काठमाडौं । अर्थमन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । थान प्रसाद पंज्ञानीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । उनी यसअघि वित्तीय संघीयता समन्वय महाशाखामा थिए ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख शोभा कान्त पौडेललाई आर्थिक नीति विश्लेषण महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखाका महेश आचार्यलाई तालिम प्रमुख, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको जिम्मेवारी दिइएको छ । योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका महेश भट्टराई भन्सार विभागको महानिर्देशक बनेका छन् ।
प्रशासन महाशाखाका मदन दहाललाई आन्तरिक राजस्व विभागको महानिर्देशक, तिर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक जिम्मेवारी प्रदान गरिएको छ ।
सेवन्तक पोखरेललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, पार्वती अर्याललाई प्रमुख भन्सार परिक्षण प्रशासक भन्सार जाँचपास पछीको परीक्षण कार्यालय, महेश बराललाई वित्तीय संघीयता समन्वय महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
यमुना प्रधानलाई सहमहालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय, गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख, अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक, याम प्रसाद भण्डारीलाई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ ।