बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल
फाइल फोटो काठमाडौं । बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि ४ लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको हो । बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका-३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गर्नुभएको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ । बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो । अन्तिममा लिखित रुपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो । सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुङ्गो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिए । गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै ३ लाख ३० हजार रुपैयाँ तिरेर सरकारी मार हान्नुभएको थियो । यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा ३ लाख १५ हजार रुपैयाँ, २०७८ सालको दसैँको नवमीमा भगवतीमा ३ लाख रुपैयाँ, २०७६ सालको दसैँमा २ लाख ८० हजार रुपैयाँमा मार हानेका थिए । नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए । भगवती कोत मन्दिरमा कालरात्रिमा कोटमन्दीरमा सर्वसाधारणको बीचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ । कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ । तत्कालीन बाइसे÷चौबीसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ ।
दसैँमा पदयात्रामा गर्दै हुनुहुन्छ ? एक्लै नहिँड्नुस्, औषधि र हलुका खानेकुरा बोक्नुस्
काठमाडौं । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्यस्थल नेपालमा छन् । बर्सेनि लाखौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्यस्थलको पदयात्रामा निस्कन्छन् । तपाईं पनि यसपालिको दसैँ बिदामा पदयात्राका लागि कुनै गन्तव्यस्थल रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे ‘टान’ गण्डकीका अध्यक्ष आचार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा. रविन कडरिया र पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर सामग्री प्रस्तुत छ । खर्चको जोहो तपाईं कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको रु तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदयात्रा गन्तव्यमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पनि बोकेर जाँदा सजिलो हुन्छ । गन्तव्यस्थलको पूर्वअध्ययन आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ । बन्दोबस्ती याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभइहुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महँगो पनि पर्छ । गोल्डस्टारलगायत नेपाली ब्राण्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाका सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यही अनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ । एक्लै नहिँड्नुस्न याँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनु हुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्धार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् । औषधि र हलुका खानेकुरा पदयात्रामा निस्कदाँ प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकार एकैदिन धेरै हिँड्नु हुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकाहिँ आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदाम आदि साथमा राख्दा राम्रो हुन्छ ।
बडादसैँको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदै
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । ‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षता लगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबली सहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबली पनि शास्त्रीय हो,’ उनले भने । ब्राह्मणका लागि भने पशुबली बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलीको महत्व रहेको धर्मशास्त्रविदहरुको भनाई छ । दुर्गा सप्तशती चण्डीको आठौं अध्यायमा पनि यस सम्बन्धी चर्चा भएकाले पशुबलीलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन् । ‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबली विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ,’ उनले भने । यी तीनवटा शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो । आजैका दिन राति कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आराधना सहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्री पूजा पनि गर्न नपर्ने विधान छ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखी लगायत देवी मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्छ । यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा,अर्घाखाँचीको सुपादेउरालीलगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्दछ । आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबली सहित पूजा आजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्र अस्त्र सहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् । महाअष्टमीका दिन राती हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गरिन्छ ।
यी हुन् इन्डोनेसियाका ५ शानदार पर्यटकीय गन्तव्य
काठमाडौं । यदि तपाईं विदेशका शानदार ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने इन्डोनेसिया घुम्नका लागि उत्तम देश हुनेछ । त्यहाँको प्राकृतिक सौन्दर्य देखेर तपाईं मन्त्रमुग्ध हुनुहुनेछ । इन्डोनेसिया हिन्द र प्रशान्त महासागरको बीचमा अवस्थित छ । याे संसारको सबैभन्दा ठूलो टापु देश र १४औं ठूलो देश हो । यो पर्यटकीय स्थलहरूले भरिएको छ । इन्डोनेसियाका ८ स्थानहरू युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छन् । इन्डोनेसिया हनिमुनमा जाने जोडीहरूका लागि उत्कृष्ट ठाउँ हो । यद्यपि, इन्डोनेसियामा धेरै ठाउँहरू छन् जुन तपाईंले देख्न सक्नुहुन्छ । यी हुन् इन्डोनेसियाका ५ सबैभन्दा अद्भूत पर्यटन गन्तव्य उबुद उबुद इन्डोनेसियाको धेरै लोकप्रिय ठाउँ हो । यो बाली द्वीपको दक्षिण–मध्य भागमा स्थित छ । यो बालीको सबैभन्दा प्रसिद्ध पर्यटक स्थलमध्ये एक मानिन्छ । यो ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण जंगल र धार्मिक सम्पदाले परिचित छ । यहाँका प्राचीन मन्दिरहरू पनि आफ्नो सुन्दर दृश्य र शान्त वातावरणका लागि प्रसिद्ध छन् । उबुद कला र शिल्पका लागि बालीको केन्द्र पनि हो र यहाँ तपाईं भारतीय, बालिनी र अन्य स्थानीय कलाहरूको मजा लिन सक्नुहुन्छ । उबुदमा कुलु र स्नोर्कलिङ जस्ता विभिन्न वाटर स्पोर्ट्स पनि गर्न सकिन्छ । यसबाहेक तपाईंले नजिकैका गाउँहरू भ्रमण गर्ने मौका पाउनुहुन्छ जहाँ तपाईं बालीको स्थानीय जीवनशैलीको अनुभव गर्न सक्नुहुन्छ । गिली टापु तपाईं इन्डोनेसियामा समुद्र तटको पनि अनुभव गर्न सक्नुहुन्छ । गिली टापु बाली टापुहरू नजिकका साना टापुहरूको समूह हो । गिली टापुहरू तीन मुख्य साना टापुहरू– गिली त्रावांगन, गिली मेनो र गिली एयर मिलेर बनेका छन् । गिली टापुहरू तिनीहरूको समुद्री सौन्दर्य, स्नोर्कलिंग र डाइभिङका लागि प्रसिद्ध छन् । यहाँको समुद्री जीवन, कोरल चट्टान र सफा पानीले यात्रुहरूलाई सुन्दर अनुभव प्रदान गर्दछ । गिली टापुहरू उनीहरूको शान्त वातावरण र सुन्दर सेतो समुद्री तटहरूका लागि प्रसिद्ध छन् । यहाँ तपाईं आरामसँग समुद्र तटमा समय बिताउन र सूर्यास्त हेर्न सक्नुहुन्छ । लोम्बोक आइल्यान्ड लोम्बोक इन्डोनेसियाको एक रमणीय टापु हो र यो बाली टापुहरूको पश्चिमी भागमा अवस्थित छ । लोम्बोक यसको सुन्दर समुद्र तट, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका लागि परिचित छ । लोम्बोक एक पहाडी टापु हो र यहाँका हिमालहरूको दृश्य देखेर तपाईं हर्षित हुनुहुनेछ । तपाईंलाई यस्ता ठाउँहरू बारम्बार घुम्न मन लाग्छ । लोम्बोकको सबैभन्दा प्रसिद्ध स्थलहरू तजन्ग आन, सेन्डाक, कुता बिच र माउन्ट रिन्जानी हुन् । तपाईं यहाँ समुद्र तटहरूमा सर्फिङ र स्नोर्कलिङको आनन्द लिन सक्नुहुन्छ । लोम्बोकको स्थानीय संस्कृति पनि हेर्न लायक छ । यहाँ तपाईं शाही दरबारहरूको परम्परागत नृत्य, संगीत र कला अनुभव गर्न सक्नुहुन्छ । लोम्बोक एक सुन्दर गन्तव्य हो जुन यसको सुन्दरता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आकर्षित गर्दछ । यदि तपाईं पहाड र समुद्र तटहरूको आनन्द लिन कुनै ठाउँमा जान चाहनुहुन्छ भने लोम्बोक राम्रो विकल्प हुन सक्छ । केलिमुटु ताल केलिमुटु ताल इन्डोनेसियाको नुसा टेंगारा टापुमा अवस्थित एउटा रमणीय ठाउँ हो । यो एक अद्वितीय र सुन्दर ताल हो जसको तीन रंगीन क्रेटरहरू छन् । यो ताल यसको अथाह प्राकृतिक सौन्दर्य र भव्य पहाडी दृश्यहरूका लागि प्रसिद्ध छ । यहाँका तीनवटा क्रेटर तालको पानी रंगीन हुन्छ । याे सामान्यतया निलो, कालो र सेतो रङकाे हुन्छ । रङहरूको यो अनौठो खेलले दर्शकलाई मोहित बनाउँछ । यो ताल घना जंगल, उच्च पहाड र वन्यजन्तुले घेरिएको छ । केलिमुटु ताल प्राकृतिक वातावरण र शान्तिले भरिएको मनमोहक ठाउँ हो । यदि तपाईं इन्डोनेसियाको कुनै सुन्दर र शान्त ठाउँमा जान चाहनुहुन्छ भने केलिमुटु तालमा जान सक्नुहुन्छ । जकार्ता जकार्ता इन्डोनेसियाको राजधानी र सबैभन्दा ठूलो सहर हो । यो दक्षिण–पूर्वी एसियाको इन्डोनेसिया द्वीप समूहमा स्थित छ । जकार्ता इन्डोनेसियाको राजनीतिक, आर्थिक, सांस्कृतिक र व्यावसायिक गतिविधिहरूको केन्द्र हो । जकार्ताको जनसंख्या करिब १० करोड छ । जकार्ता एक समृद्ध संस्कृति र इतिहासको मिश्रित सहर हो । यहाँ तपाईं महत्त्वपूर्ण स्थानीय आकर्षणहरू, परम्परागत बजारहरू र सांस्कृतिक कार्यक्रमहरू घुम्न अवसर पाउन सक्नुहुन्छ । जकार्तामा त्यहाँ धेरै रेस्टुरेन्टहरू छन् जहाँ तपाईं विशेष परिकार र स्थानीय खानाको स्वाद लिन सक्नुहुन्छ । जकार्ताले विभिन्न प्रकारका व्यापार गतिविधिहरूका साथै विभिन्न मनोरञ्जन र किनमेलका विकल्पहरू पनि प्रदान गर्दछ । एजेन्सी
२ बीमा कम्पनीबाट संस्थापक बाहिरिँदै, आईजीआई प्रुडेन्सियलका तीन जनाले बिक्रीमा राखे सेयर
काठमाडाैँ । दुई निर्जीवन बीमा कम्पनीको ७ लाख १८ हजार ४५ कित्ता संस्थापक सेयर विक्रीमा राखिएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र यूनाईटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर विक्रीमा राखिएको हाे । कम्पनीहरुले बिहिबार एक सूचना जारी गर्दै संस्थापक राखिएको उक्त सेयर विक्रीमा राखेको जानकारी दिएका हुन् । छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट ३ जना संस्थापक लगानीकता बाहिरिने भएका छन् । संस्थापक सेयरधनीहरु कुमार पौडेल, सुमन पोखरेल र अन्जन भण्डारीले सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् । उनीहरुले जम्मा ३ लाख ४४ हजार कित्ता सेयर विक्री गर्ने भएका हुन् । जसमध्ये पौडेलले २ लाख ५० हजार, पोखरलेले ८० हजार र भण्डारीले १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिले ३५ दिन भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । यस्तै, यूनाईटेड अजोड इन्स्योरेन्सको ३ लाख ७४ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले आईजे ग्रुपको स्वामित्वमा रहेको उक्त सेयर विक्रीमा रहेको जनाएको छ । कम्पनीमा उक्त ग्रुपको १४ लाख ५० हजार २३७ कित्ता सेयर रहेको छ । तर, कम्पनीले ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्री गर्न लागेको हाे । बिक्री गर्न लागिएको उक्त सेयरको मूल्य प्रति कित्ता न्यूनतम ३ सय रुपैयाँ तोकिएको छ ।
हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा बढाइँ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह(२०८१’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व सहभागी थिए । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्यासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो ।
भोलिबाट बीपी राजमार्ग सञ्चालनमा आउने
काठमाडौं । भोलि शुक्रबार बिहान १० बजेबाट बीपी राजमार्ग सञ्चालनमा आउने भएको छ । बिगत १५ दिन अघि आएको भिषण पानीले आएको बाढि र पहिरोको कारण बिपि राजमार्गको रोशी खोला स्थित २।५ किलोमिटर सडक अवरुद्द रहेको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा काम बाटो खुलाउने काम गरिरहेको टोलिले आज राति र भोलि बिहान सम्म बाँकी रहेको तिन ठाँउको अबरोध हटाएर बिहान १० बजे बाट यातायात सञ्चालन हुने प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो सामाजि सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्। उनले फेसबुक पोष्टमा लेखेका छन्, “बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद ।” उनले पुर्वाधार सचिवले बाटो खुलाएर मात्र दसैँ मनाउने पनि बताएका छन् ।
च्यासलमा पटक-पटक बाढी पसेपछि केन्द्रीय कार्यालय सार्दै एमाले
काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने भएको छ । ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेपछि एमालेले कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो । आज दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको जनाइएको छ । बैठकपछि उपमहासचिव प्रदीय ज्ञवालीले दिएको जानकारी अनुसार नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । खोला किनारमै रहेको च्यासलस्थित कार्यालयमा यस वर्षको मनसुन अवधिमा चार पटकसम्म बाढी पसेको थियो । नेकपा एमालेले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत र तथा पुनर्स्थापनाको काममा आफ्ना नेता कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा अझै केही दिन खटिरहन निर्देशन समेत दिएको छ ।