विकासन्युज

भिडियोबाट पढाइः विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा

काठमाडौं २०, भदौ । मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्यालयमा पढाउने तयारी गरिएको छ । फाइल तस्बिर भूकम्प प्रभावित ११ जिल्लाका सय विद्यालयमा भर्चुअल लर्निङ गराउने तयारी भएको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार भूकम्प प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विद्यालयमा भर्चुअल लर्निङ सेस्टर स्थापना गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक गौतमले आगामी कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । भर्चुअल लर्निङमा कक्षा १० को गणित, विज्ञान र अंग्रेजी विषयलाई केन्द्रत गरेर कक्षा सञ्चालन हुादै छ। भर्चुअल स्टुडियोबाट शिक्षकले एक सय विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष पढाउनेछन् । केन्द्रले विद्यालय सञ्चालन भएको दिन कसरी स्टुडियोबाट पाठ पढाउने भन्ने तालिकासमेत सञ्चालन गर्ने जनाएको छ । सयवटा विद्यालयमा प्रत्यक्ष सिक्नका लागि टेलिभिजन, प्रोजेक्टर, ल्यापटप, प्रिन्टर र सोलार ब्याकअपको व्यवस्था छ । अहिले ९३ वटा विद्यालयमा भर्चुअल सिकाइ कक्षाका लागि उपकरणहरू जडानको काम भइरहेको निर्देशक गौतमले बताए । भर्चुअल कक्षा सञ्चालन भइरहेका वेला आफूले नबुझेका कुराहरू विद्यार्थीले पढाइरहेका शिक्षकलाई सोध्न सक्ने व्यवस्थासमेत गरिएको छ । लाइभ कक्षा सञ्चालन भइरहेका वेला विद्यालयको कक्षा कोठाबाट आइपी फोनमार्फत स्टुडियोमा फोन गरेर शिक्षकलाई प्रश्न गर्न सक्छन् । कसैले लाइभ कक्षामा सहभागी हुन नपाएमा त्यस्ता विद्यार्थीका लागि रेकर्डिङ गरेर हरेक विद्यालयमा पठाउने र यु ट्युबमा समेत राख्ने व्यवस्था गर्दै छ। एउटा कक्षामा ३० देखि ४० विद्यार्थी बसेर कार्यक्रम हेर्न र सुन्न सकिने व्यवस्था गरिएको छ ।

फास्ट ट्याकमा देश डुबाउने खेल, कांग्रेसभित्रै लागि परेको माधव नेपालको खुलासा

काठमाडौं २० भदौ । पूर्वप्रधानमनत्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधिन फाष्ट–ट्रयाक नेपाल आफैले बनाउनु पर्ने बताएका छन् । उनले नेपाल बाहेक अरुलाई दिदा त्यसले देशको हित नगर्ने भएकोले स्वदेशी पूँजी मा नै यो निर्माण गर्नुपर्नेमा जोड दिएको खबर आजको अन्नपूर्णमा छापिएको छ। उनले यो निर्माणमा विदेशीलाई दिन ठूलो चलखेल भएको बताए। नेपालले यो निर्माण गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनमा नेपाली कांग्रेस र केही कर्मचारी ९ब्युरोक्रेसी० लागेको समेत आरोप लगाएका छन्। ‘फाष्ट–ट्रयाक बनाउने निर्णय, शिलान्यास गर्ने काम म प्रधानमनत्री भएको बेला गरेको हुँ। त्यहि बेला यसको अन्तर्राष्ट्रिय टेण्डर दिएर यसको डिपिआर तयार गर्ने काम थालियो । तर, सरकार परिवर्तन भएपछि यो काम अगाडि बढन सकेन । सुशील कोइराला नेतृत्वको सरकारले पछि जुन शर्तमा जुन कम्पनीलाई दिन खोजियो त्यो पुरै देशको अहितामा थियो,’ नेपालले भने। ‘त्यसमा देशलाई नै ध्वस्त पार्ने अकुत भ्रष्टचारका योजना थिए। सुरूदेखि नै मैले त्यसको विरोध गरेँ। हाम्रो पार्टीले पनि पछि त्यसको विरोध गर्यो। पछि केपी ओली नेतृत्वको सरकारले केही ढिला गरेर भए पनि सरकारले नै त्यो बनाउने राम्रो निर्णय गर्यो। अहिलको प्रधानमन्त्रीले पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भन्ने कुराले नेपालले नेपाली कांग्रेस भित्र देशभक्तिको भावना हुदै नभएको कारण यस भित्र भ्रष्टचार बाहेक अरु केही नभएको बताए। भ्रष्टाचारमा लिप्त भएर देश डुवानका लागि कांग्रसे भित्रका केही मानिस लागि रहेको देखिन्छ। ‘८०/८५ अर्बमा बन्ने योजनालाई एक खर्ब बाह्र अर्ब पुर्‍याएर दिन खोजियो। उसको सर्त अनुसार त्यो फास्टट्रयाकमा दस बाह्र हजार सवारी साधननै चल्दैनन्। दस हजारको संख्यामा बाहन नचले त्यसको क्षतिपूर्ति दिन्छु भनेर जुन सम्झौता गर्न खोजिएको छ, त्यो गलत छ,’ नेपालले भने।

नाडा अटोसोमा साढे ३ अर्बको कारोबार, २३ सय सवारी बुकिङ

काठमाडौं २० भदौ । भृकुटीमण्डमा जारी ६ दिने नडा अटोसोले साढे तीन अर्बको कारोबार गरेको छ । आइतबार बेलुका समापन गरिएको यो सोमा लक्ष्यभन्दा बढीको कारोबार गरेको भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले जानकारी दिए । यसअघि मेलामा २ सय करोड रुपैयाँको मात्रै कारोबार हुने अनुमान थियो । शोमा लक्ष्यभन्दा १ सय ५० करोड रुपैयाँ बराबरको काारेबार भएको दाहालले बताए । नाडा मोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा गत भदौ १४ गतेदेखि मेला सुरु भएको थियो । शोमा अवलोकनर्ताले ८ सय गाडी बुकिङ गरेका छन् भने १५ सय वटा दुई पांग्रे सवारी पनि कारोबार भएका छन् । गाडी मेलामा ६० हजार दर्शले अवलोकन गरेका छन् । यसअघि मेलामा ५० हजार दर्शक मात्रै आउने अपेक्षा थियो । शोमा डाटसन कम्पनीका ३२५ भन्दा बढी गाडी बुकिङ भएको कम्पनी सिनियर म्यानेजर ज्ञानेन्द्र चनले दावी गरे । महिन्द्रा र हुण्डाईले मेलामा २०० भन्दा बढी गाडी बुकिङ भएको दावी गरेका छन् भने टाटाले पनि मेला अवधिभर स्टलबाट १५० गाडी बुकिङ भएको बताएको छ । निसानले २० र टोयाटाले ५० वटा गाडी बुक भएको जनाएका छन् । मेलामा इन्ट्री लेभलका गाडी बुकिङ गर्ने ग्राहकको संख्या उल्लेख रहेको व्यवसायी बताउँछन् । यसवर्ष बैंकहरुले केही सस्तो व्याजदरमा ऋण उपलब्ध गराएकाले पनि कारोबार बढेको आयोजकले बताएको छ । ६ दिने अटो मेलामा टाटा, मारुती सुजुकी, हुण्डाई, डाट्सन, फियाट, फोर्ड, होण्डा, किया, महिन्द्रा, एमजी, निशान रेनल्ट, स्कोडा, सुजुकी, टाटा टोयोटा, भक्सवागन, स्याङयोेंगलगायत कम्पनीका गाडी राखिएको थियो । त्यस्तै मेलामा बजाज, बेला, बेनली, हिरो, होण्डा केटीएम, महिन्द्रा, रोयल, इन्फील्ड, रनर, सुजुकी, टीभीएस, युएम, भेस्पा, यामाहा लगायतका दुई पांग्रे सवारी साधनका कम्पनीले स्टल राखेका थिए । मेलामै गाडी बुकिङ गर्ने ग्राहकलाई बैंकिङ सेवा दिन बैैंकहरुले पनि स्टल राखेका थिए । त्यस्तै मेलामा टायर, लुब्रिकेन्ट तथा स्पेयरपार्टस्को पनि कारोवार भएको थियो ।

कोरला नाकाः चर्चा धेरै काम थोरै

काठमाडौं २०, भदौ । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँग नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न सकेको छैन । पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाट अत्यन्त्य नजिक पर्ने यो नाका सञ्चालनसँग अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासमा लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ । ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवं पूर्व प्रधानमन्त्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याने विषय राज्यको प्राथमिकतामा परेको प्रष्ट हुन्छ । पछिल्लो समय नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने काम पनि अघि बढाइएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स खरिद गर्ने

काठमाडौं, १९ भदौ । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । आइतबार हामा मर्चेण्ट खरिद सम्बन्धी सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हामा मर्चेण्ट खरिद गरेपछि बैंकको नाम भने सिभिल बैंक नै रहनेछ । त्यस्तै, बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापनले समेत निरन्तरता पाउनेछ । यस अघि सिभिल बैंकलेरु २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने र २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्सलाई प्राप्ती गर्ने सम्झौता गरीसकेको छ । चुक्तापुँजी २२ करोड रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको खरिदपछि सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड पुग्नेछ । हामा मर्चेण्टलाई गाभेपछि बैंकको पूँजी तथा प्रतिष्पर्धी क्षमतामा समेत वृद्धि हुने सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । बैंकले २०७४ असार मसान्तसम्म ८ अर्ब पूँजी पुर्याउन बोनस शेयर र हकप्रद शेयरका साथै अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाउने उनले जानकारी दिए ।

सानिमा क्यापिटल लिमिटेडले काम थाल्यो

काठमाडौं, १९ भदौ । सानिमा क्यापिटल लिमिटडले कार्यारम्भ गरेको छ । नेपाल धितोपत्र बोर्डले भदौ १६ गते कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र कारोवार सम्बन्धी कार्यहरु गर्नको लागि नेपाल धितोपत्र वोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र दिएको हो । कम्पनीले निष्काशन तथा विक्रि प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको काम गर्नेछ । कम्पनीले चाँडै सामुहिक लगानी कोष (म्युचल फण्ड)को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रुपमा समेत कामा गर्ने बताएको छ । कम्पनीको नारायणचौर, नक्सालमा रहेको छ । १५ करोड अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी भने ११ करोड रहेको छ । क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा सानिमा वैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल छन भने सञ्चालकमा तेज बहादुर चन्द, निश्चल राज पाण्डे, सरोज गुरागाई र श्रीप्रसाद पौडेल रहेका छन् । क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भने मनिष नारायण जोशी रहेका छन् ।

छुटेका भूकम्पपीडितको नाम सङ्कलन गरिन्छ- प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताएका छन । सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितको सूचीमा छुट भएका वास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार गम्भीर रुपमा लागिरहेको बताउँदै उनले भूकम्पपीडितलाई तत्काल एक लाख थपेर तीन लाख अनुदान दिइने र दुई लाख सहुलियत ऋण गरी पाँच लाख उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको प्रतिनिधिमण्डललाई जानकारी दिएका थिए । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफुले पहल गरिरहेको समेत बताएका थिए । भेटका क्रममा प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि र भूकम्पपछि पनि पीडितलाई राहत र अनुदानका लागि आफु सिन्धुपाल्चोकमा पटक पटक पुगेको स्मरण गराए । सिन्धुपाल्चोकका सांसदको टोलीमा अमृतकुमार बोहरा, अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरबहादुर तामाङ र रमेश लामालगायत सहभागी थिए । प्रतिनिधिमण्डलले छुट भएका भूकम्पपीडितको नाम समावेश गर्नुपर्ने, भूकम्प र बाढीपहिरो पीडितलाई राहत, अरनिको राजमार्ग र तातोपानी नाका तत्काल पुनःसञ्चालन गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । रासस

पन्ध्र हजार बेरोजगार युवालाई तालिम दिने प्रशिक्षक तयार

काठमाडौँ, १९ भदौ । देशभरका १५ हजार बेरोजगार युवालाई तालिम दिने प्रशिक्षकलाई तालिम दिइएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिका २२ कर्मचारीलाई तालिम दिएको हो । चौधदिने उद्यमशीलता विकास तालिमको समापन गर्दै घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविनकुमार झाले औद्योगिक विकासका लागि लघु तथा घरेलु उद्योगको ठूलो भूमिका रहेको बताउ । उन्ले भन्े, “सरकारीस्तरबाट सञ्चालन भएका ठूला उद्योगमध्ये करिब ९० प्रतिशत बन्द भइसकेको अवस्थामा साना तथा घरेलु उद्योगका ठूलो भूमिका छ ।” निर्देशक झाले उद्यमशील उद्यमीमार्फत लघु, घरेलु तथा साना उद्योगको विकास हुने बताउ । प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईले उद्यमी निर्माणमा प्रशिक्षकको ठूलो भूमिका रहने उल्लेख गर्दै स्वदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ युवा उद्यमशीलता विकास तालिम गरिएको बताउ । तालिम लिइएका प्रशिक्षार्थीलाई समितिका कार्यकारी निर्देशक झाले प्रमाणपत्र प्रदान गरेक्ँ ीथ्उ । प्रशिक्षार्थी प्रशिक्षकले जिल्ला–जिल्लामा गएर तालिम दिनेछन् । रासस