विकासन्युज

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा

काठमाडौं ।  घोराही सिमेन्ट इन्डस्ट्रीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक बजारमा ल्याइएको उद्योगले जनाएको छ । योसँगै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा उद्योगको छ । गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’, जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ । यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ । गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको जनाएको छ । ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मूल्यमा कम्तीमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको उद्योगले जनाएको छ ।

विकासन्यूजको सम्पादकमा रोकाया नियुक्त

काठमाडौं । विकास मिडियाप्रालि द्वारा सञ्चालित विकासन्यूज डटकमको सम्पादकमा सन्तोष रोकाया नियुक्त भएका छन् । विकास मिडिया प्रालिको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सम्पादकमा नियुक्त गरेको हो । एक दशकदेखि पत्रकारिता गर्दै आएका रोकाया ६ वर्षदेखि विकासन्यूजमा कार्यरत छन् । पछिल्लो समय उनी सह-सम्पादकको भूमिकामा थिए । रोकाया त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एफफिल-पीएचडी अध्ययनरत छन् । नवनियुक्त सम्पादक रोकायालाई प्रधान सम्पादक रामकृष्ण पौडेलले स्वागत गरे । उनले रोकाया नेतृत्वको टीमले विकासन्यूजलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । सम्पादक रोकायाले विकासन्यूज टिमलाई रचनात्मक ढंगबाट अगाडि बढाएर संस्थाको गरिमालाई थप ओजिलो बनाउने प्रयास रहने धारणा राखे । कैलालीको धनगढीबाट सञ्चालित फूलबारी खबरबाट पत्रकारिता सुरु गरेका रोकायाले यसअघि माउन्टेन टेलिभिजन, बिजनेस प्लस टेलिभिजन, रेडियो केएमसी र आजको न्यूज डटकमलगायत आधा दर्जन सञ्चारमाध्यममा काम गरिसकेका छन् । 

हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न

काठमाडौं । दर्जनौं धार्मिक संघ–संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यले आयोजित हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । योगी नरहरिनाथ टेष्ट आध्यात्मिक परिषद्को आयोजनामा शुक्रबार भएको उक्त धार्मिक अन्तक्रियात्मक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्पन्न गरिएको हो । स्वामी चतुर्भुजाचार्य महाराजको प्रमुख अतिथ्यता रहेको थियो भने परिषद्का अध्यक्ष शंकर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा डा। गजमान गुरुङ्गको विशिष्ट आतिथ्यता रहेको थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सनातन धर्म, संस्कृति र परम्परा संकटमा परेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबै धार्मिक संघ,सस्था एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । धर्म र संस्कृति देशको परिचय हुनका साथै सम्पत्ति भएको जिकीर गर्दै त्यसको संरक्षण र सम्बद्र्धनमा सबै जुट्नुपर्ने बेला आएको एक विज्ञप्ति मार्फत परिषद्ले अपिल समेत गरेको छ ।

भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं व्यवसायीक शाखा उद्धघाटन

काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैंकको नयाँ शाखा शनिबारदेखि उद्धघाटन गरिएको छ । बैंकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका थिए । ‘साझा समृद्धिका लागि सबैको रोजाई बैंक’ भन्ने दुरदृष्टिका साथ बैंकको २७१ औं र चितवन जिल्लाको १० औं शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराए । बैंकबाट सुनदेखि नुन सम्म, हलोदेखि हाईड्रो सम्म लगानी भईरहेको र हाल वित्तिय बजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता यस बैंकसँग रहेकोले सेवा लिन बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गरे । यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैंक सञ्चालक समिति सदस्य संजिव पौडेलले आग्रह गरे । पौडेलले भरतपुर क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताए । उद्धघाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैकको तर्फ फुलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिए । बैंकमा झण्डै ३ लाख सेयर धनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब १ सय भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । बैंकले १ लाख ५२ हजार कर्जाग्राहीबाट २ सय ६ अर्ब लगानी गरेको छ  भने २१ लाख निक्षेपकर्ताबाट २ सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो । कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिटेन्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

पुटुक्क निस्केको पेट रोगको गोदाम हो, समयमै व्यवस्थापन गर्नतिर लागौं

काठमाडौं । मान्छेको खानपान अनि जीवनशैली आजभोलि नराम्ररी बिग्रँदै गएको छ । बच्चादेखि युवा हुँदै वृद्धवृद्धा यही कारण विभिन्न रोगको सिकार हुँदै गएका छन् । आजभोलि विश्वमै सर्नेभन्दा नसर्ने रोगले मान्छेको ज्यान गइरहेको छ । यो सबै व्यक्तिको गलत खानपान र  जीवनशैलीले हुँदै गएको हो । नेपालमा आजभोलि प्रेसर, थाइराइड, मुटुरोगीहरूको सङ्ख्या बढ्दै गइरहेको छ । यसको सिकार १५, १६ वर्षका युवाहरू पनि भइरहेका छन् । यी जति पनि नसर्ने रोगहरू उत्पन्न हुन्छन्, ती सबैको जिम्मेवार व्यक्ति आफै हो भन्दा फरक पर्दैन । जस्तै मधुमेह एउटा वंशाणुगत रोग पनि हो । आमाबुवामा मधुमेह छ भने उनीहरूबाट जन्मने बच्चाहरूमा ७० प्रतिशत याे रोग हुने सम्भावना हुन्छ । यदि व्यक्तिले खानपानमा ध्यान दिएन भने खतरा हुन्छ । तर उसले आफ्नो खानपान अनि जीवनशैलीमा ध्यान दिने हो भने ३० प्रतिशत र सम्भावना रहेको ७० प्रतिशतलाई निको पार्न सक्छ ।  फेरिँदै जीवनशैली  अहिले मान्छेले काम गर्न छोड्यो, विस्तारै सुत्न पनि छाड्दैछन् । पहिले बिहानदेखि दिनभर घरभित्रदेखि बारीसम्मको कडा परिश्रम गर्नुपर्थ्यो । बारीमा उब्जाएको सागसब्जी अनि रोटी खाइन्थ्यो । आजभोलि घरभन्दा बढी व्यक्तिको काम कार्यालयमा हुन थाल्यो । भात रोटीभन्दा बढी बाहिरका मैदाबाट बनेका खानेकुराहरू खान थालियो । खानपानको मेसो नमिल्दा र शारीरिक व्यायाम नहुँदा मान्छेका शरीरमा विभिन्न किसिमका समस्या देखिन सुरु भए । हाम्रो खानपान राम्रो छैन, शारीरिक व्यायाम छैन, पहिलेको जस्तो कडा परिश्रम हुन छोड्यो ।  योसँगै तनाव अनि चिन्ता पनि थपिँदै गएका छन् ।  यस्ता विभिन्न कारणबाट अहिले मान्छे मधुमेहलगायत नसर्ने रोगको सिकार भइरहेका छन् । जसमा युवादेखि वयस्कसम्म यो समस्याबाट ग्रसित हुन पुगेका छन् । यसमा विशेष गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खानपानले भूमिका खेलिरहेको हुन्छ । पोषणविद प्रतीमा सेन । पहिला व्यक्तिको दिनको सुरुवात बिहान सातु, मकै लगायतका प्रोटिनयुक्त खानेकुराबाट हुन्थ्यो । अहिले हामी धेरैमध्ये धेरैको बिहानीको सुरुवात बिस्कुट र चियाबाट हुन्छ । सहर बजारमात्र होइन, ग्रामीण स्तरमा पनि मानिसले आफ्नो दिनको सुरुवात यसरी नै सुरु गर्न थालेका छन् । जसले शरीरमा रहेकाले रगतमा देखिन चिनीको मात्रा बढ्दै गइरहेको छ । ग्लुकोज भनेको हाम्रो शरीरलाई नभइ नहुने इनर्जीको स्रोत हो । यो शरीरलाई अति आवश्यक पर्छ । यो पाइने भनेको खानाबाटै हो । हामीले खाएको खाना शरीरमा गइसकेपछि ग्लुकोजमा परिणत हुन्छ । र हाम्रो शरीरले यसलाई शक्तिको रूपमा प्रयोग गर्छ । यसका लागि शारीरिक कियाकलाप चाहिन्छ । शारीरिक रूपमा सक्रिय छैन भने चिल्लोको रूपमा परिणत भइ शरीरमा वा रगतमा बोसोको मात्रा बढ्छ । कलेजो लगायतका विभिन्न ठाउँमा गएर जमेर बस्छ । जसका कारण यस्ता समस्याहरू देखा परिहेका हुन् ।  खानपान नै ठीक छैन  धेरैजसो मानिसको दैनिकी आजभोलि निकै व्यस्त छ । बिहान उठेदेखि राति सुत्ने समयसम्म  कम्प्युटरकै अगाडि बसिरहेका हुन्छन् । यसो हुँदा बिहान खाजा नखाने, एकैचोटि दिउँसो र साँझा खाना खाने तर धेरै खाने बानी हुन्छ । यो बानी स्वस्थ जीवनशैलीको लागि राम्रो होइन । हाम्रो शरीर हामीले जस्तो लाइनमा ढाल्यो त्यस्तै हुन्छ । एउटा समयमा टन्न खान्छौं, दिनमा दुई पटक मात्र खान्छौं भने पेट लाग्ने समस्या धेरै हुन्छ ।   पेट लाग्नेबित्तिकै मुटुरोग, मधुमेहको समस्या हुने जोखिम पनि उत्तिकै धेरै हुन्छ । त्यसैले हामीले एकै पटक धेरै खानुभन्दा समय अन्तर मिलाए दिनमा ४ पटक खाने बानी बसाल्नुपर्छ । हामीले नास्ताबाट दिनको सुरुवात गर्दा दिनभरको समस्या नै हल हुन्छ । एकै पटक धेरै खाँदा कति खाइयो भन्ने पनि थाहा हुँदैन । सकेसम्म यो बानीलाई  हटाउनुपर्छ । हामीले सक्यो र समय पनि भयो भने बिहान ८ बजे नास्ता, नभए खानाकै रूपमा सुरुवात गर्दापनि हुन्छ । त्यसपछि अपरान्ह १२ बजे, दिउँसाे ३ र साँझ ६/७ बजेतिर खाना खाँदा ठीक हुन्छ । एकदिनमा चार पटक मात्रा मिलाएर खायो भने यसले भोक पनि लाग्दैन र शरीर स्वस्थ पनि राख्न मद्दत मिल्छ । खानपान कस्तो गर्ने ? हामीले भन्ने गरेको सन्तुलित भोजनमा चार खाद्य समूह हुन्छन् । जसमा अन्न, प्रोटिनयुक्त खानेकुरा, तेलहन र हरियो सागपात पर्दछन् । यी खानेकुरालाई मिलाएर खान सक्यो भने सबैभन्दा राम्रो हुन्छ । यी खानेकुराबाट हामीले बिहानीको सुरुवात गर्नुपर्छ । अहिले हरेक बार खाना चार भन्ने कुराहरू पनि सुनिन्छ । अहिले बिहान उठ्ने धेरैजसो व्यक्ति व्यायाम गर्न जानुहुन्छ । उठ्नेबित्तिकै पानी खायो व्यायाम गर्‍यो, आइसकेपछि सातु अन्नलाई कम गरेर गेडागुडी खान सक्छौं । अथवा बदाम काजु, ओखरको मात्रा मिलाए खायाैं भने पनि राम्रो हुन्छ । हामीले प्रोटिनबाट दिनचर्या सुरु गर्न सक्यौं भने राम्रो हुन्छ । भोकलाई पनि यसले होल्ड गर्छ, यसो केही गर्‍याैं भने पनि के खाऊँ के खाऊँ लाग्दैन । त्यसपछि भनेको हामीले खाने भनेको खाना नै त हो । खानामा हामी नेपालीको हुने भनेको दालभात तरकारी या माछामासु हो । खाना खाँदा जहिले पनि सागसब्जीलाई प्राथमिकता दिनुपर्छ  र खानामा भात, रोटी डिढोको मात्रा कम गर्नुपर्छ । दिउँसो सकेसम्म फलफुल खानुपर्छ । सबै ठाउँमा फलफुल नहुने भएपनि गाउँठाउँमा मौसमअनुसार अथाव तपाईंले मौसमअनुसार जे फलफुल पाउनुहुन्छ त्यो दिउँसो खाँदा राम्रो हुन्छ ।   अर्को भनेको अण्डा, चना, चिउरा र सलाद खाजाको रूपमा खाना खानुपर्छ तर सुत्नुभन्दा २/३ घण्टा अगाडि खाइसक्नुपर्छ ।  ढिला खाना खाँदा हामीले खाएको कुरा पच्न पाउँदैन जुन  बोसो भएर बस्छ । यसरी खानालाई सन्तुलित बनाउन सकिन्छ ।  कस्तो खाना खाने  ? जसलाई नसर्ने रोगले छोइसकेको छ उनीहरू औषधीमा निर्भर रहन्छन् ।  तर म भन्छु, औषधी भनेको २० प्रतिशत मात्र हो । बाँकी ८० प्रतिशत बिरामी आफैले  मेनेज गर्नुपर्छ । यसमा खानपानको समय र मात्रा मिलाउन सक्नुपर्छ । मैले कति खाएको छु, कुन समयमा खाएको छु भनेर आफै मिलाउनुपर्छ । अर्को मुख्य कुरा निन्द्रा हो । व्यक्ति स्वस्थ निद्राको निकै आवश्यक पर्छ । यसका लागि हरेक दिन अनिवार्य ८ घण्टा सुत्नैपर्छ । किनभने हाम्रो शरीर बन्ने, हाम्रो शरीरको मर्मत हुने विभिन्न किसिमका हर्मोन बन्ने समय भनेको यही ८ घण्टा हो । हर्मोनलाई ब्यालेन्समा राख्नको लागि,  तनाव व्यवस्थापन गर्नको लागि भएपनि ८ घण्टा निन्द्रा पुर्‍याउनै पर्छ । अर्को भनेको चिन्तालाई व्यवस्थापन गर्नु पनि हो । योसँगै तौल र व्यायामलाई पनि ध्यान दिनुपर्छ  । यति गर्‍यो भनेमात्र औषधीले काम गर्छ नभए हामीले खाइरहेको औषधीले पनि काम गर्दैन । कतिजनाको सोच हुन्छ- औषधी खाइरहेको छु, मैले जे खाँदा पनि हुन्छ भन्ने छ तर यो गलत हो । औषधी खाएर जीवनशैली परिवर्तन गर्नुभएको छ भने आषधीको डोज बढाउनुपर्दैन । सकेसम्म जीवनशैलीमै ध्यान दिनुपर्छ । व्यायाम  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार हप्तामा १ सय ५० मिनेट सक्रिय रूपमा हिँड्न मात्र सक्यो भने हाम्रो शरीर ब्यालेन्समा बस्न सक्छ । हामी मोटोपनाबाट ग्रसित छैनौं भने दिनमा आधा घण्टा हिँड्दा पनि पुग्छ । त्यति बेला हाम्रो मुटुको गति नर्मलभन्दा केही बढ्नुपर्छ । यतिमात्र गर्न सक्यो भने पनि केही हदसम्म राम्रो हुन्छ । अब तपाईंहरूसँग समय छ भने १ घण्टा, डेढ घण्टा सके हिँड्ने त्यो पनि भएन भने जे सकिन्छ व्यायाम गर्नुपर्छ ।  आजभोलि प्राय: मान्छे हिँड्न छोडेका छन् । कार्यालय जाँदा गाडीमा, आउँदा गाडीमा यतिसम्म कि कार्यालयको माथिल्लो तलामा जान पनि लिफ्टको सहयोग लिइरहेका हुन्छन् । यो राम्रो होइन । यदि तपाईंहरू गाडीमै हिँड्नुहुन्छ र अफिसमा पनि बसेर काम गर्नुहुन्छ भने लिफ्ट छोडेर हिँडेर जान सकिन्छ । बसेर काम गर्दा पनि एकैछिन यताउता हिँड्न सकिन्छ । दुई मिनेट भएपनि आधा घण्टा, १५ मिनेटमा उठेर हिँड्नुपर्छ । लामो समयसम्म एउटै ठाउँमा बसेर काम गर्नु स्वास्थ्यका लागि राम्रो होइन ।  स्वास्थ्य नै धन हो, यो नै ठीक छैन भने राम्रो हुँदैन । यसका लागि सुगर, थाइराइड, प्रेसर पनि हामीले बेलाबेलामा जाँच गर्नुपर्छ । जीवनशैलीसँग सम्बन्धित रोगहरू अहिले बढ्दै गइरहेका छन् । पेट सकेसम्म लाग्नै नदिऊँ खानपान, निन्द्रा, व्यायामसँग ध्यान दिनुपर्ने अर्को कुरा हो- तौल । यसमा पनि हामीले ध्यान दिनुपर्छ । उचाइ जति छ त्यहीअनुसारको तौल हुनुपर्छ । जस्तै- तपाईं १ सय ५० मिटर उचाइ भएको मान्छे हुनुहुन्छ भने तपाईको तौल ५० देखि ५४ केजी राख्न सक्नुपर्छ । हामीले तौलमात्र उचाइसँग व्यपस्थापन गर्न सक्यौं भने सामान्यता जति पनि नसर्ने रोग छ त्योबाट ग्रसित हुने सम्भावना कम हुन्छ । आजभोलि कतिपयले बडी मास इन्डेक्स (बीएमआई) प्रयोग गर्ने गरेको पाइन्छ । यो भनेको शरीरको तौल उचाइको आधारमा व्यक्तिको चिल्लोपना (बडी फ्याट) कति भने नाप्ने एक विधि हो । त्यस्तै अर्को विधि भनेको कम्मरको गोलाइ भनेर भनिन्छ, यसमा हामीले आफ्नो नाइटोलाई आधार मानेर  गरिन्छ । नाइटोबाट नाइटोमै नाप्दा वरिपरिको भाग ८० सेन्टीमिटरभन्दा कम महिलाको र पुरुषको ९० सेन्टिमिटरभन्दा कम भएको एकदम राम्रो मानिन्छ । अहिले तौल व्यवस्थापन गर्न एकदम आवश्यक छ । अहिले जतिपनि समस्या छ, यो पेट नै ठूलो भएर लाग्ने गर्छ । मान्छे हेर्दा सबै ठीक भए पनि पेट पुटुक्क लागिरहेको हुन्छ । यो भनेको पेटमा बोसो लागेको हो । पेट लाग्नु भनेको रोग लाग्न सुरु हुनु हो । तौल धेरै भएपनि खासै फरक पर्दैन तर पेट लाग्न भएन । फ्याटकै कारण पेट बढ्छ र रोगको घर भनेको पेट हो । पेटलाई मात्र व्यवस्थापन गर्न सके धेरै राम्रो हुन्छ । (पोषणविद् प्रतीमा सेन केसीसँग गरिएको कुराकानीमा आधारित)

सन नेपाल लाइफको प्रदेश स्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव २०० जना मार्केटिङ म्यानेजरहरु सहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए । सीइओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहानालाई सम्वोधन गर्न आपतमा राहात दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आवद्ध सम्पूर्ण अभिकर्ताहरुलाई दृढ विश्वासका साथ थप शसक्त भएर अघि बढ्न प्रेरित गरे । उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधै एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाएका थिए । कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रुपमा मेहनत गर्दा यहि पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए । चौलागाईले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्रिकलाको विषयमा उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए । उनले सन नेपाल लाइफले ल्याएको विभिन्न विजनेस क्लवहरुको विषयमा जानकारी दिँदै कसरी ती क्लवहरुमा पुग्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिदैँ यस प्रदेशबाट शुक्र र चन्द्र क्लवमा पर्न सफल मार्केटिङ म्यानेजरलाई बधाई तथा शुभकामना पनि दिए । अभिकर्ताको तर्फबाट प्रतिनिधित्व गर्दै मार्केटिङ म्यानेजर म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाइफको दुरदर्शी सोँच, ग्राहकमैत्री बीमा योजना, अभिकर्ता मैत्री वातावरणको कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ताको रुपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताए । उनले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ म्यानेजरहरुलाई गरेको सम्मानले थप उर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पुण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिए । चन्द्रौटाको सिद्धार्थ ग्रीन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाई, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेश अन्तर्गतका शाखा, उपशाखा प्रवन्धक, कर्मचारी लगाएत २०० भन्दा बढी मार्केटिङ म्यानेजरको उपस्थिति रहेको थियो ।

जाडोमा च्यवनप्रास खानुका फाइदा

काठमाडौं । जाडो माैसममा चिसो र खोकी, श्वासप्रश्वासको समस्या जस्ता रोगहरूको बाहुल्यता बढ्छ । जुन यस मौसममा सबैभन्दा बढी प्रचलित हुन्छ र सामान्यतया कम रोग प्रतिरोधात्मक क्षमताका कारण हुन्छ । मौसम परिवर्तनको चक्रमा अचानक तापमान परिवर्तन हुन्छ । हिमाली क्षेत्रमा तापक्रम नकारात्मकभन्दा तल जान सक्ने भएकाले पहाडी र तराईका क्षेत्रमा पनि चिसो बढेको छ । काठमाडौं उपत्यकामा रातको तापक्रम ० डिग्री सेल्सियससम्म झर्छ र दिनमा २० डिग्री सेल्सियसमा तैरिन सक्छ । मौसमी परिवर्तनले रुघाखोकी, रुघाखोकी र रुघाखोकी जस्ता रोग निम्त्याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनु यस्ता रोगहरुसँग लड्ने प्रभावकारी उपाय हो । डाबर च्यवनप्राशको उपभोग मौसमी परिवर्तनको बेलामा रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रभावकारी उपाय हो । यो 41 भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको चिकित्सकीय परीक्षण गरिएको आयुर्वेदिक ढाँचा हो जसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्दछ, जसले गर्दा ब्याक्टेरिया, भाइरस, धुलो र मौसम परिवर्तनको कारणले हुने खोकी र चिसो जस्ता दैनिक संक्रमणहरूबाट शरीरलाई बचाउँछ । संस्कृतमा, ‘प्राश’ शब्द विशेष रूपमा तयार गरिएको खानाको लागि खडा हुन्छ र ‘च्यवन’ त्यो ऋषिको नाम थियो जसको लागि यो आयुर्वेदिक पौष्टिक सूत्र उनको युवावस्था र जीवन शक्तिलाई पुनर्स्थापित गर्नको लागि बनाइएको थियो । त्यसैले ‘च्यवनप्राश’ नाम राखियो । स्वास्थ्य पूरकको रूपमा, डाबर च्यवनप्राश सबै उमेर समूहका व्यक्तिहरू – बालबालिका, वयस्क र वृद्ध व्यक्तिहरूले उच्च स्वास्थ्य लाभका लागि लिन सक्छन् । डाबर च्यवनप्राशको मुख्य घटक अमला (भारतीय गुजबेरी) हो । अन्य सामग्रीहरू गुडुची, अश्वगन्धा, पिप्पली, मूलेठी, हरिताकी, कर्कटश्रृंगी, वासा, आदि हुन् । यी सबै सामग्रीहरूको मिश्रणले डाबर च्यवनप्राशलाई आयुर्वेदिक जडीबुटीहरूको उत्तम मिश्रण बनाउँछ जसले जाडो मौसममा राम्रो स्वास्थ्यको लागि प्रतिरक्षा प्रदान गर्दछ । डाबर च्यवनप्रास खानुका केही स्वास्थ्य लाभहरू यस्ता छन्: • जाडोको लागि प्रतिरक्षा बूस्टर डाबर च्यवनप्राशको नियमित प्रयोगले शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। यसले शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरू उत्पादन गर्न मद्दत गर्दछ, जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई खोकी र चिसो जस्ता रोगहरूबाट तपाईंको शरीरलाई बचाउन मद्दत गर्दछ । • पाचनमा मद्दत गर्छ च्यवनप्राशले पाचन प्रणालीलाई बलियो बनाउँछ । डाबर च्यवनप्राशमा पाइने अत्यावश्यक तत्व अमलाले शरीरलाई डिटोक्सिफिकेसन गर्छ। यसले शरीरबाट हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। • श्वासप्रश्वास प्रणालीको लागि राम्रो च्यवनप्राशले स्वस्थ कार्य गर्ने श्वासप्रश्वास प्रणालीलाई समर्थन गर्दछ। यसले श्वासप्रश्वास मार्गलाई सफा र सफा राख्न मद्दत गर्छ। • शक्ति र सहनशक्ति निर्माण गर्छ च्यवनप्राशले समग्र शक्ति र ऊर्जा बढाउँछ। यसले शरीरको प्राकृतिक प्रतिरोधलाई सुधार गर्छ र शरीरलाई समग्र शक्ति र जीवन शक्ति प्रदान गर्दछ। • छाला सुधार्न जान्छ च्यवनप्राशले कोशिकाको बुढ्यौलीमा ढिलाइ गर्छ र छालालाई फ्री रेडिकलको क्षतिबाट जोगाउँछ यसका साथै यसमा पाइने अमला, घिउ र मह पनि स्वस्थ छालालाई बढावा दिनका लागि फाइदाजनक हुन्छ। डाबर च्यवनप्रास कसरी र कहिले खाने ? डाबर च्यवनप्राश एक सुरक्षित आयुर्वेदिक सूत्र हो जुन सबै उमेर समूहका मानिसहरूले उपभोग गर्न सक्छन् – साना बालबालिकादेखि वृद्धसम्म । ३ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक १ चम्चा डाबर च्यवनप्राश सिफारिस गरिन्छ । वयस्कहरूको लागि: 1 चम्चा डाबर च्यवनप्राश दिनको दुई पटक सिफारिस गरिन्छ। 1 चम्चा दिनमा दुई पटक लिनु पर्छ – एक पटक बिहान र एक पटक बेलुका। डाबर च्यवनप्रास सिधै सेवन गर्न सकिन्छ र तातो दूध वा पानीमा मिसाएर पनि खान सकिन्छ ।