दक्षिण कोरियामा रोबोटले गर्यो आत्महत्या !
काठमाडौं । दक्षिण कोरियामा एउटा अनौठो घटना बाहिर आएको छ । त्यहाँको एक रोबोटले आत्महत्या गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलले लेखेकाे छ । रोबोटले सिँढीबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । रोबोटको आत्महत्याको प्रयासपछि अब वैज्ञानिकहरूले यसलाई अनुसन्धानको विषयका रूपमा लिएका छन् । के हो रोबोट आत्महत्या ? रोबोट आत्महत्याको घटना दक्षिण कोरियाको हो, यहाँको मध्य दक्षिण कोरियाको नगरपालिकाले जानकारी दिँदै रोबोट आत्महत्याको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । रिपोर्टका अनुसार रोबोटले ९ देखि ६ बजेसम्म काम गर्दथ्यो । उक्त रोबोटसँग सरकारी परिचयपत्र पनि थियो । रोबोट केही समयदेखि कामका कारण तनावमा भएकाले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियामा लामो समयदेखि मेसिनबाट काम भइरहेको छ । हरेक १० जनामा एउटा रोबोट रहेको बताइएको छ । यसबारे अहिलेसम्म यसबारे विभिन्न दाबीहरू भइरहेका छन् । तर, रिपोर्टले रोबोटमा कामको धेरै दबाब रहेको र त्यसका कारण ऊ निकै चिन्तित भएको दाबी गरेको छ । यो रोबोटले गुमी सहरका बासिन्दालाई विगत एक वर्षदेखि प्रशासनिक काममा सहयोग गर्दै आएको मध्य दक्षिण कोरिया नगरपालिकाका एक अधिकारीले जानकारी दिए । सिँढीबाट हाम फाल्नुअघि रोबोटले कुनै यस्तो व्यवहार देखाएको थियो जसलाई मानिसहरूले आत्महत्याको संज्ञा दिएका छन् । एजेन्सी
प्लस टुमा इन्टर्नसिप गर्ने एक मात्र शैक्षिक संस्था ‘आइएसटी कलेज’
काठमाडौं । पढेर काम गर्ने भन्दा पढ्दै कमाउँदै गर्ने विषय आजभोलि विद्यार्थीको रोजाइमा पर्छ । यस्ता विषय पढाइ गर्न हिमाल पहाडका विद्यार्थी अहिले शहरमा छिरिरहेका छन् । एसइईईपछि अथवा प्लसटुमै पनि काम गर्दै, कमाउँदै गर्न सकिने केही विषय मध्येको एउटा हो होटेल म्यानेजमेन्ट । पढाइसँगै काम गर्न मिल्ने अनि, देश विदेश जहाँ पनि राम्रो आम्दानी गर्न सक्ने विषय हो होटेल म्यानेमेन्ट । आजभोलि विद्यार्थीको आर्कषण यसमा बढ्दैछ । विदेशमा मात्र होईन नेपालमै पनि होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीले राम्रो कमाइ गर्न सक्छन् । विद्यार्थीहरुको रुचिलाई ध्यान दिदै एसईई पछि कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पाढाउने विद्यालयको संख्या पनि धेरै छ । प्लसटुमा नै विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्थासहित सञ्चालनमा आएको एउटा उत्कृष्ट शैक्षिक संस्था हो आइएसटी कलेज । यो कलेजले प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कूल सञ्चालनमा ल्याएको छ । जहाँ एसईईपछि कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तरगत होटल मेनेजमेन्ट, कम्पुटर साईन्स, टुरिजम मेनेजमेन्ट, जनरल मेनेजमेन्टका बिषयहरु पढाई हुन्छन् । आइएसटी कलेजले करिब दुई दशकदेखि हस्पिटालिटी क्षेत्रका लागि योग्य जनशक्ति उत्पादन गर्दै आएरहेको छ । यहाँ टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयाम सहित अन्तराष्ट्रिय स्तरका कोर्सहरु पनि सञ्चालन हुँदै आएका छन् । यो स्कुलमा होटल मनेजमेन्टमा अध्ययन गर्नेले भोकेशनल सर्टिफिकेट समेत प्राप्त गर्नेछन् भने कम्पुटर अध्ययन गर्ने बिद्यार्थीहरुले NCC Education Uk को अतिरिक्त बिषयहरु साईबर सेकुरिटी र डाटा साईन्सको पनि अध्ययन गर्न पाउँछन् । भौतिक संरचनाको राम्रो व्यवस्था विद्यार्थीलाई स्कुलमा राम्रो पढाइसँगै भौतिक संरचनाको पनि आवश्यक पर्छ । यो स्कुलले यसमा पनि ध्यान दिएको छ । यहाँ विद्यार्थीको लागि पर्याप्त पार्किङ्ग छ भने खेलकुदका लागि विभिन्न खैल मैदान पनि उपलब्ध छन् । राम्रो र शान्तपूर्ण वातावरणमा सम्पूर्ण भौतिक सुबिधाहरु पनि छन् । कम्पुटर ल्याब, प्रयोगात्मक भान्सा, प्रयोगात्मक रेष्टुरेन्ट, बेकरी, बार, हाउस किपिङ, मोक रुम, वारिस्ता, पुस्तकालयपनि सूविधा छ । उत्कृष्ट शिक्षाका लागि यस बिद्यालयमा विषय अनुसारका दक्ष शिक्षकहरुले अध्यापन गराइरहेका छन् । आईएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरुक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलार्ई उच्च प्राथमिकतामा राख्ने गरेको छ । इन्टर्नसिपको पनि व्यवस्था अन्य विद्यालय भन्दा आइएसटीले फरक तरिकाबाट विद्यार्थीलाई अध्ययन अध्यापन गराउदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थीले कक्षा १२ को अन्तिम परिक्षा दिए लगत्तै व्यावसायिक एवं व्यावहारिक ज्ञान सिकाइन्छ । जसका लागि होटल मेनेजमेन्टका विद्यार्थिहरुलाई ४ तारे होटलमा ३ देखि ६ महिना इन्टर्नसिपमा पठाउने गरिन्छ भने कम्पुटर साईन्सका बिद्यार्थिहरुलाई आइटी सम्बन्धित काम गर्ने टेक कम्पनिहरुमा पठाउने गरिन्छ । कम्पुटर साईन्सका विद्यार्थीले ४ देखि ६ महिनाको इन्र्टनशीपमा पठाउने व्यवस्था विद्यालयले गरेको छ । प्लस टु लेभलमा नै ईन्र्टशीपको व्यवस्था गर्ने नेपालको एक मात्र विद्यालय रहेको कलेजको दाबी छ । व्यवहारिक सिकाइ आइएसटी सेकेण्डरी स्कूल योग्य जनशक्ति तयार गर्ने विद्यालयको रुपमा अगाडी बढेको छ । यहाँ विद्यार्थीलाई पढाइसँगै अन्य क्रियाकलापमा पनि सहभागी गराइन्छ । बिद्यार्थिमा पढाईको अलावा व्यवहारिक सिप र ज्ञानमा पनि उत्तिकै महत्वका साथ गर्दै आएको कलेजले बताएको छ । साथै अतिरिक्त क्रियाकलापहरु अध्यन भ्रमण, सीएसअार, फुटसन टुर्नामेन्छ बैंक्वट कजलको पनि व्यवस्था गरेको छ । त्यसैले यस विद्यालयमा प्लस टु लेभलमा अध्ययन पुरा गरिसकेपछि विद्यार्थिहरुले विभिन्न होटलमा गएर इन्ट्रिलेभलका काम गर्न सक्षम हुनेछन् । धेरैको बुझाइ होटेल म्यानेजमेन्ट भन्ने वित्तिकै खाना पकाउन सिकाउने मात्र हो भन्ने बुझन्छ । तर होटेल म्यानेजमेन्ट पढाइदै आएका कलेज विद्यालय यसलाई प्राविधिक विषय भएको बताउँछन् । यसले पर्यटकको आथित्य सत्कार कसरी गर्नुपर्छ, कसरी खान बस्न व्यवस्था मिलाउनुपर्छ भन्ने विषयमा पनि विद्यार्थीलाई जानकारी मिल्छ । यो कोर्स प्लसटु देखि व्याचलर्सतहमा पनि पढाइ हुन्छ ।
अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक शनिबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् । विपी राजमार्गमा यातायात ठप्प पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । हेटौँडा–काठमाडौं सडकखण्डमा पहिरो बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ । यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यस्तै कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ । बेँसीसहर–चामे सडक अवरुद्ध पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए । घोराही–तुलसीपुर सडक सडक अबरुद्ध दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ । बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् । पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ । वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरू खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।
पुनःनिर्माण सम्पन्न भए पनि अवलोकनका लागि अझै खुलेन काष्ठमण्डप
काठमाडौं । पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षति भएको काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत वर्ष असोज १५ गते नै काठमाडौं महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्नेबारे यकिन हुने प्रमुख राईले बताए । निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानुनी पक्षबाट अध्ययन गर्ने काम भइरहेको छ । विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समिति गठन भएको थियो । काष्ठमण्डप पुनःनिर्माण गर्न २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने निर्णय भएको थियो । यसका लागि २०७५ जेठ २९ गते कामपा र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भएको थियो । सम्झौतापछि काम सुरु गर्न कामपाले समितिलाई रु ५० लाख उपलब्ध गराएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते पाँच करोड, २०७६ माघ ९ गते पाँच करोड र २०७८ असार १६ गते एक करोड उपलब्ध गराएको प्रमुख राईले बताए । पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन तथा संरक्षण गर्न समितिले कामपालाई आग्रह गरेको छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा पुनःनिर्माण गरिएको हो ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
ढोरपाटन । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ । ‘लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन,’ प्रहरी नायब उपरीक्षक यादवले भने । वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ । मालढुंगा–बेनी सडक अवरुद्ध यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक पनि अवरुद्ध भएको छ । भारी वर्षाका कारण कुश्मा नगरपालिका–१ मालढुंगा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सीताराम ओझाले जानकारी दिए । सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् ।
जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । जनता समाजवादी पार्टीले यसअघि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । जनता समाजवादी पार्टीबाट सङ्घीय सरकारमा नवलकिशोर साह सुडी वन मन्त्री, प्रदीप यादव स्वास्थ्य मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।
सरकारले समयमा रकम भुक्तानी नदिँदा आत्महत्या गर्दै व्यवसायी
काठमाडौं । मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमका कारण आर्थिक वर्ष २०८०/०८१ समाप्त हुन लाग्दा समेत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान गर्ने तर्फ राज्यबाट खासै पहल नभएको नेपाल निर्माण महासंघले जनाएको छ । शुक्रबार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैया भुक्तान हुन बाँकी रहेको बताए । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भए पछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व नै करीब ४० अर्ब रुपैयाँ रहेको अध्यक्ष सिंहले बताए । त्यस्तै चालू आयोजनाहरुको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकासा नभएको कारण लामो समय अघि देखि बाँकी भएको करीब २० अर्ब रुपैयाँ व्यवसायीले पाउन बाँकी रहेको महासंघले जानकारी दिएको छ । निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति रहेको अध्यक्ष सिंहले बताए । साथै राज्यले दिनुपर्ने कुनै पनि सहुलियत नदिई उल्टै व्यवसायीहरूलाई दिनहुँ ‘कालोसूची’ मा राखिएबाट उनीहरुमा गम्भिर मनोवैज्ञानिक निरासा बढ्दै गई केही व्यवसायीले आत्महत्या समेत गर्न थालेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सरकारी कार्यालयबाट भुक्तानी नपाएकै कारण डडेलधुराका निर्माण व्यवसायी डम्बरदत्त भट्ट (सन्तोष)ले असार १५ मा आत्महत्या गरेको अध्यक्ष सिंहले बताए । प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक कार्यक्रममै यसै असार मसान्त भित्र निर्माण व्यवसायीहरूको रकम भुक्तान गरिदिने प्रतिबद्धता जनाएको अवस्थमा त्यस बमोजिम तत्काल रकम भुक्तानीको व्यवस्था नभएर अन्य व्यवसायीहरू समेत ‘आत्महत्या’ गर्न सक्ने अत्यन्त दुखद परिस्थितितर्फ उन्मुख हुने र यसको जिम्मेवारी राज्यले लिनुपर्ने महासंघले जनाएको छ । यही २०८१ साल असार महिनाको १४ गते शुक्रबार देखि अर्थ मन्त्रालयबाट रकमान्तर र थप बजेट भुक्तानी सम्बन्धी कुनै पनि फाइल अगाडि नबढेको अवस्था विद्यमान रहँदा यसबाट राज्यको पूँजीगत खर्चको सूचकांक नकारात्मक हुने महासंघको भनाइ छ । समस्या समाधानका लागि आवश्यक बजेट रकमान्तर एवं थप गरी यही असार मसान्त भित्रै अनिवार्य रुपमा सबै निर्माण कार्यको भुक्तानीको व्यवस्था गर्न महासंघ अध्यक्ष सिंहले माग गरे । भुक्तानीको समस्या अत्यन्त विकराल भएको अहिलेको जटिल अवस्थामा व्यवसायीहरूले भुक्तानी नपाएको रकमलाई रकमान्तर तथा मन्त्रालयगत बजेट सूचना प्रणाली स्विकृत गरेर भएपनि अहिले सम्मको सबै भुक्तानी यही असार मसान्त सम्ममा उपलब्ध गराइदिन उनले सरकार समक्ष माग गरे । व्यवसायीहरूको ठूलो रकम अहिलेसम्म भुक्तान नभएको परिस्थितिमा सार्वजनिक निकायहरुले ठेक्का अन्त्य गर्दै बैंक जमानत दाबी गरी व्यवसायीहरुको जायजेथा तथा सम्पत्ति लिलाम गरिहेको हुँदा अधिकाशं निर्माण व्यवसायीहरु आर्थिक रुपमा धराशायी भएको उनले बताए । व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेण्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगायतका समस्याले पूरा हुन नसकेका ठेक्काहरू कानून बमोजिम सुविस्ताका आधारमा अन्त्य गरी फरफारक गरिदिने व्यवस्थाका लागि पनि महासंघले आग्रह गरेको छ । साथै विगत केही वर्ष अघि देखि जटिल बन्दै गएको निर्माण उद्योगको भुक्तानी सम्बन्धी समस्यालाई स्थायी रुपमा समाधान गर्नका लागि निर्माण व्यवसायीहरू समेतको संलग्नतामा ठोस रणनीति तय गर्न पनि महासंघले सरकार समक्ष जोडदार माग गरेको छ । पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले भुक्तानी अभावका कारण निर्माण उद्योग अत्यन्त जटिल मोडमा पुगेको बताए । व्यवसायीहरूले भुक्तानी पाउने गरी समाचार सम्प्रेषण गरिदिन पत्रकारहरूलाई आग्रह गरे । महासंघका महासचिव रोशन दाहालले भुक्तानीको समस्या समाधान नभएमा व्यवसायीहरूलाई मात्र नभएर सरकारलाई समेत मार पर्न सक्ने तर्फ सचेत गराए । निर्माण व्यवसायीहरूले रकम पाएमा मुलुकको समग्र अर्थतन्त्र नै चलायमान हुने महासचिव दाहालले बताए । निर्माण व्यवसायीहरूको रकम भुक्तानीका लागि महासंघ नेतृत्वले मुख्य दलहरूलाई खबरदारी गरिरहेको जानकारी महासचिव दाहालले दिए । महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले राज्यले आफ्नो पूँजीगत खर्च बढाउन पनि निर्माण व्यवसायीको रकम भुक्तान गर्नुपर्ने धारणा राखे । उद्योगको पनि ‘उद्योग’ को रुपमा निर्माण उद्योगको विकास विस्तारका लागि राजनीतिक नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने उपमहासचिव घिमिरेले बताए ।
वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन : नेपाल प्रहरी
काठमाडौं । नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरुलाई नभएको बताएका छन् । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाल प्रहरीको सिआईबी र अपराध अनुसन्धान विभागका अधिकारीहरुले सो कुरा बताएका हुन् । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल प्रहरीको सहकारी ठगी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरुले सहकारी नियमनको काम नेपाल प्रहरीको नभएको पनि बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । गृहसचिव एकनारायण अर्यालसहित उपस्थित बैठकमा प्रहरी अधिकारीहरुले सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जना मात्रै पक्राउ गरिएको र ८५६ जना फरार रहेको पनि समितिलाई जानकारी गराएका थिए । त्यसक्रममा प्रहरीले अनुसन्धानको यो प्रक्रियाबाट सहकारी पीडितले न्याय पाउने सम्भावना नेदेखिएको पनि प्रहरी अधिकारीहरुको निष्कर्ष रहेको पनि विशेष समितिका सभापति थापाले बताए । ‘अव पीडितहरुले माग दावी गरेको खासगरी प्रहरीले अनुसन्धान चलाएको र मुद्दा चलाएको विषयहरुमा बढीमा चाहीँ बढीका ठगीसँग सम्बन्धित विषय रहेको र त्यसमा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबरको ठगीमा परेको भनेर सहकारीका वचतकर्ताहरुले उहाँहरुसँग भन्नुभएको कुराहरुको बारेमा चाहीँ हामीले जानकारी पाएका छौं’, उनले भने । विशेष समितिले सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने भएको छ । यसको समग्र स्थितिको बारेमा नेपाल राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने निष्कर्षमा पुगिएको विशेष समितिले जनाएको छ । सभापति थापाले हाल समितिले सम्बन्धित पक्षसँग जानकारी लिने क्रम जारी राखेको, यसपछि प्रमाण संकलनको, विश्लेषणको चरणमा प्रवेश गर्ने कार्यसूचि रहेको बताए ।