तिहार : सजिँदै बजार, बढ्दै चहलपहल (फोटो फिचर)
काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ । सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ । तिहारमा टीका लाउन/लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।
केयर रेटिङ्गस नेपालको ६० प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । केयर रेटिङ्गस नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले करसहित ६० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते पुतलीसडक काठमाडौंमा दिउँसो साढे १२ बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्त गर्नेछ ।
माओवादी सचिव गणेश शाहले गरे पार्टी छाड्ने घोषणा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव गणेश शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । माओवादी पार्टीबाट सांसद र मन्त्रीसमेत रहेका शाह मधेशका स्थापित नेता हुन्। पुराना कम्युनिष्ट नेता विष्णुबहादुर मानन्धरको नेकपा प्रजातन्त्रवादी हुँदै नेकपा संयुक्तका पूर्वनेतासमेत रहेका शाह पार्टीलाई माओवादीमै समाहित गरेयता माओवादी पार्टीका प्रभावशाली नेता बनेका थिए । शाहले माओवादीमा पुनर्गठनको गुञ्जायस नभएको आरोप लगाउँदै आएका थिए ।
ट्रम्पको बयानले ऊर्जा बजारमा हलचल, भारतले अब रूसको तेल नकिन्ने !
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई नयाँ दिल्लीले रूसबाट तेल किन्ने कार्य रोक्ने आश्वासन दिएको बताएका छन् । ‘मोदीले आज मलाई आश्वासन दिए कि उनीहरूले अब रूसबाट तेल किन्ने छैनन् । यो ठूलो कदम हो,’ ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब हामीले चीनलाई पनि यही गर्न लगाउनुपर्छ ।’ वाशिङ्टन नयाँ दिल्लीले रूसबाट कच्चा तेल किनिरहेकोमा असन्तुष्ट भएको ट्रम्प बताउँछन् । किनभने त्यसले मस्कोलाई युक्रेनमा आफ्नो ‘मुर्ख युद्ध’ जारी राख्न सहयोग पुर्याइरहेको छ । तर उनले स्पष्ट पारे कि भारतले तुरुन्तै तेल किन्ने बन्द गर्ने छैन । ‘यो तुरुन्तै हुने होइन, केही प्रक्रिया हुनेछ,’ ट्रम्पले भने, तर उनले स्पष्ट समयसीमा भने बताएनन्। सीएनबीसीले भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयसँग टिप्पणीका लागि सम्पर्क गरेको थियो, तर तत्काल प्रतिक्रिया प्राप्त भएन । भारतको रूसबाट तेल आयात अमेरिकासँगको सम्बन्धमा विवादको विषय बनेको छ । ट्रम्पले गत अगस्टमा भारतमाथि थप २५ प्रतिशत शुल्क लगाउँदै कुल कर ५० प्रतिशत पुर्याएका थिए जबकि भारतले अमेरिकाको रूससँगको व्यापारप्रति असन्तोष जनाएको छ । ‘यदि भारतले रूसी तेल किन्ने बन्द गर्छ भने युद्ध अन्त्य गर्न धेरै सजिलो हुनेछ,’ ट्रम्पले भने, ‘उनीहरूले मलाई छोटो अवधिभित्र रूसबाट तेल नकिन्ने र युद्ध सकिएपछि मात्र पुनः किन्ने आश्वासन दिएका छन् ।’ बिहीबार ब्रेन्ट क्रुड फ्युचर्स ०.८२ प्रतिशत बढेर प्रति ब्यारेल ६२.४३ डलरमा पुगेको थियो जबकि अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट फ्युचर्स ०.८९ प्रतिशत बढेर ५८.७९ डलरमा पुगेको थियो । भारत रूसी तेलका सबैभन्दा ठूला खरिदकर्तामध्ये एक हो । अनुसन्धान संस्था केपलरका तथ्यांकअनुसार रूसले दैनिक करिब ३.३५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गर्छ, जसमा भारतले करिब १.७ मिलियन ब्यारेल र चीनले १.१ मिलियन ब्यारेल लिन्छन् । नयाँ दिल्लीले आफ्नो खरिदको बचाउ गर्दै ऊर्जामन्त्री हरदीपसिंह पुरीले जुलाईमा सीएनबीसीसँग भनेका थिए कि भारतले विश्व ऊर्जा मूल्य स्थिर राख्न सहयोग गरेको र त्यसका लागि अमेरिकाले नै प्रोत्साहन दिएको थियो । ‘यदि त्यतिबेला सबै देशहरूले तेल किन्ने बन्द गरेका भए प्रति ब्यारेल मूल्य १३० डलरसम्म पुग्थ्यो । त्यो अवस्थामा हामीलाई — अमेरिकासहितका मित्र राष्ट्रहरूले — ‘मूल्य सीमा भित्र रहेर रूसी तेल किन्नुहोस्’ भनेर सल्लाह दिएका थिए,’ पुरीले भनेका थिए । रूसको कच्चा तेल बिक्री सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि जी–७ राष्ट्रहरू र युरोपेली सङ्घले मूल्य सीमाअन्तर्गत राखेका छन् । यो मूल्य सीमा प्रति ब्यारेल ४७.६ डलरमा निर्धारण गरिएको, मस्कोको तेल निर्यातबाट हुने आम्दानी घटाउने र युक्रेनमा युद्धका लागि लगानी गर्ने क्षमतालाई सीमित गर्ने उद्देश्यले लागू गरिएको हो । सेप्टेम्बरमा २१ लाख विद्युतीय सवारी बिक्री टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो
साढे दुई लाख नाघ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेसँगै नेपाली बजारमा हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको छ । त्यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँ कायम भएको छ । पछिल्लो समय सुनचाँदीको मूल्य दैनिक बढिरहेको छ । बजारमा सुनको अभाव रहेको र माग बढी भएको भन्दै व्यवसायीले नेपाल राष्ट्र बैंकलाई कोटा बढाउन आग्रह गरेका थिए । सोही आग्रह अनुसार राष्ट्र बैंकले पनि २० केजीबाट सुनको आयात २५ केजी निर्धारण गरेको छ । कोटा बढाइए पनि अझै पनि बजारमा सुनको अभाव रहेको व्यवसायीहरु बताउँछन् । उनीहरुले ४० केजी आयात गर्न पाउनु पर्ने माग राखिरहेका छन् ।
बीमा प्राधिकरणमा ४२६ उजुरी, २७ वटा फर्छ्यौट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा बीमा प्राधिकरणमा ४२६ वटा उजुरी दर्ता भएको छ । प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा र गत आवको ३९४ गरी कुल ४२६ वटा उजुरी दर्ता भएको हो । जसमध्ये २३ वटा उजुरीको फैसला र ४ वटाको सहमति गरी २७ वटा उजुरी फर्छ्यौट भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार फर्छ्यौट हुन बाँकी उजुरीको संख्या ३९९ वटा रहेको छ । गत आवको यही अवधिमा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए । जसमध्ये ८५ वटा उजुरीको फैसला र ४६ वटा उजुरीको सहमति गरी १३१ वटा उजुरी प्राधिकरणले फर्छ्यौट गरेको थियो । बाँकी रहेको ३९४ वटा उजुरी चालु आर्थिक वर्षमा सरेर आएका हो ।
किसान भन्छन् - देशमै पर्याप्त छ, तिहारमा फूल आयात गर्नुपर्ने अवस्था छैन
काठमाडौं । नेपालीहरूको महान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तीव्र रुपमा बढेको छ । झिलिमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ । अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरुमा प्रयोग हुने भएकाले यसको माग झनै उच्च हुन्छ । यही मागलाई मध्यनजर गर्दै मकवानपुरका कृषक परम्परागत खेती छाडेर व्यवसायिक फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । हेटौँडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडा, मनहरी, थाहा नगरपालिका लगायतका क्षेत्रहरूमा सयपत्री र मखमली फूल खेती विस्तार भइरहेको छ । अघिल्ला वर्षहरूमा प्रायः घरहरुमै आफूलाई आवश्यक फूल उत्पादन हुन्यो । तर यस वर्ष तिहार चाँडो परेकाले गाउँघरमा फूल उत्पादन पर्याप्त नभएको र यस्तो अवस्थामा व्यावसायिक फूल खेती गर्ने किसानहरु राम्रो आम्दानी हुने आसामा रहेका छन् । फूल उत्पादनले आत्मनिर्भरता त बढाएको छ नै साथै आयात प्रतिस्थापनमा समेत योगदान पुर्याइरहेको छ । नेपालमा माग धान्न अघिल्ला वर्षहरूमा भारतबाट फूल आयात गरिन्थ्यो । तर अहिले स्थानीयस्तरमै उत्पादन बढ्न थालेपछि आयात गर्न नपर्ने र सरकारले बजार व्यवस्थापन गरे नेपालमै हाल प्रशस्त फुल उत्पादन गरीएको हुँदा माग धान्न सकिने नेपाल सयपत्री फूल उत्पादक संघका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए । देशभरमा सबैभन्दा बढी काठमाडौं उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौंमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ । विगतका वर्षहरुमा ७५ प्रतिशत फूल नेपालमै उत्पादन हुने र २५ प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको थियो । तिहार पर्वसँगै देशभर फूलको माग उच्च हुँदै गएको बेला कृषकले व्यावसायिक फूल खेतीबाट कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।
मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयन गरिने बैंकले जनाएको छ ।