विकासन्युज

संकटा सहकारीको एटिएम सेवा

काठमाडौं, ९ असोज । न्यूरोड स्थित संकटा बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, अनुमानित बजेट तथा कार्यक्रम लगायतका विभिन्न निर्णयहरु पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभामा उद्योग मन्त्री नविन्द्रराज जोशीको प्रमुख आतिथ्यता र सहकारी बैंकका प्रवन्ध संचालक केबी उप्रेतीको विशेष आतिथ्यता रहेको थियो । संस्थाले ठूलो उतार चढाब पनि पार गर्दै सहकारीहरुको माझमा संकटालाई छुट्टै पहिचान बनाउन सकेको संस्थाका अध्यक्ष उत्तमबहादुर सिंहले बताए । बचत तथा ऋणमा मात्र केन्द्रीत नभई संकटा चालकलाई मालिक बनाउने उद्देश्यले सफा टेम्पोमा लगानी, सुपथ मुल्य पसल संचालन, नयाँ नयाँ प्रविधि, संचारमा लगानी लगायतका काममा अगाडी रहेको जानकारी दिए । आर्थिक वर्ष २०७२÷७३ मा संस्थाको शेयर पूँजी तर्फ ५ करोड ४ लाख ८ हजार रहेको छ । असार मसान्तसम्म संस्थाले ८८ करोड ७४ लाख १२ हजार निक्षेप संकलन गरेको छ भने लगानी ६८ करोड ३७ लाख ६१ रहेको छ । एटिएम सेवा सुरु संकटा सहकारीले सदस्यहरुको सुविधाको लागि नेपालै पहिलो पटक एटिएम सेवा शुरु गरेको छ । सहकारीले लक्ष्मी बैंकसंगको सहकार्यमा माइक्रो एटिएम मोबाईल सेवा शुरु गरेको हो । शुक्रबार सम्पन्न संस्थाको १७ औं बार्षिक साधारणसभाबाट यस सेवाको शुरु गरिएको हो । संस्थाका प्रवन्ध संचालक विन्देश्वर श्रेष्ठका अनुसार अब सदस्यहरुले सहकारीको हरेक कारोबार आफ्नै मोबाईलबाट गर्न सकिने पनि जानकारी दिए ।

सहारा विकास बैंकमा साढे तीन करोडको लगानी अवसर, ३ लाख ५४ हजार कित्ता हकप्रद शेयर निष्कासन

काठमाडौं ९, असोज । सहारा विकास बैंक लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित ३ लाख ५४ हजार कित्ता हकप्रद शेयरको निष्काशन खुला गर्ने भएको छ । यो बैंकले यही असोज १४ गतेदेखि पाँचदिनका लागि हकप्रद शेयरको निष्काशन गर्ने भएको छ । बैैंकले एक कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको हमप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गरेको हो । विकास बैंकको विद्यमान दुई करोड ३६ लाख चुक्ता पूँजीमा एक शेयर बराबार १.५ को अनुपातमा एक सय रुपैयाँ अंकित्त ३ लाख ५४ हजार कित्ता शेरको हकप्रद निष्काशन गरेको बैंकले जानकारी दिएको छ । यो शेयरमा एक सयका दरले साढे तीन करोड रुपैयाँ लगानी हुने भएको छ । यो बैंकको शेयर नेपाल स्टक एक्सचेन्जमा भदौ २१ गतेसम्ममा कारोबार भएको साविकका शेयरधनिको लागि निष्काशन गरेको पनि बैंकले जानकारी दिएको छ । सर्लाहिमा केन्द्रिय कार्यालय रहेको यो बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो । यो बैंकको प्रति शेयर १२ सय ७९ रुपैयाँमा बजारमा कारोबार भइरहेको छ । यो बैंकको २ लाख ३६ हजार कित्ता शेयर नेपाल स्टक एक्जेन्जमा सूचिकृत भैसकेको छ । यो शेयर अनुसार बैंकको पूँजी ३० करोड १८ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मनमोहनका नाममा, मनमोहन चिकित्सा विज्ञान अन्तर्गत वीर हस्पिटल

काठमाडौं ९, असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नाम परिवर्तन हुने भएको छ । यसको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राख्ने निर्णय शनिबार बसेको सिनेट बैठकले गरेको हो। पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट उक्त नाम राख्ने प्रस्ताव स्वास्थ्य मन्त्री गगन थापाले गरेका थिए। वीर न्याम्स अन्तर्गतको अस्पताल हो।  डाक्टर गोविन्द केसीका माग कार्यान्वयन भइरहेको भन्दै उनले घोषणा गरेको अनसन स्थगित गर्न माग गरी असोज ३ गते स्वास्थ्य र शिक्षामन्त्रीले केसीलाई पठाएको पत्रमा यो कुरा उल्लेख थियो। उक्त चिठीमा छलफल भइरहेको यो विषय शनिबार टुंगो लागेको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले सेतोपाटीलाई जानकारी दिए। तर, मनमोहन अस्पतालको सम्पत्ति न्याम्सले किन्ने गरी सरकारले डाक्टर केसीसँग गरेको सम्झौता भने अझै कार्यान्वयन भइसकेको छैन। त्यसको प्रक्रिया सुरु भइसकेको त्यही चिठीमा उल्लेख थियो। यस निर्णयले मनमोहन अस्पतालको सम्पत्ति न्याम्सले किन्ने वातावरण सिर्जना गर्ने सरकारले विश्वास लिएको छ।  पूर्वप्रधानमन्त्री तथा एमालेका नेता मनमोहन अधिकारीको नामबाट एमालेकै सांसद राजेन्द्रपाण्डे लगायतले मनमोहन अस्पताल खोलेका थिए। त्यसलाई मेडिकल कलेज बनाउनकालागि सम्बन्धन लिन उनीहरुले गरेको प्रयासलाई डाक्टर केसीकै आन्दोलनले रोकेको थियो। गोविन्द केसी आठौँपटक अनसन बसे। उनलाई अनसन तोडाउन सरकारले मनमोहन प्रतिष्ठानको विधेयक फिर्ता लिने र अस्पतालको सम्पत्ति न्याम्सले किन्ने वाचा गरेको थियो।  विधेयक फिर्ता लिने र मनमोहनको सम्पत्ति किन्ने प्रक्रिया सुरु भइसकेको स्वास्थ्यमन्त्री थापाले डाक्टर केसीलाई भनिसकेका छन्। डा। केसीले आफ्ना माग पूरा गर्न सोमबारसम्मको अल्टिमेटम दिएका छन्।

मन्त्री बन्न साना दलको दौडधूप, कांग्रेसबाट सात जना राज्यमन्त्री थपिदै

काठमाडौं ९, असोज । सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त रहेपछि साना दलको दौडधुप बढेको आइतबारको राजधानीमा छापिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा नआउने निश्चितजस्तै भएपछि साना दल र तिनका नेताहरु मन्त्री बन्न हतारिएका हुन् । उनीहरुले दशैंअगावै आफूहरुलाई मन्त्री बनाउन पनि दबाब दिइरहेका छन् । अहिले महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ र पशुपन्छी मन्त्रालयसहित चार मन्त्रालय खाली छ । मन्त्री बन्नका लागि साना दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर भेट गरी दबाब दिँदै आएका छन् । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका विजयकुमार गच्छदारको दल फोरम लोकतान्त्रिकले पनि सरकारमा जान दबाब बढाइरहेको छ । पटक पटक मन्त्री र उपप्रधानमन्त्री बनेका गच्छदार स्वयंले उपप्रधानमन्त्रीसहित सरकारमा आउन ठूलै शक्ति प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा उनलाई सरकारमा ल्याउन सकारात्मक देखिएका छैनन् । तर, दाहाल र देउवा फोरम लोकतान्त्रिकलाई दुई ओटा मन्त्रालय भने दिन तयार देखिएका छन् । उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालय पाएको खण्डमा आफै सरकारमा जाने, नपाए पार्टीबाट सरकारमा कसैलाई नपठाउने गच्छदारको भनाइले उनको पार्टीभित्र अहिले चर्को विवाद छ । पार्टीले पाएको दुई ओटा मन्त्रालय लिएर सरकारमा जानुपर्ने अडान राख्दै फोरम लोकतान्त्रिकका वरिष्ठ नेता रामेश्वर राय यादव र जीतेन्द्र देवलगायतका नेताहरुहरु गच्छदारविरुद्ध खुलेरै लागेका छन् । यसले फोरम लोकतान्त्रिकभित्र चर्को विवाद जन्मेको छ । उता, पूर्ववर्ती ओली नेतृत्वको सरकारमा मन्त्री रहेका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र बहुजन शक्ति फोरमका अध्यक्ष विसेन्द्र पासवान पनि सरकारमा जान निकै प्रयास गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सिंहले मन्त्रीबाट राजिनामा दिएका थिए । उनको राजिनामालाई त्यतिबेलै पुनः मन्त्री बन्ने योजनाका रुपमा धेरैले बुझेका थिए । सिंहले केही दिनअघि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई भेटेर आफूलाई मन्त्री बनाउन आग्रह गरेका थिए । सिंहलाई मन्त्री बनाउन प्रधानमन्त्री र देउवा सकारात्मक भएको स्रोतको भनाइ छ । उनले यसअघिकै मन्त्रालय पाउने सम्भावना छ । ययसअघि उनी खानेपानी मन्त्री थिए । ढकाल र पासवान भने अन्तिम समयसम्म पनि मन्त्रीको जिम्मेवारीमा थिए । ‘सरकारमा जति धेरै दलहरुको सहभागिता हुन्छ, त्यति धेरै सरकार बलियो र समावेशी हुन्छ, यो मौकाबाट प्रधानमन्त्री उम्कनु हुँदैन,’ परिवार दलका अध्यक्ष ढकालले राजधानीसँग भने । दाहाल नेतृत्वको सरकारमा साना दलका तर्फबाट राप्रपा र नेकपा ९संयुक्त० सरकारमा गइसकेका छन् । कांग्रले सात जना राज्यमन्त्री थप गर्दै कांग्रेसले सरकरमा थप सात जना राज्य मन्त्री थप्ने तयारी गरिरहेको छ । कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार सोमवार वा मंगलबारसम्म राज्यमन्त्री थपिने छ। कांग्रेस केन्द्रीय सदस्य नभएका सांसदहरुले पनि राज्यमन्त्री बन्न लविङ गरिरहेका छन । केन्द्रीय सदस्य भएकाहरुले भने राज्यमन्त्रीमा जान चासो देखाएका छैनन् । राज्यमन्त्री थप्दा देउवाले भूगोल, महिला, जनजातिलाई प्राथमिकता हेरेर निर्णय गर्ने भएका छन् । खासगरी गृह राज्य मन्त्री बन्न धेरै सांसदहरुले प्रयास गरिरहेका छन् ।

दशैंको मुखमा खाद्यसंकट, दुर्गमका डेढ दर्जन गाँउमा तीन महिनादेखि खाद्यान्न अभाव

काडमाडौं ९, असोज । चामल ढुवानी हुन नसकेपछि जिल्लाका दुर्गम डेढ दर्जन गाउँमा खाद्य संकट देखिएको छ । वर्षाका कारण तीन महिनादेखि सडक अवरुद्व हुँदा खाद्यान्न अभावले डुग्री, धागडा, नाउली, सेक्री, अना, दोलीचौर, जडा, सैनगाउँलगायत क्षेत्रमा भोकमरी लागेको छ । ढुवानी हुन नसकेपछि खाद्य संकट उत्पन्न भएको उपभोक्ता बताउँछन् । ‘घरमा अन्न नहुँदा दुई दिनदेखि भोकभोकै बस्नुपरेको छ,’ दौलीचौर घोगडा गाउँमा खड्क बोहराले भने, ‘किन्न खोज्दा पनि पाइँदैन् ।’ बर्खाका कारण सडक बिग्रिएर तीन महिनादेखि चामल ढुवानी हुन नसकेको उनले बताएको समाचार आइतबारको नागरिक दैनिकमा समाचार छापिएको छ ।

मध्य मर्स्याङदी रोकेर माथिल्लो मर्स्याङदी किन्ने तयारी, बिजुली नकिने ८० प्रतिशत जरिवाना तिर्नुपर्ने

काठमाडौं ९, असोज । निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मर्स्याङ्दी ‘ए’आयोजनाबाट उत्पादित विजुली खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत प्राधिरणले आफ्नै आयोजना मध्यमस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको समाचार आइतबारको कारोबार दैनिकमा छापिएको छ। माथिल्लो मर्स्याङ्दीको विद्युत खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मर्स्याङ्दी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाए छ। सयममै प्रसारणलाइन नबानाउँदा मस्र्याङदीको विद्युत खेर जाने अवस्था सिर्जना भएको छ । मध्य मस्याङदी तल्लो मस्र्याङदी प्रसारण लाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रसारणको सम्भावना छैन ।

नगदमा डलर लिँदा ३ प्रतिशत महँगो, ट्राभल चेक लिनु सहज र फाइदाजनक

काठमाडौं ९, असोज । नगद डलर लिँदा अबदेखि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ । नगद डलरको माग थेग्नै नसक्ने गरी बढेपछि राष्ट्र बैंकले अतिरिक्त शुल्क थपेर नगद डलर लिने प्रवृत्ति निरुत्साहित गर्न लागेको समाचार आइतबारको राजधानीमा छापिएको छ। नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न ‘क्यास ह्यान्डलिङ चार्ज’ लिन लागिएको छ । यस्तो चार्ज बढीमा ३ प्रतिशतसम्मको हुने नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । यद्यपि निर्णय भइनसकेकाले त्योभन्दा केही कम पनि हुन उनको भनाइ छ । ‘विदेशबाट कार्गो गरेर ल्याउँदै डलर बाँड्न सकिन्नँ, जसले पनि नगर्दै लिने र खर्च नभएको डलर पनि सम्बन्धित बैंकमा फिर्ता नगरेर आफैंसँग राख्ने प्रवृत्ति बढेको छ, यसलाई निरुत्साहित गर्न पनि क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने देखियो,’ ती अधिकारीले भने । नेपाल राष्ट्र बैंकले करिब ७ वर्ष अगाडिसम्म सर्वसाधारणसँग २ प्रतिशत यस्तो चार्ज लिने गरेको थियो । पछि खुला बजार नीतिमा यस्तो चार्ज लिन नहुने भन्ने तर्क बलियो भएपछि राष्ट्र बैंकले सो व्यवस्था खारेज गरेको थियो । नगद डलरको अभाव भएपछि राष्ट्र बैंकले सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने निर्णय गरिसकेको छ । यस्तै, वाणिज्य बैंकहरूलाई पनि नगद डलर ल्याउन दिने नीतिगत निर्णय गरिसकिएको छ । नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न कार्डको प्रयोग बढाउन गर्नुपर्ने उपायबारे अध्ययन गरी सुझाव पेस गर्न विदेशी विनिमय विभागको नेतृत्वमा एक समिति पनि गठन गरिएको छ । सोही समितिले प्रारम्भिक अध्ययनको क्रममा क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने निष्कर्ष निकालेको हो । नगदको कारोबार गर्दा आइपर्ने जोखिम र व्यवस्थापन गर्न खर्च लाग्ने भएकाले क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने राष्ट्र बैंक अधिकारीको तर्क छ । ‘नगदको कारोबार गर्दा नक्कली नोटको जोखिम र त्यसको व्यवस्थापन गर्न लाग्ने खर्च नगद कारोबार गर्नेले नै तिर्नुपर्छ, अन्य देशहरूमा पनि यस्तो शुल्क लाग्छ, हामीले पनि (त्यस्तो शुल्क) लिनुपर्ने देखियो,’ ती अधिकारीको भनाइ छ । नगद कारोबारलाई निरुत्साहित गरी कार्ड प्रयोग बढाउन पनि यस्तो शुल्क आवश्यक भएको उनको भनाइ छ । विदेशी विनियम विभागको नेतृत्वमा गठन गरिएको सो अध्ययन समितिमा अनुसन्धान विभाग र बैंकिङ कार्यालयका प्रतिनिधि रहने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । सो समितिलाई नगद डलरको प्रयोग कम गर्ने उपाय सुझाउन र विकल्पको रूपमा कार्ड प्रयोग गर्ने प्रवृत्ति बढाउन केकस्ता नीतिगत र व्यावहारिक उपाय अपनाउनु पर्ने हो सो पनि सुझाउने जिम्मेवारी दिइएको उनको भनाइ छ । ‘यो समितिले नगद डलरको प्रयोग कम गर्ने उपायहरू प्रस्ताव गर्नेछ, कार्डको प्रयोग बढाउन त्यसमा देखिएका व्यावहारिक कठिनाइ कम गर्ने र कार्डलाई विश्वस्तरीय बनाउनको लागि केकस्ता विशेषता भएका कार्ड जारी गर्ने भन्नेसम्मको सुझाव समितिले दिनेछ,’ गभर्नर कार्यालयका निर्देशकसमेत रहेका पण्डितले भने । निश्चित रकम मात्रै नगद डलर दिने र बाँकी रकमका लागि कार्ड लिनैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने सो समितिका एक अधिकारीले बताए । ‘सामान्य र अपर्झट खर्चको लागि केही रकम नगद पनि चाहिन्छ, बाँकी रकमका लागि भने कार्ड लिनैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने देखिएको छ, ५ सय डलर नगद र बाँकी कार्ड लिने व्यवस्था गर्ने कि भन्ने आन्तरिक छलफल चलिरहेको छ,’ समितिका ती अधिकारीले भने । नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई पासपोर्टमा भिसा लागेपछि प्रतिभिसा २ हजार ५ सय अमेरिकी डलर विदेशमा खर्च गर्ने गरी दिने नीतिगत व्यवस्था गरेको छ । नेपाल आउने विदेशीले कार्डको प्रयोग गर्ने तर विदेश जाने नेपालीले नगदै बाहिर लाने गर्दा नेपालमा नगद डलरको अभाव भएको छ ।

यति एयरलाइन्सको विमान विमानस्थलमा चिप्लियो, ब्रेक लागेन, सबै यात्रु सकुशल

काठमाडौं, ९ असोज ।   शनिवार भैरहवा विमान स्थलमा अवतरण गर्दा यति एयरलाइन्सको विमान चिप्लिएर रनवे वाहिर पुगेको छ। ब्रेक नलाग्दा विमान रनवेबाट बाहिर पुगेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ। विमान रनवे बाहिर पुगेपनि कुनै मानवीय क्षति भएको छैन । कसैलाई घाउचोट पनि लागेको नभएको र  विमानमा पनि क्षति नपुगेको प्रहरीलेजनाएको छ। कल साइन नाइन एन भएको यो विमान काठमाडौबाट सवा चार बजे भैरहवाका लागि उडेको थियो । करिव पौने पाँच बजे विमान अवतरण गर्न लाग्दा चिप्लिएर घाँसे मैदानमा पुगेको हो । विमानमा २९ जना यात्रु र तीन जना चालक दलका सदस्य थिए ।