च्यासलमा पटक-पटक बाढी पसेपछि केन्द्रीय कार्यालय सार्दै एमाले

<p>काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने भएको छ । ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेपछि एमालेले कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो । आज दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको जनाइएको छ । बैठकपछि उपमहासचिव प्रदीय [&hellip;]</p>

काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने भएको छ । ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेपछि एमालेले कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो ।

आज दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकपछि उपमहासचिव प्रदीय ज्ञवालीले दिएको जानकारी अनुसार नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

खोला किनारमै रहेको च्यासलस्थित कार्यालयमा यस वर्षको मनसुन अवधिमा चार पटकसम्म बाढी पसेको थियो ।

नेकपा एमालेले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत र तथा पुनर्स्थापनाको काममा आफ्ना नेता कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा अझै केही दिन खटिरहन निर्देशन समेत दिएको छ ।

Share News