटजन्य रोगहरुमा पनि हामीले नियमित अभियान सञ्चालन गरि नै रहेका छौँ । डेंगु परीक्षणका लागि किटको उपलब्धता कत्तिको छ ? किटको कुरा गर्दा सबैलाई परीक्षण गरेर सकिँदा पनि सकिँदैन । लक्षण देखिएपछि मात्र परीक्षण गर्न आउने हुन्छन् । सबै स्वास्थ्य संस्थामा आवश्यकताअनुसार किट पठाएका छाैँ । अभाव भयो भने खरिद प्रक्रियाबाट पनि हामी पूरा गर्छौं । डेंगु नियन्त्रणमा कसको बढी जिम्मेवारी छ ? हाल ७२ जिल्लामा डेङ्गु पुगिसकेको हुँदा आउदा दिनमा सङ्क्रमण बढ्ने सम्भावना अधिक नै छ । खोज र नष्ट गर्ने अभियान, र्यापिड रेस्पोन्स टिम, प्रदेश र स्थानीय तहसँगको पनि सजगकताका हिसाबले यस वर्ष महामारी नियन्त्रण गर्ने सकिँदैन भन्ने होइन । बढ्दै जान सक्ला तर बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने र मृत्यु हुने गरी उपचार गर्ने नसकिने अवस्थामा नपुगौँला भन्ने अपेक्षा गरेका छौँ । तयारी पनि गरेका छौँ । नीतिगत र लजिस्टिकका कुरामा सङ्घको बढी महत्वपूर्ण भूमिका हुन्छ । व्यवस्थापनमा प्रदेश र स्थानीय तहको भूमिका बढी रहन्छ । स्थानीय तहले खोज र नष्ट अभियानमा बढी केन्द्रित रहनुपर्छ । बजेट जहाँजहाँ समस्या बढी हुन्छ भनेर म्यापिङ गरेर सोहीअनुसार बजेट पनि गएको छ । समन्वयात्मक हिसाबले काम अघि बढाएका छौँ । डेंगु नियन्त्रणमा तीन तहको समन्वय अभावले रोकथाम हुन नसकिरहेको हो त ? एउटाले अर्कालाई दोष दिने कुरा पनि गर्नुहुन्न । हाम्रो जिम्मेवारी समन्वयात्मक हिसाबले जति सकिन्छ गर्ने हो । स्थानीय तहसँग जोड्न पुलका हिसाबमा प्रदेशको भूमिका धेरै हुन्छ । सङ्घबाट हामी महामारी र आपतकालीन अवस्थामा रेस्पोन्स गर्ने जिम्मा इडिसिडीको भएको हुनाले हामीले सातवटै प्रदेशको मन्त्रालय र निर्देशनालयसहित जिल्ला पनि समन्वय गरेर समीक्षा गरेका छाैँ । रिपोर्ट ल्याउने कुरामा पनि निरन्तर संवाद हुन्छ । हरेक हप्ता छलफल गरिरहेका छौँ । रिपोर्टिङ पनि नियमित आउँछ भनेर आशावादी छाैँ । हरेक पक्षबाट समन्वयलाई गर्न सक्यौँ भने स्वास्थ्य प्रणालीको विकास गर्न सक्छाैँ । डेंगुबाट बच्न के मा ध्यान पुर्याउनुपर्छ ? म सुरक्षित छु, मेरो घर सफा छ, पानी पनि त्यस्तो छैन भनेर सुरक्षित भएर ढुक्क बस्नु हुँदैन । वातावरणमा भएका ‘रिस्क फ्याक्टर’ जस्तै बट्टा, टायर, गमलाका फुलदानी, पातमै पानी जम्मा भएर लामखुट्टेले अण्डा पार्न सक्छ । सबैले मिलेर सरसफाइ नियमित गरौँ । परिवारका सदस्यले पनि आफ्नो घरमा नियमित सफाइ गरौँ । अव्यवस्थित सहरी ठाउँमा यसको झन् बढी जोखिम छ । लामखुट्टे घरभित्र नजान दिन जाली, झुलको प्रयोग गर्न सकिन्छ । बाहुला पूरा भएको लुगा लगाउँदा लामखुट्टेले टोक्ने सम्भावना कम हुन्छ । बिहान र साँझ बढी टोक्ने भएकाले सजग रहनुपर्छ । व्यक्तिगत हिसाबमा सबैले जोगिँदा पनि समुदाय जोगिन सक्छ । डेंगुबाट बच्नका लागि लक्षण पनि थाहा पाउनुपर्ने हुन्छ । ज्वरो, टाउको दुख्ने, आँखाको गेडी निस्केला जस्तो हुने, हड्डी भाँचिएला जस्तो हुनेलगायत लक्षण देखिन सक्छन् । जटिल भएको खण्डमा स्वास्थ्य संस्था गइहाल्नुपर्छ । राजनीतिकर्मी, के शिक्षक, विद्यालय, सामाजिक अगुवा, सर्वसाधारण सबैको डेंगु नियन्त्रणमा भूमिका हुन्छ । रासस
लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित
काठमाडौं । सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सगंठन (इन्टोसाई)द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी) कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित भएका छन् । महालेखापरीक्षक कार्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनीहरुलाई प्रमाणपत्र प्रदान गरे । दीक्षित हुने कर्मचारीमा महालेखापरीक्षक कार्यालयका नायव महापरीक्षक श्यामप्रसाद भण्डारी, (सर्टिफाइड पर्फेमेन्स अडिटर), निर्देशक टीकानाथ अर्याल (सर्टिफाइड कम्प्लायन्स अडिटर) र निर्देशक सिर्जना रिमाल (सर्टिफाइड पर्फेमेन्स अडिटर) रहेका छन् ।