विकासन्युज

सीआईबीको निष्कर्ष : ३ हजार २ सय ५४ केजी सुन तस्करी, २ खर्ब ६६ अर्ब माग दाबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक सुमा लुकाएर ३ हजार २ सय ५४ केजी सुन तस्करी गरेकाे प्रतिवेदन सार्वजनिक गरेकाे छ । सीआईबीले ब्रेक सुमार्फत ६० किलो सुन तस्करीको अनुसन्धान गर्दा साे परीमाणकाे सुन तस्करी भएकाे भेटाएकाे हाे । सीआईबीले आइतबार दिएको जानकारीअनुसार सुन तस्करीमा संलग्न २६ जना अझै फरार छन् । सीआईबीले गरेको अनुसन्धानमा ब्रेक सुमा लुकाएर ३ सय ६२.७७८ किलो र अरू इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८ सय ३१.८९ किलो सुन तस्करी गरेको देखिएको छ । हाल यसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँभन्दा बढी पर्छ । सीआईबीले पक्राउ परेका २० र फरार २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब, ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो माग गर्ने तयारी भइरहेको सीआईबीले जानकारी दिएको छ । २०८० साउन २ गते त्रिभुवन विमानस्थलबाट ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन बरामद गरिएको थियो । सीआईबीले तस्करीमा संलग्न विरुद्द २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको मागदाबीसहित प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको छ ।  

देउवा-ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन : सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समिकरण नफेरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले)का शिर्ष नेताहरुको भेट हुनासाथ सत्ता समिकरण उलटफेर नहुने बताएका हुन् । उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए । नेताहरु भेट हुनासाथ सत्ता समिकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने जानकारी दिए । ‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ, एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरु हामीले पढ्न पाउछौँ, त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन, तरपनि राजनीतिक दलका नेताहरुका बीचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो’, उनले भने । सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराए ।

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

काठमाडौं । बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । यहाँका स्थानीयवासी खानेपानीका लागि ढुङ्गेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुगेर स्थानीयवासीले यस विषयमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको स्थानीय रञ्जन श्रेष्ठले गुनासो गरे । वर्षाका बेला आउने धमिलो पानी खाँदा घाँटी दुख्ने, नुहाउँदा जीउ चिलाउनेलगायत समस्या हुने गरेको उनले सुनाए । वर्षाका बेला लिमिटेडले सुन्दरीजल क्षेत्रमा पठाउने पानी धमिलो हुने गरेको स्थानीय रविना तामाङको भनाइ छ । सुन्दरीजलबाट काठमाडौं उपत्यकामा वाग्मतीको मात्र नभइ मेलम्चीको पानी पनि वितरण गरिन्छ । बागमतीबाट वर्षामा दैनिक १३ करोड र हिउँद याममा दैनिक नौ करोड लिटर पानी राजधानीको मुख्य सहरमा वितरण गरिन्छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथानबाट २६ दशमलव पाँच किमी सुरुङ मार्ग हुँदै आउने १७ करोड ५० लाख लिटर पानी सुन्दरीजल महांकालस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन भएर काठमाडौं उपत्यकामा वितरण हुने गरेको छ । हिउँदमा आउने मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुन्छ । जसले गर्दा राजधानीवासीले खानेपानीको समस्याबाट उन्मुक्ति पाउन सकेका छैनन् । गत सातामात्र मेलम्चीको पानी राजधानीमा वितरण बन्द गरिएको थियो । सुन्दरीजलवासीको खानेपानी समस्या समाधानमा स्थानीय सरकारले लामो समयदेखि मौन बस्दै आएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगर क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम गरिरहेको बताए । केही क्षेत्रको खानेपानी समस्या समाधान भए पनि मुहान क्षेत्र सुन्दरीजलमै समस्या भोग्नुपरेको गुनासो आइरहेको उनले स्वीकार गरे । लिमिटेडले समयमै काम नगर्दा सुन्दरीजल क्षेत्रमा हिउँदमा पानी नआउने, वर्षामा आउँदा धमिलो आउने गरेको नगरपालिकाले जनाएको छ ।

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरू स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । ‘युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अतः २१औं शताब्दीका युवा, विद्यार्थीका चाहना, आवश्यकता र प्राथमिकता बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।’ पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि विश्वविद्यालयहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतको खोजीका पनि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । ‘अब विश्वविद्यालयहरूले सरकारको मुख ताकेर बस्ने होइन, हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि वैकल्पिक साधन–स्रोतका खोजीका लागि ध्यान केन्द्रित गर्नैपर्छ,’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा संघ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँगको सहकार्यमा आइपर्ने बाधा, कानुनी एवं नीतिगत समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’ उनले ऐनको समयानुकूल परिमार्जनका लागि सरकारबाट आवश्यक सहयोग हुने बताए । उच्चशिक्षामा विकासको गतिलाई व्यापक, व्यावहारिक र जीवनोपयोगी बनाउनुपर्ने सुझाव दिँदै प्रधानमन्त्री दाहालले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको बढ्दो प्रभाव घटाउनका लागि सूक्ष्म खोज–अनुसन्धान, प्राकृतिक सम्पदा र परम्परागत ज्ञान–सीपको संरक्षणमा लाग्नुपर्ने बताए । उनले पर्यटन प्रवर्द्धन र कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणका माध्यमबाट प्रदेशका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । खासगरी अलैँची, चिया, रूद्राक्ष, जडीबुटी, जुट, फलफूललगायत देशका मौलिक उत्पादनहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धान गर्न विश्वविद्यालयलाई सुझाव दिँदै प्रधानमन्त्रीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तारमा विश्वविद्यालयले महत्वपूर्ण योगदान गर्नुपर्ने बताए । गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका आम जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायहरूको खोजी गरेर चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

जीवन विकास लघुवित्तले पायो अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रर्वद्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए । बङ्गलादेशबाट सुरु भएको थ्री जिरो क्लब सञ्जाल ५६ देशमा फैलिएको छ । विश्वभर थ्री जिरो क्लबको संख्या ३ हजार ८ सय बढी छन् । ती मध्ये सबैभन्दा धेरै नेपालमा २ हजार पाँच सय थ्री जिरो क्लब छन् । नेपालमा रहेका मध्ये आधा भन्दाबढी १ हजार ४१८ वटा थ्री जिरो क्लब जीवन विकास लघुवित्त वित्तीय संस्थाले गठन गरेको हो । सन् २०२१ डिसेम्बर ११ बाट जीवन विकासले थ्री जिरो क्लब गठन सुरु गरेको थियो । जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । वातावरण संरक्षण र अतिविपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् । थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवद्र्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेका थिए । सो अवार्ड ग्रहणका लागि संस्थाको तर्फबाट जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठ, जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदार रेग्मी उपस्थित भएका थिए । अन्तर्राष्ट्रिय थ्री जिरो सपोर्ट अर्गनाइजेशन अवार्ड ग्रहणका क्रममा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले क्लब सपोर्ट बापत जीवन विकासले तेस्रो पटक पुरस्कार प्राप्त गरेको बताए । अर्काे सम्मेलनमा पनि अवार्ड पाउनेगरी जीवन विकासले काम गर्ने उनले बताए । कन्भेन्सनमा क्लब सपोर्ट तर्फ जीवन विकासले अवार्ड प्राप्त गर्दा मेक्सीकोका सहभागीले क्लब सपोर्ट पर्सन अवार्ड र उत्कृष्ट क्लबको अवार्ड मलेसियाको क्लबले प्राप्त गरेको थियो । पुरस्कार ग्रहण गर्दै जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले अन्तर्राष्ट्रिय मञ्चमा जीवन विकासले प्राप्त गरेको पुरस्कार नेपालका लागि गौरवको विषय भएको बताए । ‘जीवन विकासले अवार्ड प्राप्त गर्नु हाम्रा लागि मात्रै होइन नेपालका लागि पनि गौरवको कुरा हो,’ उनले भने,‘यो अवार्डले पिल्डमा काम गर्नका लागि उर्जा मिलेको छ ।’ थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् । एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् । यसरी गठन भएको क्लब सामाजिक कार्यमा खटिन्छन् । जीवन विकासले गर्ने सामाजिक कार्यलाई प्रभावकारी बनाउन थ्री जिरो क्लबसँग सहकार्य गरिरहेको छ । ‘थ्री जिरो क्लबलाई लघुवित्तसँग जोडेर गरिने सामाजिक कार्य दिगो र प्रभावकारी हुन्छ, समाजले अपनत्व ग्रहण गर्छ, युवालाई अघि बढाउँदा धेरै सिक्न पाउँछन्’, नेतृत्व विकास पनि हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत मण्डल भन्छन्,‘हामीले क्लब मार्फत युवालाई समाजप्रतिको उत्तरदायित्व सिकाइरहेका छौं । हाम्रा हरेक कार्यमा थ्री जिरो क्लबका युवाहरू जोडिएका छन् ।’ जीवन विकासले गत वैशाख ५ गते नेपालमा पहिलो पटक थ्री जिरो सदस्य सम्मेलन आयोजना गरेको थियो ।

बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

काठमाडौं । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग÷सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानम तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहेको अवधिभर कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा बाढी पहिरोको उच्च जोखिममा छन् । यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासीपूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । यसैगरी लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व पनि बाढी पहिरोको उच्च जोखिममा छन् । मधेश प्रदेश र सुदुरपश्चिममा भने सो अवधिमा उच्च जोखिम छैन ।

एउटै लघुवित्तमा १४ बैंकको लगानी, पौने ९ अर्बको सेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा छन् । राष्ट्र बैंककै तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असारसम्म लघुवित्त वित्तीय संस्थाहरूको चुक्ता पुँजी ३४ अर्ब ८ करोड रुपैयाँ छ । केन्द्रीय बैंकको नियमनको दायरामा रहेका लघुवित्त संस्थाहरूमा अधिकांश लगानी राष्ट्र बैंककै नियमनभित्र रहेका बैंक तथा वित्तीय सस्थाहरूको रहेको छ । लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा ३७ वटा लघुवित्त संस्थाहरू रहेका छन् । ३५ वटा लघुवित्त संस्थाहरूमा बैंक तथा वित्तीय संस्थाको ८ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । ३५ वटा लघुवित्तमा वाणिज्य बैंक, विकास बैंक, वित्त (फाइनान्स) कम्पनीको ठूलो लगानी रहेको देखिन्छ । कुन बैंकको कति लगानी ? विभिन्न ३० वटा बैंक तथा वित्तको ३५ वटा लघुवित्तमा लगानी रहेको देखिन्छ । बैंक तथा वित्त कम्पनीको लघुवित्तमा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको तथ्याङ्कले देखाउँछ । जसमध्ये १८ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीको लगानी छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धरै नबिल बैंकको लगानी देखिन्छ । यस बैंकको १ अर्ब १० करोड रुपैयाँ, एनआईसी एशिया बैंकको १ अर्ब ८ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ अर्ब २ करोड रुपैयाँ, हिमालयन बैंकको ८९ करोड ३७ लाख रुपैयाँ, कृषि विकास बैंकको ५५ करोड ३१ लाख रुपैयाँ, एभरेष्ट बैंकको ५० करोड ५९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३ करोड १० लाख रुपैयाँ, एनएमबि बैंकको ३८ करोड ९५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३४ करोड ९४ लाख रुपैयाँ, प्रभु बैंकको ३४ करोड ४५ लाख रुपैयाँ, नेपाल बैंकको ३३ करोड ३२ लाख रुपैयाँ, कुमारी बैंकको ३३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर लगानी विभिन्न लघुवित्तमा गरेका छन् । प्राइम कमर्सियल बैंकको २२ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १७ करोड ५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३ करोड ६६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १३ करोड ११ लाख रुपैयाँ, सिटिजन्स बैंकको ११ करोड ७५ लाख रुपैयाँ र नेपाल एसबिआई बैंक को ६ करोड ३३ लाख रुपैयाँ बराबरको लगानी विभिन्न लघुवित्तमा छ । यस्तै, विकास बैंकहरूमा लम्बिनी विकास बैंकको ३५ करोड ४२ लाख रुपैयाँ, शांग्रिला डेभलपमेन्ट बैंकको ३ करोड ५० लाख रुपैयाँ, गरिमा विकास बैंकको १ करोड ७७ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १ करोड २५ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६९ लाख ६६ हजार रुपैयाँ र ज्योति विकास बैंकको ६४ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी गरेका हुन् । यस्तै, फाइनान्स कम्पनीहरूमा आईसीएफसी फाइनान्सको ११ करोड ९२ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको १ करोड ६७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड १ लाख रुपैयाँ, गुडविल फाइनान्सको ५ करोड ७१ लाख रुपैयाँ, पोखरा फाइनान्सको ६४ लाख ४३ रुपैयाँ, वेस्ट फाइनान्सको ५७ लाख ३७ हजार रुपैयाँ लगानी गरेका हुन् । कुन लघुवित्तमा कुन बैंकको कति सेयर ? ग्रामीण विकास लघुवित्त ग्रामीण विकास लघुवित्तमा विभिन्न १० वटा वाणिज्य बैंकको सेयर स्वामित्व छ । नेपाल बैंकको ६.८९ प्रतिशत अर्थात् ६ लाख ७७ हजार ५५०.६२ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ५.०९ प्रतिशत अर्थात् ५ लाख ४७६ कित्ता, हिमालयन बैंकको १.४६ प्रतिशत अर्थात् १ लाख ४३ हजार ९९४ कित्ता, नबिल बैंकको २.२९ प्रतिशत अर्थात् २ लाख २५ हजार ४९४ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.७४ प्रतिशत अर्थात् ७२ हजार ८९८ कित्ता सेयर स्वामित्व छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.००६ प्रतिशत अर्थात् ६ सय कित्ता, नेपाल एसबिआई बैंकको १.४१ प्रतिशत अर्थात् १ लाख ३९ हजार २१५ कित्ता, कृषि विकास बैंकको ०.०१ प्रतिशत अर्थात् १ हजार ४७ कित्ता, ग्लोबल आइएमई बैंकको ०.०१ प्रतिशत अर्थात् १ हजार ४७ कित्ता र कुमारी बैंकको ०.००२ प्रतिशत अर्थात् २३३ कित्ता सेयर लगानी रहेको छ । डिप्रोक्स लघुवित्त डिप्रोक्स लघुवित्तमा नबिल बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता, नेपाल बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता, कषि विकास बैंकको ७.६९ प्रतिशत अर्थात् ११ लाख ९२ हजार ६०७ कित्ता सेयर स्वामित्व छ । यस्तै लुम्बिनी विकास बैंकको ९.२७ प्रतिशत अर्थात् १४ लाख ३७ हजार ८८९ कित्ता संस्थापक र ३.४९ प्रतिशत अर्थात् ५ लाख ४१ हजा ७०७ कित्ता पब्लिक गरी १२.७६ प्रतिशत अर्थात् १९ लाख ७९ हजार ५९६ कित्ता सेयर लगानी छ । स्वाबलम्बन लघुवित्त स्वाबलम्बन लघुवित्तमा नबिल बैंकको ८.५७ प्रतिशत अर्थात् ११ लाख ५ हजार ८३१ कित्ता संस्थापक र ०.३३ प्रतिशत अर्थात् ४३ हजार ४२ कित्ता पब्लिक सेयर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०.३० प्रतिशत अर्थात् १३ लाख २९ हजार ७७५ कित्ता संस्थापक सेयर र ९ कित्ता पब्लिक, हिमालयन बैंकको १०.२७ प्रतिशत अर्थात् १३ लाख २५ हजार ८२ कित्ता संस्थापक सेयर र १.७१ प्रतिशत अर्थात् २ लाख २० हजार ८४७ कित्ता पब्लिक सेयर लगानी छ । यस्तै लक्ष्मी सनराइज बैंकको ३.१२ प्रतिशत अर्थात् ४ लाख २ हजार ८६१ कित्ता सेयर स्वामित्व छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त फस्र्ट माइक्रोफाइनान्स लघुवित्तमा प्रभु बैंकको १०.९३ प्रतिशत अर्थात् १२ लाख ५४ हजार ४८६ कित्ता, ग्लोबल आइएमई बैंकको १०.१७ प्रतिशत अर्थात् ११ लाख ६७ हजार २५७ कित्ता, कुमारी बैंकको ४.०५ प्रतिशत अर्थात् ४ लाख ६४ हजार ८३७ कित्ता, आईसीएफसी फाइनान्सको ३.५५ प्रतिशत अर्थात् ४ लाख ७ हजार ४४९ कित्ता र राष्ट्रिय वाणिज्य बैंकको १.७१ प्रतिशत अर्थात् १ लाख ९६ हजार २६४ कित्ता सेयर स्वामित्व छ । सूर्याेदय वोमी लघुवित्तमा एनआईसी एशिया बैंकको १.३६ प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता र गरिमा विकास बैंकको ०.५४ प्रतिशत अर्थात् ४२ हजार ९०१ कित्ता सेयर लगानी रहेको छ । निर्धन उत्थान लघुवित्तमा नबिल बैंकको ९.३९ प्रतिशत अर्थात् २४ लाख ५३ हजार ५९४ कित्ता, एभरेष्ट बैंकको ७.६१ प्रतिशत अर्थात् १९ लाख ८८ हजार ९६६ कित्ता र हिमालयन बैंकको ७.६१ प्रतिशत अर्थात् १९ लाख ८८ हजार ९६५ कित्ता सेयर लगानी गरेका छन् । छिमेक लघुवित्तमा हिमालयन बैंकको ८.७३ प्रतिशत अर्थात् २४ लाख ७५ हजार ४५३ कित्ता र नबिल बैंकको ८.७३ प्रतिशत अर्थात् २४ लाख ७५ हजार ४५३ कित्ता सेयर स्वामित्व रहेको छ । साना किसान विकास लघुवित्त साना किसान विकास लघुवित्तमा १४ वटा बैंकको लगानी रहेको छ । कृषि विकास बैंकको १३.०२ प्रतिशत अर्थात् ४३ लाख ३८ हजार ३४ कित्ता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.१० प्रतिशत अर्थात् १३ लाख ६५ हजार ४२६ कित्ता, नबिल बैंकको ६.१३ प्रतिशत अर्थात् २० लाख ४३ हजार ३२३ कित्ता, हिमालयन बैंकको ३.७७ प्रतिशत अर्थात् १२ लाख ५५ हजार ८०५ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.०२ प्रतिशत अर्थात् १० लाख ६ हजार २३ कित्ता सेयर लगानी गरेका छन् । नेपाल बैंकको ३.६५ प्रतिशत अर्थात् १२ लाख १७ हजार ३४९ कित्ता, नेपाल एसबिआई बैंकको १.४८ प्रतिशत अर्थात् ४ लाख ९४ हजार ३४१ कित्ता, एभरेष्ट बैंकको १.३० प्रतिशत अर्थात् ४ लाख ३१ हजार ८२४ कित्ता, एनआईसी एशिया बैंकको १.१९ प्रतिशत अर्थात् ३ लाख ९७ हजार ७२२ कित्ता, सिद्धार्थ बैंकको १.१० प्रतिशत अर्थात् ३ लाख ६६ हजार २७६ कित्ता, ग्लोबल आइएमई बैंकको ०.६८ प्रतिशत अर्थात् २ लाख २४ हजार ९६९ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ०.६५ प्रतिशत अर्थात् २ लाख १७ हजार १८ कित्ता र कुमारी बैंकको ०.५६ प्रतिशत अर्थात् १ लाख ८५ हजार ९९ कित्ता सेयर लगानी गरेका हुन् । हिमालयन लघुवित्तमा हिमालयन बैंकको ५१ प्रतिशत अर्थात् १४ लाख ६९ हजार ४३४ कित्ता, विजय लघुवित्तमा गुडविल फाइनान्सको २१.४३ प्रतिशत अर्थात् ५ लाख ७१ हजार २८० कित्ता, एनएमबि लघुवित्तमा एनएमबि बैंकको ५१ प्रतिशत अर्थात् ३३ लाख ४४ हजार ९०२ कित्ता सेयर लगानी रहेको छ । ग्लोबल आइएमई लघुवित्तमा ग्लोबल आइएमई बैंकको ५७.४८ प्रतिशत अर्थात् ३५ लाख ५७ हजार ४३७ कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.८३ प्रतिशत अर्थात् २ लाख ३७ हजार ३८ कित्ता सेयर, महुलि लघुवित्तमा सिटिजन्स बैंकको २.६३ प्रतिशत अर्थात् ८४ हजार ६८२ कित्ता सेयर लगानी रहेको छ । फरवार्ड लघुवित्तमा एभरेष्ट बैंकको २५ प्रतिशत अर्थात् २६ लाख ३८ हजार ८७९ कित्ता, नेपाल लाइफको ३.२० प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५०० कित्ता, राष्ट्रिय वाणिज्य बैंकको १.०४ प्रतिशत १ प्रतिशत ९ हजार ६८८ कित्ता सेयर लगानी रहेको छ । मेरो माइक्रोफाइनान्स  मेरोमाइक्रोफाइनान्स लघुवित्तमा ग्लोबल आइएमई बैंकको १४ प्रतिशत अर्थात् १८ लाख ४८ हजार २० कित्ता, सिटिजन्स बैंकको ६.९० प्रतिशत अर्थात् ९ लाख १० हजार ८०१ कित्ता, प्रभु बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता, सिद्धार्थ बैंकको ६.५ प्रतिशत अर्थात् ८ लाख ५८ हजार कित्ता, एनएमबि बैंकको ४.१७ प्रतिशत अर्थात् ५ लाख ५० हजार ३१६ कित्ता सेयर लगानी गरेका हुन् । यस्तै प्राइम बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता, कुमारी बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार कित्ता र लुम्बिनी विकास बैंकको ७ प्रतिशत अर्थात् ९ लाख २४ हजार ४५ कित्ता सेयर स्वामित्व रहेको छ । समता घरेलु लघुवित्तमा लुम्बिनी विकास बैंकको ३.८७ प्रतिशत अर्थात् १ लाख ५२ हजार ६६४ कित्ता, आरएसडिसी लघुवित्तमा ग्लोबल आइएमई बैंकको १२ प्रतिशत अर्थात् १० लाख ४३ हजार ४८१ कित्ता सेयर लगानी गरेका छन् । नेशनल लघुवित्तमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.०५ प्रतिशत अर्थात् १४ लाख १४ हजार ५३१ कित्ता, कुमारी बैंकको ९.४९ प्रतिशत अर्थात् १० लाख २८ हजार ७६२ कित्ता, प्राइम बैंकको १.८८ प्रतिशत अर्थात् २ लाख ४ हजार ५ कित्ता, गरिमा विकास बैंकको १.२४ प्रतिशत अर्थात् १ लाख ३४ हजार ८०७ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको १.२२ प्रतिशत अर्थात् १ लाख ३२ हजार ४७० कित्ता सेयर लगानी गरेका हुन् । यस्तै गोर्खाज फाइनान्स को ०.९३ प्रतिशत अर्थात् १ लाख १ हजार १४२ कित्ता सेयर, सिद्धार्थ बैंकको ०.८० प्रतिशत अर्थात् ८६ हजार ७९९ कित्ता, हिमालयन बैंकको ०.५४ प्रतिशत अर्थात् ५८ हजार २८७ कित्ता, नबिल बैंकको ०.५४ प्रतिशत अर्थात् ५८ हजार २८७ कित्ता र बेस्ट फाइनान्सको ०.५३ प्रतिशत अर्थात् ५७ हजार ३७७ कित्ता सेयर लगानी गरेका हुन् । नाडेप लघुवित्तमा नबिल बैंकको २५ प्रतिशत अर्थात् १२ लाख १४ हजार ४०० कित्ता र लुम्बिनी विकास बैंकको १० प्रतिशत अर्थात् ४ लाख ८५ हजार ७६० कित्ता सेयर स्वामित्व छ । आरम्भ चौतारी लघुवित्तमा सेन्ट्रल फाइनान्सको ४.५५ प्रतिशत अर्थात् १ लाख ६७ हजार १८५ कित्ता, कामना सेवा विकास बैंकको ३.४२ प्रतिशत अर्थात् १ लाख २५ हजार ३८९ कित्ता, ग्लोबल आइएमई बैंकको २.२८ प्रतिशत अर्थात् ८३ हजार ५९२ कित्ता, प्रभु बैंकको २.२८ प्रतिशत अर्थात् ८३ हजार ५९२ कित्ता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १.९० प्रतिशत अर्थात् ६९ हजार ६६० कित्ता र सिटिजन्स बैंकको १.३३ प्रतिशत अर्थात् ४८ हजार ७६२ कित्ता सेयर स्वामित्व छ । स्वाभिमान लघुवित्तमा प्राइम बैंकको १४.५५ प्रतिशत अर्थात् २ लाख १२ हजार ६१३ कित्ता, एनआईसी एशिया लघुवित्तमा एनआईसी एशिया बैंकको ५७.७५ प्रतिशत अर्थात् १ करोड ४५ हजार कित्ता, युनिक नेपाल लघुवित्तमा प्रभु बैंकको १४.२८ प्रतिशत अर्थात् १ लाख ५८ हनार कित्ता र एनसीसी बैंक (कुमारी बैंक) को ९.७६ प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर लगानी गरेका छन् । जाल्पा सामुदायिक लघुवित्तमा प्राइम बैंकको ४.११ प्रतिशत अर्थात् ७५ हजार १७६ कित्ता, ज्योति विकास बैंकको ३.५३ प्रतिशत अर्थात् ६४ हजार ४३७ कित्ता र पोखरा फाइनान्सको ३.५३ प्रतिशत अर्थात् ६४ हजार ४३७ कित्ता, नेष्डो समृद्ध लघुवित्तमा प्रभु बैंकको ७.२६ प्रतिशत अर्थात् १ लाख २५ हजार कित्ता, किसान लघुवित्तमा प्रभु बैंकको ७ प्रतिशत अर्थात् ३ लाख ५३ हजार १०० कित्ता र प्राइम बैंकको ३ प्रतिशत अर्थात् १ लाख ५१ हजार १२६ कित्ता सेयर स्वामित्व छ । श्रृजनशील लघुवित्तमा एनआईसी एसिया बैंकको १४.२९ प्रतिशत अर्थात् १ लाख कित्ता, अभियान लघुवित्तमा कुमारी बैंकको १६.३९ प्रतिशत अर्थात् २ लाख ५० हजार कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६.३९ प्रतिशत अर्थात् २ लाख ५० हजार कित्ता, जीवन विकास लघुवित्तमा एनआईसी एशिया बैंकको २.१४ प्रतिशत अर्थात् २ लाख २० हजार ९३२ कित्ता सेयर स्वामित्व छ । आशा लघुवित्त (साविक राष्ट्र उत्थान)मा राष्ट्रिय वाणिज्य बैंकको २१.१५ प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता र प्रभु बैंकको ११.५४ प्रतिशत अर्थात् ३ लाख कित्ता, लक्ष्मी लघुवित्तमा लक्ष्मी बैंकको ७० प्रतिशत अर्थात् ३० लाख ९१ हजार ६३४ कित्ता, साधना लघुवित्तमा कुमारी बैंकको ९.१८ प्रतिशत अर्थात् ३ लाख ५० हजार ९१३ कित्ता र शांग्रिला डेभलपमेन्ट बैंकको ९.१८ प्रतिशत अर्थात् ३ लाख ५० हजार ९१३ कित्ता सेयर लगानी गरेका छन् । नेरूडे मिर्मिरे (नेरूडे)लघुवित्तमा प्राइम बैंकको ९.६१ प्रतिशत अर्थात् ७ लाख ३ हजार ७०६ कित्ता र सिटिजन्स बैंकको १.८० प्रतिशत अर्थात् १ लाख ३१ हजार ६८३ कित्ता, उपकार लघुवित्तमा प्रभु बैंकको ९.१४ प्रतिशत अर्थात् ९७ हजार ५० कित्ता र धौलागिरी लघुवित्तमा प्रभु बैंकको ११.२७ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर लगानी गरेका छन् । [pdf id=494191]

सेभेनस्टार इन्टरनेसनल ट्राभलको टिकेटिङ पोर्टल सञ्चालनमा

काठमाडौं । नेपाली ट्राभल एजेन्सी सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले अनलाईन ट्राभल एजेन्सी ईसेभेनस्टार डटकमको औपचारिक शुभारम्भ गरेको छ । आसार १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको हो । सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको कम्पनीले बताएको छ । ‘विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अबको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ,’ इसेभेन स्टारको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले भने, ‘यससँगै हाम्रो पहुँच विश्वभरको बजार र विश्वभर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ ।’ लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको इसेभेनस्टार डटकम मार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आफैँले काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४ सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् । अनलाईनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायकबाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको कम्पनीले जनाएको छ ।