यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) को मूल्य प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५, आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय) प्रतिकेजी ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२, गाजर (लोकल) प्रतिकेजी ४०, गाजर (तराई) प्रतिकेजी ३० तोकिएको छ । बन्दा (लोकल) प्रतिकेजी १५, बन्दा (तराई) प्रतिकेजी १५, बन्दा (नरिवल) प्रतिकेजी १५, काउली स्थानीय प्रतिकेजी १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २०, काउली (तराई) प्रतिकेजी १५, मूला रातो प्रतिकेजी ३०, मूला सेतो (लोकल) प्रतिकेजी २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ३०, भन्टा डल्लो प्रतिकेजी ५० रुपैयाँ मूल्य कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी ५०, घिउ सिमी (लोकल) प्रतिकेजी ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ४५, घिउ सिमी (राजमा) प्रतिकेजी ८०, टाटे सिमी प्रतिकेजी ४५, तिते करेला प्रतिकेजी १००, लौका प्रतिकेजी ५०, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी २०, सलगम प्रतिकेजी ९०, भिण्डी प्रतिकेजी १०० रुपैयाँमा कारोबार भएको छ । सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग ४५, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ४५, प्याज हरियो प्रतिकेजी ४०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी ९०, च्याउ (कन्य) प्रतिकेजी १२०, च्याउ (डल्ले) प्रतिकेजी ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी ३०, चुकुन्दर प्रतिकेजी ६०, सजिवन प्रतिकेजी १८०, रातो बन्दा प्रतिकेजी ७०, जिरीको साग प्रतिकेजी ७०, ग्याठ कोबी प्रतिकेजी ८०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ७००, सौफको साग प्रतिकेजी ७०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ७०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२०, गुन्द्रुक प्रतिकेजी ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी २६०, स्याउ (फूजी) प्रतिकेजी ३००, केरा (दर्जन) १५०, कागती प्रतिकेजी १६०, अनार प्रतिकेजी ३५०, अङ्गुर (हरियो) प्रतिकेजी २५०, अङ्गुर (कालो) प्रतिकेजी ३५०, सुन्तला (नेपाली) प्रतिकेजी १५०, सुन्तला (भारतीय) प्रतिकेजी १००, तरबुजा (हरियो) प्रतिकेजी ४०, मौसम प्रतिकेजी १५०, जुनार प्रतिकेजी ११० रुपैयाँ रहेको छ । भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकेजी १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी ५०,ख कटहर प्रतिकेजी १००, निबुवा प्रतिकेजी ६०, नासपाती (चाइनिज) प्रतिकेजी २५०, मेवा (नेपाली) प्रतिकेजी ६०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी १२०, लप्सी प्रतिकेजी ६०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी ५००, किबी प्रतिकेजी २५०, आभोकाडो प्रतिकेजी ३००, अमला प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी ४००, खुर्सानी हरियो प्रतिकेजी ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३००, भेडेखुर्सानी प्रतिकेजी ७०, लसुन हरियो प्रतिकेजी ८०, हरियो धनिया प्रतिकेजी ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भएको छ । लसुन सुकेको नेपाली प्रतिकेजी ३००, छ्यापी सुकेको प्रतिकेजी १६०, छ्यापी हरियो प्रतिकेजी २५०, ताजा माछा (रहु) प्रतिकेजी ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी २६०, ताजा माछा (छडी) प्रतिकेजी २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५०,ख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउको भाउ प्रतिकेजी ८०० रहेको छ ।
लुम्बिनी केबुलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सम्झौता
काठमाडौं । लुम्बिनी केबुलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा लुम्बिनी केबुलकारका म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समिति अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरे । सम्झौता अनुसार पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध व्यवसायी र यस कम्पनीमा आबद्ध बसमा यात्रा गर्ने यात्रुले लुम्बिनी केबुलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् । यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनाभित्रमा २० प्रतिशत छुट सुविधा लिन सक्नेछन् ।
म्याग्दीमा ग्रामीण सडकको स्तरोन्नति
म्याग्दी । म्याग्दीको हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली र बरङ्जा जोड्ने सात किलोमिटर ग्रामीण सडकको स्तरोन्नति १८ वर्षपछि प्रारम्भ भएको छ । बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनाका साथै मङ्गला गाउँपालिकाको वडा नं २ र ३ मा उत्पादन भएका कृषिउपजलाई बेनीसम्म पुर्याउन र बेनीबाट खाद्यान्न, निर्माण सामग्रीलगायत उपभोग्य वस्तुहरु गाउँ ल्याउन सहज भएको छ । उक्त सडकअन्तर्गत बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर ग्राभेल र दूधेखोलादेखि भकिम्लीतर्फको तीनसय ९० मिटर सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकारको रु दुई करोडको लागतमा उक्त खण्डको स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सव–इञ्जिनियर रवीन चोखालले बताए । यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । यस योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने खण्डमा तीनसय ९० मिटर ढलान गरिने छ ।
नेप्सेको खुद नाफा २३.८२ प्रतिशत बढ्यो, प्रतिसेयर खुद सम्पत्ति ७१३.१९ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा २३.८२ प्रतिशत बढेर १ अर्ब १ करोड ३७ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष नेप्सेले ८१ करोड ८६ लाख ८३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत वर्ष नेप्सेले धितोपत्र कारोबारबाट १ अर्ब ५ करोड २९ लाख रुपैयाँ, संगठित सदस्यलाई दिएको सेवाबाट १४ करोड ७२ लाख रुपैयाँ, अन्य आम्दानी ५९ करोड ६१ लाख रुपैयाँ र कुल आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष नेप्सेले धितोपत्र कारोबारबाट ६९ करोड ३८ लाख रुपैयाँ, संगठित सदस्यलाई दिएको सेवाबाट १४ करोड ७१ लाख रुपैयाँ, अन्य आम्दानी ६२ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी १ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्ष ३७ करोड ६० हजार रुपैयाँ प्रशासनिक खर्च गरेको नेप्सले गत वर्ष ४५ करोड ५६ लाख रुपैयाँ गरेको छ । २०८१ असारसम्म नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ, सञ्चित नाफा १ अर्ब ५० करोड ७० लाख रुपैयाँ र अन्य पुँजी तथा कोष ४ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ छ । नेप्सेको प्रतिसेयर खुद सम्पत्ति ७१३.१९ रुपैयाँ रहेको छ ।
धमाधम बाहिरिँदै जीवन विकास लघुवित्तबाट संस्थापक, थप १० जनाले बिक्रीमा राखे सेयर
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार १० जना संस्थापक सेयरधनीहरूले ८ लाख ४५ हजार २२६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १० सम्म उल्लेख गरी कोड नम्बर एदेखि जेसम्म राखेर सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन १३ गतेभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २५० कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । यसअघि लघुवित्तको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले पनि आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसअघि गत पुस ८ गते १२ संस्थापक सेयरधनीले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका थए ।
नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्नेछ । जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थका सहसचिवहरूको जिम्मेवारी हेरफेर, दहाल बने आन्तरिक राजस्व विभागको महानिर्देशक
काठमाडौं । अर्थमन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । थान प्रसाद पंज्ञानीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । उनी यसअघि वित्तीय संघीयता समन्वय महाशाखामा थिए । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख शोभा कान्त पौडेललाई आर्थिक नीति विश्लेषण महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखाका महेश आचार्यलाई तालिम प्रमुख, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको जिम्मेवारी दिइएको छ । योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका महेश भट्टराई भन्सार विभागको महानिर्देशक बनेका छन् । प्रशासन महाशाखाका मदन दहाललाई आन्तरिक राजस्व विभागको महानिर्देशक, तिर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक जिम्मेवारी प्रदान गरिएको छ । सेवन्तक पोखरेललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, पार्वती अर्याललाई प्रमुख भन्सार परिक्षण प्रशासक भन्सार जाँचपास पछीको परीक्षण कार्यालय, महेश बराललाई वित्तीय संघीयता समन्वय महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । यमुना प्रधानलाई सहमहालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय, गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख, अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक, याम प्रसाद भण्डारीलाई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ ।
१ सय रुपैयाँमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ८ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर आज फागुन १ गतेदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । बैंकको सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।