धनुषा । मधेस सरकारमा नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त भएका छन् ।
कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिस बमोजिम प्रदेश प्रमुख कार्यालयले उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेको हो ।
बिहीबार साँझ ७ बजेट उनीहरूको सपथ कार्यक्रम राखिएको छ।
कुरा नमिलेपछि लोसपा भने सरकारमा सहभागी भएन । अब मुख्यमन्त्रीसित गृह र सञ्चार मन्त्रालय मात्र बाँकी छ ।