विमान दुर्घटनाबारे बुझ्न गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरू घटनास्थलमा
काठमाडौं । सौर्य एयरको विमान दुर्घटनापछि गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरू विमानस्थल पुगेका छन् । गृहमन्त्री लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत विमानस्थल पुगेका हुन् । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द हुँदा दर्जनौं उडान प्रभावित भएका छन् । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने बुझिएको छ । विमानस्थल बन्द हुँदा आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू अन्य ठाउँ डाइभर्ट गरिएको छ ।
सम्पदा लघुवित्तद्वारा बीमा क्षतीपूर्ति बापतको रकम हस्तान्तरण
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले बीमा क्षतीपूर्ति बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको नयाँ शाखा कार्यालय नयाँसाँघु गोरखाले सिरानचोक गाउँपालिका ६ का सदस्य अशोक विश्वकर्माको मृत्यु भए पश्चात् पाउनुपर्ने बीमा क्षतीपूर्ति रकम सदस्यको श्रीमतीलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ । मृतक विश्वकर्माले कम्पनीबाट व्यवसायको लागि बिना धितो कर्जा ५ लाख रुपैयाँ लिएकोमा मृत्यु भएपछि नियम अनुसार कर्जाको साँवा र ब्याजससहित ४ लाख १० हजार रुपैयाँ मिनाहागरी ६ लाख ८४ हजार रुपैयाँ कम्पनीका अध्यक्ष कृष्ण बहादुर थापासहितका पदाधिकारीले उनको श्रीमति सिता विश्वकर्मालाई प्रदान गरेका हुन् ।
जहाज दुर्घटना : चालक दलसहित १९ जना थिए यात्रु, १३ जनालाई आगोको मुस्लोबाट निकालियो
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको बुझिएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन् । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । जहाजमा चालक दलसहित १९ जना यात्रु रहेको बुझिएको छ । प्रत्यक्षदर्शीले १३ जनलाइ आगोको मुस्लोबाट निकालिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाजमा आगलागी भएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोलीले नियन्त्रणको प्रयासमा गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयासको घटनापछि गोप्य सेवाका निर्देशकले दिइन् राजीनामा
काठमाडौं । पेन्सिल्भेनियामा भएको चुनावी र्यालीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हालै भएको हत्याको प्रयासलाई रोक्न एजेन्सी असफल भएकोमा व्यापक आक्रोशपछि गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले मंगलबार राजीनामा दिएकी हुन् । चीटलको राजीनामा एक दिनपछि आएको थियो । निरीक्षण र उत्तरदायित्व सम्बन्धी सदन समितिले गरेको सुनुवाईमा चीटलले यो दशकहरूमा गोप्य सेवामा सबैभन्दा महत्वपूर्ण परिचालन असफल भएको स्वीकार गरिन् ।
५ हजार घुस प्रकरण : पूर्वमन्त्री वीरेन्द्र महतोलाई कारबाही माग गर्दै राज्य व्यवस्था समितिमा उजुरी
काठमाडौं । संसदमै ५ हजार घुस दिएर छोराको समकक्षता पत्र लिएको बताएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् ५ हजार रुपैयाँ घुस दिएको बताएका सांसद महतोविरुद्ध बुधबार नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै समितिमा उजुरी दिएका हुन् । ‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा रिसवत लिने र दिनेलाई सजायको व्यवस्था छ । रिसवत दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुनबमोजिम कारबाही गरियोस्,’ अन्सारीले दिएकाे निवेदनमा उल्लेख छ । गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट पूर्ववनमन्त्री समेत रहेका महतोले छोराको समकक्षता लिन आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।
मौद्रिक नीतिमार्फत् एएमसीको व्यवस्था गरिँदै, गभर्नर निर्माण क्षेत्रप्रति उदार
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जा (एनपीएल) प्रति नियामक नेपाल राष्ट्र बैंक चिन्तित बनेको छ । पछिल्लो समय राम्रो बैंकहरूको पनि एनपीएल तीन प्रतिशतभन्दा बढी पुग्दा राष्ट्र बैंक चिन्तित बनेको हो । अहिले बैंकहरुको खराब कर्जा औसत करिब ४ प्रतिशत छ । यो अनुपात विगतका वर्षहरूको तुलनामा उच्च हो । अहिले अधिकांश वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतको हाराहारीमा छ । बढ्दै गइरहेको खराब कर्जाले बैंकको कर्जा क्षमतासँगै कर्जाको गुणस्तरमा पनि प्रश्न उठिरहेको छ । बैंकहरूलाई अहिले व्यवसाय गर्नेभन्दा पनि ऋण असुलीको विषय टाउको दुखाइ बनिरहेको छ । बैंकर र नियामक नेपाल राष्ट्र बैंकले अहिले धितोका रुपमा रहेको गैर-बैंकिङ सम्पत्तिको व्यवस्थापनको विषयमा विकल्प खोजिरहेका छन् । नियामक नेपाल राष्ट्र बैंकले बढ्दै गइरहेको गैर-बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि कम्पनी नै स्थापना गर्ने गरी तयारी गरिरहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकका एक अधिकारीले राष्ट्र बैंकले आगामी शुक्रबार सार्वजनिक हुने मौद्रिक नीतिमार्फत् सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) स्थापनाका लागि नीतिगत व्यवस्था गर्ने तयारी गरिरहेको बताए । ‘अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढिरहेको छ, खराब कर्जाबापतको ठूलो रकम प्रोभिजनिङ गर्न पनि बैंकहरुलाई समस्या भइरहेको छ, त्यसले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता ह्रास हुनुका साथै व्यवसाय विस्तारमै असर गरिरहेको छ, बैंकहरुमा गैर–बैंकिङ सम्पत्ति बढेको बढ्यै छ, त्यसैले पनि यस पटक सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषयलाई मौद्रिक नीतिमा प्राथमिकताका साथ राखिएको छ,’ स्रोतले भन्यो । उसो त विगतका वर्षहरुमा पनि एएमसीको विषयमा मौद्रिक नीतिमा केही उल्लेख हुँदै आएको थियो । तर, उक्त व्यवस्था कार्यान्वयन हुन सकेको थिएन । अब कार्यान्वयन नै गर्ने किसिमले काम भइरहेको स्रोतको दाबी छ । अहिले बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता भएपनि कर्जा प्रवाह हुन सकेको छैन । राष्ट्र बैंकले मौदिक नीति मार्फत् कर्जा प्रवाह हुन सक्ने केही नीतिगत व्यवस्था गर्न लागेको पनि स्रोतको भनाइ छ । राष्ट्र बैंकले नीतिगत दरहरु केही चलाउन सक्ने सम्भावना छ । यस्तै, अहिले निर्माण क्षेत्र सुस्त गतिमा छ । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा समस्या छ । राष्ट्र बैंकले निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष व्यवस्था गर्न लागेको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकले निर्माण क्षेत्रमा जाने ऋणलाई केही सहज र लचिलो बनाउन लागेको स्रोतको दाबी छ । उसो त राष्ट्र बैंकले निर्माण व्यवसायीको समस्या समाधानका लागि अर्थमन्त्रालय समक्ष पनि केही सुझावहरु पेस गरिसकेको छ । राष्ट्र बैंकबाट हुन सक्ने केही नीतिगत व्यवस्था गरेर निर्माण क्षेत्रलाई चलायमान बनाउने प्रयत्न भइरहेको स्रोतको भनाइ छ । अहिले मुख्य समस्या भनेको वित्तीय सहकारी संस्था र लघुवित्तमा पनि छ । ठूला सहकारीको नियमन राष्ट्र बैंकले नियमन गर्नु पर्ने नीतिगत व्यवस्था नै भइसकेको छ । त्यस कारण यस पटक राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नै ठूला वित्तीय सहकारीको नियमनको विषयमा मौद्रिक नीतिमार्फत् कुनै व्यवस्था गर्न सक्नेछ । सरकारले सहकारी क्षेत्रको नियमनका लागि प्राधिकरण निर्माण गर्ने तयारी गरिरहेको भएपनि राष्ट्र बैंकले पनि केही निश्चित सहकारीको नियमन गर्ने विषय मौद्रिक नीतिमार्फत् घोषणा गर्नेछ भने दोस्रोत तहको नियामकको विषयमा मौद्रिक नीतिमै उल्लेख गर्ने तयारी पनि छ । यस्तै, लघुवित्त क्षेत्रलाई बलियो बनाउन थप नीगित व्यवस्था गर्ने तयारी राष्ट्र बैंकको छ । स्रोतका अनुसार लघुवित्तमा तोकिएको १५ प्रतिशतको ब्यादरको सीमामा पुनरावलोकन गर्न सक्ने किसिमले राष्ट्र बैंकले तयारी थालेको छ । मौद्रिक नीति लेखन समितिले यो विषयमा पनि गम्भीर छलफल गरेको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने अभ्यास भएपनि यस पटक भने दोस्रो सातासम्म सरेको छ । आगामी शुक्रबार जसरी पनि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।