काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।
बैंकका अनुसार संस्थापक सेयरधनी शान्ति रमण वाग्लेले आफ्नो स्वामित्वको १ लाख २२ हजार १ कित्ता सेयर बिक्रीमा राखेकी हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिनुपर्नेछ ।
खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बोपलत्र आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ । यदि उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने बैंकको भनाइ छ ।
सेयर खरिद गर्न इच्छुकले बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आवेदन दिनुपर्नेछ ।