विकासन्युज

केयुकेएलका महाप्रबन्धकलाई खानेपानी सचिवले निकाले कार्य कक्षबाटै

काठमाडौं । उपत्यका बासीका धारामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रबन्धकलाई खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम उपाध्यायले कार्यकक्षबाट बाहिर निकालेका छन् । केयुकेएलमा भैरहेका अनियमितताहरु सार्वजनिक गरिरहेका सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका महाप्रबन्धक भट्टराईको मानसिकता असन्तुलित देखिएकाले कार्यकक्षबाटै बाहिर निकाल्नु परेको सचिव उपाध्यायले स्पष्ट पारेका छन् । मन्त्रालयले महाप्रबन्धक भट्टराईलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएपछि उनी सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका थिए । तर सचिव उपाध्यायलाई गालीगलौज गर्न थालेपछि भट्टराईलाई कार्यकक्षबाटै निकालेको सचिव उपाध्यायले फेसबुकमा लेखेका छन् । ‘‘केयुकेएलमा अनेक गल्ति र अनियमितता गरेकोमा कार्यवाही हुने भएपछि केयुकेएलका महाप्रवन्धक महेश भट्टराइ सचिवको कार्यकक्षमा आक्रोशित हुदै झगडा गर्न आएका थिए । उनको मानसिकता असन्तुलित देखिएकोले तत्काल कार्यकक्षबाट बाहिरिन आदेश दिनु परेको थियो ।’, उपाध्यायले आफ्नो फेसबुकमा लेखेका छन् । जथाभावी बैठक राखेको, अनावश्यक रुपमा विदेश भ्रमणमा गएको, कानुन शाखामा कर्मचारी हुँदा हुँदै २ जना कानुनी सल्लाहकार भर्ना गरेको र थपस्वतन्त्र कानुन व्यावसायी भर्ना गरेको, खानेपानी वितरणमा अनियमितता गरेको, कर्मचारी नियुक्तीको फाइल अघि नबढाएको लगायतका आरोप सहित मन्त्रालयले महाप्रबन्धक भट्टराईमाथी कारवाही गर्न लागेको छ ।  

सिद्धार्थ र नेपाल बङ्गलादेश बैंकको हकप्रद सेयर लिलामीमा, असार १४ गतेदेखि आवेदन खुला

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक र नेपाल बङ्गलादेश बैंकको गरी १८ लाख ४५ हजार ५५६ कित्ता सेयर लिलामीमा रहेको छ । सो मात्राको सेयरको लागि दुबै बैंकले असार १४ गते(भोली) देखि बिक्री खुला गरेका छन् । सिद्धार्थ बैंकको ८ लाख ५७ हजार ४३६ कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीको ४ लाख ५ हजार ८८८ कित्ता संस्थापक र ४ लाख ५१ हजार ५४८ कित्ता सर्वसाधारण सेयर गरि सो मात्राको सेयर लिलामीमा आएको हो । कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा संस्थापक र सर्वसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको ८ लाख ५७ हजार ४३६ कित्ता सेयरहरु लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर असार १४ गतदेखि खुला गरिने छ । साथै, असार २१ गतेसम्ममा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवदेन गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ९ लाख ८८ हजार १२० कित्तासेयर लिलामीमा आएको छ । बैंकको १९ हजार ५११ कित्ता संस्थापक र ९ लाख ६८ हजार ६०८ कित्ता सर्वसाधारण सेयर गरी सो मात्राको सेयर लिलामीमा राखेको हो ।बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म निष्काशन गरेको हकप्रद सेयरमा सर्बसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । कम्तिमा १०० कित्तादेखि लिलामीमा राखिएको सबै सेयरको लागि एकै व्यक्तिले आवदेन गर्न सक्ने बैंकले जनाएको छ । असार २१ गतेसम्ममा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा आवदेन गर्न सकिनेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९३० रुपैयाँ

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ९३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ९२३ रुपैयाँ रहने भएको छ ।

उदयपुरका चार हजार परिवार नदी कटानको उच्च जोखिममा

गाईघाट । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाम लागेपछि त्रियुगा र बरुवा नदीको बाढीका कारण उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा र त्रियुगा नदी आसपास बसोबास गर्दै आएका आधा दर्जन गाउँका चार हजार घरपरिवार नदी कटानको उच्च जोखिममा पर्दै आएका छन् । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा सो नगरपालिकाको वडा नं १२ स्थित बोटटोल, बगरटोल, भुल्के, साधना टोलसहित नगरको वडा नं ७ को पोर्ताह, लक्ष्मीपुर र असारी क्षेत्रका झन्डै चार हजार घरपरिवार दुुबै नदीबाट हुने कटानको उच्च जोखिममा पर्दै आएका हुन् ।। पोर्ताहका गणेबहादुर कार्की भन्छन्, “अहिलेसम्म पनि नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएको छैन, जब रातिको समयमा वर्षा हुन्छ, हामी सबै टोलवासी जागा भएर रात काट्न थालेका छौँ, कतिखेर बरुवा नदीको बाढी गाउँमा प्रवेश गर्ने हो भन्ने चिन्ताले गाउँलेलाई भोक र निद्रा नै हुँदैन ।” लक्ष्मीपुरका देवकृष्ण चौधरीको गुनासो पनि उस्तै छ, उनले भने, “आफूहरु बरुवा र त्रियुगा नदीको घेराभित्र बसोबास गर्दै आएका छौँ, जब आकासमा गड्याङगुडुङ गर्न थाल्छ गाउँले दिनरात डर र त्रासमा बस्नुपर्छ, कतिखेर बरुवा र त्रियुगाको बाढी गाउँमा छिर्छ भन्ने चिन्ताले आफूहरुलाई सताउने गर्छ ।” वर्षा लागेसँगै खेती गर्ने याम आएकाले वर्षा हुनु राम्रो भए पनि आफूहरुलाई भने वर्षा नभए पनि हुन्थ्यो जस्तो लाग्ने गरेको अर्का स्थानीय बासिन्दा भिखन चौधरीले बताए ।  अहिलेसम्म यस क्षेत्रमा त्रियुगा र बरुवा नदीले झन्डै एक हजार ५०० बिगाहा नम्बरी जग्गा कटान गरिसकेको अर्का स्थानीयबासी सेतु चौधरीको गुनासो छ । नदी नियन्त्रण गर्न आफूहरुले सम्बन्धित निकायलगायत त्रियुगा नगरपालिकादेखि संसद्सम्म पुग्दा पनि यसमा उचित सुनुवाइ नभएका कारण आफूहरु लामो समयदेखि वर्षायाममा नदी कटान र बाढीको चपेटामा बाँच्दै आउनुपरेको पोर्ताहका कुमार खड्काले बताए । स्थानीय जनताले आफैँले रकम सङ्कलन गरेर पनि सामान्य तटबन्ध बनाउन पहल सुरु गरेपनि पर्याप्त तार तथा जालीको अभाव र पुग्दो राकमको जोहो गर्न नसक्दा वर्षायाममा आफूहरुले कष्ट भोग्दै आउन परेको स्थानीयवासी बताउँछन् । त्रियुगा नगरपालिका–१२ जनप्रेमी निमाविका प्रधानाध्यापक शैलेन्द्र खतीवडाका अनुसार आफूहरुले पुरानो गाईघाट, बगरटोल, लक्ष्मीपुर, पोर्ताह क्षेत्रमा त्रियुगा र बरुवा नदीको कटान नियन्त्रण गर्न जिल्लाका सांसददेखि मन्त्रीहरुसंग पनि गुनासो राखिसकेका छौँ तर अहिलेसम्म आश्वासनबाहेक अरु केही पाउन सकिएन, बर्खा लाग्नासाथ आफूहरु असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । प्रत्येक वर्ष बर्खा लाग्नासाथ त्रियुगा र बरुवा नदीको बाढी गाउँमा प्रवेश गर्ने र नम्बरी जग्गा कटान गर्ने पीडा भोग्दै आएका यस क्षेत्रका जनताले यस वर्ष पनि समयमा नदी नियन्त्रणको पहल नहुँदा नदी कटानको समस्या झेल्नु पर्ने अवस्था आएको बताउँछन् । बर्खा लागिसकेका कारण जुनसुकै बेला पनि बाढी आउन सक्ने र धेरै क्षति हुन सक्ने भएकाले यस क्षेत्रमा चार हजार घरपरिवार वर्षेनि असुरक्षित महशुस गर्नुपरेको हो अहिलेसम्म यस क्षेत्रमा त्रियुगा र बरुवा नदीले एक हजार ५०० बिगाहाभन्दा बढी नम्बरी जग्गा तथा घर कटान गरेकाले ५०० भन्दा बढी विस्थापित भइसकेको लक्ष्मीपुर उच्चमावि व्यवस्थापन समितिका अध्यक्ष समुद्री चौधरीले बताए । रासस

स्कूलको चिठ्ठी पढेर महान् वैज्ञानिक थोमस किन रोए ?

काठमाडौं । विजुलीको बल्वका आविष्कारक तथा महान् वैज्ञानिक थोमस अल्वा एडिसनले भनेका छन् “हाम्रो सबैभन्दा ठूलो कमजोरी हो हार मान्नु । उनका अनुसार सफल हुने एकमात्र तरिका छ, त्यो हो ”एक पल्ट फेरि प्रयास गर्नु ।” यिनै महान् वैज्ञानिकको स्कूल जीवन, स्कूलले लेखेको चिठ्ठी र त्यसले थोमस र उनकी आमालाई रुवाएको विषय संसारभर निकै चर्चा हुने गरेको छ । थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा अमेरिकाको ओहायो शहरमा भएको थियो । उनलाई सानोमा सबैले मन्दबुद्धि भन्ने गर्दथे । शिक्षकले कक्षामा पढाउँदा उनी ध्यान दिँदैनथे र आप्mनै संसारमा हराइरहन्थे । एकदिनको कुरा हो उनी स्कुलबाट घर आए र आमालाई एउटा चिट्ठी दिँदै भने – ‘आमा, यो चिट्ठी टिचरले हजुरका लागि पठाउनुभएको हो । आमाले तुरुन्तै चिट्ठी पढिन् । चिट्ठी पढिसकेर उनी रुन थालिन् । आमा रोएको देखेर एडिसनले सोधे –‘आमा, चिट्ठीमा त्यस्तो के लेखेको छ ? हजुर त रुन पो थाल्नुभयो ।’ आमाले आँशु पुछ्दै भनिन्, ‘चिट्ठीमा लेखेको छ “तपाईंको छोरा अत्यन्तै बुद्धिमान् र प्रतिभाशाली छ । हाम्रो स्कुल तल्लो लेवलको हो र टिचरहरु पनि त्यति राम्रा छैनन् । त्यसैले हामी तपाईंको छोरालाई पढाउन सक्तैनौं । अब आफ्नो छोरालाई तपाईं आफैं पढाउनुस् ।” आफ्नो बयान सुनेर एडिसन धेरै खुशी भए । उनलाई आमाले घरमै पढाउन थालिन् । भनिन्छ नि, ‘हरेक सफल व्यक्तिको पछाडि एउटी महिलाको हात हुन्छ । एडिसनका लागि ती महिला अरु कोही होइन, उनैकी आमा थिइन् । धेरै वर्षपछि उनकी आमाको निधन भयो । त्यसवेला सम्ममा विभिन्न किसिमका आविष्कारहरु गरेर एडिसन प्रख्यात वैज्ञानिक बनिसकेका थिए । एकपल्ट उनले केही खोज्ने क्रममा घरमा भएको दराजको एउटा कुनामा त्यो पुरानो चिट्ठी भेटे र उत्साहित हुँदै पढ्न थाले । चिट्ठी पढिसकेपछि उनी धेरै वेर रोइरहे । शिक्षकले उनकी आमालाई लेखेको त्यो चिट्ठीमा त्यस्तो के लेखेको रहेछ र उनी रोएका रैछन् त ? त्यो चिट्ठीमा लेखिएको थियो –‘तपाईंको बच्चा मन्दबुद्धिको छ । उसलाई अबदेखि स्कुल नपठाउनुस् । ऊ हाम्रो स्कुलमा पढ्ने लायकको छैन । एडिसनले रुँदै आफ्नो डायरी निकाले र लेखे–‘एक महान् आमाले मन्दबुद्धि बच्चालाई शताब्दीकै महान् बैज्ञानिक बनाइ दिइन् ।’ त साथी, आमाले आफ्नो मनमा भरिदिएको आत्मविश्वासका कारण एडिसनलाई केही गरेर देखाउन सक्छु भन्ने अठोट जाग्यो । फलस्वरुप, हजारौं असफल प्रयोग पश्चात पनि हरेश नखाइकन बल्वको आविष्कार गरेर यो संसारलाई उज्यालो पार्ने काम गरे । त्यस बाहेक उनले टेलिग्राम, चलचित्र, माइक्रोफोन लगायत एकहजार भन्दा बढि आविष्कार गरे । सन् १९३१ म जब उनको मृत्यु भयो, सो दिन पूरै अमेरिका भरी उनको सम्मानमा बत्ती निभाइएको थियो ।

तीन वटा जहाज थन्किँदा श्री एयरलाइन्सलाई करोडौ घाटा, प्रक्रिया पूरा नगरे एक वर्षसम्म अनुमति दिँदैनौः उड्डयन प्राधिकरण

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले पहिलोपटक नियमित उडानमा जाने गरी फिक्स विंग्स (पंखा जडित) तीन वटा जहाज ल्याएको छ । यसले पहिलो जहाज चैत ३० दोस्रो बैशाख १६ र तेस्रो जहाज गत शुक्रबार काठमाडौं ल्याइसकेको छ । जहाज ल्याएको २ महिनासम्म पनि उडान अनुमति नपाउँदा र जहाजलाई विमानस्थलमा थन्काउनुपर्दा कम्पनीले करोडौ घाटा खानुपरेको छ । यो वायुसेवाले २ महिनादेखि विमानस्थलमा गरेको जहाज ल्याण्डिङ पार्किङमै करोडौ रुपैयाँ खर्च गर्नुपरेको छ । जहाज उडान आफैंमा महंगो र खर्चालु हुने भएकोले एक दिन नउड्दा पनि करोडौ घाटा लाग्छ । महिनौसम्म उड्डन नपाउनु भनेको त निकै ठूलो घाटा हो, कति लाग्यो भनेर हामीले हिसाव नै निकालेका छैनौ, श्री एयरलाइन्स स्रोतले भन्यो । यो वायुसेवा दिनरात जहाज कसरी छिटो उडाउन सकिन्छ भनेर लागि परेको छ । तर, हवाइ उडान क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने आवश्यक प्रक्रिया र मापदण्ड पूरा नभएको भन्दै जहाजलाई अझै उडान अनुमति दिएको छैन । चार वर्ष अगाडि नेपाली वायुसेवा युरोपेली युनियनले उड्डयन सुरक्षा सूची अर्थात कालोसूचिमा राखेको छ । यसबाट अझै बाहिर आउँन नसेकाले आवश्यक नियमनका लागि भन्दै प्राधिकरणले आन्तरिक वायुसेवालाई कडाइ गरिरहेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्ठयन संगठन (आइकाओको) आइसीभिएम टोलीले निरिक्षण गरिरहेको भन्दै उडान अनुमतिमा कडाई गरिरहेको छ । प्राधिकरयणले अहिले पनि मिसेल नामका फ्रान्सेली नागरिकलाई फ्लाइट अपरेशन एक्पर्टका रुपमा राखिरहेको छ । यसलाई ६ महिनाको लागि ल्याएको र यसले काम गरिरहेको ४ महिना भएको प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलले जानकारी दिए । उनका अनुसार एक्पर्टले दिएको सुझाव र मागेको आवश्यक कागजात नपुगेसम्म श्रीलाई अनुमति दिन सकिदैन । उनका अनुसार आवश्यक प्रक्रिया जुनसुकै वायुसेवाले पनि पूरा गर्ने पर्छ । यस अघि हेलिकोप्टर कम्पनीले पनि पाँच छ महिनासम्म अनुमति पाएका थिएनन् । जहाज ल्याएरै आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने भएकोले छ महिना एक वर्षको व्याकअप राखेर र सोही अनुसार तयारी गरेर मात्रै आउनुपर्ने पोखरेलको भनाइ छ । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गर्न जति समय लाग्यो उति नै छिटो अनुमति पाउने हो । एक वर्ष लगायो भने त्यतिबेला सम्म जहाज उड्न पाउँदैन, उनले भने । तर, श्री एयरलाइन्सले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ । यसले अनुमति पाउने अन्तिम तयारीमा रहेको छ । प्राधिकरणले तोकेको मापदनण्ड अनुसार चौथो चरणको प्रक्रिया पूरा गरेर पाँचौमा गएको छ । पाँचौ पार गरेपछि अनुमति पाउने दाबी पनि प्राधिकरणको छ । प्राधिकरणले भने निर्णय नगर्ने र विदेशीले जे जे भन्यो त्यही गर्न लगाएर वायुसेवा कम्पनीलाई अनुमतिमा ढिलाइ गरिरेको छ ।  अर्बको लगानीलाई वेवास्था आन्तरिक वायुसेवामा एकैपटक तीन वटा जहाज ल्याएर उडान सुरु गर्न लागेको यो वायुसेवाको योजना अन्तर्राष्ट्रिय उडानमा पनि जाने छ । यो वायुसेवाले एक अर्ब लगानी गरेको जानकारी दिएको छ । हाल यसले २५० जनालाई रोजगारी नै दिँदै छ । यसले जहाज उडान, कर्मचारी व्यवस्थापन, पाइलट इन्जिनियर तथा क्याविन क्रुको तयारीसहितको अब्बल कम्पनी बनाउन उक्त लगानी गरिरहेको उल्लेख छ । यो वायुसेवालाई नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उडयन सुरक्षा विभागले उडान संचालन अनुमति (एओसी) नदिदाँ श्री ले तयारी अवस्थामा राखिसकेको ३ वटा जहाज विमानस्थलमै थन्किरहेको हो । यो वायुसेवासँग बम्वार्डियर सिआरजे—२०० मोडेलका ५० सिट क्षमताको दुई र अर्को एनआरले नामकाके ७० सिट क्षमतको एक जहाज भएको छ । १७ वर्षदेखि हेलिकोप्टरवाट सेवा दिइरहको यो कम्पनीले नियमित उडानका जहाज पनि संचालन गर्न ३ वटा जहाज ल्याइसकेको छ । नेपाली आकासमा थप सेवा र सुविधा दिने तथा आन्तरिक हवाई यात्रुको लागि थप विकल्प दिन लागेको यो कम्पनीले भने आफ्नो तर्फबाट सबै प्रक्रिया अगाडि बढाइसकेको छ । प्राधिकरणले यसको डकुमेन्ट मूल्यांकन ढिलो गरेका कारण उडान अनुमति पाउन ढिलो भएको पनि उल्लेख छ । किन पाएन श्रीले उडान अनुमति ? नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले झन्डै चार वर्षअगाडि सूरक्षा सूची अर्थात कालोसूचिमा राखेको छ । यो सूचीका कारण नेपाली वायुसेवा युरोपेली आकाशमा उडान गर्न पाउँदेन भने युरोपेली नागरिकलाई पनि नेपाली वायुसेवामा चढ्न सम्बिन्धित मुलुकले सचेतना अनपनाउन आग्रह गरेका छन् । यही कारण सो तीन वर्षदेखि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली वायुसेवाको उडान अनुमति (एओसी)मै कडाई गरिरहेको छ । जसका कारण नयाँ वायुसेवालाई एओसी पाउनै हम्मेहम्मे पर्ने गरेको छ । सोही अनुसार श्रीले पनि अनुमति नपाएको प्राधिकरणको भनाइ छ । आन्तरिक उडानका वायुसेवा कम्पनीका अनुसार मन्त्रालयबाट इजाजतपत्र पाएको एक वर्षसम्म हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन दौडधूप गर्नुपर्ने बाध्यता रहेको छ भने जहाज आएको ६ महिनासम्म उडान अनुमति लिनमै लाग्ने भएको छ । नेपालका वायुसेवामाथि पछिल्लो समय कडा निगरानी हुन थालेको छ । कालोसूचिमा परेदेखि नेपालमा दर्ता हुने नयाँ वायुसेवाले अनुमति पाउन झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने र लामो समय लाग्ने गरेको पनि छ । नेपालमा दर्ता हुने नयाँ वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पूर्व आवेदन, औपचारिक आवेदन, कागजपत्र मूल्यांकन, जहाजको परिक्षण उडान तथा निरीक्षण र उडान अनुमति पत्र गरेर विभिन्न पाँच चरण पार गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ । यो पाँचवटै चरण पार गरेको अवस्थामा मात्रै नयाँ वायुसेवाले एओसी पाउने प्राधिरणको हवाई उड्डयन सुरक्षा विभागको भनाइ छ । वायुसेवाको उडान योग्यताको लागि आवश्यक सबै प्रकृया पूरा गरेपछि मात्रै अनुमति दिने गरिएको छ । प्राधिकरणले पछिल्लो समय हवाई क्षेत्रको नियमनका लागि आफ्ना कजोरी लुकाउन वायुसेवा कम्पनीलाई निकै कडाइ गरेको निजी क्षेत्रका वायुसेवा कम्पनीको भनाइ छ । एक निजी वायुसेवा कम्पनीका अनुसार पछिल्लो समय प्राधिकरणले वायुसेवाको उडान संचालन एओसीमा निकै कडाइ गरेको पनि उल्लेख छ । एक निजी वायुसेवा कम्पनीका अनुसार प्राधिकरणले आइकाओको विशेषज्ञ टोली राखेर आवेदन मूल्यांकन गर्ने र उसैले भनेअनुसार मात्रै काम गर्ने गरेको छ । प्राधिकरणको आफैंले गर्ने निर्णय क्षमता कमजोर रहेकोले पनि अर्काको भर पर्दा कडाइ हुने र समयमा नै अनुमति पाउन नसकिने उल्लेख छ । प्राधिकराले गरेको कडाइ अनुसार हवाई क्षेत्रको सुधार भने हुन सकेको छैन ।  

मतदाता नामावलीमा शेरबहादुर देउवाको नाम लहरै ९ वटा, असली देउवा छुट्याउँने कसरी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् ।  असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् । असली देउवा अर्थात प्रधानमन्त्रीको नाम छुट्याउन भने उनको नागरिकता नम्बर ३५५३४६१ र उनको बाबु प्रसादसिंह देउवा नै हेर्नुपर्छ । नेपाल समाचारपत्र दैनिकबाट ।

लुम्बिनी जनरल इन्स्योरेन्सको शत् प्रतिशत हकप्रद निष्कासन, ३९ लाख कित्ता हकप्रदको आवेदन असार ३० देखि

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शत् प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो बीमा कम्पनीले ३९ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ । प्रति कित्ता एक सय रुपैयाँ अंकित यो सेयर को लागि यही असार १२ गतेभित्र कारोबार गरेको शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । यो बीमा कम्पनीले आफ्नो ३९ करोड रुपैयाँको चुक्ता पुँजीमा सोही अनुपतामा पुँजी बृद्धि गर्न १ः१ अर्थात एक सेयर बराबार नयाँ एक सेयर नै खरिद गर्नपाउने गरी हकप्रद निष्कासन गरेको हो । यसको सेयर आवेदनका लागि यही असार ३० देखि भदौ १ गतेभित्र दिनुपर्ने भएको छ । यसको हकप्रदको आवेदन सीबीआईएल क्यापिटल डिल्लीबजार, सिटिजन इन्टरनेशनल बैंक उपत्य र बाहिरका शाखा र एस क्यापिटल लालदरबारबाट आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो ।