विकासन्युज

सुरुङ र फ्लाईओभर बनाउन छुट्टै विभाग, नागढुंगा-नौबिसे सुरुङ र कलंकीको फ्लाईओभर बनाउने

काठमाडौं, ११ पुस । सरकारले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै संरचना बनाउने भएको छ । नेपालको सडक विकासमा सुरुङ तथा फ्लाईओभर निर्माण नयाँ काम भएकाले त्यसलाई सहज बनाउन छुट्टै संयन्त्र गठनको तयारी थालिएको हो ।‘हामीले उर्जाका परियोजनाहरुमा सुरुङ निर्माणको अभ्यास गरेका छौं, मेलम्ची खानेपानीमा पनि सुरुङ बनिरहेको छ तर सडकमा त्यस्तो काम भएको छैन, अब त्यसका लागि छुट्टै विभाग बनाउने तयारी गर्दैछौं’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । उनले दक्ष प्राबिधिकका साथमा त्यस्तो विभागलाई आवश्कयता अनुसार विदेशी विज्ञ समेत राख्ने व्यवस्था मिलाईनेछ । नेपालले हालसम्म सडक पुर्वाधारमा आधारित सुरुङ मार्ग बनाएको छैन् । त्यस्तै नेपालमा हालसम्म फ्लाईओभर समेत बनाउन सकेको छैन् । तत्काल सुरुङ मार्ग र फ्लाईओभर बनाउनु पर्दा त्यसका लागि दक्ष जनशक्तिको समेत अभाव रहेको मन्त्रि लेखकले बताए । ‘अहिले हामीसँग सुरुङ मार्ग बनाउनका लागि जाने बुझेको प्राबिधिक जनशक्ति पनि छैन, अब जनशक्ति उत्पादन र व्यवस्थापनसहित त्यस्तो निकाय गठन हुन्छ, जसले सुरुङ र फ्लाईओभरको काम गर्छ’, मन्त्रि लेखकले भने । व्यवस्थापिका संसदको विकास समितिले पनि सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि छुट्टै विभाग गठन गर्न निर्देशन दिएको थियो ।‘हामीले सुरुङ मार्ग र फ्लाईओभर निर्माणका लागि दक्ष जनशक्तिसहितको छुट्टै विभाग बनाउन निर्देशन दिएका थियौं, त्यसको प्रक्रिया सुरु भएको खबरले हर्षित बनाएको छ, अब नेपालका लागि जटिल मानिएका त्यस्ता काम पनि सहजै अघि बढ्छ’, विकास समितिका सभापति रबिन्द्र अधिकारीले भने । हाल भौतिक मन्त्रालयले सडक विभाग मार्फत सडक र रेल विभाग मार्फत रेल निर्माणको काम अघि बढाएको छ । हालसम्म सुरुङ र फ्लाईओभर पनि सडक विभागबाटै हेरिँदै आएको थियो । सरकारले नागढुंगादेखि नौबिसेको सिस्ने खोलासम्म सुरुङ मार्ग र कलंकीमा फ्लाईओभर निर्माण प्रक्रिया अघि बढाएको छ ।

मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रि गर्ने

काठमाडौं, ११ पुस । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामीमा बेच्ने भएको छ । गत असोज कात्तिक १ देखि मसिर १ गतेसम्म बिक्रि खुल्ला गरिएको हकप्रद सेयरमध्ये नबिकेको सेयरलाई लिलामीमा बेच्न लागिएको बैंकले जनाएको छ । बैंकले ४२ हजार २ सय ५९ कित्ता साधारण र १७ हजार ४ सय ७९ कित्ता संस्थापक तर्फको हकप्रद सेयर बिक्रि गर्न लागेको हो । इच्छुक लगानी कर्ताले न्युनतम एक सय मुल्य कायम गरि पुस २६ गतेदेखि माघ ४ गतेसम्ममा शिलबन्द गरि आवेदन दिन सक्नेछन् । मितेरीले प्रभु क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको छ ।

सेयरबाट करोडपतिको तेश्रो संस्करण बजारमा, दश हजार प्रति बिक्री

काठमाडौं, ११ पुस । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । पुस्तक सार्वजनिक भएको एक हप्तामै पाँच हजार प्रति बिक्रि भएको दोश्रो संस्करण गत असारमा आएको थियो । गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हाल सम्म दशहजार प्रति बिक्री भइसकेको छ । तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको छ । भाषागत त्रुटि सच्याएर पुस्तकलाई थप पठनिय बनाइएको लेखक भट्टराईले बताए । दोस्रो सँस्कणको तुलनामा पुस्तकको आकार केहि बढेको छ तर पनि मूल्य भने यथावत राखिएको छ जसले गर्दा उही मूल्यमा पाठकले अझ बढी पढ्न पाउने भएका छन । देशभरका सबै पुस्तक पसलमा पुस्तकको तेस्रो संस्करण उपलब्ध भएको प्रकाशक फाइनप्रिन्टका प्रवन्ध निर्देशक नीरज भारीले बताए । उनले भने, ‘दोस्रो संस्करण अपेक्षा गरे भन्दा छिट्टै सकिएको छ ।अहिले पनि पुस्तकको मागमा कमि आएको छैन । विदेशबाट सोचे भन्दा बढी माग भएको छ । पुस्तक पसलहरुबाटपुस्तकको माग निरन्तर भइरहेको छ । यो मागले तेस्रो संस्करणले अपेक्षाकृत सफलता हात पर्नेमा आशावादी छौ।’ पुस्तकमाथी पाठकको प्रतिक्रिया देखेर आफू उत्साहित भएको लेखक भट्टराई बताउँछन् । ‘सोसल मिडिया र इमेल मार्फत आएका पाठकका प्रतिक्रियाले अझ बढी उत्साहित बनाएको छ ।’ पाठकको प्रतिक्रिया सुनाउँदै उनले भने,‘जति पढ्यो त्यति पढौ लाग्छ । यो कितावले लगानीको भोक जगाइ दिएको छ ।’

मासुको उत्पादन वृद्धिले मूल्य घट्दै अण्डाको बढ्दै, अण्डाको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं ११, पुस । चालु अर्थिक वर्षको पहिलो चार महिनामा दुघ मासु र अण्डाको उत्पादन ५ प्रतिशतसम्म बृद्धि भएको छ । तर, अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको आजको कारोबार दैनिकमा खबर छ । करिब ६ महिनाम्म स्थिर रहेको अण्डाको मूल्य आइतबारदेखि बढेर अहिलेसम्मकै उच्च भएको हो । शनिबारसम्म १४ रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य आइतबारदेखि बढेर १५ रुपैयाँमा बिक्री भएको छ । एक दुई दिनअघिसम्म अघिसम्म प्रतिक्यारेट ३८० रुपैयाँ पर्नेमा अहिले बढेर ४ सय पुगेको छ । उत्पादनको अनुपातमा खपत बढेकोले मूल्य बृद्धि भएको व्यवसायीको जिकिर छ । अण्डा उत्पादक किसानले अहिले प्रतिगोटा १२ रुपैयाँमा अण्डा बिक्री गरे पनि बजारमा खुद्रा मूल्य १५ रुपैयाँ पुगेको छ ।

अनलाइनमार्फत समान केनबेच बढ्दै, अधिकांशले बिनादर्ता कारोबार गर्दा उपभोत्ता ठगिदै

काठमाडौं ११, पुस । पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दो छ । तर अनलाइन सपिङको नाममा सामाजिक सञ्जालमा अकाउन्ट र पेज खोलेर सामानको विज्ञापन गर्ने अधिकांशले बिनादर्ता कारोबार गर्दा उपभोत्ता ठगिने मात्र होइन, सरकारलाई राजस्वमा पनि घाटा हुदै गएको छ । नियमन निकायले अनलाइन सपिङलाई गम्भीर रुपमा नहेर्दा कुनै अफिस नै नराखी रामाजिक सञ्जालको उपस्थितिमा मात्र कारेबार गर्दा राज्य र उपभोक्ता दुवैलाई समस्या पर्दै गएको छ । केहि अनलाइन सपिङ साइटमार्फत सामान खरिद गर्दा पसलमा भन्दा महँगो परेको समेत देखिएको छ । नियमन भएको छैन स् राजस्व अनलाइन सपिङ साइटहरु अझै नियमनमा नआएको आन्तरिक रावश्व कार्यालयका महानिर्देशक चुडामणि शर्माले स्वीकार गरे । ‘अनलाइन सपिङ साइटहरु दर्ता नभइकन, स्थान नतोकीकन सञ्चालन भएको पाइएको छ, जुन गैरकानुनी हो’, उनले भने हालसम्म यस विषयमा सामान्य छलफल मात्र गरेको र अब साइटहरु तथा सामाजिक सञ्जाल नै हेरेर अनुगमन गर्ने उनले बताए । नयाँ पत्रिका दैनिकबाट ।

के गर्ने नेपालीसँग रहेको ३ अर्ब भारू? भारतले सहटी सुविधा नदिँद नेपालमा भएको भारु अलपत्र

काठमाडौं ११, पुस । भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ। नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको हो। नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकको एक टोली भारत जाने भनिए पनि कहिले जाने भन्ने टुंगो लागेको छैन। पुराना भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ महिना पुगिसक्दा पनि नेपालमा रहेका भारतीय नोट साट्ने विषयमा अहिलेसम्म कुनै पहल भएको छैन। ‘कहिलेसम्म नेपाली सर्वसाधारणसँग भएको भारू साटिने हो त्यसको कुनै टुंगो नलागेको र राष्ट्र बैंक समेत पर्ख र हेरको अवस्थामा छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायाण पौडेलले भने। भारतीय पक्षसँगको कुराकानीमा आगामी जनवरीसम्म यसबारे टुंगो लाग्ने आश्वासन पाएको उनले बताए। नेपालस्थित भारतीय दूतावासले भारु सहटीको मोडालीटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेपछि उत्पन्न समस्याको समाधानका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो। उक्त अध्ययन समितिले भारुबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भए पनि भारतीय पक्षबाट जवाफ नआएसम्म कुनै कदम चाल्न नमिल्ने राष्ट्र बैंकले बताएको छ। भारत सरकारले पनि नेपालसँगै भुटान तथा अन्य छिमेकी मुलुकमा रहेको भारु रकम के कसरी साट्ने भन्नेबारेमा अध्ययन गर्न एक समिति गठन गरेको थियो। सो समितिले पनि यसअघि नै अध्ययन रिपोर्ट बुझाइकेको छ। तर, भारत सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिन नसक्दा भारुबारेको अन्योलता टुंगोमा पुग्न सकेको छैन। नेपाल समाचारपत्रबाट ।

वैदेशिक रोजगारीमा गएका धादिङका २३ युवा बेखबर, मलेसियामा मात्रै १२ वेपत्ता

काठमाडौं ११, पुस । रोजगारकिा लागि विभिन्न समय खाडी मुलुक पुगेका धादिङका २३ युवा लामो समयदेखि परिवारको सम्पर्कमा नआएको उजुरी परेका छन् । यी मध्ये मलेसियामा १२, भारतमा तीन, साउदीमा दुई कुवेतमा दुई, युएईमा दुई, कतारमा एक र जर्जियामा एकजना बेपत्ता छन् । धादिङमा पछिल्लो दुई वर्ष अवधिमा सूचना तथा परामर्श केन्द्रमा तीन सयभन्दा बढी उजुरी परे । यीमध्ये २३ युवा परिवारको सम्पर्कमा नआएको केन्द्रले जनाएको हो । बेपत्तामध्ये कागजपत्र अभावका कारण निकै कमलाई मात्र उद्धार गर्न सकिएको सामी परियोजनाका कार्यक्रम संयोजक गंगा सुवेदीले बताइन् । वेदेशिक रोजगारीमा जानेमध्ये धादिङ उत्तरी क्षेत्रका युवा बढी रहेको पाइएको छ । नागरिक दैनिकबाट।

निगमलाई साढे २२ अर्बमै दुई वाइडवडि दिने प्रस्ताव, आगामी चैतत्रिभै डेलिभरी दिन अमेरिकी कम्पनी तयार

काठमाडौं ११, पुस । अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी ‘एएआर कर्पोरेसन’ ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुई थान ठूला आकारका ‘वाइड बडी’ जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर ९११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ० का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो। ‘हामीलाई प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेछ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘प्रतिजहाज १० करोड ४८ लाख डलरको प्रस्ताव सन् २०१६ को बजार भाउअनुसार रहेको एएआरले उल्लेख गरेको छ।’ निगमलाई २ सय ५० देखि २ सय ८० सिटसम्मको ए३३०(२००ु सिरिजका दुईथान वाइड बडी बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। यिनमा जहाज भाडामा दिने कम्पनीदेखि इन्जिन निर्मातासम्म थिए। असोज १० गते सार्वजनिक गरेको अन्तर्राष्ट्रिय बोलपत्र ९ग्लोबल टेन्डर० मा सहभागी हुँदै अमेरिका, युरोप र खाडी मुलुकमा रहेका कम्पनी निगमलाई जहाज बेच्न प्रतिस्पर्धामा उत्रिएका थिए। निगमका अनुसार केएल एरो पार्टस्, केजेटी इन्भेस्टमेन्ट एन्ड वान वल्र्ड क्लोजआउट्स लिमिटेड, रन मोट्टा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पार्टस्, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप, क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, ले ग्रुप डेल्टा, एएआर कर्पोरेसन र सूर्या एयर सपोर्टले दुईथान वाइड बडी उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए। निगमको टेन्डर सर्तअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस आफैं प्रतिस्पर्धामा सहभागी हुन पाउने भए पनि टेन्डर खोल्दा उसको प्रस्ताव परेको थिएन। बेलायती इन्जिन निर्माता कम्पनी रोल्स रोयसले भेने इन्जिन उपलब्ध गराउन प्रस्ताव हालेको थियो। ती कम्पनीको आर्थिक तथा प्राविधिक प्रस्ताव सुक्ष्म तरिकाले मूल्यांकन गर्न नायब महाप्रबन्धक आरबी शाहको संयोजकत्वमा निगम व्यवस्थापनले ११ सदस्यीय समिति गठन गरेको थियो। समितिले पुस २ गते महाप्रबन्धक कंसाकारलाई मूल्यांकन प्रतिवेदन बुझाएको थियो। ‘यही साता वाइड बडी मूल्यांकन प्रतिवेदन सञ्चालक समितिमा पेस गर्छु,’ कंसाकारले भने, ‘दुइटै जहाज ब्रान्ड न्यु (कारखानामा निर्माणाधीन) उपलब्ध गराउने एएआरको प्रस्तावबाट हामी खुसी नहुने कुरै भएन। त्यसकारण सञ्चालक समितिले यसलाई तुरुन्तै पास गर्ने विश्वास छ।’ नागरिक दैनिकबाट ।