विकासन्युज

हुन्डाईको नयाँ क्रेटामा बढ्दाे आकर्षण : ४ महिनामा ३५० युनिट बिक्री

काठमाडौं । नेपालमा हुन्डाईको नयाँ क्रेटामा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको छ । नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार चालु आर्थिक वर्षको ४ महिनामै ३५० युनिट नयाँ क्रेटा बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म ६०० युनिट बढी नयाँ क्रेटा बुकिङ भएको छ । बढ्दो मागका कारण नयाँ क्रेटाको वेटिङ पिरियड २ महिना पुगिसकेको छ । नयाँ क्रेटाकाे आकर्षण  किन ? हुन्डाईले ल्याएको फेसलिफ्ट क्रेटा पछाडिको डिजाइन, अगाडिको लुक्स र इन्टेरियरमा आधुनिक ट्रेन्ड समातेर बनाइएको छ । स्टायन्डर्ड रूपमै ६ एयरब्यागको साथ आएको क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा व्यापक परिमार्जन गरिएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ । क्रेटामा उपलब्ध एडास फिचरभित्र लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङजस्ता चालकलाई सहज बनाउने फिचर छन् । यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् ।

नेपाल चीन बिजनेस समिट : क्रेडिट रेटिङपछि ढुक्क भएर लगानी गर्ने वातावरण तयार

बेइजिङ । नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा प्रतिबद्धता जनाइएको हो । द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए । प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको जिकिर गरे । साथै उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रशंसा पनि गरे । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए । सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताए । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने पनि बताए । चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो । यो समिटको दोस्रो संस्करण हो । महासंघ र सीसीपीआईटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए । महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ । यसैगरी, द्विपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ । यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराए । यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले बताए । साथै उनले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दि‍‍ए । कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केवलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता पनि अध्यक्ष ढकालले जनाए । उनले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिवद्धता पनि जनाए । चीनले यही डिसेम्बर एकदेखि आफ्नो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे । सीसीपीआईटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउदै समिट द्धिपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताए । उनले सीसीपीआईटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए । उनले महासंघ र सीसीपीआईटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनिया लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए । महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरेका थिए । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए । समिटमा १२० जना चिनिया व्यवसायीहरूको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको समेत सहभागिता थियो । उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस वैठक पनि राखिएको थियो । महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यस अघि बेइजिङ, नयाँ दिल्ली र दुबईमा महासंघका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इण्डष्ट्रिज दुवई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो । यो पनि पढ्नूहोस् : बीआरआईमा ‘एड असिस्टेन्स फाइनान्सिङ’ लेखिएपछि कुरो मिल्यो, यी १० परियोजना समेटिए

सूर्यज्योति लाइफका बिमितले अनलाइन प्रिमियम भुक्तानी गर्दा उपहारै उपहार जित्ने अवसर

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत बिमालेख नविकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत खल्ती एप मार्फत मिति २०८१ मंसिर १८ गते देखि पौष २९ गते सम्मका बीमाशुल्क भुक्तानी गर्ने जुनसुकै बिमितले थुप्रै उपहार प्राप्त गर्न सक्नेछन् । सूर्यज्योतिका बिमितहरुले खल्ती एप प्रयोग गरी आफ्नो प्रिमियम तिर्दा ३०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन जसअन्तर्गत बीमा नविकरण मिति अगावै भुक्तानी गरेमा ५०० रुपैयाँ र तोकिएको नविकरण मितिको ७ दिन भित्रमै भुक्तानी गरेमा ३०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् । साथै साप्ताहिक योजनामा प्रत्येक हप्ता छानिने भाग्यशाली एक जना बिमितले दुईवटा सिनेमाको टिकेट, प्रत्येक १५ दिनमा छानिने एक भाग्यशाली बिजेताले इएर बड जित्ने अवसर प्राप्त गर्नेछन भने सूर्यज्योति मोबाइल एप रजिस्ट्रेशन गरी आफ्नो बीमाशुल्क तिर्ने हरेकले ५० बराबरको मोबाइल टपअप प्राप्त गर्नेछन् । यसै योजनाको बम्पर उपहार अन्तर्गत अन्त्यमा एक जना भाग्यशाली बिजेताले स्मार्ट मोबाइल फोन जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । यस्ता किसिमका योजनाद्वारा मोबाइल एप प्रयोगकर्ताहरुमा वृद्धि हुनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी बिमित तथा अभिकर्ताहरुले सूर्यज्योति लाइफका विभिन्न सेवाहरु सहज र सरल तरिकाले घरमै बसेर उपयोग गर्न सक्ने र कम्पनीका हरेक सूचना र योजनाको तुरन्तै जानकारी प्राप्त गर्ने सक्ने हुनाले प्रबिधिको प्रबर्द्धनमा आफूले बिशेष जोड दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए।

नेप्सेमा १ कराेड ८० लाख कित्ता सेयर सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सीईडीबी होल्डिंग्स्, अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । उक्त ४ कम्पनीको १ करोड ८० लाखभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको हो । जसमध्ये सीईडीबी होल्डिंग्सको ११ प्रतिशतले हुन आउने १० लाख २४ हजार ९ सय १९ दशमलव ६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी, अपि पावर कम्पनीको ५ प्रतिशतले हुन आउने २९ लाख ९३ हजार २ सय ९८ दशमलव ९५६ कित्ता बोनस सेयर, कामना सेवा विकास बैंकको ७ प्रतिशतले हुन आउने २२ लाख ९६ हजार ८ सय १५ दशमलव २७ कित्ता बोनस सेयर र एभरेष्ट बैंकको १० प्रतिशतले हुन आउने १ करोड १७ लाख ६७ हजार ९ सय ३ दशमलव ८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । । सेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन गर्ने तालिका तय

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय गरिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना ( हेडवक्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो । दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गर्ने काम समानान्तर रुपमा अगाडि बढाइनेछ । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो । टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत सम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । हिउँदयामा विद्युतगृह चलाउन नसकेमा आन्तरिक रुपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिट्टो विद्युतगृहलाई सञ्चालनमा ल्याउन अपनाउनु पर्ने उपायहरु तय गर्न स्थलगत अनुमगनमा गएको हो । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे । ‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ’, घिसिङले भने, ‘दायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी वर्षायाम सुरु हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाऔं, त्यसो गर्न सकिएन भने उत्पादन गर्न नससी वर्षायाममा विद्युत् खेर पाल्नु पर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मत सम्भारमा लागौं ।’ अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुल्ला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । कम्पनीका सीईओ मोहन प्रसाद गौतमले मर्मत सम्भारका हरसम्भव उपायहरू अबलम्बन गरी तय गरेको तालिका बमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए।

नेपाल पे क्युआर र आइसीटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने

काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको २०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो । उक्त अवार्ड कार्यक्रम पुस ५, २०८१ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुन लागेको छ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ । एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवद्र्धनमा विगत् १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्ट–अप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ । आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्युआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्युआर ले क्युआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

पाँचदिने भक्तपुर महोत्सव मंसिर २८ देखि सुरु, झण्डै सय स्टल रहने

काठमाडौं । पाँचदिने भक्तपुर महोत्सव २०८१ को आयोजना हुने भएको छ । यही महोत्सव मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुरको महेश्वरी खेल मैदानमा हुने भएको हो । मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुरका अध्यक्ष केशव त्वानाबासूले भक्तपुर महोत्सवअन्तर्गत मुख्य ३२ वटा ठाउँमा विभिन्न प्रर्दशनी हुने जानकारी दिए । भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी भक्तपुरका वडाअध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भए पनि उपयुक्तता अनि आवश्यकताअनुसार नगरपालिकाले विभिन्न संस्थालाई कामको जिम्मेवारी दिइएको जनाए । महेश्वरी खेल मैदान भक्तपुर नगरपालिका वडा नं ७ मा परेकाले महेश्वरीमा हुने व्यापार मेलाको संयोजन वडास्थित भक्तपुर युवा टिम गोल्मढीलाई दिएको उनले स्पष्ट पारे । मेलाको सम्पूर्ण खर्च र आम्दानी आयोजक टिम भक्तपुर युवा टिमले नै गर्ने जनाइएको छ । मेलास्थलमा केही दिन अगाडिबाट नै स्टल निर्माण लगायत अन्य कार्यको तयारी थालिसकेको छ । अहिले पनि त्यहाँ दैनिक धमाधम स्टलको लागि काम भइरहेका छन् । आयोजक समितिका सचिव रामेश्वर मचामसीले व्यापार मेलामा झण्डै एक सय स्टलहरू रहने छन् । तीमध्ये ८० प्रतिशत अर्थात् ८० स्टलहरू अगाडि नै बुकिङ भइसकेको जानकारी उनले गराए । व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरू, विविभन्न प्रकारका लत्ताकपडाहरू, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामग्रीहरू प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीहरूको स्टलहरू हुनेछन् । २०५४ सालपछि भक्तपुरले व्यापक रूपमा दोस्रो पटक भक्तपुर महोत्सव गर्न लागेको हो । महोत्सवअन्तर्गत भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडावडा टोलटोलहरू महोत्सवमय हुने जनाइएको छ । यसका लागि नगरका ३२ ठाउँहरूमा मुख्यमुख्य प्रदर्शनीहरू रहने जनाइएको छ । भक्तपुर महोत्सवको उद्घाेटन मंसिर २८ गते शुक्रबार बिहान ११ बजे भक्तपुर दरबार क्षेत्र लायकूमा हुने जनाइएको छ ।

राष्ट्रिय जीवन बिमा कम्पनीले लेखापरीक्षण नगरेकोमा अर्थमन्त्री पौडेलको तीव्र असन्तुष्ट

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न निर्देशन दिएका छन् । पछिल्लो नौ वर्षयता लेखापरीक्षण नगरेकोमा अर्थमन्त्रीले तीव्र असन्तुष्टि जनाए । राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीसहित अर्थ मन्त्रालयमा बुधबार भएको बैठकमा अर्थमन्त्रीले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरूलाई निर्देशन दिए । ‍राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुनसकेको छैन । अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र कम्पनीको साधारणसभा गर्न पनि अर्थ मन्त्रालयले निर्देशन दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बिमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।