विकासन्युज

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो शुरु

काठमाडौं । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए । २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । नेपालमै पहिलो पटक फरक अवधारणामा असार ५ गतेबाट सञ्चालनमा आएको यो मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । यसैगरी पार्किङको पर्याप्त सुविधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पाइने निर्देशक संगम राईले जानकारी दिए । मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले मोबाइलकाबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था मिलाइएको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । कार्यक्रममा एप्पल वल्र्ड मोबाइल प्रालिमा अबलोकन तथा मोबाइल खरिद गर्न पुगेकाहरु मध्येबाट एक एक जनालाइ आइफोन ७ र ७ प्लसको लक्की ड्र खोलीएको थियो ।

ग्लोबल आइएमई बैंकको फिदिम एक्सटेन्सन काउण्टर शाखामा परिणत, शाखा संख्या ९६ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले असार ५ गते(सोमबार) देखि आफ्नो फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथर जिल्लाको आर्थिक गतिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो । यस सँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने शाखा बैंकको रहेको छ । बैंकले मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हाल यस बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ११० वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा तथा ६ लाख भन्दा बढि ग्राहक रहेका छन् ।

एक्स्प्लोर अर्थमुभर्सले ल्यायो २ प्रकारका एसडिएलजि ग्रेडरहरु

काठमाडौं । एक्स्प्लोर अर्थमुभर्स प्रा.लि ले ९१३८ र ९१९० मोडलका २ प्रकारका एसडिएलजि ग्रेडरहरु उपलब्ध गराएको छ । यी ग्रेडरहरु प्राविधिक रुपमा सर्वोत्कृष्ट हुनाको साथै कडा क्वालिटी नियन्त्रण प्रक्रिया अन्तर्गत उत्पादन गरिएका छन् । मोडल ९१३८ मा तीन प्रकारका ब्लेडहरु ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् भनें ९१८० मोडल १३ फिट र १५ फिट साइजका ब्लेडहरुयुक्त छन् । यसैगरी यो ग्रेडरमा रिपर, स्क्यारिफायर र वातावनुकुलित क्याबिन जस्ता सुविधाहरु प्नि रहेका छन् । विगत १०० वर्षदेखि विश्व बजारमा आफ्नो पहिचान कायम गर्न सफल रहँदै आएको एसडिएलजि ग्रेडरहरु नवीन खोज र डिजाइनका लागि विश्वमै प्रमाणित भैसकेका छन् । यो ग्रेडरमा विद्यमान थप विशेषताहरुमा च्यासिसको अग्रभागमा क्याबिन हुनु हो जसले काम गरिरहेको अवस्थालाई अवलोकन गर्न सहजता प्रदान गर्दछ यसले गर्दा कार्य क्षमता र काम सम्पादन पनि अझ राम्रो गर्न सकिन्छ । आरओपिएस र एफओपिएस मोडल ९१९० का स्तरीय विशेषताहरु हुन् । पछाडीको एक्सल नचिप्लने, अलग्गै खाले एक्सलका साथ जडान गरिएका छन् । तीन थरीका पावर मोड र स्वचालित क्रुज नियन्त्रकले सर्वोत्कृष्ट कार्य उपयोगिता र ग्रेडर योग्यता उपलब्ध गराउन मद्दत गर्दछ । सानडोङ लिङगोङ मेशिनरी क.लि.(एसडिएलजि) को स्थापना सन् १९७२ मा भएको थियो र यो निर्माण उपकरणहरु उत्पादन गर्ने चिनीयाँ कम्पनीहरु मध्येको एक अग्रणी कम्पनी हो र यसले एसडिएलजि ब्राण्डबाट बजार प्रवद्र्धन गर्दैै आएको छ । कम्पनीले आफ्नै विश्व स्तरीय निर्माण प्रविधि लिङगोङ उत्पादन प्रणालीको प्रयोग गर्दे आएको छ, जसबाट कम्पनीका ह्वील लोडर्स, ब्याकहो लोडर्स र सडक उपकरणको क्वालिटी, क्षमता र विश्वसनीयता सुनिश्चित् गर्न सक्षम भएको छ । सन् २००६ मा एसडिएलजिले भोल्भो समुहसँग सहकार्य गरेपछि कम्पनीलाई व्यवस्थापकीय अनुभव र प्राविधिक सहयोगमा उत्तम अन्तर्राष्ट्रिय इन्टरप्राइजेजको साथ प्राप्त भएको छ । यो सहकार्यको कारण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन सफलता हासिल गरेको छ । यसैगरी सन् २००७ मा भोल्भो कन्स्ट्रक्सन इकवीपमेन्टले एसडिएलजिमा थप लगानी गर्ने सम्बन्धमा एक सम्झौता गरेपछि एसडिएलजिको उत्पादन क्षमता अभिवृद्धि गर्नमा अझ सहयोग पुग्यो । अतः एसडिएलजि र भोल्भो बिच भएको सहकार्यबाट एसडिएलजिलाई तीव्र रुपमा विकास गर्न थप उत्साह प्राप्त भएको छ ।  

एसियाली पूर्वाधार बैंकले नेपालमा एक खर्ब लगानी गर्ने, मधेसको बस्ती विकासमा मात्रै २८ अर्ब खर्चदैँ

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ । दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन गएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा उल्लेख्य रुपमा लगानी गर्ने प्रतिबद्धता जनाएको हो । मन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालमा लगानीका लागि बैंक इच्छुक देखिएको बताए । सो परियोजनामा रु एक खर्ब  भन्दा बढि लगानी गर्ने बैंकले जनाएको छ । विगत २० वर्षदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार हुन नसकेको, प्राविधिक चुहावट बढेको तथा थप विस्तार तथा विकासका लागिसमेत समस्या भएपछि सरकारले सुधारको कार्ययोजना अगाडि बढाएको थियो । अर्थमन्त्री कार्कीले सो परियोजनामा बैंकले केही समयभित्रै रकम उपलब्ध गराउने वचन दिएको जानकारी दिए । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार गर्ने परियोजनाका विषयमा लामो समयदेखि छलफल भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको सन्दर्भमा एसियाली पूर्वाधार लगानी बैंकका अलावा एसियाली विकास बैंकले लगानी गर्ने भएका हुन् । यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण परियोजनामा समेत बैंकले रु २८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले जानकारी दिए । तराई मधेसका २२ जिल्लामा सो कार्यक्रम लागू भएपनि पूर्वाधार बैंकले पहिलो चरणमा सात जिल्लामा लगानी गर्नेछ । सो परियोजनामा बैंकले २८ अर्ब रुपैयाँ लगानी गर्दैछ । चालु आवको बजेट वक्तव्यमा सरकारले सो परियोजनामा रु ५० करोडका दरले लगानी गर्ने कार्यक्रम राखेको छ । अर्थमन्त्री कार्कीकाअनुसार काठमाडौँ सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सुरुङ मार्गमा समेत पूर्वाधार बैंकले लगानी गर्ने भएको छ । सरकारको प्रस्तावअनुसार सो परियोजनामा बैंकले रु २६ अर्ब लगानी गर्नेछ । यसैगरी बैंकले पोखरा–बेनी–जोमसोङ सडकलाई स्तरोन्नति गर्ने परियोजनाका लागि रु १६ अर्ब लगानी गर्ने भएको छ । उक्त सडकको स्तरोन्नतिपछि प्रदेश नं ४ कै आर्थिक विकास र नेपाल–चीनबीच सम्पर्क सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । यस्तै बैंकले जलविद्युत् परियोजनामा समेत लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्थमन्त्री कार्कीले शारदा बबई जलविद्युत् आयोजनामा रु २० अर्ब लगानी गर्ने विषयमा प्रक्रिया अगाडि बढेको बताए। सो परियोजनाको क्षमता ९३ मेगावाटको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको ८७ मेगावाट क्षमताको तामाकोसी पाँचौँमा समेत बैंकको रु १८ अर्ब लगानी हुनेछ । सो परियोजनामा लगानी गर्ने सम्बन्धमा पनि बैंकले सहमति जनाएको छ । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार र तराई मधेसको व्यवस्थित सहरीकरणसम्बन्धी परियोजना तत्काल अगाडि बढ्ने र अन्य परियोजना क्रमशः प्रक्रियामा जानेछन् । अर्थसचिव शान्तराज सुवेदीले सरोकारवाला मन्त्रालयले जतिसक्दो चाँडो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर उपलब्ध गराउँछन् त्यत्ति नै छिटो रकम उपलब्ध हुने जानकारी दिए । अर्थमन्त्रालय र लगानी बोर्डले परियोजना बैंक बनाउन लागेको जानकारी दिँदै अर्थसचिव सुवेदीले राम्रा र सहज आयोजनामा पूर्वाधार बैंकले लगानी गर्ने वचन दिएको उल्लेख गरेका छन् । बैंकमा बेलायत क्यानडा, चीनले लगानी गर्ने तयारी गरेको सन्दर्भमा थपिएको लगानी अल्पविकसित देशमा लगानी गर्ने कार्ययोजनासमेत अगाडि बढेको र नेपालले विशेष फाइदा लिन सक्ने सचिव सुवेदीको भनाइ छ । दक्षिण कोरियामा रहँदा अर्थमन्त्री कार्की नेतृत्वको प्रतिनिधिमण्डलले बैंकका अध्यक्ष, उपाध्यक्ष एवम् अन्य देशका जिम्मेवार पदाधिकारीसँग लगानीका विषयमा छलफल भएको अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए । दातृ निकायले उपलब्ध गराउने रकमको उचित सदुपयोगका लागि अनुगमन तथा मूल्याङ्कन प्रणालीमा मन्त्रालयले विशेष जोड दिने तयारी गरेको सो अवसरमा जानकारी दिइयो । पूर्वाधार बैंकले अङ्गीकार गरेको ‘छरितो, स्वच्छ र हरित बैंक’को अवधारणा बमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून वा शून्य कार्बन उत्सर्जन गर्ने परियोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्ति गर्नेबारेमा छलफल भएको थियो । बैठकको उद्घाटन दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले गरेका थिए भने अध्यक्षता दक्षिण कोरियाका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री यो आइ होले गरेका थिए । लगानीका क्षेत्रहरु मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरणमा २८ अर्ब काठमाडौंदेखि नुवाकोटसम्मको सडक स्तरोन्नतीका लागि २६ अर्ब सारदा बबई जलविद्युत् आयोजनमा २० अर्ब तामाकोशी पाँचौ जलविद्युत्मा १८ अर्ब पोखरा बेनी जोमसोम सडक स्तरोन्नतीका लागि १६ अर्ब विद्युत् वितरण प्रणाली सुधारमा १० अर्ब

नेप्से २० अंकले झर्यो, सबै समूह राताम्मे

काठमाडौं । नेप्से परिसूचक २० अंकले ओरालो लागेको छ । सोमबार नेप्से दोहोरो अंकले ओरालो लागेर १५५५ दशमलब १६ अंकमा अडेको छ । सो दिन ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १३७ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४२ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, विकास बैंक, बैंकिङ, हाइड्रो, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः २३, २१, २०, १८, १६ र १० अंकले ओरालो लागेका छन् । अन्य समूहको परिसूचक भने सामान्य २ अंकले घटेको छ ।

नेको इन्स्योरेन्सको ३८ लाख ८८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेको इन्स्योरेन्सको ३८ लाख ८८ हजार ५२३ कित्ता सेयर सूचिकृत भएको छ । सोमबार मात्रै कम्पनीको ३२ लाख ४० हजार कित्ता बोनस र ६ लाख ४८ हजार कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

एनआईसी एशिया बैंकको थप नयाँ शाखा दाङ्को घोराहीमा

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो ९२ औं शाखा दाङ्ग जिल्ला स्थित घोराहीमा सञ्चालन गरेको छ । सोमबार एक समारोहका बिच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेद्वारा उद्घाटन भएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी, कुहिएको अवस्थामा नौ किलो मासु नष्ट

काठमाडौं । नियमविपरीत सञ्चालित गुह्येश्वरीमा रहेको सिन्धु तातोपानी कोल्ड स्टोरलाई सोमबार सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा नौ किलो मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो । अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा मासु बिक्री गर्ने स्थानमा नै अन्य खानाहरु पकाएको, दर्ता नवीकरण नभएको, नापतौल प्रमाणीकरण नभएको र अत्यन्तै फोहर पाएपछि अनुगमन टोलीले सिलबन्दी गरी तीनदिनभित्र विभागमा आउन निर्देशन दिएको हो । विभागले आज नै जोरपाटी नयाँबस्तीमा रहेको राजेश कोल्ड स्टोर, न्यू हलेसी मिटसप, अपेक्षा मिट सप, कोइच फ्रेस हाउस, न्यू तामाङ मिटसपको पनि अनुगमन गरेको छ । सो क्रममा ती पसलहरु दर्ता प्रमाणीकरण नगरेको, नापतौल प्रमाणीकरण नगरेको र अत्यन्तै फोहर रहेकाले सात दिनभित्र विभागमा आउन निर्देशन दिएको संयोजक पोखरेलले जानकारी दिए । विभागले गत जेठ २३ गतेदेखि विशेष अनुगमन गरिरहेको छ । विभिन्न छवटा समूह बनाई अनुगमनको निरन्तरता दिइरहेका छन् । खाद्य र खानेपानीमा अनुगमनले सकारात्मक प्रभाव पारेर सुधार आए पनि माछा मासुका क्षेत्रमा मरेको कुखुरा काटेर बेच्ने, किरा परेको मासु बेच्ने कार्यमा अझै न्यूनीकरण हुन नसकेको जनाएको छ । रासस