बजारभन्दा बढी लागत, कुल बजेटको ५० प्रतिशत कलाकारको पारिश्रमिक
काठमाडौं । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने स्थिति बनायो । पछिल्लो समय प्रविधिकै सहायताले नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । प्राविधिक रूपमा सहजता बढेसँगै पुराना चलचित्रकर्मीको उपस्थिति कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, नरेश पौड्याल, प्रदीप श्रेष्ठलगायत प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन सकेका छैनन् । डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उनीहरूको काम सङ्ख्यात्मक हिसाबमा कम भएको पाइन्छ । गत वर्ष २०८० साल पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताएका थिए । यद्यपि, उनले चलचित्र निर्देशनलाई निरन्तरता दिन सकेका छैनन् । ‘अहिले चलचित्र बनाउनभन्दा दर्शकसम्म पुर्याउन कठिनाइ भएको पाइन्छ,’ उनले भने । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘उपहार’ हो । उनले पछिल्लो समय केही नयाँ चलचित्रको काम गरिरहेको बताए । ‘अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ । हामीले दशक आगाडिको शैलीमै काम गर्याैं भने अहिले दर्शकले बेवास्ता गर्नुहुन्छ । म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रूपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु,’ निर्देशक देउजाले भने । उनले विसं २०७९ मा ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गरेका थिए । त्यसपछि उनी चलचित्रको कामलाई निरन्तरता दिने बताउँछन् । तर, उनका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ । ‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’लगायत चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप श्रेष्ठले नयाँ चलचित्रको तयारी गरे तापनि त्यसलाई पूर्णता दिन सकेका छैनन् । ‘अहिले चलचित्रको लागत बढेको छ । बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन । सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो,’ निर्देशक श्रेष्ठले भने, ‘अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको ५० प्रतिशतभन्दा बढी हुन्छ । मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर काम सुरु गर्न विविध कारणले ढिलाइ भइरहेको छ ।’ डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायत समस्याले अहिले लगानी असुरक्षित हुने गरेको पुराना चलचित्रकर्मीहरूको निष्कर्ष थियो । यद्यपि, चलचित्र निर्माण गर्ने तयारी भने उनीहरूले छाडेका छैनन् ।
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा, सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य
काठमाडौं । करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका-५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए । ‘बेनी बजार नजिकैको सबैभन्दा उच्च स्थानमा प्रकृति र संस्कृतिमा रमाउन पाउनु फलामेडाँडाको विशेषता हो, बेनी, बागलुङ र कुश्माबाट बिदा मनाउन आन्तरिक पर्यटक यहाँ आउन थालेका छन्,’ उनले भने । प्राकृतिक हिसाबले सौन्दर्ययुक्त फलामेडाँडा जोड्ने सडक स्तरोन्नति सुरु र सामुदायिक लज सञ्चालन भएकाले पाहुनाहरू आकर्षित भएका पुनले बताए । शनिबार र सार्वजनिक बिदाका दिन पाहुनाको चाप हुने फलामेडाँडा अन्य दिन पनि सुनसान हुँदैन । समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा रहेको फलामेडाँडालगायत म्याग्दी र पर्वतका पर्यटकीयस्थललाई समेटेर करबाकेली पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा सहायक गन्तव्य हो । पहाडको टुप्पोमा अवस्थित फलामेडाँडाको पृष्ठभूमिमा धवलागिरि, निलगिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । कालीगण्डकीको तिरबाट म्याग्दी, पर्वत र बागलुङका बस्तीका साथै सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य देखिने कुश्माको ज्ञादिबाट फलामेडाँडा आएका विमल ढकालले बताए । मगर समुदायको मौलिक कला र संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्यता र ग्रामीण जीवनशैली पनि फलामेडाँडाको थप आकर्षण हुन् । धवलागिरि आमा समूहले पाहुनालाई मौलिक गीत र नृत्यबाट स्वागत गर्छन् । पञ्चैबाजामा नाचगान गर्न पाइन्छ । बेनीबाट २ घण्टा ३० मिनेट पैदलयात्रा र १ घण्टा २० मिनेट जिप र मोटरसाइकलको यात्रा पनि पुगिने फलामेडाँडामा पाहुनाघर सञ्चालन भएको छ । एक दिनमा २० जना बास बस्न सक्ने क्षमताको पाहुनाघरमा स्थानीय कुखुरा, खसीको मासु, साग, मुला, कोदो, फापरका परिकारको स्वाद लिन पाइन्छ । ‘फलामेडाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई तिब्रता दिएका छौ,’ वडा अध्यक्ष तिलक जिसीले भने, ‘पाहुनाघर र डाइनिङ हल बनेपछि गाउँमा आउने पाहुनालाई खानेबस्ने समस्या हटेको, आयआर्जन र रोजगारीका अवसर सिर्जना भएको छ ।’ गत वर्ष फलामेडाँडाको प्रवर्द्धन गर्न लाटोकोसेरो महोत्सव पनि आयोजना भएको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले फलामेडाँडा, हम्पाल, धाइरिङको भूमे ठाकुर र बनौलाई पर्यटकीय तथा बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणसँगै प्रवर्द्धनमा जोड दिएको बताए । फलामेडाँडा क्षेत्रको खानेपानी समस्या समाधानका लागि सङ्घीय सरकारमार्फत भित्रिएको आयोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको पनि उनले बताए ।
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक १ करोड ५० लाख रुपैयाँबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ । काठ र बाँसबाट बनेका पुल विस्थापित गर्ने गाउँपालिकाको अभियानअन्तर्गत १ सय वटाभन्दा बढी त्यस्ता पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको जानकारी उनले दिए । यसैबीच, बहुवर्षे योजनाअन्तर्गत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण भइरहेको छ । दुवै खोलामा पुल निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको बोलपत्र आह्वान गरे पनि ४ करोड ६७ लाख रुपैयाँमा सम्झौता भएर ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।
सवारी दुर्घटनामा १९१ को ज्यान गयो, ३२७ जना गम्भीर घाइते
काठमाडौं । कोशी प्रदेशमा पाँच महिनामा २ हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर ३ हजार ४९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए । ‘पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ,’ उनले दुर्घटनाको कारण बताउँदै भने, ‘तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।’ सवारी दुर्घटनामा परी सो अवधिमा १९१ जनाको मृत्यु भएको छ भने ३२७ जना गम्भीर घाइते भएका छन् ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उको ९२ वर्षको उमेरमा निधन भएको हो । सिंहआज घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो। उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामौ समयदेखि उपचार भइरहेको थियो । बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो । ‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उनलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरे । सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलोपटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए । उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए । यसैबीच, भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् । प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको बताएका छन् । उनका अनुसार भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उनले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाएका थिए । उनले अर्थमन्त्रीलगायत सरकारका धेरै महत्वपूर्ण पदमा रहेर काम गरेका थिए ।
प्रभु महालक्ष्मी लाइफ एनसीएचएलमा आबद्ध, सबै भुक्तानी डिजिटलबाटै हुने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबार नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बाट गर्न सकिने भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबै भुक्तानी एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाटै गर्न सकिने भएको हो । प्रभु महालक्ष्मीको भुक्तानी सम्बन्धी कारोबार गर्ने दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाईं र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यससँगै प्रभु महालक्ष्मीको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन । प्रभु महालक्ष्मी लाइफले एनसीएचएल आईपीएस र आरपीएस प्रणालीहरुमार्फत् प्रिमियम भुक्तानी संकलन, एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायत सेवा उपलब्ध हुने छन् । साथै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरूलाई ऋण भुक्तानी गर्न थालिसकेको छ । भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने कम्पनीले जनाएको छ ।
सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक बन्यो ज्योति विकास, पायो एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्ड
काठमाडौं । ज्योति विकास बैंक एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित भएको छ । उत्कृष्ट डिजिटल सेवाका साथै सबैभन्दा बढी डिजिटल कारोबार गरेर विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले एक्सलेन्स बैंकलाई इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मान गरेको हो । एनसीएचएलको १६औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कपिल ढकाललाई उक्त अवार्ड प्रदान गरेका हुन् । प्रविधिमैत्री र ग्राहक केन्द्रीत सेवालाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत डिजिटल बैंकिङ्गमा भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको बैंकले जनाएको छ । बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ । बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्यावइस अडियो बक्स क्यूआर सेवा सुचारु गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ । यस्तै, डिजिटल बैंकिङ्ग र नगद रहित कारोबार प्रवद्र्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ । मोबाइल बैंकिङ्ग एपमार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एप मार्फत एटीएम बाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्रल सेवा, चेक बिना नै काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान एण्ड वीथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडियो केवाईसी सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैंकले उपलब्ध गराउँदै आएको छ । साथै, देशभरिका व्यवसायीलाई निःशुल्क क्यूआर कोड सेवा प्रदान गर्दै बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्दै डिजिटल बैंकिङ्गको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ । अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिंदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिवद्ध छ । डिजिटल बैंकिङ्गको प्रयोग बढेसँगै बैंकले सोहि प्रक्रियामा आवश्यक पर्ने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य विवरण सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।
४ दिनमै बिक्री भयो गरिमा समृद्धि योजनाका इकाई
काठमाडौं । गरिमा म्युचुअल फण्ड ४ दिनमै बिक्री भएको छ । गरिमा क्यापिटलको गरिमा म्युचूअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाका इकाई ४ दिनमा नै बिक्री भएको जनाएको छ । कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटल रहेको उक्त फण्ड गरिमा म्युचूअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना हो । क्यापिटलको पुस ७ गतेदेखि आज पुस ११ गतेसम्म बिक्री खुला गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । १० वर्ष अवधि रहेको उक्त योजनामा रितपूर्वक मागभन्दा बढी रकमको लागि आवेदन परेकाले निष्काशन बन्द गरिएको क्यापिटलले जनाएको छ ।