श्रीलंकामा मर्यादित महिनावारीसम्बन्धी अन्तर्राष्ट्रिय तालिम

<p>काठमाडौं । श्रीलंकाको राजधानी कोलोम्बोमा मर्यादित महीनावारीसम्बन्धी अन्तर्राष्ट्रिय तालिम सुरु भएको छ । कोलोम्बो प्लानको सहकार्यमा दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल (साउथ एशिया कोलेसन) ले पाँच दिनको प्रशिक्षक प्रशिक्षण तालिम सोमबार श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको हो। महिनावारी विभेदलाई अन्त्य गरी महिनावारी मर्यादित बनाउने विषयमा केन्द्रित तालिमको नेतृत्व नेपालले गरेको छ । सञ्जालका प्रमुख तथा [&hellip;]</p>

काठमाडौं । श्रीलंकाको राजधानी कोलोम्बोमा मर्यादित महीनावारीसम्बन्धी अन्तर्राष्ट्रिय तालिम सुरु भएको छ ।

कोलोम्बो प्लानको सहकार्यमा दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल (साउथ एशिया कोलेसन) ले पाँच दिनको प्रशिक्षक प्रशिक्षण तालिम सोमबार श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको हो।

महिनावारी विभेदलाई अन्त्य गरी महिनावारी मर्यादित बनाउने विषयमा केन्द्रित तालिमको नेतृत्व नेपालले गरेको छ ।

सञ्जालका प्रमुख तथा अभियन्ता डाक्टर राधा पौडेलको नेतृत्वमा सुरु भएको तालिममा १४ देशका २६ जनाको सहभागिता रहेको छ । तालिममा नेपाल, भारत, अमेरिका, दक्षिण कोरिया, सुडान, फ्रान्स, फिलिपिन्स, नेदरल्याण्डस लगायतका देशको सहभागिता रहेको छ ।

पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको कोलोम्बो प्लानहले पहिलो पटक मर्यादित महिनावारीको सहकार्य गरेको छ।

सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरु रहेको छन् । संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।
तालिममा नेपालसहित विश्वभरी रहेको महिनावारी विभेदलाई थप उत्खनन गरेर महिनावारीलाई मर्यादित बनाउने विषयमा छलफल गरिने अभियन्ता पौडेलले बताइन ।

‘मर्यादित महिनावारी सबै क्षेत्रमा सबैले काम गर्नुपर्ने विषय हो’ पौडेलले भनिन् ‘यो तालिममा पनि सरकारी, सयुक्त राष्ट्रसंघीय कार्यक्रम, गैरसरकारी संघ सस्था, निजीक्षेत्र, सञ्चार माध्यम सबै क्षेत्रको सहभागिता रहेको छ ।’

तालिमका क्रममा अन्तर्राष्टि तालिम प्रशिक्षक प्रशिक्षण पुस्तिका समेत विमोचन हुनेछ । तालिम असार २१सम्म चल्नेछ ।

Share News