विकासन्युज

साढे २ लाख भक्तजन गरे पाथीभरा देवीको दर्शन, कसरी जाने ?

काठमाडौं ।  एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र २ हजार ७५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा १ हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा ५ हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार १६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ । समितिका अनुसार मङ्सिरमा २० हजार ४१६, पुसमा ५ हजार ६५५ र माघमा ६ हजार ४०१ जनाले पूजापाठ गरेका छन् । त्यस्तै फागुनमा १७ हजार नौ सय १२ र चैतमा ५२ हजार ४५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा ८ हजार ६२९ र असारमा २ हजार ७५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ । ३ हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट ५ किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ ।

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक चालु आर्थिक वर्ष २०८१÷८२ को नीतिको मस्यौदा पारित गर्न बोर्ड (सञ्चालक समिति)को बैठक डाकेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारीले आज (शुक्रबा) बिहान ८ बैठक डाकेका हुन् । राष्ट्र बैंक बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामा छलफल गरी पारित गर्नेछ । यदि बोर्ड बैठकले पारित गर्याे भने आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले बताए । राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदालाई उच्च व्यवस्थापनले हिजै अन्तिम रूप दिइसकेको बताइएको छ ।स्रोतका अनुसार यसपटक लचिलो मौद्रिक नीतिको मस्यौदा तयार भएको छ । अब आज बस्ने सञ्चालक समितिको बैठकमा पेस गरिने र छलफल गरी पारित गरिनेछ । ब्याजदर एकल अंक र बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप थुप्रिँदा पनि कर्जाको माग नरहेकाले कर्जा विस्तार हुनेगरी नीति आउने देखिन्छ ।

डलरको मूल्य बढ्यो, यस्तो छ शुक्रबार विदेशी मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ४ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलरको खरिददर १३३.४५ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.९८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.६४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.३७ रुपैयाँ र बिक्रीदर १७४.१५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.८९ रुपैयाँ र बिक्रीदर ९०.३० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६२ रुपैयाँ र बिक्रीदर ९८.०६ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६२ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७४ रुपैयाँ तोकिएको छ । यसअघि बिहीबार (साउन ३ गते) अमेरिकी डलरको खरिददर १३३.४४ रुपैयाँ र बिक्रीदर १३४.०४ रुपैयाँ, युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ र बिक्रीदर १४६.६५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७४.०१ रुपैयाँ र बिक्रीदर १७४.७९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.०१ रुपैयाँ र बिक्रीदर ९०.४१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६२ रुपैयाँ र बिक्रीदर ९८.०५ रुपैयाँ तोकिएको थियो । यस्तै कतारी रियाल एकको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.५८ रुपैयाँ र बिक्रीदर ३५.७४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७४ रुपैयाँ थियो ।

यी ४ प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ । विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ । आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ ।

सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन दिन पाइने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज (साउन ४ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचनामा संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि साउन १८ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले एफपीओमा सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

सेवालाई चुस्त र प्रभावकारी बनाउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयमा बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले मन्त्रालय र मातहत निकायको अवस्थाबारे आफूले अध्ययन र सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै नतिजामुखी काममा केन्द्रित हुने विश्वास व्यक्त गरे । ‘छलफलमा आएका सुझाव मन्त्रालयको रणनीति तय गर्न मद्दत पुग्ने विश्वास लिएको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रका समस्या र समाधानबारे आएको सुझावलाई मनन गर्दै आगाम दिनमा पनि यस प्रकारका छलफललाई निरन्तरता दिइनेछ ।’ पर्यटनमन्त्री पाण्डेले अहिलेको पुस्ताले मुलुक नबनाउने हो भने कसले बनाउछ भन्दै मुलुक सामु आइपरेका चुनौतीलाई समाधान गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढाउन सबै पक्षबीच समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रका जल्दाबल्दा समस्यालाई सरोकारवालासँग छलफल र समन्वयका साथ समाधान गर्दै दिगो पर्यटन विकासका लागि मन्त्रालय लाग्ने उनको भनाइ थियो । उनले कसैसँग पनि नबहकिकन साच्चिकै मन्त्रालय र देशको हितमा लाग्न प्रमाणित गरेर देखाउने अठोटका साथअघि बढेको उल्लेख गरे । छलफलमा सहभागी सञ्चारकर्मीले पर्यटन दशक कार्यक्रम कार्यान्वयन गर्न, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सेवा चुस्त र प्रभावकारी बनाउन र नेपाल पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय बजारीकरणमा खरो रुपमा उत्रनका लागि नीतिगत र संरचनागत सुधार गर्न सुझाएका थिए ।

मधेसमा कांग्रेसबाट चार मन्त्री थपिए, आजै शपथ

धनुषा । मधेस सरकारमा नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन् । मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिस बमोजिम प्रदेश प्रमुख कार्यालयले उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेको हो । बिहीबार साँझ ७ बजेट उनीहरूको सपथ कार्यक्रम राखिएको छ। कुरा नमिलेपछि लोसपा भने सरकारमा सहभागी भएन । अब मुख्यमन्त्रीसित गृह र सञ्चार मन्त्रालय मात्र बाँकी छ ।

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार बने पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा बनेका छन् । ओलीका प्यारा पात्रका रुपमा परिचित खतिवडा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री बनेका थिए भने उनले नेपाल राष्ट्र बैंक र योजना आयोग पनि नेतृत्व गरिसकेका छन् । यस्तै, ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।