उपप्रधान तथा गहृमन्त्री रवी लामिछानेले आफूले फाइल खोल्न लागेपछि नेपाली काँग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले ठूला काण्डका फाइल खोल्न थालेपछि रातारात दुई ठूला दलबीच गठबन्धन भएको बताएका हुन् ।
‘जुन ढंगले सरकारले सरकार अगाडि बढको थियो, तपाईंहरुले (पत्रकार)पनि भन्नु फाइल खोल्नु पर्यो भन्नु हुन्थ्यो । हामी पनि त्यसमा लाग्यौं । तर, फाइल खोल्न लागेपछि रातारात एमाले र काँग्रेसबीच समीकरण बन्यो,’ उनले भने ।
उनले यो कुनै व्यक्ति विशेषलाई जोगाउनका लागि भएको सहमति बताएका छन् । लोकतन्त्रका लागि पनि बलियो प्रतिपक्ष चाहिने भए पनि एमाले र काँग्रेस मिलेर व्यक्ति विशेषलाई जोगाउने खेलमा लागेको धारणा राखे ।