युनाइटेड अजोडका सीईओ श्रवण रावलको निधन, दिनभर काममा, साँझ हृदयघात
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । बुधबार दिनभर कार्यालयको जिम्मेवारी समालेका रावललाई गए राति हृदयघात भएको थियो । स्रोतका अनुसार बुधबार साँझ सोल्टी होटलमा आयोजित एक कार्यक्रममा रावल सहभागी भएका थिए । उक्त कार्यक्रमबाट उनी राति १० बजेपछि घर फर्किएका थिए । अचानक बिरामी परेपछि परिवारले उनलाई नागरिक अस्पताल लगेका थिए । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनको निधन भएको जानकारी दिएका थिए । ६० वर्षीय रावलको श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा अस्ट्रेलियामा रहेको र उनी फर्किएपछि मात्र अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो । उनको शवलाई पशुपति क्षेत्रको चिस्यान केन्द्रमा राखिएको छ । रावल ढेड वर्षदेखि यूनाइटेड अजोड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । त्यसअघि उनी प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए । नेको, सगरमाथालगायत बीमा कम्पनीहरूमा उनले करिब ३ दशक काम गरेका थिए ।
स्वास्थ्य बीमा प्रतिवेदन कार्यान्वयन गर्नका लागि सुझाव दिन विज्ञसँग मन्त्री पौडेलको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरूलाई आग्रह गरेका छन् । बीमा सुधार सम्बन्धमा सुझाव दिन विश्व स्वास्थ्य सङ्गठनका पूर्ववरिष्ठ अधिकारी शम्भुप्रसाद आचार्यको नेतृत्वमा बनेको समितिसँग मन्त्री पौडेलले बीमामा देखिएका स्रोत अभाव तथा गलत दाबी जस्ता समस्या समाधान गर्न व्यावहारिक ठोस सुझावको अपेक्षा गरेको बताए । ‘हामीलाई व्यावहारिक र ठोस सुझाव दिनुहोला,’ उनले भने, ‘जुन स्वास्थ्य बीमाको समस्या समाधानमा पथ प्रदर्शक बनोस् ।’ मन्त्री पौडेलले समितिले दिएको सुझाव कार्यान्वयनमा मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बताए । ‘स्रोतको अभाव मुख्य समस्या छ,’ उनले भने, ‘तर स्रोत बढाउने केही विकल्प छन् । यहाँहरूले उपयुक्त विकल्प दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं । मन्त्री पौडेलले नसक्नेका लागि एक लाख रुपैयाँकाे बीमा रकम ठूलो सहायता भए पनि त्यसले मात्र समस्या समाधान नहुने भएकाले उक्त रकम वृद्धि गरी पाँच लाख पुर्याउनुपर्ने योजना बनाएको बताए । ‘हामीले दायरा बढाउँदा स्रोत अभावको चुनौती देखापर्न सक्छ, तपाईंहरूले थप समिति बनाउन नपर्ने गरी सुझाव दिनुहोला,’ उनले भने । मन्त्री पौडेलले सरकारकै फरकफरक स्वास्थ्य बिमा कार्यक्रम अस्तित्वमा रहेकाले सेना प्रहरीलगायत सबैलाई कसरी एकीकृत बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी सुझाव दिन आग्रह गरे । बैठकमा समिति संयोजक आचार्य तथा सदस्य डा भगवान् कोइरालाले ठोस सुझाव दिने गरी काम भइरहेको जानकारी दिए ।
ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच सम्झौता, क्यानडा जाने विद्यार्थीलाई सहज हुने
काठमाडौं । ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डीपत्लाले हस्ताक्षर गरे । यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरूपमा क्यानडा बसाईं सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरूले आईसीआईसीआई बैंक क्यानाडाको विभिन्न बैकिङ सेवा उपभोग गर्न तथा क्यानडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।
रेडियाेलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट रोकिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्रिस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् । स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशि खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यस्तो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमासमेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको छ । वीर अस्पतालले वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ । यसैगरी, कान्ति बाल अस्पतालमा करिब तीन करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ । यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौं,’ उनले भने, ‘यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कर्म पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौं ।’
मेटलाइफ नेपालका बीमितलाई विलम्ब शुल्कमा शत प्रतिशत छुट
काठमाडौं । मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाबबिना जीवनको सुरक्षा जारी राख्ने अवसर प्रदान गरेकाे छ । ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियानमार्फत मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १०० प्रतिशत छुट र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेखहरूको लागि ६० प्रतिशत छुट प्रदान गर्नेछ । यस पहलले आर्थिक कठिनाइहरूको सामना गरेका बीमालेख धारकहरूलाई उनीहरूको बीमा सुरक्षा पुर्नस्थापित गर्न र उनीहरूको भविष्यको सुरक्षा गर्न सुविधा दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ । मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यो अभियानले हाम्रा ग्राहकहरूलाई अप्रत्याशित जोखिम र चुनौतीहरूबाट जोगाउन मद्दत गर्नेछ । हामी सबै बीमालेख धारकहरूलाई यस अवसरको फाइदा उठाउन र मेटलाइफसँग आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न प्रोत्साहन गर्छौं ।’
३ महिनामा करिब ४ खर्ब व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा आयात/निर्यातसँगै व्यापार घाटा पनि घटेको छ । चालु आवको तीन महिना (साउन, भदौ र असोज)मा आयात ४.१७ प्रतिशतले घट्दा निर्यात ६.११ प्रतिशतले घटेको छ । यसैगरी, व्यापार घाटा ३.९६ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालु आवको यो तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको छ । यस्तो आयात गत आवको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको थियो । यसैगरी, यो अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत आवकाे सोही अवधिमा यस्तो निर्यात ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ थियो । समग्रहमा यो तीन महिनामा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा लागेको छ । गत आवकाे सोही अवधिमा यस्तो घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ थियो । यो अवधिमा नेपालले सबैभन्दा धेरै भारतसँग व्यापार गरेको छ । भारतबाट २ खर्ब ४० खर्ब ९२ करोड ५९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको निर्यात गरेको छ । भारतसँग मात्रै ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा लागेको छ । यसैगरी, चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख रुपैयाँको आयात गर्दा ५५ करोड ५ लाख रुपैयाँको निर्यात गरेको छ । चीनसँग ७८ अर्ब ८ करोड व्यापार घाटा लागेको छ ।
तीन महिनामा १२ करोड ६३ लाख राजस्व संकलन
जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा १२ करोड ६३ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा चार करोड ५५ लाख ६७ हजार आठ सय रुपैयाँ, भदौमा तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ रुपैयाँ र असोजमा चार करोड १५ लाख ६५ हजार आठ सय ४६ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके, आयकर तथा सडक सम्भारबापत सो राजस्व संकलन गरेको उनले बताए । कार्यालयमा रहेको विवरण अनुसार गत असोज २१ गतेसम्ममा साना सवारीसाधन दर्ता एक हजार दुई सय १७, ठूला सवारीसाधनअन्तर्गत जीप तथा कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक सात, इ–रिक्सा तथा टेम्पो भाडाका एक सय ६०, व्यक्तिगत इ–रिक्सा एक सय ७३, एम्बुलेन्स एक र तथा डोजर पाँचवटा दर्ता भएका प्रमुख सिंहले जानकारी दिए । एक महिना अघि सरुवा भएर यहाँ आएका प्रमुख सिंहले सेवाग्राहीलाई छिटोछरितो कार्यसम्पादन गर्न कार्यालयको शाखामा आन्तरिक सुधारका प्रयास गरिएको बताए । कार्यालयले चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट गत आर्थिक वर्ष २०८०र८१ मा ६३ करोड १५ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । मधेश प्रदेश सरकारअन्तर्गत मधेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ । प्रदेशमा संघीयता लागु हुनुअघि तीनवटा जिल्लामा मात्र यातायात व्यवस्था कार्यालय थियो ।
‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताएका छन् । वर्तमान सरकारको एकसय दिने कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै बुधबार प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सम्पन्न गरेको ‘फाइबर टु द होम’ (एफटिटिएच) सेवा विस्तार महत्वपूर्ण उपलब्धिका रुपमा रहेको उल्लेख गरे । ‘हुम्ला एक मात्र यस्तो जिल्ला थियो, जहाँ ‘एफटिटिएच’ सेवा अझै पुगेको थिएन । गत भदौदेखि यो सेवा सञ्चालनमा आएसँगै मुलुकका ७७ वटै जिल्लामा यसको पहुँच पुर्याएका छौँ’, उनले भने ।