विकासन्युज

के तपाईं बिहान राम्ररी फ्रेश हुन सक्नुहुन्न ? आफ्नो डाइटमा समावेश गर्नूहोस् यी ३ खानेकुरा 

काठमाडौं । के तपाईं कब्जियतबाट पीडित हुनुहुन्छ ? उठ्नेबित्तिकै, पेट दुख्ने, अप्ठ्यारो हुनुका साथै पेट फुल्ने महसुस हुन्छ ?  यो समस्याले तपाईंको दैनिक क्रियाकलापसँगै तपाईंको दिनचर्या पनि बिग्रन्छ । विशेष गरी यदि तपाईंको पेट बिहान सफा छैन भने दिनभर असहज महसुस गर्नुहुन्छ । यो सबै हुने भनेको पेटको समस्याले हो । यहाँ केही खानाहरू छन् जसले तपाईंको पेटको स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ । फाइबर, भिटामिन र खनिज जस्ता आवश्यक पोषक तत्वहरूले भरिपूर्ण तरकारीहरूले कब्जियत कम गर्न मद्दत गर्दछ । यसले दिसालाई नरम बनाउन र तपाईंको पाचन प्रणालीलाई सूचारु रूपमा चलाएर नियमित आन्द्रा चलाउन मद्दत गर्छ । ब्रोकाउली ब्रोकाउली कब्जियतको लागि धेरै राम्रो मानिन्छ । यसमा घुलनशील र अघुलनशील फाइबरहरू हुन्छन् । जसले दिसालाई नरम बनाउँछ र पाचन प्रक्रियालाई गति दिन्छ । ब्रोकाउली एन्टिअक्सिडेन्टमा धनी हुन्छ र यसमा शरीरको प्राकृतिक डिटक्सिफिकेशन प्रक्रियाहरू बढाउन सक्ने यौगिकहरू समावेश हुन्छन् । नियमित रूपमा ब्रोकाउली खाँदा कब्जियतबाट राहत मिल्छ । ब्रसेल्स स्प्राउट्स ब्रसेल्स स्प्राउट्स फाइबरको उत्कृष्ट स्रोत हो । जुन स्वस्थ पाचनका लागि आवश्यक छ । यी साना, हरियो तरकारीहरू एन्टिअक्सिडेन्टमा धनी हुन्छन् । जसले पाचन प्रणालीमा हुने सूजनलाई कम गर्न मद्दत गर्छ । ब्रसेल्स स्प्राउट्समा पाइने फाइबरले दिसालाई खुकुलो बनाउँछ, जसले गर्दा कब्जियतबाट राहत मिल्छ । काँक्रो  काँक्रो कब्जियतका लागि उत्तम तरकारीहरूमध्ये एक हो । किनभने यसमा पानीको मात्रा धेरै हुन्छ । इन्टरनेशनल जर्नल अफ एप्लाइड साइन्सेज एण्ड बायोटेक्नोलोजीमा प्रकाशित एक अध्ययनले यसले दिसालाई नरम बनाउन र पास गर्न सजिलो बनाउन मद्दत गर्ने देखाएको छ । जसले गर्दा कब्जियतबाट राहत प्रदान गर्दछ । यसबाहेक काँक्रोले तपाईंलाई हाइड्रेटेड राख्छ र छालाको लागि पनि फाइदाजनक हुन्छ ।

राष्ट्र बैंकको विश्लेषण : अर्थतन्त्र सुधार हुँदैछ, महँगी घट्दैछ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सुधारको बाटोमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थतन्त्रका सूचक सही दिशामा अगाडि बढिरहेको सन्देश दिएको हो । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि घट्दै गरेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सात महिनाको तथ्यांक सार्वजनिक गर्दै २०८१ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको छ । २०८१ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत, ३.११ प्रतिशत र २.९० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको छ । साढे ९ खर्ब आयो रेमिट्यान्स चालु आर्थिक वर्षको सात महिनामा साढे ९ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र र्बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो । विदेशी मुद्राको सञ्चिति पनि बढ्दै विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को माघसम्ममा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । जबकी २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । ७ महिनाको अवधिमा १६.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ गत असारसम्ममा राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग .१ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो । शोधान्तर स्थिति बचतमा चालु आर्थिक वर्षको माघसम्म शोधान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडलेबचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.५ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ८० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.५ अर्ब १९ करोड रहेको थियो । व्यापार घाटामा वृद्धि आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १२.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड बराबरको भएको थियो । आयात निर्यात बढ्यो आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ । सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.३ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ ।

शोधनान्तर स्थिति २ खर्ब ८४ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा शोधनान्तर स्थिति २ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खातासमेत बचतमा रहेको छ । तथ्यांकअनुसार चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब १९ करोड रहेको थियो ।

निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताए । सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि साथ लिने उनले स्पष्ट गरे । ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस् । यो उद्योग होइन । अत्यधिक मुनाफा ननिकाल्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस् । दक्ष र कुशल नागरिक उत्पादन गर्नुस् । लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन । सेवा दिनुस् तर तपाईंहरु जोगी पनि नहुनुस् ।’ प्रधानमन्त्री ओलीले देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरूको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न अभिप्रेरित गर्नेगरी अध्ययन अध्यापन केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्वअध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गरे ।

मूल्यवृद्धि घट्दै गएको राष्ट्र बैंकको विश्लेषण, निर्माण सामग्रीको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि घट्दै गरेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सात महिनाको तथ्यांक सार्वजनिक गर्दै २०८१ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको छ । २०८१ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत, ३.११ प्रतिशत र २.९० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको छ ।

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब रुपैयाँ, १७.२ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । जबकी २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । ७ महिनाको अवधिमा १६.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ गत असारसम्ममा राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग .१ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको राष्ट्र बैंकको दाबी छ । आर्थिक वर्ष २०८१/८२ को ७ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

सात महिनामा आयो साढे ९ खर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या बढ्दै

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा साढे ९ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र र्बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।

खुट्टामा चप्पल, करोडमा चन्दा

काठमाडौं । राजधानीको रिङरोडबाट ३०/३२ किलोमिटर दुरीमा पर्छ नुवाकोटको बेलकोटगढी नगरपालिकामा पर्ने आरुखर्क भञ्ज्याङ र सेरा भञ्जाङ । बेलकोटगढी नाम मात्रको नगरपालिका हो । नेपालको अत्यन्तै विकट क्षेत्रमा जस्तै बसोबास, जीवनशैली र अत्यन्तै खराब मोटरबाटोहरू हेर्न र अनुभव गर्न मन छ भने तपाईंको लागि यो सही गन्तव्य हुनसक्छ । ख्याल गर्नूहोला आधुनिक सुविधायुक्त कार वा स्कूटर लिएर यात्रामा निस्कनुभयो भने बाटैमा तपाईं विचल्लीमा पर्नुहुनेछ । फोरह्विल ड्राइभ सुविधायुक्त जीप लिएर जानुभयो भने तपाईंको यात्रा सफल हुनेछ । तर, खराब बाटो देखेर र गाडीको अस्वाभाविक उफारले तपाईंको मुटुको ढुकढुकी बढ्नेछ । त्यसैले यात्रामा जानुपूर्व डरलाग्दो यात्रा पचाउने क्षमता तपाईं आफैले जाँच गर्नु अनिवार्य छ । परम्परागत शैलीमा हुँदै आएका धान, गहुँ, मकै, तरकारी र फलफुल खेती नै यहाँका मानिसहरूको जीविका पार्जनको आधार हो । डेरी र चामल पिठो बनाउने मिल यस क्षेत्रमा देख्न पाइने उन्नत व्यवसाय हुन् । जागिरको लागि राजधानी वा परदेश भासिनु यहाँको युवा पुस्ताको विकसित जीवनशैली हो । अति दुर्गम क्षेत्रमा जस्तै उध्रेको चोली, मैलो धोती, फाटेको टोपी, च्यातिएको चप्पलमा मीठो मुस्कान छोड्दै यत्रतत्र मानिसहरू हिँडेको देख्न पाइन्छ । अफरोड ढुवानीको साधन, अफरोड वाइक फाट्टफुट्ट कुद्छ बाक्लो बादल झैं धुलो उडाउँदै । २०७२ सालको भूकम्पपछि सरकारले दिएको ३ लाख अनुदान मिसाएर सरकारले नै बनाएको मापदण्डपालना गरेर बनेको टिनका पाताले छाएका, २/३ कोठे झुपडीहरू नै यहाँको अधिकांश मानिसको घर हो । रेमिट्यान्स आम्दानी हुनेले सिमेन्ट, बालुवा र फलामे डण्डी प्रयोग गरी पक्की घर बनाउन थालेका छन् । रङरोगन र साजसज्जा नभए पनि यी घरमा एलइडी टिभी राखिएको पाइन्छ । परिवार सदस्यको हातमा स्मार्ट मोवाइल पनि देख्न पाइन्छ । घरमा रङरोगन गर्ने पैसा नभए पनि, सुकिलो पहिरहनमा सजिन नपाएपनि, सरकारी जागिरेको जस्तो ढुक्कको कमाइ नभए पनि यहाँको बासिन्दा सामाजिक काममा दिल खोलेर चन्दा दिन्छन् । यसैगरी, मुरीका मुरी अन्न दान दिन्छन् । यही फागुनको दोस्रो साता चिम्मेश्वर धार्मिक महोत्सव हुँदा धर्मशाला निर्माणका लागि स्थानीयबासीले ४६ लाख रुपैयाँ चन्दादान गर्नु र २ लाख रुपैयाँभन्दा बढी मूल्यको अन्नदान गर्नु पछिल्लो उदाहरण हो । सहरमा जुलुस निस्के झैं घरघरबाट कोदालो बोकेर मोटरबाटो बनाउन निस्कनु वा स्कुल बनाउने ढुंगा संकलन गर्न ढोको बोकेर दिनभर पसिना बगाउन तयार हुनु यहाँका मानिसहरूमा भएको मौरीत्व हो । नगरपालिका प्रमुख जगतबहादुर गुरुङले उत्साहपूर्वक उक्त महायज्ञमा एक लाख ५१ हजार ५१ सय ५१ रुपैयाँ सहयोग घोषणाले यसलाई थप स्पष्ट पार्दथ्यो । गत वर्षमात्र सेरा भञ्जाङ स्कूल चलाउन स्थानीयले २६ लाख रुपैयाँ चन्दा दिनु र गत वर्ष नै आरुखर्कको स्कुल चलाउन स्थानीयबासीबाट ६२ लाखभन्दा बढी चन्दा संकलन हुनु पछिल्ला तीन नजिर हुन् । ५ वर्षअघि सामाजिक कार्य गर्ने हेतुले स्थापना भएको खतिवडा सेवा समाजको सामाजिक कार्यप्रति लगाव लोभ लाग्दो देखिन्थ्यो । ‘अहिले खतिवडा सेवा समाजमा सबै वर्गका मानिसहरुको आकर्षकको केन्द्रबिन्द्र बन्दै गएको र धेरैभन्दा धेरै सामाजिक कार्यमा सक्रिय भएको छ,’ खतिवडा सेवा समाजका अध्यक्ष विकास खतिवडाको भनाइ छ । त्यसैगरी, स्थानीय समाजसेवी शम्भु पनेरु सरकारले स्थानीय भावना र आवश्यकता अनुसार विकासको काम अघि नबढाउँदा स्थानीय आफै अग्रसर हुनु परेको बताउँछन् । आफनो गाउँठाउँको विकास गर्नका लागि सरकारको मात्रै आशा गर्नुभन्दा स्थानीय समुदायबाट पनि सक्रिय हुनुपर्ने उनको जोड छ । ‘आफनो गाउँठाउँको विकास गर्नका लागि सरकारको मात्रै आशा गर्नुभन्दा स्थानीय समुदायबाट पनि सक्रिय हुनुपर्छ,’ समाजसेवी पनेरुले भने । ४६ लाख रुपैयाँ चन्दादानबाट उठ्दा र २ लाख रुपैयाँभन्दा बढी मूल्यको अन्नदान संकलन हुँदा सामाजिक कार्यप्रतिको मानिसहरूको लगाव अतुलनीय रहेको देखिन्छ । झण्डै ५० लाख रकम दाताहरूबाट उठ्दा त्यसमा करिब २ लाख मात्रै खर्च भएको यसै नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सिनाको भनाइ छ । ‘धार्मिक, सांस्कृतिक, पर्यटन र स्थानीय उत्पादनहरुलाई थप चिनाउने र प्रवर्द्धन गर्ने मेरो पहिलो प्राथामिकता हुनेछ,’ अध्यक्ष तिमिल्सिनाको प्रतिवद्धता छ । करिब ४८ हजार जनसंख्या भएको नगरपालिकाको वार्षिक बजेट एक अर्ब नजिक भए पनि त्यस क्षेत्रमा स्कूल, कलेज सञ्चालन गर्न, मन्दीर, धर्मशाला बनाउन सर्वसाधारणले चन्दा नै दिनुपर्ने, चन्दा उठाउन महायज्ञ गर्नुपर्ने बाध्यता समुदायलाई छ । यो बाध्यतालाई उनीहरू आफ्नै कर्तव्य सम्झेर सामाजिक कार्यमा स्वस्फूर्त रूपमा लागेका छन् । सरकारले उच्च शिक्षाका लागि पर्याप्त बजेट व्यवस्थापन नगरी दिँदा विद्यार्थीहरू उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै विभिन्न दाताहरूको सहयोग र आन्तरिक स्रोतबाटै उठेको रकमबाटै उच्च तहसम्मको पढाइ सञ्चालन गर्दै आएको बेलकोटगढी भञ्याङ माविकी प्रध्यानध्यापक सुनिता ठकुरीले बताइन् । ‘एक वर्षको अवधिमा शैक्षिक क्षेत्र उकास्नका लागि एउटै वडाबाट ९० लाखसम्म चन्दा स्वरुप संकलन गरेका छौं, जसले गर्दा यहाँ विद्यार्थीहरूको आफ्नो उच्च शिक्षालाई बीचमा नै छाड्नु पर्ने बाध्यता अन्त्य भएको छ,’ उनले भनिन् । ‘हामी बनाउँछौं हाम्रो ठाउँ’ भन्ने उद्देश्यले एक वर्षको अवधिमा शैक्षिक क्षेत्र उकास्नका लागि एउटै वडाबाट ९० लाखसम्म चन्दा स्वरूप संकलन भएको स्थानीय गोकुल सापकाेटा बताउँछन् । नगरपालिकाले नगर क्षेत्रमा भूमि कर, घर बहाल कर, व्यवसाय कर, जडिबुटी कवाडी तथा जीवजन्तु कर, विज्ञापन कर, बहाल बिरोटा शुल्क, पार्किङ शुल्क, पर्यटन शुल्क, सेवा शुल्कसहित २६ प्रकारका कर लगाउँछ । यी शीर्षकबाट चालु आर्थिक वर्षमा १८ करोड ४९ लाख रुपैयाँ राजश्व उठाउने नगरपालिकाको लक्ष्य रहेको छ । संघ र प्रदेश सरकारको सहयोगसहित नगरपालिकाको बजेट ९४ करोड ७३ लाख रुपैयाँ रहेको छ । ‘स्थानीय तहबाट संकलित बजेटले मात्रै विकास पूर्वाधार निर्माणका लागि पर्याप्त भएन यसका लागि संघ र प्रदेश सरकारले उचित बजेटको व्यवस्थापन गर्दिनु पर्छ,’ नगरप्रमुख गुरुङको माग छ । बेलकोटगढीमा सम्पन्न महायज्ञले धार्मिक आस्था, सामाजिक सेवा, र समुदायको एकतालाई सशक्त बनाउने अवसर प्रदान गरेको देखिन्छ । यसले समाजमा परोपकार, सहयोग र नेतृत्वकर्ताहरूको सक्रिय सहभागिताको महत्त्वलाई उजागर मात्रै गरेको छैन, यस्ता कार्यहरूले भविष्यमा पनि समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको छ ।