विकासन्युज

विप्पी ल्याण्ड एम्युजमेन्ट एण्ड वाटर पार्कमा छुट अफर

काठमाडौं, ८ भदौ । काठमाडौंको चोभारस्थित विप्पी ल्याण्ड एम्युजमेन्ट एण्ड वााटर पार्कले छुट अफर ल्याएको छ । पार्कले भदौ ७ गतेदेखि लागु हुने गरि छुट अफर ल्याएको हो । भदौं २१ गतेसम्म लागु हुने छुट योजना अनुसार विद्यार्थीका लागि ५ सय रुपैंयाँ शुल्क तोकिएको छ । सार्वजनिक विदाका दिन बाहेक सो अवधीसम्म विद्यार्थीले छुट सुबिधामा पार्क घुम्न पाउनेछन् । पार्कले प्रति टिकेट १५० रुपैंयाँ छुट दिन लागेको हो । त्यस अघि विद्यार्थीका लागि ६५० रुपैंयाँ शुल्क तोकिएको थियो । पार्क प्रवेश गरेपछि सबै खेलहरु निःशुल्क खेल्न पाइनेछ ।

कार्यविधि नहुँदा पर्यटन वर्ष अलपत्र, हतारमा घोषणा भएको निजी क्षेत्रको आरोप

काठमाडौं, ८ भदौ । सरकारले २०७३ सालको नयाँ वर्षबाट सुरु गरेको अन्तरिक पर्यटन वर्ष अर्थात घुमफिर वर्ष २०७३ अलपत्र परेको छ । घोषणा भएको पाँच महिना पुगिसक्दा पनि यसको औचित्य र स्पष्ट खाका बनाउनै नसकेका कारण आन्तरिक भ्रमण वर्षको औचित्य नभएको नेपाल पर्यटन बोर्डकै कर्मचारीले बताउन थालेका हुन् । ‘आन्तरिक भ्रमण वर्ष एउटा अभियान र नाराको वर्ष मात्रै हो यसले खासै कुनै ठूलो उद्देश्य लिएकै छैन’, बोर्डका एक कर्मचारीले भने । बोर्डको काम पर्यटनको पूर्वाधार निर्माण गर्ने नभएर प्रवद्र्धन गर्ने मात्रै भएको तर्क बोर्ड पदाधिकारी नै दिएर बस्छन तर पर्यटन अभियान वर्षको कुनै प्रभावकारी योजना बने बनाउँदैनन । ‘सरकारले हतार हतारमा घोषणा गरेको यस्तो पर्यटन वर्षले अहिलेसम्म कुनै उत्साह छ, न त प्रभावकारित नै देखिएको छ’, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्काले भने । सरकारी घोषणा मात्रै भयो कसरी गर्ने, कुने विधि अपनाउने र के गर्ने भन्ने स्पष्ट खाका नै हुन सकेन, उनले भने । सरकारले घोषणा मात्रै गरेर हुँदैन यसलाई कार्यान्वयन गर्ने आधार पनि दिनुपर्ने उनको बुझाई छ । बोर्डले अन्तरिक पर्यटन प्रभावकारी बनाउन ल्याएको यो अभियानको कार्यविधि अहिलेसम्म सरकारी निकायले स्वीकृति नै नगरेको पनि उनले जानकारी दिए । पर्यटन मन्त्रालयले वार्षिक करीब ६ लाख आन्तरिक पर्यटकलाई देशका विभिन्न गन्तव्यमा लैजाने उद्देशयले यस्तो अभियान ल्याएको जानकारी दिएको छ । यो अभियान सफल बनाउन पर्यटन बोर्डको तालुक निकाय पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन कायविधि बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पुराएको छ । पर्यटन बोर्डले पर्यटन वर्ष घोषणा हुनासाँथ अगाडि बढाएको यो कार्यविधि दुई महिना पर्यटन मन्त्रालयमा र तीन महिनादेखी अर्थ मन्त्रालयका अड्किएको बोर्ड स्रोतले जानकारी दिएको छ । बोर्डले पठाएको कार्यविधिमा अर्थले चासो नदेखाएपछि आन्तरिक पर्यटन वर्षको योजनानै अलपत्र परेको हो । कार्यविधि अड्किएपछि ग्रामीण पर्यटन प्रवद्र्धनका धेरै कार्यक्रम अलपत्र परेको मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए । हरेक महिना ताकेता पर्यटन मन्त्रालयले कायविधिका सम्बन्धमा हरेक महिनाजसो अर्थमा ताकेता गरे पनि पास नभएको पर्यटन मन्त्रालयको गुनासो छ । ‘भूकम्पपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा उत्साह ल्याउन यस कार्यक्रमको सफलता जरुरी छ,’ पर्यटन सचिवल भने । अर्थ मन्त्रालय उदार नभएपछि कार्यक्रम नै अलपत्र पर्ने अवस्थामा पुग्न लागिसकेको पनि मन्त्रालयको गुनासो छ । किन आवश्यक छ कार्यविधि ? सरकारले बिदा पर्यटनको नाम दिएर सरकारी कर्मचारीलाई निश्चित खच दिनेगरी कार्यविधि अगाडि सारेको छ । यस्तो रकम लिएर पर्यटन मन्त्रलायका कर्मचारी मात्रै विभिन्न आन्तरिक गन्तव्यमा जाने गरेकोमा कार्यविधिपछि अन्य मन्त्रालय र सरकारी अधिकारी पनि यो कार्यक्रम सहभागि हुन सक्छन् । यसका लागि पर्यटन मन्त्रालयले प्रत्येक वर्ष बजेट पनि छुट्याउँछ । कायविधिले सरकारसँगै कर्पोरेट हाउसहरूले पनि आफ्ना कम्पनीलाई वर्षमा निश्चित समय घुम्न पठाउनुपर्ने प्रावधान समेटेको छ । यस कायविधिको उद्देश्य नै आन्तरिक पर्यटन वर्ष तथा घुमफिर वर्ष २०७३ लाई सफल बनाउने रहेको उल्लेख छ । एक साता अनिवार्य बिदा मन्त्रालयले सरकारी कार्यालय तथा निजी कम्पनीले कर्मचारीलाई ७ दिन अनिवार्य बिदा पर्यटनमा पठाउनुपर्ने प्रावधान राखी कायविधि बनाएको छ । मुलुकभरका पर्यटन व्यवसायीबाट आफ्नो सेवा–सुविधामा दिन सक्ने अधिकतम छुट र प्याकेज सरकारलाई उपलब्ध गराउन सकिने व्यवसथा पनि कार्यविधिमा छ । सरकारी नियकाले कुनै पनि काम कानुन, विधि र विधान बाहेक नहुने भएकोले पनि आन्तरिक पर्यटनको प्रवद्र्धन विकास, निजी क्षेत्रलाई प्रोत्साहन तथा व्यवसायीक प्योकज निर्माणमा बोर्डको साथसहतिका विषयका काम गर्न कार्यविधि आवश्यक रहेको छ । अन्तर्राष्ट्रिय पर्यटन वर्षलाई धक्का सरकारले ल्याएकको आन्तरिक भ्रमण वर्ष असफल भए आगामी सन् २०१८ को अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष पनि प्रभावित हुने भएको छ । अहिले प्रभावकारी ढंगले काम गर्न सके र आन्तरिक पर्यटन वर्षले कुनै सन्देश दिने काम हुन सकेन भने सन् २०१८ को पर्यटन भ्रमण वर्षमा नकारात्ममक सन्देश प्रवाह हुन्छ । आन्तिरक वर्ष नै सफल नभए निजी क्षेत्रले अन्तर्राष्ट्रिय वर्षलाई पनि कुनै साथ नदिन सक्छन् । निजी क्षेत्र नाफामुखी र जहाज बढी फाइदा हुन्छ त्यहि जाने निकाय भएकोले पनि अहिले कुनै लाभ नपाए यसपछि पनि लाभ हुन्छ भन्नेमा विश्वास गुम्ने उल्लेख छ । यसर्थ आन्तरिक भ्रमण वर्ष असफल भए यसको गम्भिर धक्का २०१८ को अन्तर्राष्ट्रिय भ्रमण वर्षलाई लाग्ने छ । आन्तरिक जागरण प्रभावकारी हुन्छ घुमफिर वर्ष सफल हुन सके र विविध कार्यक्रम गरी यसलाई सफल बनाउन सकिए आन्तरिक जागरण पनि प्रभावकारी हुने बोर्डको भनाइ छ । पर्यटन क्षेत्रमा कुनै न कुनै गतिविधि भइरहने र पर्यटन कृयाकापमा प्रभावकारि सन्देश प्रवाह गर्न पनि यसले सहयोग पुग्ने बोर्डले बुझाई छ । यस अघि पर्यटन वर्ष २०११ ले लक्षित विदेशी पर्यटकको सङ्ख्या नपुगे पनि आन्तरिक पर्यटक भने बढाएको दाबी बोेर्डको छ । नेपालको एक स्थानकाबाट अर्काे स्थानमा घुम्ने आन्तरिक पर्यटक करीब २५ देखि ३० प्रतिशत बढेको नेपाल पर्यटन बर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भनाइ छ । विदेशी पर्यटक अपेच्छा अनुसार भित्र्याउनु नसक्नु कमजोरी भएको स्वीकार्दै शाक्यले भने, ‘आन्तरिक जागरणमा बढाएर पर्यटन वर्षमा सरकारले पर्यटकीय क्षेत्रका गाँउ घुम्ने नेपालीको सङ्ख्या भने बढाएको छ । पर्यटन वर्षमा नेपाल आएका ४० प्रतिशत पर्यटकलाई गाँउ पु¥याँउने लक्ष्य सन् २०११ मा नै राखिएको थियो, शाक्यले भने । सोही लक्ष्य अनुसार विदेशी पर्यटक कति गाँउ पुगे भन्ने स्पष्ट तथ्यांङ्क नभएपनि आन्तरिक पर्यटकले भने सन्तुष्ट हुनसक्ने माहौल बनेको शाक्य बताउँछन् । सबै ग्रामिण भेगसम्म पुग्न नसकेपनि प्रमुख पर्यटकीय क्षेत्रमा भने पर्यटन वर्षले लिएको ४० प्रतिशतको लक्ष्य अहिलेसम्म करीब पुगेको छ । पर्यटन अभियान वर्षको लाभ होमस्टेमा सरकारले ल्याएको यस्तो पर्यटन वर्ष नीतिगत रूपमा सफल भए वा नभएपनि होमस्टेले पाउँने लाभ भने निकै राम्रो भएको काभ्रेको पात्लेखेत होस्टेका अध्यक्ष केशव बडालको भनाइ छ । बढालका अनुसार आन्तरिक पर्यटक जागरण अभियान चलेको छ । धेरेथोरै जे भएपनि पाहुना होमस्टे भन्दै आफ्नो घरमा आए बस्ने खाने गरेका छन । यसले गर्दा आर्थिक आम्दनीको अतिरिक्त माध्यम पनि बनेकोले पर्यटन वर्ष अभियानले होमस्टेलाई भने लाभ पुगेको उनको तर्क छ । सरकारले पर्यटन वर्षकै माध्यमबाट होमस्टेमार्फत गाँउगाउँसम्मा पर्यटनको जागरण अभियान चलाउनु, विभिन्न महोत्सवलाई आन्तरिक पर्यटन महोत्सवका रूपमा मनाउनु र राजनीतिक दलले समेत आ–आफ्नो क्षेत्रमा पर्यटनको गतिविधि सञ्चालन गर्नु नै आन्तरिक जगरणको अभियान चालएको छ । पर्यटन वर्ष घोषणा भएपश्चात सात सय ट्रभलएजेन्सी अहिले तीन हजार पुगेका छन् । १ हजार ट्रेकिङ एजेन्सी २५ सय। एक दर्जन हवाई खेलकुद कम्पनीका संस्था पाँच दर्जन, आधा दर्जन आन्तरिक वायुसेवा संख्या डेढ दर्जन भएको पनि मन्त्रालयको तथ्यांकले देखाएको छ । घुमफिर वर्षलाई एक करोड घुमफिर वर्ष २०७३ लाई प्रवद्र्धन गर्न पर्यटन बोर्डले एक करोड १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक पर्यटक प्रवद्र्धन गर्न र आन्तरिक पर्यटकीय गन्तव्यको विकासका निम्ति बोर्डले यो रकम विनियोजन गरेको हो । यो बजेटले पर्यटकीय स्थलको भ्रमण, जनचेतना अभिवृद्धि, पर्यटकीय गन्तव्यको स्थलगत निरीक्षणसहितका कार्यमा खर्च गर्ने गरी बजेट तय भएको बोर्ड सदस्य सापकोटाले बताए । बोर्डका अनुसार कार्यविधि नआए यो पैसा पनि खर्च हुन सक्दैन ।

सिभिल होम्समा २१ जनालाई जागिरको अवसर

काठमाडौं, ८ भदौ । सिमिल होम्स प्रालीमा २१ जनाका लागि जागिर खुलेको छ । कम्पनीले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदमा २१ जनाका लागि जागिर खुलाएको हो । सरु गर्न लागिएको नयाँ प्रोजेक्टका लागि चिफ टेक्निकल अफिसर एक जना, प्रोजेक्टर मेनेजर २ जना, सिनियर इञ्जिनियर २ जना, वाटर एण्ड स्यानिटेशन इञ्जिनियर एक जना, प्रोक्युरमेन्ट अफिसर ४ जना, रिकभरी अफिसर २ जना, एकाउण्ट अफिसर ६ जना, डाइनामिक सेल्स अफिसर एक जना, एचआर अफिसर एक जना तथा अध्यक्षका लागि एक जना सेक्रेटरी मागेको हो । अपेक्षा गरिएको तलब तथा सुबिधा उल्लेख गर्दै सात दिन भित्रै आवेदन दिन सिभिल होम्सले आग्रह गरेको छ ।

महिन्द्रा मोजो सार्वजनिक गर्न भारतीय राइडर नेपालमा

काठमाडौं, ८ भदौ । नाडा अटो शोमा महिन्द्रा कम्पनीको महिन्द्रा मोजो ३०० सिसिको मोटरसाइकल सार्वजनिक गर्न भारतीय राइडरहरुको टोली काठमाडौं हिडिसकेको छ । नेपाली बजारमा नयाँ प्रडक्ट लञ्च गर्न भारतस्थित पुनेका दक्ष बाइक राइडरहरु नेपाल हिडेका हुन् । उनीहरु भारतबाटै मोजो बाइक चढेर नेपाल आउँदैछन् । मोजो राइडर्स् सारथ शेनोय र डेनियल डेरिक भारतको पुनेबाट महिन्द्रामोजो मै काठमाडौंमा रहेको नाडा अटो शोमा आउन लागेका हुन् । उनीहरुको यात्राको प्रारम्भ भने पिएस अशोक (सिनियर भाइस–प्रेशिडेन्ट, आर एण्ड डि)ले गरेका थिए । भारतको पुनेबाट २३ अगस्ट २०१६ मा बाइक चढेका उनीहरु इन्दौर, झाँसी, लखनउ, गोरखपुर र बीरगंज हुँदै २८ अगस्ट काठमाडौं आइपुग्नेछन् ।

चौधरी ग्रुपमा २५ जनालाई जागिर खुल्यो

काठमाडौं, ८ भदौ । चौधरी ग्रुपमा २५ जनाका लागि जागिर खुलेको छ । चौधरी ग्रुपले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा २५ जनाका लागि आवेदन खुल्ला गरेको हो । बिबिएस, बिटेक, बिई, सिए र एमबिए उतिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् । चौधरी ग्रुपका अनुसार कर्पाेरेट फाइनान्स हेड, कार्यकारी कर्पाेरेट फाइनान्स, हेड एकाउन्टेन्ट, एचआर मेनेजर, कमर्सियल हेड, प्रडक्सन हेड, आइटी प्रमुख, आर्किटेक्ट, अपरेशन हेड, प्रडक्सन इन्चार्ज लगायतका पदमा आवेदन मागिएको हो । छनौटमा परेकाहरुले चौधरी समुहको टोबाको, ब्रुअरी, गेष्ट हाउस, इलेक्ट्रिोनिक्स लगायतका क्षेत्रमा काम गर्नुपर्नेछ । सेप्टेम्बर २ तारिख भित्र आवेदन दिईसक्नुपर्ने चौधरी समुहले जनाएको छ ।

सानिमा माई हाइड्रोले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, ८ भदौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि भदौ ३१ गते बार्षिक साधारण सभा डाकेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड ५० लाख रुपैंयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको पुँजी दुई अर्ब ११ करोड रुपैंयाँ पुग्नेछ । सोही साधारण सभाले कम्पनीको आगामी कार्यकालका लागि पाँच सदस्यिय नयाँ नेतृत्व समेत चयन गर्नेछ । हालसम्म कम्पनीले २२ मेगावाट क्षमताको माई जलविद्युत आयोजना र माई ७ मेगावाटको माई क्यासेट जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर उत्पादन आरम्भ गरिसकेको छ ।

आरएसडीसीको शेयरको शेयर आवेदन आज अन्तिम दिन, मागभन्दा बढी आवेदन

काठमाडौं ७, भदौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि खुला गरेको शेयर विक्री आजबाट बन्द हुने भएको छ ।यो संस्थाले यहि भदौ ५ गतेदेखि साधारण शेयरको आवेदन खुला गरेको थियो । संस्थाले एक सय रुपैया अंकित चार लाख कित्ता शेयर सर्वसाधारणका लागि निस्काशन तथा विक्री खुला गरेको थियो । सर्वसाधारण आवेदकबाट माग गरेको भन्दा बढी शेयर खरिदका लागि आवेदन परेकोले आज बुधबार बैंकिङ समयपछि बन्द गरिने आरएसडीसीले जानकारी दिएको छ । यो संस्थाको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल हो । आरएसडीसी नेपाल राष्ट्र बैंकबाट घ वर्षको इजाजतप्राप्त संस्था हो ।

फेसबुकले बनाउँदैछ बैवाहिक जीवन धरापमा, रोमान्टिक सम्बन्धमा गम्भीर असर

काठमाडौ‌, ८ भदौ। फेसबुकबाट तपाईंलाई फाइदा भइरहेका बेला यसैले तपाईंको जीवनमा हानी पनि गरिरहेको थाहा नहुन सक्छ। फेसबुकको सुरक्षामा भएको सानो पनि लापरबाहीले तपाईंलाई साइबर अपराधबाट पीडित बनाउन सक्छ । यही सन्दर्भमा हालै भएको सर्भेका अनुसार फेसबुकको लतले बैबाहिक जीवनमा समस्या ल्याइरेहको देखाएको छ । एक सर्भेका अनुसार फेसबुक चलाउने लगभग ४७ प्रतिशत मानिसले आफू कुनै न कुनै बेला भावनात्मकरुपमा धोकाको शिकार भएको स्वीकारेका छन् । सर्भेले फेसबुकका कारण भावनात्मक सम्बन्ध धेरै प्रभावित भएको पनि पत्ता लगाएको छ । लगभग पाँच हजार फेसबुक प्रयोगकर्तामाझ गरिएको यस सर्भेले फेसबुकले रोमान्टिक सम्बन्धमा गम्भीर असर पारिरहेको देखाएको छ । यस सर्भेका लागि ३३ वर्षको आसपासमा उमेरका भएका ५ हजार फेसबुक प्रयोगकर्ताहरुलाई चुनिएको थियो। १२ अप्रिलदेखि १५ अप्रिलसम्म गरिएको यस सर्भेबाट निकालिएको निचोडको नौ कुरा थाहा पाउनुस् । १. सर्वेका क्रममा करिब २६ प्रतिशत मानिसले फेसबुककै कारण आफ्नो जीवनसाथीबाट उपेक्षित भएको महुसस गरेको बताएका थिए । फेसबुक चलाएकै विषयलाई लिएर आफ्नो जीवनसाथीसँग झगडा हुने गरेको कुरा उनीहरुले बताएका थिए । अर्कातिर जीवनसाथीबाट भन्दा बढी फेसबुकबाट आफूहरुलाई ज्यादा निकटता  र आफ्नोपन महसुस हुने गरेको पनि सर्भेमा सहभागीले बताएका खुलेको छ । २. सर्भेमा करिब ४४ प्रतिशत मानिसले फेसबुकले आफूहरुको रोमान्टिक जीवनलाई बर्बाद पारिरहेको बताएका थिए । कयौं पटक उनीहरुका जीवनसाथीहरु समयलाई सदुपयोग गर्ने भन्दा पनि फेसबुकमा स्टाटस अपडेट गर्दै दिन बिताउन मन पराउने गरेको बताएका थिए । ३. ४७ प्रतिशत फेसबुक प्रयोगकर्ताहरुले आफूहरु फेसबुक चिटिङ्गको शिकार भएको पनि बताएका छन् । फेसबुक साथी खोज्ने या साथीसँग नजिक रहिरहने माध्यम त भएको छ तर फेसबुककै कारण नचाहिँदो सम्बन्ध स्थापित हुने सम्भावना पनि उत्तिकै धेरै रहेको छ। ४. ६७ प्रतिशत मानिसले एक भन्दा धेरै बिबाहोत्तर सम्बन्ध तथा धेरैजसो सम्बन्धबिच्छेदका लागि पनि महत्वपूर्ण भूमिका फेसबुकले नै खेलिरहेको बताएका थिए । ५. सर्भेका क्रममा करिब ४६ प्रतिशत मानिसले ईर्ष्या र शंकाका कारण आफूले आफ्नो जीवन साथी या प्रेमीको फेसबुक क्षणक्षणमा हेर्ने गरेको बताएका थिए । ६. करिब २२ प्रतिशत मानिसले फेसबुककै कारण आफूहरुलाई नचाहिँदो अवस्थामा पनि प्रेम या शारीरिक सम्बन्ध राख्ने सम्भावना या परिस्थिति बढाएको बताएका थिए । ८. करिब ३२ प्रतिशत मानिसले फेसबुककै कारण सेक्स लाइफ पनि पहिले जस्तो नरही बिग्रन पुगेको बताएका थिए । सर्भेका सहभागीहरुले पटक पटक जीवन साथीको फेसबुक हेरिरहने बानीले सेक्स लाइफमा गहिरो असर परेको प्रतिक्रिया दिएका छन् । ९. करिब १७ प्रतिशत महिलाले आफूहरु फेसबुककै माध्यमबाट बिहेपछि पनि या अर्को प्रेमसम्बन्धमा रहिसकेपछि पनि आफ्ना पूर्वप्रेमीको नजिकमा रहिरहेको बताएका थिए । रिसर्चका निर्देशक टिम रोलिन्सका अनुसार फेसबुक साथी खोज्ने या साथीसँग नजिक रहिरहने माध्यम त भएको छ तर फेसबुककै कारण नचाहिँदो सम्बन्ध स्थापित हुने सम्भावना पनि उत्तिकै धेरै रहेको छ। उनले फेसबुकले नै मानिसहरुको माया नै मायाले भरिएको सम्बन्धमा भिलेनको काम भने गरिरहेको निचोड सुनाए ।