‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
काठमाडौं । नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ आगामी चैत १६ देखि वैशाख १३ सम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे सम्झौता गरिएको हो । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरे । यस प्रायोजनमार्फत माईसेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ । सहकार्यबारे जानकारी दिँदै माईसेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले आगामी नेपाल सुपर लिगमा धनगढी एफसीसँग सहकार्यले, नेपालको शिक्षा सँगसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । ‘माई सेकेन्ड टिचर नपालले प्रविधिको माध्यमबाट नेपालले शिक्षाको रूपान्तरणमा कार्य गर्दै आएको छ,’ भट्टराईले भनिन्, ‘यो सहकार्य प्रविधि र नवप्रवर्तनसहितको शिक्षालाई खेलकुदसँग जोड्ने महत्त्वपूर्ण कदम हो ।’ यसै गरी धनगढी एफसीका अध्यक्ष सुवास शाहीले माईसेकेन्ड टिचरसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागार गरेको विचार व्यक्त गरे। यसबाट फुटबलको व्यवसायीकरणमा सहयोग पुग्ने विश्वास शाहीको छ । माई सेकेन्ड टिचर नेपाल र धनगढी एफसीबिच आगामी दिनमा ग्रासरुटदेखि राष्ट्रिय स्तरसम्म शिक्षा र खेलकुदको विकासमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा, डिम्याट खाता खोल्दा पैसा नलाग्ने
काठमाडौं । सिटिजन्स बैंकले २००औं शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको हो । यो सँगैे बैंकको २०० वटा शाखाहरु सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको छ । शुक्रबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी अधिकृतगणेश राज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । नयाँ शाखा शुभारम्भ भएको दिनमानै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वार्ड ९ मा सञ्चालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयूटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ । विद्यालयमा आयोजित कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सो सामाग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै उनले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ०४ पैसा र बिक्रीदर २० रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
अङ्गुर प्रतिकिलो २०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २२ रुपैयाँ तोकिएको छ । यसैगरी भारतीय ठूलो गोलभेँडा प्रतिकिलो रु ५०, तराईको सानो गोलभेँडा प्रतिकिलो रु २२ र रुख टमाटर प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५ तोकिएको छ । बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २० र रातो बन्दा प्रतिकिलो रु ६० तोकिएको छ । काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५ र ब्रोकाउली प्रतिकिलो रु ४० निर्धारण गरिएको छ । रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, गान्टे मूला प्रतिकिलो रु ५० र चुकुन्दर प्रतिकिलो रु ६० तोकिएको छ । भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५० र तने बोडी प्रतिकिलो रु २०० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७० निर्धारण गरिएको छ । तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु १५० निर्धारण गरिएको छ । घिरौला प्रतिकिलो रु ५०, पाकेको फर्सी प्रतिकिलो रु ५०, लाम्चो हरियो फर्सी प्रतिकिलो रु २०, डल्लो हरियो फर्सी प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, तरुल प्रतिकिलो रु ९०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४० तोकिएको छ । रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, सौफको साग प्रतिकिलो रु ८० र जिरीको साग प्रतिकिलो रु ६० तोकिएको छ । प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ३० र बरेला प्रतिकिलो रु ४५ तोकिएको छ । कन्य च्याउ प्रतिकिलो रु १५०, डल्ले च्याउ प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ । कुरिलोको मूल्य प्रतिकेजी रु १००० निर्धारण गरिएको छ । यसैगरी कागती प्रतिकिलो रु २७० र निबुवा प्रतिकिलो रु ५० तोकिएको छ । सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ । यसैगरी, सुकेको खुर्सानी प्रतिकिलो रु ३२५, हरियो खुर्सानी प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७० र भेडे खुर्सानी प्रतिकिलो रु ११० तोकिएको छ । अदुवा प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८० र सुकेको नेपाली लसुन प्रतिकिलो रु २३० तोकिएको छ । हरियो धनिया प्रतिकिलो रु ६०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७० निर्धारण गरिएको छ । लोकल काँक्रो प्रतिकिलो रु ५० र हाइब्रिड काँक्रो प्रतिकिलो रु २५ तोकिएको छ । यसगरी ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४० निर्धारण गरिएको छ । समितिले झोले स्याउको मूल्य प्रतिकिलो रु २५० र फूजी स्याउ प्रतिकिलो रु ३५० तोकेको छ । केरा (दर्जन) रु १५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २०० र अङ्गुर (कालो) प्रतिकिलो रु २५० तोकिएको छ । भारतीय सुन्तला प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २०० र जुनार प्रतिकिलो रु १५० तोकिएको छ । नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, नेपाली मेवा प्रतिकिलो रु ५०, भारतीय मेवा प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबी प्रतिकिलो रु ४०० र अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।
शान्ति रमण वाग्लेले बिक्रीमा राखिन् एनएमबि बैंकको १ लाख २२ हजार कित्ता सेयर
काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी शान्ति रमण वाग्लेले आफ्नो स्वामित्वको १ लाख २२ हजार १ कित्ता सेयर बिक्रीमा राखेकी हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिनुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बोपलत्र आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ । यदि उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने बैंकको भनाइ छ । सेयर खरिद गर्न इच्छुकले बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आवेदन दिनुपर्नेछ ।
कर्मचारी सञ्चय कोषले माग्यो ३८ जना कर्मचारी
काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारीहरू मागेको छ । कोषले खुला तथा समावेशी प्रतियोगितामार्फत ३८ जना कर्मचारी मागेको हो । कोषका अनुसार प्रशासन, कानुन, प्राविधिक, सूचना प्रविधितर्फ आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्मका कर्मचारीलागि दरखास्त आह्वान गरेको हो । प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन् । आजदेखि २१ दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
त्रिवि क्रिकेट रङ्गशालाको दिनरात धमाधम काम हुँदै, ५० हजार दर्शक अटाउन सक्ने
काठमाडौं । सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीनवटै सत्रमा तीव्रता दिन थालिएको छ । कामको प्रगति अनुगमन गर्न आज राति ९ बजे प्रधानमन्त्रीको सचिवालयका अधिकृत टोली जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्रीको निजी सचिव विनोद कुँवरसहितको टोली साइटमा पुगेको थियो । टोलीलाई यसबारे जानकारी दिँदै भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले अहिले मैदानको चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तरराष्ट्रियस्तरका दुईतले प्यारापिट बनाइने बताए । यसका लागि हामी अहिले जग खन्ने काम भइरहेको जनाएको छ । यसैगरी, रङ्गशालाका छ स्थानमा फ्लडलाइट जडान गर्ने काम भइरहेको उनले बताए । यसका लागि अहिले जमिनको सतहमुनि रहने पाइल बनाउने काम भइरहेको जानकारी पनि उनले दिए । कामलाई निर्धारित समयभित्र सम्पन्न गर्न तीनवटै प्रहरमा काम भइरहेका छन् । दिनमा १ सय र राति करिब ६० जना जनशक्ति खटिइरहेका छन् । अहिले करिब १० हजार दर्शक अट्नेगरी ३५ प्रतिशत जमिनमा काम भइरहेको पनि उनको भनाइ छ । सबैतर्फ काम सम्पन्न भएपछि भने ५० हजार जना दर्शक अटाउन सक्ने उनले बताए । निरीक्षणपश्चात विकास निर्माणलाई तीव्रता दिने कुरामा प्रधानमन्त्रीको समेत चासो रहेकाले काममा तीव्रता दिन टोलीले निर्देशन दिएको थियो ।
शारिरिक दुर्बलतालाई जितेर लाखौं कमाउने अनिल, सम्पादकदेखि निर्देशकसम्म
‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो कविताको पंक्ती जस्तै मानिसमा दृढ ईच्छाशक्ति र लगनशिलता भयो भने कुनै पनि कार्य असम्भव हुँदैन । जीवनमा सबल भएर पनि केहि गर्न सकिँन भन्नेहरुका लागि एक उदाहरणीय र प्रेरणाका पात्र हुन्, अनिल कुमार महर्जन । उनको सिर्जनशीलताको अगाडि शारिरिक दुर्बलताले पनि हार खाएको छ । शारिरिक रुपमा अशक्त भएपनि उनले चलचित्र, लघुचलचित्र, वृत्तचित्र, म्युजिक भिडियोहरु सम्पादन गरेर महिनाको लाखौं आम्दानी गर्ने गर्दछन् । कुनै ईन्स्टिच्युटमा नगई घरमा आफै सम्पादन कला सिकेर हजारौं भिडियोहरु सम्पादन गरिसकेका अनिलले एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरुसमेत निर्देशन गरिसकेका छन् । अनिलको बाल्यकाल, विवाह र शिक्षा ललितपुरको कुपन्डोलमा सुनिल महर्जन र शान्ति महर्जनको कोखबाट जन्मिएका ४७ वर्षीय अनिल कुमार महर्जन घरका जेठा सन्तान हुन् । वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिज अर्थात् हड्डीभित्रको मासी नबढ्ने समस्याका कारण अनिल सानैदेखि हिँड्न सक्दैन थिए । आमामा देखिएको यो समस्या तीनजना दाजुभाइमध्ये अनिलसँगै माईला भाई अजय महर्जन पनि मार्बल बोन डिजिज सर्भाइभर हुन् । घिस्रिँदै हिँड्नुपर्ने भएका कारण अनिल विद्यालय पढ्नको लागि जान सक्दैन थिए । उनी घरमै स्वअध्ययन गरेर परिक्षा दिने गर्थे । बहिनीहरुलाई सिकाउन आएको शिक्षकले नै उनलाई पनि घरमा नै सिकाउने गर्दथे । अनिललाई बुबा आमाले बोकेर कहिलेकाहिँ स्कुल लगिदिने गर्थे । ५१ सालमा एसएलसी पास गरेका अनिलले निम्स कलेजबाट व्यवस्थापनमा १२ कक्षा सम्मको अध्ययन पुरा गरेका छन् । उनी बैसाखीको सहाराले कलेज जाने गर्दथे । उनको इन्जिनियरिङ पढ्ने ईच्छा थियो तर आर्थिक र शारिरिक समस्याकै कारण पढ्न नसकिएको उनी बताउँछन् । २७ वर्षको उमेरमा दोलखाकी मन्जु कार्कीसँग वैवाहिक बन्धनमा बाँधिएका अनिलका १ छोरा र १ छोरी गरि २ सन्तान छन् । जुनसुकै स्थानमा जाँदा पनि श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । बुबाको महानता, श्रीमतीको त्याग, आमा र छोराछोरीको प्रेमले जीवन रसमय बनेको अनिल बताउँछन् । वंशाणुगत शारीरिक समस्या मार्बल बोन डिजिजमार्बल बोन डिजिज एक दुर्लभ आनुवंशिक समस्या हो, जसलाई ओस्टियोपेट्रोसिस पनि भनिन्छ । जसले हड्डीको विकासलाई प्रभावित गर्दछ । हड्डीको पुनर्निर्माणमा बाधा पुर्याउँछ । परिणामस्वरूप हड्डी असामान्य रूपमा कठोर, तर अत्यन्त भंगुर बनाउँछ । यस्तो अवस्थामा हड्डीहरू असामान्य रूपमा बाक्लो हुन्छन् र जतिबेला पनि भाँचिने सम्भावना अत्यधिक हुन्छ । हड्डीहरू कमजोर हुने भएका कारण ठोक्किन र लड्नबाट बच्नुपर्ने हुन्छ । मार्बल हड्डी रोगको लागि जिम्मेवार आनुवंशिक उत्परिवर्तन दोषपूर्ण जीन बोक्ने आमाबाबुबाट वंशाणुगत हुन सक्छ । यी उत्परिवर्तनहरूले ओस्टियोक्लास्ट भनिने कोशिकाहरूको कार्यलाई असर गर्छ, जुन नयाँ हड्डीको विकासको लागि बाटो बनाउन पुरानो हड्डीको तन्तुलाई तोड्न जिम्मेवार हुन्छ । मार्बल बोन डिजिज सर्भाइभर अनिलको जीवनमा पनि उपचारको लागि बुबाले धेरै अस्पतालहरुदेखि भारतसम्म बोकेर लगेका थिए । धेरै हड्डीको डाक्टरसँग सल्लाह लिँदा यो समस्या निको हुने उपचार नभएको बरु लड्न, ठोक्किनबाट बच्नुपर्ने सुनाएका थिए । त्यसपछि अस्पतालहरु धाउन छोडेको अनिल बताउँछन् । बाहिर जाँदा भर्याङ चढ्न उक्लन समस्या भएका कारण अनिल हत्तपत्त बाहिर निस्कँदैनन् । हिँडडुल गर्न केही समस्या भए पनि सम्पादनमा कुनै समस्या नभएकाले आफूलाई अन्य सामान्य मानिसझैँ महसुस हुने उनले बताए । उनी आफुलाई मिष्टर ग्लासका रुपमा चिनाउँछन् । मिष्टर ग्लासको संघर्ष र सपनासानोमा घिस्रिएर हिँड्ने अनिल ६० सालपछि बैसाखीको सहारामा हिँड्न थाले । उनले जीवनमा केहि गर्नुपर्छ भनेर आफै मोबाईल पसल खोलेर रिपेयरिङको काम गर्न थाले । २० वर्ष जति मोबाईल पसलमै बिताए । आफुभित्र भएको ईच्छा र सिर्जनालाई रोक्न सकेनन् । उनी विस्तारै डिजाईन र सम्पादन आफै सिक्न थाले । उनले जेनेक्स मिडिया नामको कम्पनी खोलेर बिस्तारै भिडियोहरु सम्पादन गर्न थाले । उनी निरन्तर ११ वर्षदेखि डिजाईनर तथा भिडियो सम्पादकको रुपमा काम गरिरहेका छन् । कम्युटरको किबोर्ड माउस र मोनिटरसँग अभ्यस्त अनिल बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म सम्पादनकै कार्यमा व्यस्त देखिन्छन् । उनले भिडियोहरु सम्पादन गरेरै महिनाको लाख भन्दा बढी कमाई गर्ने गर्दछन् । कहिलेकाहिँ महिनामा दुई तीन लाख सम्म हुने गरेको उनी बताउँछन् ।सानैदेखि केही गरौँ र नाम राखौँ भन्ने सोच बोकेका अनिल आफ्ना बाबु आमालाई प्रेरणाको स्रोत मान्छन् । उनी यतिबेला आफैले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादनमा व्यस्त छन् । अनिल आफैले लेखेको नयाँ लघुचलचित्र निर्माण गर्ने योजनामा पनि रहेका छन् । उनको एउटा सपना छ, चलचित्र निर्देशन गर्ने । यसको लागि ५ वर्षदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । कुनै निर्माता भेटियो भने चलचित्र निर्माणको कार्य पनि चाँडै सुरु हुने उनी बताउँछन् । सम्पादकदेखि निर्देशकसम्म यात्रानयाँनयाँ म्युजिक भिडियो, वृत्तचित्र, र चलचित्रको सम्पादन गर्ने सिर्जनशील कर्ममा अनिलले झन्डै डेढ दशक बिताइसकेका छन् । कम्युटरको ज्ञान भएका उनले सम्पादन कला आफैँ सिकेका हुन् । उनले ६ सय भन्दा बढि नेपाली भाषाका म्युजिक भिडियोहरु, सयभन्दा बढि लघुचलचित्रहरु, ६० भन्दा बढि वृत्तचित्रहरु सम्पादन गरिसकेका छन् ।१ दर्जन ठूलो पर्दाका चलचित्रहरु सम्पादन गरेका अनिलले मट्टिमाला, झमक बहादुर, तिम्रो मन बदलिएछ, कसैलाई नभन्नु, ब्ल्याक ब्युटी, द्रौपदी, सेमिफुङ, फुर्वा, थिम लगायत विदेशी चलचित्रहरु पनि सम्पादन गरेका छन् । जापानिज सर्टफिल्म पुष्प (द हर्बल ब्वोई) लगायत विभिन्न जातजाति तथा धर्मसँग सम्बन्धित धरै भिडियोहरु सम्पादन गरिसकेका छन् ।अनिलले सम्पादन मात्र नभई डिजाईन, कलर तथा निर्देशन समेत गर्ने गर्दछन् । एक दर्जन बढि म्युजिक भिडियोहरु तथा लघुचलचित्रहरु निर्देशन गरेका छन् । उनले आफै निर्देशन गरेको लघुचलचित्र गौरव, कम्युटर र बैसाखीे धेरै महोत्सवहरुमा छनोट भएर प्रदर्शनसमेत भईसकेको छ । उनले सगरमाथा म्युजिक अवार्ड, स्टार म्युजिक अवार्डलगायत विभिन्न अवार्डमा सर्वोत्कृष्ट सम्पादकको अवार्डसमेत पाएका छन् ।