विकासन्युज

५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन कांग्रेस सांसद पन्तको माग

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् । उनले अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन् । पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् । ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ । छ ? मानिन्छ ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ । नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ । अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस्’, उनले भनिन् । सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न माग गरिन् ।  

पोखरा महानगरमा अख्तियारको छापा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा पोखरा महानगरपालिकामा छापा मारेकाे छ। मंगलबार अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेको हो । नियमविपरीत मणिपाल शिक्षण अस्पताललाई २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीमाथि छानबिन गर्न भन्दै अख्तियारले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

सहकारी छानबिन समितिको निर्णय : राजनीतिक दलसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफलपछि यस्तो निर्णय गरेको हो । छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रको वचत अपचलन र ठगी तथा वचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए । उनले सहकारी समस्यालाई जस्ताको तस्तै बुझ्न, तथ्य प्राप्त गर्न, समस्याको प्रवृत्ति विश्लेषण गरी समाधान गर्ने गरी कोशिस जारी रहेको बताए । सहकारी समस्या आर्थिक क्षेत्रको समस्या मात्रै नभएर तीन खम्बे अर्थतन्त्रको एउटा खम्बा भएको बताए । सहकारी क्षेत्रको विकास प्रवद्र्धन र विस्तारसँग राजनीतिक क्षेत्र पनि अभिन्न रुपले जोडिएको भन्दै प्रतिनिधि सभाले अधिकार दिएको चार बुदे कार्यदेशमा केन्द्रित भएर सहकारी क्षेत्रका समस्या समाधानको निम्ति राजनीतिक दलहरुसँग सुझाव माग गरिने जानकारी दिए । संगठित रुपमा सहकारी क्षेत्रको विकास प्रवद्र्धन र व्यवस्थापनमा राजनीतिक दलहरु जिम्मेवार रहेको बताए । राजनीतिक दलका विभिन्न व्यक्तिहरु संग्लन रहेको भन्दै  सुद्धिकरण र समस्या समाधानको लागि राजनीति क्षेत्र जवाफदेही ढङ्गले छानविन अभियानमा साथ दिन आवश्यक रहेको जानकारी दिए । ‘राष्ट्रिय सहकारी महासंघ, वचत तथा ऋण केन्द्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी एवं कर्मचारीहरूसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफल भयो, शुद्धिकरणका निम्ति पनि र समस्या समाधानको लागि राजनीति क्षेत्र जवाफदेही ढङ्गले छानविन अभियानमा साथै रहनुपर्छ भन्ने बुझाईका साथ पत्रचार गर्ने निर्णय गरेका छौं’, उनले भने । सहकारी छानबिन समिति छलफलमा सहकारी क्षेत्रका जानकारहरुले सहकारी क्षेत्रमा अहिले देखापरेको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा महत्वपूर्ण सुझावहरु दिएका छन् ।

ड्रागन खेतीबाट प्रशस्त आम्दानी गर्दै ढकाल

कैलाली । राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए । यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि सात लाख रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेका थिए । उनले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए । ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् । ‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गरेका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताए । उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल) को ड्रागन लटरम्मै फलेको छ । साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिए । ‘यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुआत गरेँ । पहिलोपटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन’, ढकालले भने । विसं २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल थिए । उनी विप्लव सी नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीमा आवद्ध छन् । पार्टी कामकै सीलसीलामा देशका विभिन्न भागमा जानेक्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँंले खेती सुरु गरेको ढकालले बताए । पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ । स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक आठ क्वीन्टलसम्म फलको कारोबार गरिसकेका छन् । उनले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर चार लाख रुपैयाँबढी आम्दानी गरेको बताए । दोस्रो वर्षमा आठ क्वीन्टल फल र एक हजार बिरुवा बेचेर छ लाख रुपैयाँ आम्दानी गरेका ढकालले यो वर्ष १६ क्वीन्टल फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाए । बजारमा ड्रागन फल प्रतिकिलो सात सय ५० रुपैयाँ पर्ने गरेको छ तर उनले बारीबाटै छ सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् भने बिरुवा दुई सय ५० मा बेचिरहेका छन् । उनले तीन जनालाई रोजगारीसमेत दिएका छन् । ढकालले एउटा बोटमा पाँच किजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिए । ‘स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु’, उनले भने । रासस

२१ सय बिन्दुमा पुगेर बन्द भयो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै मंगलबार सेयर बजार उकालो लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट बन्द हुन पुगेको बजार पुनः बजार ११ः२१ मा खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै सेयर बजारमा दोस्रो पटक सर्किट लाग्यो । त्यसपछि बजार पुनः ४० मिनेटका लागि बन्द भएर खुलेकाे बजार बन्द हुने समयसम्म आइपुग्दा  ४७.०४ अकंले बढेर २१००.४३ बिन्दुमा कायम भएको छ । मंगलबार ३ सय १५ कम्पनीको १ करोड १६ लाख १७ हजार ६ सय ९० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन १३ वटै उपसूचकमा हरियाली छाएको छ । मंगलबार बैंकिङ समूह ३.०३ प्रतिशत, विकास बैंक समूह २.०१ प्रतिशत, फाइनान्स समूह २.११ प्रतिशत, होटल तथा पर्यटन समूह १.०९ प्रतिशतले बढेको छ । यस्तै मंगलबार एनआरएन इन्फाइट्रचरको ११ करोड ७९ लाख रुपैयाँ र गुडबिल फाइनान्सको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

फाइल खोल्न लागेपछि रातारात काँग्रेस-एमाले गठबन्धन भयो : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गहृमन्त्री रवी लामिछानेले आफूले फाइल खोल्न लागेपछि नेपाली काँग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले ठूला काण्डका फाइल खोल्न थालेपछि रातारात दुई ठूला दलबीच गठबन्धन भएको बताएका हुन् । ‘जुन ढंगले सरकारले सरकार अगाडि बढको थियो, तपाईंहरुले (पत्रकार)पनि भन्नु फाइल खोल्नु पर्यो भन्नु हुन्थ्यो । हामी पनि त्यसमा लाग्यौं । तर, फाइल खोल्न लागेपछि रातारात एमाले र काँग्रेसबीच समीकरण बन्यो,’ उनले भने । उनले यो कुनै व्यक्ति विशेषलाई जोगाउनका लागि भएको सहमति बताएका छन् । लोकतन्त्रका लागि पनि बलियो प्रतिपक्ष चाहिने भए पनि एमाले र काँग्रेस मिलेर व्यक्ति विशेषलाई जोगाउने खेलमा लागेको धारणा राखे ।

बुद्ध एयरले विवाहित जोडीलाई टिकट उपहार दिने

काठमाडौं । बुद्ध एयरले विवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने भएको छ । बुद्धले विवाहित जोडीलाई उपहार स्वरूप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो । यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ । यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिइने बुद्धले जनाएको छ । बुद्धले विभिन्न चाडपर्व तथा विशेष दिनमा यसरी यात्रुहरूलाई उपहार दिने गरेको छ।

कोशी प्रदेश  : ६ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

मोरङ । कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतसम्म कूल चार हजार छ सय ६४ किलोमिटर  सडक मर्मत, ग्राभेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गर्ने गरेको उक्त मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर आयुष जोशीले जानकारी दिए । मन्त्रालयका अनुसार आव २०७५/७६ मा छ सय एक, आव २०७६/७७ मा ६१.५४,  आव २०७७/७८ मा ५१.१३, आव २०७८/७९ मा एक सय ६.१६ र  आव  २०७९/८० मा दुई सय चार  दशमलव ११ र आव २०८०र८१ को चैतमसान्तसम्म १६.३ गरी एक हजार ४०.२४ किलोमिटर सडक मर्मत गरिएको छ। मन्त्रालयका अनुसार आव २०७५/७६ मा एक सय २८.९, आव  २०७६/७७ मा दुई सय ११.३५, आव २०७७/८८ मा एक सय ७५.३१, आव २०७८/७९ मा ३८०.१९ र आव २०७९/८० मा दुई सय ५९.३९, आव २०८०/८१ को चैत मसान्तसम्म एक सय दुई दशमलव ३६ गरी एक हजार दुई सय ५७ दशमलव पाँच किलोमिटर सडकमा ग्राभेल गरिएको छ । आव २०७५/७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६/७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७/७८ मा एक सय नौ दशमलव १९, आव २०७८/७९ मा ९१ दशमलव शून्य सात र आव २०७९/८० मा एक सय ४१ दशमलव ५५, आव २०८०/८१ को चैत मसान्तसम्म एक सय एक दशमलव ४६ गरी जम्मा  एक हजार एक सय दुई दशमलव ३८ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६ दशमलव १८, २०७६/७७ मा आव ५२ दशमलव २१, आव २०७७/७८ मा ४०.६१, आव २०७८/७९ मा ९८.७२, र आव २०७९/८० मा २०६.४८, आव २०८०/८१ को चैतमसान्तसम्म १०३.७१  गरी  ५२७.९२ किलोमिटर निर्माण सम्पत्र गरिएको छ । सोही अवधिमा ढलान सडकतर्फ १७.२८ , सोलिङ्ग सडकतर्फ ४७ दशमलव ८४ किलोमिटर कार्य सम्पत्र गरी ३७२ दशमलव ९३ किलोमिटर सडकको ट्रयाक खुला गरिएको अधिकारी जोशीले जानकारी दिए । मन्त्रालयले  आव २०७५/७६ मा मोटरेवल पुल १०,  आव २०७६/७७ मा १२, आव २०७७/७८ मा  आठ, आव २०७८/७९ मा २५ र आव २०७९/८० मा  १९, आव २०८०/८१ मा छ गरी जम्मा ८० बटा निर्माण  सम्पत्रसँगै  एक सय ८४  बटा झोलुंगे पुल र वहुबर्षीय सडकअन्तर्गत २२ वटा निर्माण सम्पत्र भएको छ । प्रदेशको सोलुखुम्बुको खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका र सङ्खुवासभाको भेटखोला गाउँपालिका बाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच पुगेको छ । मन्त्रालयले हालसम्म ३३ वटा सरकारी भवन निर्माण, एक सय पाँच वटा सामुदायिक भवन निर्माण, ११ वटा भ्यू टावर, १८ वडा वस पार्क निर्माण, ४६ वटा पार्क निर्माण र ५४ वटा एकीकृत वस्ती विकासको कामसँग कोशी प्रदेशसभा हल पनि निर्माण गरेको छ । जनता आवास कार्यक्रमवाट आर्थिक रुपले विपत्र तथा लोमोन्मुख समुदायका पाँच हजार नौ सय १० परिवारको आवास निर्माण सम्पत्र भएको छ । मन्त्रालयले प्रदेशतर्फबाट बहुवर्षीय सडकपुल निर्माणका लागि आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को चैतमसान्तसम्मा दुधकोशी नदी पुल चुहार उदयपुर र भोजपुर सीमा, तामोर नदी पुल, तेह्रथुम र पाँचथरको प्रगति अवस्थामा क्रमशः १२ र २२.६२ प्रतिशत प्रगति भएको छ । सोलुखुम्वु जिल्लामा दुधकोशी नदी पुल, वातिम जुजवादेको सोही अवधिमा प्रगति  ४५ प्रतिशत प्रगति भएको छ भने  ताप्लेजुङ्गको तमोर नदी पुल लिग्खिम खिजेनिम  सम्पत्र भएको छ । सुनसरीमा देवीगाउँ सिरान लेदुवा मोटरपुल धरान–५ को प्रगति ६० प्रतिशत रहेको छ भने सुनसरीको दत्तकिच्चा खोला पुल  रामधुन–९को प्रगति ९५ प्रतिशतले भएको मन्त्रालयले जनाएको छ । सुनसरीको हरिनगरा गाउँपालिका १ मा पर्ने गौतमपुर जाने बाटोमा महिमा खोला पुलको ९० प्रतिशत र मोरङको विराटनरस्थित परोपकारघाटस्थित सिङ्घिया खोलामा  निर्माण गरिएको पक्की पुलको ५१ प्रतिशत प्रगति भएको छ । सिङ्घिया खोला देखि मोरङको विराट चोकसम्म जाने जीर्णबाटोलाई गौरवको योजनामा राखि चार लेनको बाटो लगभग पूरा हुने अवस्थामा छ । प्रदेश सरकारको यो पहिलो गौरबको योजना हो । मोरङ खदम खोलाको पुल ३९ प्रतिशत र  मोरङको सुन्दर हरैँचामा मदा खोलाको पक्कि पुलको ४८ प्रतिशत प्रगति भएको छ । तेह्रमथुम जिल्लाको पीङ्गगुवा खोलामा निर्माणाधीन माटेरेवल पुल ४० प्रतिशत,संखुवासभाको रातमाटे फेदी पिलुवा खोला सडक पुलको २० प्रतिशत, सोही जिल्लाको तुम्लिङटार एयरपोर्ट– होक्से पाँचखपन जोड्ने सभाखोलामा सडक पुलको ७५ प्रतिशत, सोही जिल्लाको भोटे खोला सडक पुल सभापोखर–को ८० प्रतिशत  प्रगति भएको छ । यस्तै भोजपुरको याकुवाखेलाको मोटरेवल पुल ९५ प्रतिशत,सोही जिल्लाको तामुटार मोटरेवल पुल ६५ प्रतिशत,सोही जिल्लाको एखुवाखोला सडक पुलको ५० प्रतिशत,भोजपुरको षडानन्द नगरपालिका –९ श्यामखोला पक्की पुलको ८० प्रतिशत, चिर्खुवा खोला भोजपुरको छिन्ताङ  षडानन्द नपा ५ र १ जोड्ने सडक पुलको ३० प्रतिशत, टयाम्के मैयु कोट गोगने लेखर्क साउटे खोला सडक पुल भोजपुरको ८०, लेगुवा खोला धनकुटाको मोटरेवल पुल ८०  प्रतिशत प्रगति भएको छ । यसैगरी उदयपुर जिल्ला  मदनभण्डारी राजमार्गदेखि तोरीबारी जोड्ने त्रियुगा खेलाको सडकपुल ७५ प्रतिशत र खोटाङको कात्तिके रतन्छा मखुवा खोला पक्की पुल  ८० प्रतिशत प्रगति भएको छ । ओखलढुङ्गगा अन्तर्गतको पिखु खोला पुल ७५ प्रतिशत,पोकली खोला सडक पुल ४० प्रतिशत,पुत्तिम खोला पुल ५६ प्रतिशत, सिस्ने खाेला मोटरेवल पुल ५० प्रतिशत , सोलखुम्वु जिल्लाको खहरेखोला सडकपुल ६४ प्रतिशत प्रगति भएको मन्त्रालयले उपलव्ध गराएको तथ्याङकमा उल्लेख गरिएको छ । मन्त्रालयले  बहुबर्षीय सडकहरु अन्तर्गत विभित्र जिल्लामा निर्माण सुरु गरेको छ । बहुवर्षिय सडकअन्तर्गत मोरङमा केशलिया करिडोर–दुहवी– विराटनगर,– रानी ,सोलुखुम्वुमा फाप्लु रिङमु– तान्सिन्दु–नुनथाला हुँदै खुम्वु पासाङ ल्हामु गाउँपालिका जोड्ने सडक कालोपत्र समेत,सुनसरीको राधाकृष्ण मन्दिर–बुद्धदेव मण्डल–सिद्धार्थ प्रावि –रामधुनी सडकको कालोपत्रे, पाँचथरमा  फिदिम   फलोट सडक कालोपत्र समेत, भोजपुरमा दुधकोशी गोरेटो सडकको कालोपत्रे ओखलढुङ्गामा रामपुर–भूसीडगा सडकको कालोपत्रे सडकहरु निर्माण सुरु गरिएको छ । झापाको भद्रपुर,फडानिपुल–इट्टाभट्टा, बौध मोड–सलकपुर–इलाम सडक, अमरपथ सडक कन्काई नं ३ सुरुङ्गादेखि भारतीय सीमासम्म, गौरादह स्कूल–चौन–गौरिया सडक छन् । अन्य सडकमा इलाममा फिक्कल जोगमाई, रक्से ग्रागे भन्ज्याङ–जीतपुर–बेलासे–सोत्तिम सडक, देउराली फलाटे–राँके गैडे सडक प्याकेज एक र प्याकेज २, इलाम बजार– सन्दुपुर पर्यटकीय सडक प्याकेज–१ छन् । झापा जिल्ला अन्तर्गत मेची राजमार्ग–बाहुनडाँगी–उत्तर सितागढी–बालुवाडी हल्दीवारी विर्तामोड सडक, सहिद मेम मगरमार्ग हल्दीवारी, भद्रपुर ज्यामिरगढी धुलावारी –गुज्रा वस्ती मागुर्माडी शान्तिनगर हुँदै इरौटार (धुलावारी इरौटार खण्ड), कन्काई नगरपालिका –८ लक्ष्मीपुर चोकवाट घाघ्रा खोला सीमाना गोकुलमार्ग–हुलाकीमार्ग लक्डीगढी हुँदै सितल चोक विरिङ पुलसम्मको सडक, शनिश्चरे–खुदुनावारी सडकका लागि बजेट विनियोजन भएको छ । झापा जिल्ला अन्तर्गतका अन्य सडकमा धरमपुर–९ राना मिल इन्द्रेणी चोक कुन्जवारी सडक, सहिद राममार्ग (हर्कलाल मार्ग), मोरङ जिल्लामा घिनाघाट (पुष्पलाल चोक) विराट चोकसम्म, ववियाविर्ता–रञ्जनी–काजिमानचोक–फर्सदंगी–दोभानघाट–गान्धी आश्रम–दोवरिया थान–सुनवर्सी सडक, राम लक्ष्मणमार्ग विराट नगर–१८ जहदा बोर्डरसम्म, कटहरी गााउँपालिका –५ रिङरोड पश्चिम– खोरिया– महेशपुर, कृषि बजारसम्म, पथरी जाने–ज्यामिरे सडक, विराटनगर ५, ६, ११, १२ हुदै जोगबनी सीमा जोडने सडकका लागि पनि सरकारले बजेटको व्यवस्था गरेको छ । मोरङका अन्य सडकमा मोतिपुर–शुक्रबारे हटिया– गिदनिया खोलासम्म, बुढीगङ्गा –१ पुष्पलाल चोक–नवज्योति मार्ग खद्रा टोल पूर्व नगर– मनमोहन पोलिटेक्नीकसम्म, डम्रभिट्टा–उल्लुभु–सुवेदी चोक–कटनु–झुनावारी सडक, किसान चोक –टाँडी–आइतवारे– रवि सडक, मोरङका अन्य सडकहरुमा दर्वेशादेखि धनपाल–५ फुटानी चोक–गढीभट्टासम्म मोटरवाटो (धनपाल गाउँपालिका ५ र ६, जीपी मार्ग) झपरतल्ला, वरडङ्गा (बोर्डरदेखि हुलाकी मार्गसम्म), भाउन्ने –आमतोला सडक, लेटाङ–६ नं बुधवारे सडक निर्माण गर्न बजेटको व्यवस्था भएको छ । आमनागरिकलाई प्रदेश सरकारको अनुभूति दिलाउन सरकारले सुनसरी जिल्लामा शिवचोक–भारतीय सीमा वीरपुर सडक निर्माण कोशी गाउँपालिका वडा नं ४, इटहरी–५ मितेरीपुलदेखि मदनमार्ग, धरान १५ निरज बस्ती हुँदै हर्दिया  पेलपुर  डाँडे कन्यापोखरी सडक,  धरान –१, ५ र ४, इनरुवा नगरपालिका ५ र ६ हुँदै रामधुनी नगरपालिका १ सैनिकमैत्री सडकका लागि पनि बजेट विनियोजन भएको छ । सुनसरीमा निर्माणका लागि बजेट छुट्याएका अन्य सडकहरुमा इटहरी उपमहानगरपालिका –१४ ढोकापुल, शुक्रबारे हाट हुँदै गढी गाउँपालिका –१ धनपुरी,  दुहवी इनरुवा सडक, महेन्द्रनगर वाँगेवाट हल्दिया कालाबन्जर तिनकुने  भलुवा चौरी हुँदै धरान जाने सडक, बर्जु–४  छरहदीदेखि– ५ हुँदै ६ इलाका प्रहरी कार्यालय गढी गाउँपालिका  इटहरी,देवानगंज देवनारायण मेहताको घर हुँदै ७ नं इट्टा भट्टा, वसन्तपुर नहरदेखि भुटाहा बजार सडकका लागि सरकारले प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ । भोजपुर जिल्लामा भोजपुर टक्सार–भानेभन्जाङ्ग, वैकुटे– वासिखोरा –वलंखा–रानीटारी सडक प्याकज १, सोहीको प्याकेज २, षडानन्द –१२ युर्के पुल झ्यौपोखरी–सान्गपाँग– फदिदोबाटो सडक, भोजपुर–दिंगला सडक (भोजपुर तीनतले खण्ड), भोजपुर दिंगला सडक (तेलतले दिंगला खण्ड) एवं धनकुटा जिल्लामा गुटीटार–बाघखोर–छिदी सडक कालोपत्र, धनकुटा नगरपालिका बिहीबारे हटियाा–कर्मिटार–बन्चरे–तान्खुवा–तेलिया–परेवादिन–शुक्रबारे तेह्रथुम सडक, हिले उत्तरपानी छिन्तांग–अखुवा–त्रिवेणी सडकका लागि पनि बजेट व्यवस्था भएको छ । उदयपुरमा अमिनीखर्क–हडिया–ज्यामिरे–सातघारे–बेल्टार–साउने–धाप्लांग सडक, देउरी श्रीपुर दमौली बुर्जाकान्ला–लालपत्ता–पात्ले धनचके सडक, मैनामैनी– हसनपुर– चुहार सडक उदयपुर भोजपुर, दिपुटोल उत्तर भोट खोला पानी टङ्कीखाट मन्दिर झोरा बागल टोल देउरी श्रीपुर पानी टङ्की पुष्प वाटिका लाइन टोल हुँदै राष्ट्रिय मावि राई टोल बगाहा चोक सडक, त्रियुगा नगरपालिका  ८, ९ ,६, ५ र ४ उदयपुर (बहुबर्षिय सडक) जस्तै खोटाङ्ग जिल्लामा दिक्तेल–साप्सु खोला–मात्तिम–मानेभन्ज्यांग–पाँचधारे सडक, उदयपुर– गाईघाट– रसुवाघाट–पाँच पान्धारे सडक, खोटाङ (वहुवपर्षिय) योजनामा रकमको व्यवस्था सरकारले गरेको छ । पाँचथर जिल्ला अन्तर्गत सरखण्डे – यासोक सडक,शिव दोभान, लुम्फावजुङ– नवमीडांडा ,सप्तमी– दशमी ओखरबोटे मौवा आंग्ना– लखुवादोभान सडक निर्माण, पाँचथर (बहुवर्षीय),वरडांडा, – साव्लाखु– लिम्वुदीन– मेहेले– सुरुमखिम– कंचनजंघा सडक  पाँचथर र ताप्लेजुङ (वहुवर्षिय सडक), तृतीया–थाङ्गनापा– खुलाशङ्गटार– मगर चेम्पा– डाँडा गाउँ आँसु भन्जाङ्ग पापुडेन मछेवुङ थोक लिम्वा फालेलुङ गाउँपालिका जाने सडक, र फिदिम– शिवालय नाइलपा– फजाङ्ग– छिन्तापु सडक स्त्तरोत्रतिका लागि सरकारले बजेट विनियोजन गरेको छ । यस्तै ताप्लेजुङ्ग जिल्लामा गुफाभुज –देउराली–गोरजा–चाँगे–दोभान सडक,फुङलिग नगरपापालिका–नाइखोल्यंग–कामी डाँडा– चेचम्वु–चाक्सीबोटे– थुम्बेदीन– हेलुम्वा – खाम्देम्वे–तेल्लोक– ममंखे– याम्फुदे– कंचनजंगा बेस क्याम्प सडक जस्तै सोलुखुम्व जिल्लामा नेलेचारघरे– मुक्ली– थलुंगु– दुधकोशी सडक सोलुखुम्वु (वहुवर्षिय सडक),तामाखानी साृलुदुधकुण्ड नगरपालिका  –५ सल्लेरी– जस्मानेभन्ज्याङ– गुम्वा गोलु लिखुपिके– काफ्लेचौर– भण्डार र नेले– खुम्से– कागेलटार– वाचिम– जभुे– खनिया खर्क– येसेलुखर्क जोडने सडकका लागि पनि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ । ओखलढुंगा जिल्लामा  मानेभन्ज्याङ– माधवपुर– ठाडखोला– सिस्नेरी– बलखु– सिन्धुली खान्गसाइग सडक कालोपत्र गर्ने कार्य, निर्वाचन क्षेत्र नं १ रिङरोड (रुम्जाटार– जन्तरखानी– रावादलु– खिजिफलाटे– हर्कपुर– रातमाटेमाभ्खा) सडक बाटोलाई निर्माण गर्न बजेट विनियोजन गरेको छ । रासस