चीनमा हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपालीले प्रतिनिधित्व गर्ने
काठमाडौं । चीनमा हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपालीले प्रतिनिधित्व गर्ने भएका छन् । सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् । यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको आयोजकले बताएको छ । जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्याउन सहयोग गर्दछ । कडा प्रतिस्पर्धा र मुल्याङ्कन प्रक्रियापछि यी ६ विद्यार्थीहरू, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की, ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन् । उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् । चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन् । प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तर्क्रिया गर्ने, र तिव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् । यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटि प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ। काठमाडौं । सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् । यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको हो । जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्याउन सहयोग गर्दछ । कडा प्रतिस्पर्धा र मूल्याकंन प्रक्रियापछि यी ६ विद्यार्थीहरू, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की, ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन् । उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् । चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन् । प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तर्क्रिया गर्ने, र तिव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् । यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटि प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ ।
वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले बेरुजु फर्स्याैटका लागि भन्दै बेरुजु फर्स्याैट समिति गठन गरेको छ । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य प्रक्रियाबाट फर्स्याैट हुन नसकेका बेरुजु फर्स्याैट गर्न भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्स्याैट समिति गठन गरेको हो । बैठकले समितिको कार्यक्षेत्र समेत तोकेको छ । त्यसैगरी, कार्तिक ५ गतेदेखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई बैठकमा भाग लिन स्वीकृतिसमेत दिइएको छ । मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना(दोस्रो)को लागि एशियाली विकास बैंकबाट प्राप्त हुने करिव २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता, करिव २ अर्ब १ करोड रुपैयाँ बराबरको अनुदान सहायता एवं जापानबाट प्राप्त हुने करिव ४० करोड ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यसैगरी, मन्त्रिपरिषद्ले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने निर्णय गरेको छ । बैठकले बाली तथा पशु धन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० खारेज गर्ने, नेपाल र गणतन्त्र इन्डोनेशियाबिच हुने द्विपक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उल्लेखित समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने तथा समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको रिक्त पदमा ध्रुव आचार्य, ललिताकुमारी महर्जन र महेसकुमार काफ्लेलाई मनोनित गर्ने पनि निर्णय गरेको छ । सरकारले राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा बागमती प्रदेशबाट तेजेन्द्रबहादुर खड्का, गण्डकी प्रदेशबाट प्रदीपराज अधिकारी, लुम्बिनीबाट गुणनिधि भुसाल, कोशि प्रदेशबाट एकराज निरौला र कर्णाली प्रदेशबाट भूपेन्द्रबहादुर सिंहलाई मनोनयन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तत्कालिन वन्यजन्तु आरक्ष बिस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरुको सट्टा भर्ना गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय अधिकार सम्पन्न आयोग गठन गर्ने पनि मन्त्रिपरिषद्को निर्णय छ । नेपाल इन्टर मोडल यातायात विकास समिति काठमाडौँको दोधारा चाँदनी सुख्खा बन्दरगाह एकीकृत जाँच चौकी निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । सो समितिको संयोजकमा महेन्द्रकुमार थापालाई तोकिएको मन्त्री गुरुङले जानकारी दिए । त्यसैगरी, मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर समिति विकास समिति गठन (पहिलो संशोधन) आदेश २०८१ स्वीकृत गर्ने, वसन्तपुर जग्गा एकीकरण आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र नेपाल विद्याभुषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय पुरस्कार सम्बन्धी पहिलो संशोधन निर्देशिका २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा कमलप्रसाद पोखरेल शर्मालाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुदुरपश्चिममा पदस्थापना गर्ने निर्णय गरेको छ । कार्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टनडिसीमा आयोजना हुने विश्व बैंक समुह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई बैठकमा भाग लिन स्वीकृति दिने काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना(दोस्रो)को लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिक डलर करिव २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा १५ मिलियन अमेरिकी डलर करिव २ अर्ब १ करोड रुपैयाँ बराबरको अनुदान सहायता एवं जापानबाट प्राप्त हुने करिव ४० करोड ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने । प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने । बालि तथा पशु धन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० खारेज गर्ने । नेपाल र गणतन्त्र इन्डोनेशियाबिच हुने द्धिपक्षिय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने । र उल्लेखित समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने । समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको रिक्त पदमा ध्रुव आचार्य, ललिताकुमारी महर्जन र महेशकुमार काफ्लेलाई मनोनित गर्ने । राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा बागमती प्रदेशबाट तेजेन्द्रबहादुर खड्का, गण्डकी प्रदेशबाट प्रदिप राज अधिकारी, लुम्बिनीबाट गुणनिधि भुसाल, कोशी प्रदेशबाट एकराज निरौला र कर्णाली प्रदेशबाट भूपेन्द्रबहादुर सिंहलाई मनोनयन गर्ने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तत्कालिन वन्यजन्तु आरक्ष बिस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरुको सट्टा भर्ना गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय अधिकार सम्पन्न आयोग गठन गर्ने । नेपाल इन्टर मोडल यातायात विकास समिति काठमाडौंको दोधारा चाँदनी सुख्खा बन्दरगाह एकीकृत जाँच चौकी निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने। पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पती खोजबिन समितिको म्याद २ महिना थप गर्ने र संयोजक महेन्द्रकुमार थापा रहने गरी तोक्ने । शारदा प्र.त्रिताल बिरामी हुनुभएको हुनाले उहाँको स्थानमा महेन्द्र कु.थापालाई तोकिएको जानकारी गराउन चाहन्छु । भक्तपुर क्यान्सर समिति विकास समिति गठन(पहिलो संशोधन) आदेश २०८१ स्वीकृत गर्ने । वसन्तपुर जग्गा एकीकरण आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने । नेपाल विद्याभुषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय पुरस्कार सम्बन्धी पहिलो संशोधन निर्देशिका २०८१ स्वीकृत गर्ने । नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा कमलप्रसाद पोखरेल शर्मालाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुदुरपश्चिममा पदस्थापना गर्ने । वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सम्बद्ध सबै मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने सङ्घीय संसदको मिति २०८१/६/२ को पत्रसाथ प्राप्त सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१ कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूमा लेखी पठाउने ।’ त्यसैगरी वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता संवद्ध सबै मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने पनि सरकारको निर्णय छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१ कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूमा लेखी पठाउने पनि सरकारले निर्णय गरेको छ । त्यसैगरी, निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिवको जिम्मेवारी दिइएको छ । डा. गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि विकास सचिवको जिम्मेवारी दिइएको छ । डा. दीपककुमार खराललाई वन मन्त्रालयको सचिव र गोपालप्रसाद सिग्देललाई जल तथा ऊर्जा आयोगको सचिवालय सचिवको जिम्मेवारी दिइएको मन्त्री गुरुङले बताए ।
गोरखा मिडियाले गर्यो यी ६ सहकारीको साढे २ अर्ब अपचलन
काठमाडौं । रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडिया नेटवर्क प्रालिले नियमविपरीत सहकारीको साढे २ अर्ब रुपैयाँ अपचलन गरेको भेटिएको छ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा गोरखा मिडियाले सहकारीको २ अर्ब ५८ करोड रुपैयाँ अपचलन गरेको उल्लेख छ । गोर्खा मिडियाको संस्थापक सेयरधनी गितेन्द्रबाबु राई र छबिलाल जोशी हुन् भनेपछि रवि लामिछाने पनि सेयरधनीका रूपमा प्रवेश गरेका थिए । विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र आफन्तको नाममा प्रचलित सहकारी कानूनविपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाई अपचलन भएको समितिको ठहर छ । साढे २ अर्ब रुपैयाँमध्ये ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियाको खातमा जम्मा भएको देखिन्छ । उक्त रकममध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएका देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाई गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको देखिन्छ । उक्त रकममध्ये १२ करोड रुपैयाँ कम्पनीको सेयर पुँजीवापत जम्मा भएको र बाँकी ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ जीबी राई स्वयंले प्रयोग गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ । साथै सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड रुपैयाँ ऋण लिई कम्पनीलाई २० लाख रुपैयाँ मात्रै प्रवाह भएको बताइएको छ ।
भीभोको नयाँ फोन ‘भी ४०’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । प्रविधि कम्पनी भीभोले भीभो भी ४० सार्वजनिक गरेकाे छ । शुक्रबार काठमाडाैंस्थित हायात प्यालेसमा एक कार्यक्रमकाे आयाेजना गर्दै नयाँ फाेन सार्वजनिक गरेकाे हाे । जाइससँगकाे सहकार्यमा तयार गरिएकाे भीभाे भी ४० ले पाेट्रेट फाेटाेग्राफीलाई थप उचाइँमा पुर्याउने कम्पनीले जनाएकाे छ । नयाँ फाेनमा ५ हजार ५०० सय एमएएच ब्याट्री रहेकाे छ । भीभो भी ४० मा उच्च थ्रीडी कर्भ स्क्रिनमा १२० हर्जकाे रिफ्रेस रेट रहेकाे छ जसले फाेनलाई आकर्षक र टिकाउ प्रदान गर्ने बताइएकाे छ । फाेटाेग्राफीका लागि मात्र नभइ भिडियाेप्रेमीहरूका लागि समेत याे फाेन तयार गरिएकाे हाे । जाइस फाेकस ट्रान्जिसनकाे सुविधाले सिनेमाटिक भिडियाे बनाउन सकिने कम्पनीले जनाएकाे छ । फाेनमा ५० मेगापिक्सेलकाे जाइस ओआईएस मेन क्यामेरा रहेकाे छ । प्रस्तुत फाेन भीभाेकाे आजसम्मकै स्लिम फाेन हाे । फाेनमा क्वालकम स्न्यापड्रागन ७ जेन ३ रहेकाे छ । भी ४० मा १२ प्लस १२ जिबीकाे र्याम उपलब्ध छ । नीलाे र सेताे मिसिएकाे चन्द्रमा रंगकाे सेताे र बैजनी रंगकाे नेबुला पर्पल गरी दुई रंगमा माेबाइल उपलब्ध हुने जनाइएकाे छ । प्रस्तुत फाेनकाे मूल्य ६५ हजार ९९९ रुपैयाँ रहेकाे छ । प्रिबुक गर्ने ग्राहकहरूले भने एक सेट इयरबड्स र पहिलाे तीन महिना स्क्रिन फेर्न पाउनेछन् । प्रिबुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४ सम्म मात्र खुला रहनेछ । २५ देखि भने देशभरका सबै मुख्य रिटेल स्टाेर र दराजमा पनि उपलब्ध हुनेछ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट हुने भएको छ । बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर-समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडियाले तिरेन कर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडिया नेटवर्क प्रालिले कर नतिरेको पाइएको छ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्क प्रालिले कर्मचारीलाई दिइएको तलबमा सरकारलाई कर नतिरेको खुलासा गरेको हो । गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा मात्र ६ महिनामा ११२ जना कर्मचारीलाई २ करोड १९ लाख ३५ हजार ७११.९८ रुपैयाँ तलब खर्च भुक्तानी गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा २४४ जना कर्मचारीलाई १२ करोड ७३ लाख ८६ हजार ३२१.९० रुपैयाँ तलब भुक्तानी गरेको थियो । तर, तलबसँग सम्वन्धित विभिन्न शीर्षकमा नेपाल सरकारलाई १ करोड ३६ लाख ७६ हजार ५६३ तिर्नु पर्ने कर बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । गोर्खा मिडिया नोक्सानीमा रहेता पनि सम्पूर्ण तलब भत्ता भने समयमै भुक्तानी भएको र कर्मचारीलाई पेश्कीसमेत दिएको प्रतिवेदनमा उल्लेख छ । तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको बयान दिए पनि समितिलाई प्राप्त विवरणअनुसार लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको उल्लेख छ । गोर्खा मिडियाको संस्थापक सेयरधनी गितेन्द्रबाबु राई र छबिलाल जोशी हुन् भने पछि रवि लामिछाने पनि सेयरधनीका रूपमा प्रवेश गरेका थिए । क्रमशः जोशी र लामिछानेले उक्त कम्पनी छाडेको प्रतिवेदनमा उल्लेख छ । विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र आफन्तको नाममा प्रचलित सहकारी कानूनविपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाई अपचलन भएको समितिको ठहर छ ।
र्याली अफ हिमालयजको चौंथो संस्करणमा दीपक साहले नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं । राइडर दीपककुमार साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना हुने र्याली अफ हिमालयजको चौंथो संस्करणमा भाग लिने भएका छन् । उनले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्न लागेकाे रोयल इन्फिल्ड नेपालले जनाएकाे छ । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट प्रतियाेगिता चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। र्याली अफ हिमालयजमा राइडर साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाउनेछन् । र्याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय प्रतियाेगिता हो, जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दै आइरहेकाे छ ।प्रतियाेगिताले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्ने रोयल इन्फिल्ड नेपालले जनाएकाे छ । दीपक साहले नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस गरेको बताए। साहले सन् २०१७ र २०१८ मा समेत रेड द हिमालयाजमा भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड द हिमालयाज र र्याली अफ चाम्बाको विजयीसमेत बनेका थिए । रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी हो ।
रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै
रसुवा । जिल्लास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि हुँदै गएको छ । काठमाडौं उत्तर रसुवा जिल्लास्थित हिमाली भेगमा दैनिक २०–२५ बाह्य पर्यटकको आगमन हुन थालेको र यो सङ्ख्या वृद्धि हुँदै गएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । यसरी पर्यटन बढ्न थालेसँगै हिमाली भेगका स्थानीय पर्यटन तथा होटल व्यवसायीले आवश्यक खाद्यन्न ढुवानीको काम सुरू गर्नुको साथै होटल तथा लजको सुदृढीकरण गर्न थालेका छन् । | मध्यवर्षाको बावजुद् गत साउन–भदौ महिनामा करिब दस हजार ५०० आन्तरिक एवं बाह्य पर्यटकको जिल्लामा आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बरालले जानकारी दिए । तीमध्ये १० हजार चार सय ४० आन्तरिक तथा तीनसय ६० बाह्य पर्यटकभएको निकुन्जले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अघिल्ला वर्षहरूमा जस्तै गत भदौ महिनामा पनि धार्मिक तथा सांस्कृतिक महत्वको पवित्रस्थलका रुपमा परिचित ‘गोसाइँकुण्ड’ मेला भर्न जाने तीर्थयात्रीका कारण आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यसरी उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा ठूलो मेला लाग्ने तथा सोही अवसरमा स्नान तथा पूजाआजा गर्ने हजारौँ भक्तजन निलाद्री पर्वतसम्म पुग्नेगरेका कारण वर्षायाम भए पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको पाइन्छ । निलाद्री पर्वतमा भगवान शिव विराजमान रहेको पवित्र तीर्थ गोसाइँकुण्ड, हिमालयकी पुत्री पार्वती माता विराजमान रहेको गतलाङ क्षेत्र, लाङ्टाङ एवं गणेश हिमाल, ऐतिहासिक रसुवागढी, उकाली, ओराली झर्ना, पाहाड, तामाङ सम्पदा मार्ग अन्तरगत स्थानीय संस्कृतिमा आधारित तामाङ वेषभूषा, नाचगान , हिमाली वनस्पति, पार्टी–भञ्ज्याङ –चौतारी, चीज उत्पादन केन्द्र, देशकै नमूनाका रूपमा निर्मित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् गृहलगायतका महत्वपूर्ण सम्पदाको अवलोकन गर्न सकिने होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए । यसैगरी तामाङ सम्पदा मार्गअन्तरगत गोल्जुङ् ,गतलाङ, नाकथली, बृद्विम समेतका क्षेत्रमा पाइने स्थानीय परिकारका खानाले समेत आगन्तुक पर्यटक लोभिने गरेको अध्यक्ष गजुरेलले जानकारी दिए । हिमाली प्रकृतिमा रमाउन काठमाडौंको गोंँगबु–बालाजुदेखि टोखा, छहरे, थान्सिङ, ढिकुरे, गँगटे, बटृार, ढुङ्ग्रे, बेत्रावती, कालिकास्थानहुँदै सदरमुकाम धुञ्चेसम्मको सडकमार्ग राम्रो भएकाले जम्मा पाँच घण्टामा सवारी साधनबाट सदरमुकामसम्म पुग्न सकिन्छ । रसुवाको हिमाली पदयात्रामा जादाँ हुनसक्ने सम्भावित उच्श्रृंखल एवं आपाराधिक गतिविधिको अन्त गर्न बर्दीधारीसहित सादा पोसाकका प्रहरीलाई नियमित गस्तीमा खटाइने गरेकाले निर्धक्क भई यात्रा गर्न र कुनै समस्या आइपरे जिल्ला प्रशासन कार्यालय वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराइ दिनुहुन सम्बद्ध सबैसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि घिमिरेले जानकारी दिए । तामाङ सम्पदामार्ग बाहेक अन्य हिमाली पदयात्राको भूभाग लाङ्टाङ राष्ट्रिय निकुन्जको आधार इलाकामा पर्ने भएकाले निकुञ्जको नीति नियमको पूर्ण पालना गरी हिमाली जैविक विविधताको संरक्षणमा यात्रुहरूबाट सहयोग मिल्नेमा निकुञ्ज परिवार आशावादी रहेको निकुन्जका वरिष्ठ संरक्षण अधिकृत बरालले बताए । रासस