सेभेनस्टार इन्टरनेसनल ट्राभलको टिकेटिङ पोर्टल सञ्चालनमा

<p>काठमाडौं । नेपाली ट्राभल एजेन्सी सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले अनलाईन ट्राभल एजेन्सी ईसेभेनस्टार डटकमको औपचारिक शुभारम्भ गरेको छ । आसार १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको हो । सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो [&hellip;]</p>

काठमाडौं । नेपाली ट्राभल एजेन्सी सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले अनलाईन ट्राभल एजेन्सी ईसेभेनस्टार डटकमको औपचारिक शुभारम्भ गरेको छ । आसार १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गर्दै यस अनलाईन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरिएको हो ।

सेवाको उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स आफ्नो एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको कम्पनीले बताएको छ ।

‘विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अबको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ,’ इसेभेन स्टारको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले भने, ‘यससँगै हाम्रो पहुँच विश्वभरको बजार र विश्वभर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ ।’

लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको इसेभेनस्टार डटकम मार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आफैँले काट्न सक्नेछन् भने आवश्यक परेको खण्डमा २४ सै घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन् ।

अनलाईनमा गएर खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायकबाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Share News