काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा बनेका छन् ।
ओलीका प्यारा पात्रका रुपमा परिचित खतिवडा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री बनेका थिए भने उनले नेपाल राष्ट्र बैंक र योजना आयोग पनि नेतृत्व गरिसकेका छन् ।
यस्तै, ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।