एउटै लघुवित्तमा १४ बैंकको लगानी, पौने ९ अर्बको सेयर
काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा छन् । राष्ट्र बैंककै तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असारसम्म लघुवित्त वित्तीय संस्थाहरूको चुक्ता पुँजी ३४ अर्ब ८ करोड रुपैयाँ छ । केन्द्रीय बैंकको नियमनको दायरामा रहेका लघुवित्त संस्थाहरूमा अधिकांश लगानी राष्ट्र बैंककै नियमनभित्र रहेका बैंक तथा वित्तीय सस्थाहरूको रहेको छ । लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा ३७ वटा लघुवित्त संस्थाहरू रहेका छन् । ३५ वटा लघुवित्त संस्थाहरूमा बैंक तथा वित्तीय संस्थाको ८ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । ३५ वटा लघुवित्तमा वाणिज्य बैंक, विकास बैंक, वित्त (फाइनान्स) कम्पनीको ठूलो लगानी रहेको देखिन्छ । कुन बैंकको कति लगानी ? विभिन्न ३० वटा बैंक तथा वित्तको ३५ वटा लघुवित्तमा लगानी रहेको देखिन्छ । बैंक तथा वित्त कम्पनीको लघुवित्तमा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको तथ्याङ्कले देखाउँछ । जसमध्ये १८ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीको लगानी छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धरै नबिल बैंकको लगानी देखिन्छ । यस बैंकको १ अर्ब १० करोड रुपैयाँ, एनआईसी एशिया बैंकको १ अर्ब ८ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ अर्ब २ करोड रुपैयाँ, हिमालयन बैंकको ८९ करोड ३७ लाख रुपैयाँ, कृषि विकास बैंकको ५५ करोड ३१ लाख रुपैयाँ, एभरेष्ट बैंकको ५० करोड ५९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३ करोड १० लाख रुपैयाँ, एनएमबि बैंकको ३८ करोड ९५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३४ करोड ९४ लाख रुपैयाँ, प्रभु बैंकको ३४ करोड ४५ लाख रुपैयाँ, नेपाल बैंकको ३३ करोड ३२ लाख रुपैयाँ, कुमारी बैंकको ३३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर लगानी विभिन्न लघुवित्तमा गरेका छन् । प्राइम कमर्सियल बैंकको २२ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १७ करोड ५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३ करोड ६६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १३ करोड ११ लाख रुपैयाँ, सिटिजन्स बैंकको ११ करोड ७५ लाख रुपैयाँ र नेपाल एसबिआई बैंक को ६ करोड ३३ लाख रुपैयाँ बराबरको लगानी विभिन्न लघुवित्तमा छ । यस्तै, विकास बैंकहरूमा लम्बिनी विकास बैंकको ३५ करोड ४२ लाख रुपैयाँ, शांग्रिला डेभलपमेन्ट बैंकको ३ करोड ५० लाख रुपैयाँ, गरिमा विकास बैंकको १ करोड ७७ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १ करोड २५ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६९ लाख ६६ हजार रुपैयाँ र ज्योति विकास बैंकको ६४ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी गरेका हुन् । यस्तै, फाइनान्स कम्पनीहरूमा आईसीएफसी फाइनान्सको ११ करोड ९२ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको १ करोड ६७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड १ लाख रुपैयाँ, गुडविल फाइनान्सको ५ करोड ७१ लाख रुपैयाँ, पोखरा फाइनान्सको ६४ लाख ४३ रुपैयाँ, वेस्ट फाइनान्सको ५७ लाख ३७ हजार रुपैयाँ लगानी गरेका हुन् । कुन लघुवित्तमा कुन बैंकको कति सेयर ? ग्रामीण विकास लघुवित्त ग्रामीण विकास लघुवित्तमा विभिन्न १० वटा वाणिज्य बैंकको सेयर स्वामित्व छ । नेपाल बैंकको ६.८९ प्रतिशत अर्थात् ६ लाख ७७ हजार ५५०.६२ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ५.०९ प्रतिशत अर्थात् ५ लाख ४७६ कित्ता, हिमालयन बैंकको १.४६ प्रतिशत अर्थात् १ लाख ४३ हजार ९९४ कित्ता, नबिल बैंकको २.२९ प्रतिशत अर्थात् २ लाख २५ हजार ४९४ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.७४ प्रतिशत अर्थात् ७२ हजार ८९८ कित्ता सेयर स्वामित्व छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.००६ प्रतिशत अर्थात् ६ सय कित्ता, नेपाल एसबिआई बैंकको १.४१ प्रतिशत अर्थात् १ लाख ३९ हजार २१५ कित्ता, कृषि विकास बैंकको ०.०१ प्रतिशत अर्थात् १ हजार ४७ कित्ता, ग्लोबल आइएमई बैंकको ०.०१ प्रतिशत अर्थात् १ हजार ४७ कित्ता र कुमारी बैंकको ०.००२ प्रतिशत अर्थात् २३३ कित्ता सेयर लगानी रहेको छ । डिप्रोक्स लघुवित्त डिप्रोक्स लघुवित्तमा नबिल बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता, नेपाल बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता, कषि विकास बैंकको ७.६९ प्रतिशत अर्थात् ११ लाख ९२ हजार ६०७ कित्ता सेयर स्वामित्व छ । यस्तै लुम्बिनी विकास बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता संस्थापक र ३.४९ प्रतिशत अर्थात् ५ लाख ४१ हजा ७०७ कित्ता पब्लिक गरी १२.७६ प्रतिशत अर्थात् १९ लाख ७९ हजार ५९६ कित्ता सेयर लगानी छ । स्वाबलम्बन लघुवित्त स्वाबलम्बन लघुवित्तमा नबिल बैंकको ८.५७ प्रतिशत अर्थात् ११ लाख ५ हजार ८३१ कित्ता संस्थापक र ०.३३ प्रतिशत अर्थात् ४३ हजार ४२ कित्ता पब्लिक सेयर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०.३० प्रतिशत अर्थात् १३ लाख २९ हजार ७७५ कित्ता संस्थापक सेयर र ९ कित्ता पब्लिक, हिमालयन बैंकको १०.२७ प्रतिशत अर्थात् १३ लाख २५ हजार ८२ कित्ता संस्थापक सेयर र १.७१ प्रतिशत अर्थात् २ लाख २० हजार ८४७ कित्ता पब्लिक सेयर लगानी छ । यस्तै लक्ष्मी सनराइज बैंकको ३.१२ प्रतिशत अर्थात् ४ लाख २ हजार ८६१ कित्ता सेयर स्वामित्व छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त फस्र्ट माइक्रोफाइनान्स लघुवित्तमा प्रभु बैंकको १०.९३ प्रतिशत अर्थात् १२ लाख ५४ हजार ४८६ कित्ता, ग्लोबल आइएमई बैंकको १०.१७ प्रतिशत अर्थात् ११ लाख ६७ हजार २५७ कित्ता, कुमारी बैंकको ४.०५ प्रतिशत अर्थात् ४ लाख ६४ हजार ८३७ कित्ता, आईसीएफसी फाइनान्सको ३.५५ प्रतिशत अर्थात् ४ लाख ७ हजार ४४९ कित्ता र राष्ट्रिय वाणिज्य बैंकको १.७१ प्रतिशत अर्थात् १ लाख ९६ हजार २६४ कित्ता सेयर स्वामित्व छ । सूर्याेदय वोमी लघुवित्तमा एनआईसी एशिया बैंकको १.३६ प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता र गरिमा विकास बैंकको ०.५४ प्रतिशत अर्थात् ४२ हजार ९०१ कित्ता सेयर लगानी रहेको छ । निर्धन उत्थान लघुवित्तमा नबिल बैंकको ९.३९ प्रतिशत अर्थात् २४ लाख ५३ हजार ५९४ कित्ता, एभरेष्ट बैंकको ७.६१ प्रतिशत अर्थात् १९ लाख ८८ हजार ९६६ कित्ता र हिमालयन बैंकको ७.६१ प्रतिशत अर्थात् १९ लाख ८८ हजार ९६५ कित्ता सेयर लगानी गरेका छन् । छिमेक लघुवित्तमा हिमालयन बैंकको ८.७३ प्रतिशत अर्थात् २४ लाख ७५ हजार ४५३ कित्ता र नबिल बैंकको ८.७३ प्रतिशत अर्थात् २४ लाख ७५ हजार ४५३ कित्ता सेयर स्वामित्व रहेको छ । साना किसान विकास लघुवित्त साना किसान विकास लघुवित्तमा १४ वटा बैंकको लगानी रहेको छ । कृषि विकास बैंकको १३.०२ प्रतिशत अर्थात् ४३ लाख ३८ हजार ३४ कित्ता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.१० प्रतिशत अर्थात् १३ लाख ६५ हजार ४२६ कित्ता, नबिल बैंकको ६.१३ प्रतिशत अर्थात् २० लाख ४३ हजार ३२३ कित्ता, हिमालयन बैंकको ३.७७ प्रतिशत अर्थात् १२ लाख ५५ हजार ८०५ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.०२ प्रतिशत अर्थात् १० लाख ६ हजार २३ कित्ता सेयर लगानी गरेका छन् । नेपाल बैंकको ३.६५ प्रतिशत अर्थात् १२ लाख १७ हजार ३४९ कित्ता, नेपाल एसबिआई बैंकको १.४८ प्रतिशत अर्थात् ४ लाख ९४ हजार ३४१ कित्ता, एभरेष्ट बैंकको १.३० प्रतिशत अर्थात् ४ लाख ३१ हजार ८२४ कित्ता, एनआईसी एशिया बैंकको १.१९ प्रतिशत अर्थात् ३ लाख ९७ हजार ७२२ कित्ता, सिद्धार्थ बैंकको १.१० प्रतिशत अर्थात् ३ लाख ६६ हजार २७६ कित्ता, ग्लोबल आइएमई बैंकको ०.६८ प्रतिशत अर्थात् २ लाख २४ हजार ९६९ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ०.६५ प्रतिशत अर्थात् २ लाख १७ हजार १८ कित्ता र कुमारी बैंकको ०.५६ प्रतिशत अर्थात् १ लाख ८५ हजार ९९ कित्ता सेयर लगानी गरेका हुन् । हिमालयन लघुवित्तमा हिमालयन बैंकको ५१ प्रतिशत अर्थात् १४ लाख ६९ हजार ४३४ कित्ता, विजय लघुवित्तमा गुडविल फाइनान्सको २१.४३ प्रतिशत अर्थात् ५ लाख ७१ हजार २८० कित्ता, एनएमबि लघुवित्तमा एनएमबि बैंकको ५१ प्रतिशत अर्थात् ३३ लाख ४४ हजार ९०२ कित्ता सेयर लगानी रहेको छ । ग्लोबल आइएमई लघुवित्तमा ग्लोबल आइएमई बैंकको ५७.४८ प्रतिशत अर्थात् ३५ लाख ५७ हजार ४३७ कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.८३ प्रतिशत अर्थात् २ लाख ३७ हजार ३८ कित्ता सेयर, महुलि लघुवित्तमा सिटिजन्स बैंकको २.६३ प्रतिशत अर्थात् ८४ हजार ६८२ कित्ता सेयर लगानी रहेको छ । फरवार्ड लघुवित्तमा एभरेष्ट बैंकको २५ प्रतिशत अर्थात् २६ लाख ३८ हजार ८७९ कित्ता, नेपाल लाइफको ३.२० प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५०० कित्ता, राष्ट्रिय वाणिज्य बैंकको १.०४ प्रतिशत १ प्रतिशत ९ हजार ६८८ कित्ता सेयर लगानी रहेको छ । मेरो माइक्रोफाइनान्स मेरोमाइक्रोफाइनान्स लघुवित्तमा ग्लोबल आइएमई बैंकको १४ प्रतिशत अर्थात् १८ लाख ४८ हजार २० कित्ता, सिटिजन्स बैंकको ६.९० प्रतिशत अर्थात् ९ लाख १० हजार ८०१ कित्ता, प्रभु बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता, सिद्धार्थ बैंकको ६.५ प्रतिशत अर्थात् ८ लाख ५८ हजार कित्ता, एनएमबि बैंकको ४.१७ प्रतिशत अर्थात् ५ लाख ५० हजार ३१६ कित्ता सेयर लगानी गरेका हुन् । यस्तै प्राइम बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता, कुमारी बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता र लुम्बिनी विकास बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार ४५ कित्ता सेयर स्वामित्व रहेको छ । समता घरेलु लघुवित्तमा लुम्बिनी विकास बैंकको ३.८७ प्रतिशत अर्थात् १ लाख ५२ हजार ६६४ कित्ता, आरएसडिसी लघुवित्तमा ग्लोबल आइएमई बैंकको १२ प्रतिशत अर्थात् १० लाख ४३ हजार ४८१ कित्ता सेयर लगानी गरेका छन् । नेशनल लघुवित्तमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.०५ प्रतिशत अर्थात् १४ लाख १४ हजार ५३१ कित्ता, कुमारी बैंकको ९.४९ प्रतिशत अर्थात् १० लाख २८ हजार ७६२ कित्ता, प्राइम बैंकको १.८८ प्रतिशत अर्थात् २ लाख ४ हजार ५ कित्ता, गरिमा विकास बैंकको १.२४ प्रतिशत अर्थात् १ लाख ३४ हजार ८०७ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको १.२२ प्रतिशत अर्थात् १ लाख ३२ हजार ४७० कित्ता सेयर लगानी गरेका हुन् । यस्तै गोर्खाज फाइनान्स को ०.९३ प्रतिशत अर्थात् १ लाख १ हजार १४२ कित्ता सेयर, सिद्धार्थ बैंकको ०.८० प्रतिशत अर्थात् ८६ हजार ७९९ कित्ता, हिमालयन बैंकको ०.५४ प्रतिशत अर्थात् ५८ हजार २८७ कित्ता, नबिल बैंकको ०.५४ प्रतिशत अर्थात् ५८ हजार २८७ कित्ता र बेस्ट फाइनान्सको ०.५३ प्रतिशत अर्थात् ५७ हजार ३७७ कित्ता सेयर लगानी गरेका हुन् । नाडेप लघुवित्तमा नबिल बैंकको २५ प्रतिशत अर्थात् १२ लाख १४ हजार ४०० कित्ता र लुम्बिनी विकास बैंकको १० प्रतिशत अर्थात् ४ लाख ८५ हजार ७६० कित्ता सेयर स्वामित्व छ । आरम्भ चौतारी लघुवित्तमा सेन्ट्रल फाइनान्सको ४.५५ प्रतिशत अर्थात् १ लाख ६७ हजार १८५ कित्ता, कामना सेवा विकास बैंकको ३.४२ प्रतिशत अर्थात् १ लाख २५ हजार ३८९ कित्ता, ग्लोबल आइएमई बैंकको २.२८ प्रतिशत अर्थात् ८३ हजार ५९२ कित्ता, प्रभु बैंकको २.२८ प्रतिशत अर्थात् ८३ हजार ५९२ कित्ता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १.९० प्रतिशत अर्थात् ६९ हजार ६६० कित्ता र सिटिजन्स बैंकको १.३३ प्रतिशत अर्थात् ४८ हजार ७६२ कित्ता सेयर स्वामित्व छ । स्वाभिमान लघुवित्तमा प्राइम बैंकको १४.५५ प्रतिशत अर्थात् २ लाख १२ हजार ६१३ कित्ता, एनआईसी एशिया लघुवित्तमा एनआईसी एशिया बैंकको ५७.७५ प्रतिशत अर्थात् १ करोड ४५ हजार कित्ता, युनिक नेपाल लघुवित्तमा प्रभु बैंकको १४.२८ प्रतिशत अर्थात् १ लाख ५८ हनार कित्ता र एनसीसी बैंक (कुमारी बैंक) को ९.७६ प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर लगानी गरेका छन् । जाल्पा सामुदायिक लघुवित्तमा प्राइम बैंकको ४.११ प्रतिशत अर्थात् ७५ हजार १७६ कित्ता, ज्योति विकास बैंकको ३.५३ प्रतिशत अर्थात् ६४ हजार ४३७ कित्ता र पोखरा फाइनान्सको ३.५३ प्रतिशत अर्थात् ६४ हजार ४३७ कित्ता, नेष्डो समृद्ध लघुवित्तमा प्रभु बैंकको ७.२६ प्रतिशत अर्थात् १ लाख २५ हजार कित्ता, किसान लघुवित्तमा प्रभु बैंकको ७ प्रतिशत अर्थात् ३ लाख ५३ हजार १०० कित्ता र प्राइम बैंकको ३ प्रतिशत अर्थात् १ लाख ५१ हजार १२६ कित्ता सेयर स्वामित्व छ । श्रृजनशील लघुवित्तमा एनआईसी एसिया बैंकको १४.२९ प्रतिशत अर्थात् १ लाख कित्ता, अभियान लघुवित्तमा कुमारी बैंकको १६.३९ प्रतिशत अर्थात् २ लाख ५० हजार कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६.३९ प्रतिशत अर्थात् २ लाख ५० हजार कित्ता, जीवन विकास लघुवित्तमा एनआईसी एशिया बैंकको २.१४ प्रतिशत अर्थात् २ लाख २० हजार ९३२ कित्ता सेयर स्वामित्व छ । आशा लघुवित्त (साविक राष्ट्र उत्थान)मा राष्ट्रिय वाणिज्य बैंकको २१.१५ प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता र प्रभु बैंकको ११.५४ प्रतिशत अर्थात् ३ लाख कित्ता, लक्ष्मी लघुवित्तमा लक्ष्मी बैंकको ७० प्रतिशत अर्थात् ३० लाख ९१ हजार ६३४ कित्ता, साधना लघुवित्तमा कुमारी बैंकको ९.१८ प्रतिशत अर्थात् ३ लाख ५० हजार ९१३ कित्ता र शांग्रिला डेभलपमेन्ट बैंकको ९.१८ प्रतिशत अर्थात् ३ लाख ५० हजार ९१३ कित्ता सेयर लगानी गरेका छन् । नेरूडे मिर्मिरे (नेरूडे)लघुवित्तमा प्राइम बैंकको ९.६१ प्रतिशत अर्थात् ७ लाख ३ हजार ७०६ कित्ता र सिटिजन्स बैंकको १.८० प्रतिशत अर्थात् १ लाख ३१ हजार ६८३ कित्ता, उपकार लघुवित्तमा प्रभु बैंकको ९.१४ प्रतिशत अर्थात् ९७ हजार ५० कित्ता र धौलागिरी लघुवित्तमा प्रभु बैंकको ११.२७ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर लगानी गरेका छन् । [pdf id=494191]
ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा उत्साहजनक सहभागिता
काठमाडाैं । ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ । कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरी खुलाइएको ग्लोबलको छात्रवृत्ति पाउन विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका हुन् । कलेजकाअनुसार विज्ञानतर्फ यही असार १७ सोमबार र व्यवस्थापनतर्फ १८ गते मंगलबार छात्रवृत्ति तथा प्रवेश परीक्षा सञ्चालन हुनेछ । जसमा विज्ञान विषयतर्फ उत्कृष्ट २५ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यस्तै, व्यवस्थापन तथा विज्ञान दुवै समूहमा जीपीएलाई मूल आधार मानी मेरिट प्रणालीद्वारा आंशिक छात्रवृत्ति प्रदान गरिने कलेजले बताएको छ । ग्लोबल स्कुलका अनुसार १७ असारमा हुने विज्ञान विषयको प्रवेश परीक्षाको नतिजामा ४० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने सबै विद्यार्थी भर्नाका लागि योग्य मानिनेछन् । परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई तयारीका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तक उपलब्ध गराइएको छ । परीक्षाको समय तालिकालगायतका आवश्यक जानकारी एसएमएस तथा फोनमार्फत पनि जानकारी दिइरहेको कलेजले बताएको छ । यसरी छात्रवृत्ति खुलाएसँगै एसईईको नतिजा प्रकाशित भएपछि भर्नाका लागि आवेदन दिन तथा जानकारी लिन ग्लोबल कलेजमा आउने विद्यार्थीको चाप रहेको देखिन्छ । ग्लोबलका अनुसार भर्ना भएका विद्यार्थीको कक्षा ११ र १२ को अध्ययन अवधिभर पढाइको पूर्ण जिम्मेवारी कलेजले नै लिनेछ । ‘हाम्रोमा भर्ना भएका विद्यार्थीका लागि बिहान ६ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म मुख्य विषयमा विद्यार्थीलाई अध्ययन सहजताका लागि छुट्टै व्यवस्था गर्दै आएका छौँ । कक्षा १२ को अध्ययन पूरा नहुँदासम्मको ती सबै कुराको पूर्ण जिम्मेवारी हामीले लिने गरेका छौँ,’ ग्लोबल कलेजका प्राचार्य अम्बादत्त जोशीले भने, ‘त्यसैले उत्कृष्ट नतिजासहित १०० प्रतिशत उत्तीर्णको पूर्ण उत्तरदायित्व हामीले लिने गरेका छौँ ।’ विगत दुई दशकदेखि व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा दिइएको ग्लोबल कलेज अफ म्यानेजमेन्टले शैक्षिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएकोले पनि विद्यार्थीको चाप देखिएको कलेजको विश्वास छ । छोटो समयमा नै विज्ञान विषयमा विद्यार्थी सङ्ख्याको तुलानामा उत्कृष्ट नतिजासहित शिक्षक तथा विद्यार्थीको पहिलो छनोटमा पर्न थालेको हो । कलेजका अनुसार विद्यार्थीका लागि पर्याप्त खेलकुदको पूर्वाधारको व्यवस्था पनि कलेजले गरेको छ । फुटसल, बास्केट बल तथा क्रिकेटलगायतका खेलको अभ्यासका लागि खेल मैदान तथा भौतिक सुविधाको भरपूर उपयोग गर्न सकिने व्यवस्था छ । कलेज परिसरमा खुला मैदान र अध्ययनका लागि पुस्तकालयसहितको व्यवस्था छ । बगैँचासहितको खुला अध्ययन स्थलसमेत कलेज परिसरमा विद्यार्थीको पहुँचमा रहेको छ । यसका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीकै नेतृत्वमा राष्ट्रिय स्तरका गोष्ठीहरू सम्पन्न हुँदै आएका छन् । जसले विद्यार्थीलाई भोलिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने असल युवा तथा राष्ट्रिय उन्नतिका संवाहकका रूपमा कार्य गर्ने क्षमता निर्माण गर्न सक्ने कलेजको विश्वास छ । त्यस्तै, विगत दुई दशकमा ग्लोबलमा अध्ययन पूरा गरेका विद्यार्थीहरू देश तथा विदेशका ख्यातिप्राप्त विश्वविद्यालयमा अध्ययन–अध्यापनमा सक्रिय रहेका छन् ।
श्रीलंकामा मर्यादित महिनावारीसम्बन्धी अन्तर्राष्ट्रिय तालिम
काठमाडौं । श्रीलंकाको राजधानी कोलोम्बोमा मर्यादित महीनावारीसम्बन्धी अन्तर्राष्ट्रिय तालिम सुरु भएको छ । कोलोम्बो प्लानको सहकार्यमा दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल (साउथ एशिया कोलेसन) ले पाँच दिनको प्रशिक्षक प्रशिक्षण तालिम सोमबार श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको हो। महिनावारी विभेदलाई अन्त्य गरी महिनावारी मर्यादित बनाउने विषयमा केन्द्रित तालिमको नेतृत्व नेपालले गरेको छ । सञ्जालका प्रमुख तथा अभियन्ता डाक्टर राधा पौडेलको नेतृत्वमा सुरु भएको तालिममा १४ देशका २६ जनाको सहभागिता रहेको छ । तालिममा नेपाल, भारत, अमेरिका, दक्षिण कोरिया, सुडान, फ्रान्स, फिलिपिन्स, नेदरल्याण्डस लगायतका देशको सहभागिता रहेको छ । पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको कोलोम्बो प्लानहले पहिलो पटक मर्यादित महिनावारीको सहकार्य गरेको छ। सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरु रहेको छन् । संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ । तालिममा नेपालसहित विश्वभरी रहेको महिनावारी विभेदलाई थप उत्खनन गरेर महिनावारीलाई मर्यादित बनाउने विषयमा छलफल गरिने अभियन्ता पौडेलले बताइन । ‘मर्यादित महिनावारी सबै क्षेत्रमा सबैले काम गर्नुपर्ने विषय हो’ पौडेलले भनिन् ‘यो तालिममा पनि सरकारी, सयुक्त राष्ट्रसंघीय कार्यक्रम, गैरसरकारी संघ सस्था, निजीक्षेत्र, सञ्चार माध्यम सबै क्षेत्रको सहभागिता रहेको छ ।’ तालिमका क्रममा अन्तर्राष्टि तालिम प्रशिक्षक प्रशिक्षण पुस्तिका समेत विमोचन हुनेछ । तालिम असार २१सम्म चल्नेछ ।
राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको शान र इज्जत बढ्नेगरी काम गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त आजसम्म काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिन आग्रह गरे । पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताए । बाहिर आएका सबै कुराहरु सत्य नहुने भन्दै मन्त्री तामाङले सरकारको संस्थामाथि प्रश्न उठिसकेपछि अभिभावकत्व ग्रहण गरेर त्यसको छानबिनमा मन्त्रालय गम्भीर भएर लागेको जानकारी दिए । ‘पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्याहरु छन्, त्यस सम्बन्धमा मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन अवलोकन गर्ने काम भइरहेको छ, बाहिर जे जति आउँछन्, बाहिर आएका कुरा सबै सत्य हुन् भन्नेकुरा हुँदैन, उसको अभिभावकत्व ग्रहण गर्ने सर्वोच्च संस्था पनि हो’, उनले भने । मन्त्री तामाङले आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरु भए मन्त्रालय नियमन र छानबिनको दायरामा ल्याउन सचेत रुपबाट लागेको बताए ।
व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय सञ्चालनका लागि घुम्ती कोष परिचालन गर्न लागेको हो । निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कोष सञ्चालनमा ल्याइने छ । सुरुमा आयोगले २ करोड रुपैयाँ उपलब्ध गराउने छ भने क्रमशः बजेट थप गर्दै लगिने छ । यसका लागि स्नातक वा सोभन्दा माथि पढ्दै गरेका विद्यार्थी, प्राध्यापक र प्राविधिक कर्मचारीको समूह बन्ने छ । सो समूहलाई प्रस्तावका आधारमा २० देखि ४० लाख रुपैयाँ तीन वर्षका लागि बिना ब्याजमा उपलब्ध गराइने छ । निर्देशनालयले अगामी साउनको अन्तिमसम्ममा प्रस्ताव माग्ने तयारी गरेको छ । सुरुमा चार÷पाँच वटा प्रस्ताव मागेर कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । समूह छनोट भएसँगै उनीहरूलाई तालिम दिएर काम अघि बढाइने छ । समूहहरूले रकम फिर्ता गर्न थालेपछि सो रकम र अरु थप रकम गरी समूहको सङ्ख्या थपिँदै लगिने छ । कृषि, पशु, भेटेनरी, माछालगायतको उत्पादन र बजारीकरणसम्बन्धी प्रस्ताव आह्वान गरिने छ । बीउ उत्पादन, बिरुवा उत्पादन, कीरा मार्न उत्पादन हुने कीरा, हाइटेक नर्सरीजस्ता परियोजनामा लगानी गरिँदै छ । विश्वविद्यालय स्थापना हुँदै गर्दा पठनपाठनसँगै अनुसन्धान र प्रसारको कामसमेत गर्ने उल्लेख भएकाले सोहीअनुरूप यो कार्यक्रम अघि बढाइएको कट्टेलले जानकारी दिए । विद्यार्थीलाई व्यावसायिक रुपमा अघि बढ्न र विदेश जानबाट रोक्न यो परियोजना प्रभावकारी हुने देखिएको छ । १५ वर्षअघि स्थापना भएको यस विश्वविद्यालयमा ४ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
चीनको हुनानमा बाढी रोकथामका लागि ड्रोन प्रयोग
काठमाडौं । मध्य चीनको हुनान प्रान्तको जिजियाङ नदीमा बाढी रोकथामका लागि ड्रोनको प्रयोग गरिएको छ । नदीमा पाँच दिनमा तीन पटक बाढी आएपछि बाढी नियन्त्रणमा चुनौती थपिएको हो । अनहुआ काउन्टीमा स्थानीय अधिकारीहरूले नदीको किनारमा बाढी रोकथाममा ड्रोन प्रयोग गरेका छन् । मानव गस्तीको तुलनामा, ड्रोन गस्ती छिटो भएकाले प्रयोग गर्नुपरेको बताए । जिजियाङ नदीको काउन्टी–सीट खण्डमा गस्ती गर्न ड्रोनलाई मात्र २० मिनेट लाग्छ । जसले छोटो समयमा सम्भावित खतराहरू पहिचान गर्न सक्षम बनाउँछ ।
५३ करोडको लागतमा फिक्कल-नयाँबजार सडक कालोपत्र, दैनिक यात्रा गर्न सहज
फिक्कल । इलामको फिक्कल-जोगमाई-नयाँबजार-दुधाङ सडकअन्तर्गत फिक्कल-नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका-९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका-१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो । कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो । ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ रुपैयाँको लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताए । सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ । डिबिएसटी (डबल बिटुमिन एस ट्रिटमेन्ट) प्रविधिको कालोपत्र गरिएको हो । सडक कालोपत्रबाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको कामसमेत गरिएको छ । सो कार्यका लागि निर्माण कम्पनीसंग सम्झौता भएको थियो । विसं २०७९ कात्तिक १५ गते सम्पन्न हुनुपर्ने भए पनि सम्पन्न नभएपछि एक पटक म्याद थप भएको थियो । विसं २०७६ देखि नै काम सुरु भए पनि २०७७ कात्तिक २ गते ठूलो बाढी आएर पुलसमेत बगाएकाले काममा ढिलाइ भएकाले म्याद थप्नुपरेको निर्माण कम्पनीका प्रतिनिधि डिल्लीराम खनालले बताए । सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई दैनिक यात्रा गर्न सहज भएको छ । सडक कालोपत्र भएसँगै सूर्योदय नगरपालिकाको गोर्खे तथा माइजोगमाई गाउँपालिकाको जोगमाई, नयाँबजार, प्याङलगायत विभिन्न क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । ‘पहिले बर्खामा याममा सडक हिलाम्मे हुने भएकाले दैनिक उपभोग्य सामग्री ल्याउन फिक्कल बजारसम्म पुग्न धेरै कष्ट भोग्नुपर्दथ्यो’, माइजोगमाई गाउँपालिका–१ का किसान बिनु खड्काले भनिन्, ‘सडक कालोपत्रे भएसँगै यो वर्षदेखि त्यो कष्ट अन्त्य भएको छ, पहिले चार घण्टा समय खर्चेर फिक्कल पुग्नुपर्दथ्यो, अहिले आधा घण्टामा पुग्न सकिन्छ ।’ सडक कालोपत्रे भएसँगै बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत सहज भएका माइजोगमाई –१ नयाँ बजारका देवी अधिकारी बताउँछिन् । ‘विगतमा कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण बिरामीलाई अस्पतालसम्म पु¥याउनसमेत हम्मेहम्मे पर्दथ्यो’, उनले भनिन्, ‘सडक कालोपत्र भएपछि सहजरुपमा सवारी साधन गुडाउन तथा बिरामीलाई अस्पताल पुर्याउन सकिने भएको छ ।’ सडक कालोपत्रसँगै कृषकलाई धेरै फाइदा पुगेको उनीहरु बताउँछन् । ‘सडक कालोपत्र भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन निकै सहज भएको छ, व्यवसायी गाडी लिएर गाउँगाउँसम्म आउन थालेका छन्’, स्थानीय मनिकुमार राईले भने, ‘यहाँ उत्पादित कृषिउपज बारीबाटै बिक्री हुन थालेको छ, आउँदो दिनमा कृषि उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।’ रासस
दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी
काठमाडौं । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् । क्रसर उद्योगीहरुले विगत १० वर्षदेखी उद्योगहरुको नवीकरण हुन नसक्दा आफुहरु मारमा परेको बताए । आफुहरुको माग सम्बोधनका लागि पटक–पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।