विकासन्युज

नेपाली मोवाइलको बजारमा नयाँ ब्राण्ड थपिने, युरोपमा चर्चित प्रिमियम ‘युएमआई’ आउँदै

काठमाडौं, १० असोज। युरोप र पूर्वी एसियामा प्रख्यात रहेको  प्रिमियम मोवाइल ब्राण्ड ‘युएमआई’ नेपाल अाउने भएको छ। क्रिस्टल कर्पोरेसन नेपालले यो स्मार्टफोनलाई नेपालमा भित्र्याउन लागेको हो। न्युरोडको सिटिभी मोवाइलसँगको सहकार्यमा कम्पनीले युएमआईलाई नेपाल भित्र्याउन लागेको हो। नेपाल दुरसञ्चार प्राधिकरणमा मोवाइल आयातका लागि ‘टाइप अप्रुभल’को काम भइरहेको कम्पनीका प्रवन्ध निर्देशक भेगे राईले बताए।   राईसहित सातजनाको संयुक्त लागानीमा यो मोडेललाई नेपालमा भित्र्याउन लागेको उनले बताए। हङकङमा समेत विक्रि सेन्टर रहेको यो स्मार्टफोनको युरोपियन स्मार्टफोन बजारमा सात प्रतिशत हिस्सा रहेको छ। तिहारपछि नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले सिटिसी मलमा चलिरहेको मोवाइल एक्स्पोमा प्रमोसनको काम गरिरहेको छ। कम्पनीले न्युरोडमा रहेको नोकिया केयरसँग विक्रिपछिको सर्भिस सेन्टरमा सहकार्य गर्नका लागि सहकार्य गरिसकेको जनाएको छ। कम्पनीले नोकिया केयरसँग सर्भिसको सेन्ट्रल हब बनाउने जनाएको छ। कम्पनीले सुरुवातमा तीनवटा प्रिमियम मोडेलका स्मार्टफोन भित्र्याउने भएको छ। ‘युएमआई लण्डन’, ‘युएमआई टच’ र ‘युएमआई सुपर’ नामका स्मार्टफोन बजारमा ल्याउने बताएको छ। लण्डनको सुरुवाती मूल्य १३ हजार पाँचसय, टचको सुरुवाती मूल्य २५ हजार र सुपरको सुरुपवाती मूल्य ३२ हजार रहेने कम्पनीले जनाएको छ।

अब महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने ! बैज्ञानिकले गरे सफल परिक्षण

काठमाडौं, १० असोज। अब महिलाविना पनि बच्चाको कल्पना गर्न सकिने भएको छ। बैज्ञानिकहरुले महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने सम्भावना बढ्दै गएको बताएका छन् । मुसामा गरिएको एक अध्यनबाट यस्तो सम्भावना दिएको बैज्ञानिकहरुको भनाइ छ। केवल शुक्राणुको मद्दत लिएर यो परीक्षण गरिएको थियो । नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित शोधको निष्कर्षमा भविष्यमा बच्चा पाउनका लागि महिलाको आवश्यकता नपर्ने सम्भावना औल्याइएको छ। बाथ युनिभर्सिटीका बैज्ञानिकहरुले एक अनषेचित अण्डाको प्रयोग गरेर रसायनको मद्धतबाट नक्कली भ्रुण पैदा गरेका थिए । यो नक्कली जिवित भ्रुणमा आम कोशिकामा जस्तै विभाजन हुने पक्रिया देखियो । शोधकर्ताहरुले मुसामा सफल भएको यो परीक्षण मानिसमा पनि सुदुर भविष्यमा लागु हुन सक्ने बताएका छन् ।     यो प्रक्रियामा कुनै पनि शुक्राणुबाट भ्रुण पैदा गर्नका लागि महिलाको आवश्यकता पर्दैन । भ्रुण उत्पादनका लागि रसायनको प्रयोग गर्न सकिने बैज्ञानिकहरुको आशा छ । एजेन्सीको सहयोगमा

आईएमईको प्रथम हप्ताको विजेता घोषित, तिलकले जिते आईएमईको युएम स्कुटर

काठमाडौं, ९ असोज । आईएमईले महान पर्व विजया दशमी लक्षित “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गत प्रथम हप्ताको भाग्यशाली विजेता घोषित गरेको छ । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट कूल नेपाली रुपैंयाँ ३७,०८१ पठाएका आईएमई सेवाग्राही तिलकबहादुर श्रेष्ठ भाग्याशाली घोषित भएका छन् । प्राप्त गरेको पुरस्कार श्रेष्ठले सिफारिस गरेका नेपालमा हुने आफन्तले पाउने कम्पनीले जनाएको छ । यहि आश्विन १ गतेदेखि आश्विन ३० गतेसम्म हुने “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेका छौं । यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेटे आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ । साथै, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ ।

यती बैंकको सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं, ९ असोज । यती डेभलपमेण्ट बैंकको न्यूरोड शाखाले नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरी टोल सरसफाई कार्यक्रम आयोजना गरेको थियो । बैंकले दलाछी परिवार क्लबको सहकार्यमा काठमाडौं, दलाछीमा शनिबार टोल सरसफाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सभासद ध्यानगोबिन्द रंजितले समाजीक कार्यमा यती डेभलपमेण्ट बैंकले देखाएको सद्भाब र सहकार्यको लागी बैंकलाई धन्यबाद दिएका थिए । टोल सरसफाई कार्यक्रममा स्थानीय बासिन्दाहरुको पनि सहभागीता रहेको थियो । बैंकको “ संस्थागत सामाजिक दायित्व अन्तरर्गत सरसफाई कार्यक्रम” भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्ले सामाजिक हितका लागी हुने कार्यमा निरन्तर बैंकको सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सम्हालिन जिम्मेवारी

काठमाडौं, ९ भदौ । नेपाल टेलिकमको नव नियुक्त प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले पदभार सम्हालेकी छिन् । उनलाई मन्त्रीपरिषदको असोज ६ गतेको निर्णयले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । राजभण्डारीले आइतबार  पदभार सम्हालेकी हुन् । आगामी तीन बर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएकी राजभण्डारीले टेलिकमको बजार हिस्सा ७५ प्रतिशत पुर्याउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा एमबीए अफ टेक्नोलोजी गरेका थिईन ।

सरकारको राजश्व लक्ष्य भन्दा २१ प्रतिशत बढी, भदौसम्म २८ अर्व ७५ करोड संकलन

काठमाडौं, ९ असोज । सरकारले चालु आर्थिक वर्ष २०७३/०७४ भदौ मसान्तसम्ममा २८ अर्व ९३ करोड ६ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ । सो अवधिमा असुली भएको राजस्व लक्ष्यको तुलनामा २९ प्रतिशतले बढी हो । सरकारले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा १७ करोड ४० लाख रुपैयाँ बढी प्रगति भएको छ । कुल राजश्वमध्ये आयकर तर्फ १२ अर्व २१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर १० अर्व ४५ करोड रुपैयाँ र अन्तःशुल्क तर्फ ५ अर्व ९१ करोड रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ १०१ प्रतिशत उठेको हो । त्यसैगरी शिक्षा सेवा शुल्क १३ करोड ८३ लाख रुपैयाँ र स्वास्थ्य सेवा कर २० करोड ५६ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १०२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७९ प्रतिशत संकलन भएको हो । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३६ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर ११४ प्रतिशत र अन्तशुल्कको वृद्धिदर १४९ प्रतिशत रहेको छ । साथै, स्वास्थ्य सेवा कर वृद्धिदर १२३ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३७ प्रतिशत रहेको छ ।

सिटिभी मोबाइलको दशैं तिहार योजनामा यमाहाको स्कुटरदेखि मोबाइल उपहार

काठमाडौं, ९ असोज । सिटिभी मोबाइलले आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ । उक्त योजना असोज ७ गतेबाट मंसिर ७ गतेसम्म लागू हुने छ । कम्पनीले दशैं तिहार बम्पर उपहार सँगै आफ्ना आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गरिरहेको छ । स्टकमा रहेका कतिपय मोबाइल ५० प्रतिशत सम्म छुट गरिरहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । योजनाको समय अवधिभर मोबाइल खरीद गर्ने ग्राहकहरुबीच लक्कि ड्र गरि प्रथमलाई यामाहा कम्पनीको फसिन स्कुटर प्रदान गर्ने छ । त्यसैगरि दोस्रोलाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुनेलाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको छ । सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने छ । यो योजनामा सहभागी हुने ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्ड भिजनबाट मोबाइल खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । सिटिसी मोबाइल बजारमा जारी मोबाइल एक्स्पोमा पनि यो अफर लागूहुने बताउँदै द वल्र्डभिजन प्रालिका प्रबन्ध निर्देशक संगम राइले मेलामा दिइएको विभिन्न अफरको अलावा आफ्नो आउटलेटबाट ग्राहकले अन्य छुट प्राप्त गर्न सक्ने जानकारी दिए ।

इच्छाराज तामाङको प्रश्नः बाफिया संसोधनमा मलाई किन गाली गरियो ?

इच्छाराज तामाङ, अध्यक्ष सिभिल ग्रुप यो मुलुकमा उद्यमी व्यवसायीलाई फटाहा देख्ने सोँच अझै कायमै छ । नीति निर्माताको तहमा त अझै बढि नाकारात्मक सोँच छ उद्यमी व्यवसायी प्रति । व्यवसायीलाई सबै भन्दा तुच्छ सोच्ने प्रवृत्ति अझै जरा गाडेर बसैकै छ । हाम्रै छिमेकी भारतमा उद्यमी व्यवसायीलाई कति धेरै सम्मान र आदर गरिन्छ । युरोप/अमेरिका वा अन्य देशमा उद्यमी व्यवसायीलाई अझ धेरै सम्मान मिल्छ । तर हामी कहाँ व्यवसाय गर्नु भनेको सबै भन्दा तुच्छ पेशाका रुपमा चित्रण गर्ने परिपाटी कायमै छ । जबसम्म यस्तो सोँच कायम रहन्छ तबसम्म देशले समृद्धिको बाटो पहिल्याउन सक्दैन् । नेपालमा उद्यमी व्यवसायीहरु नीति निर्माणको तहमा पुगे भने त झै धेरै गाली गरिन्छ । अब केहि दिन पहिलेकै कुरा हेरौं । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन९बाफिया०को संसोधन प्रक्रिया चलिरहेको थियो । संसदको जुन समितिमा बाफियाबारे छलफल भयो म पनि त्यहि समितिको सदस्य छु । अनि बाफिया संसोधनमा चलखेल गर्यो भनेर मलाई सबैले गाली गरे । अधिकांश मिडियाले पनि बाफिया संसोधनबारे मेरै बारेमा धेरै कुरा लेखे । के एक जना व्यवसायी नीति निर्माणको तहमा पुग्नै हुँदैन् रु के हामी व्यवसायी फाटाहा हौं रु के व्यवसाय गर्नु, रोजगारी सृजना गर्नु अनि उद्यमशिलता बढाउनु पाप हो रु नत्र भने बाफियामा मलाई किन गाली गरेको ? हामी व्यवसायीले पनि स्वच्छ व्यवसाय गर्नुपर्छ । स्वच्छ व्यवसायीलाई राज्यले पनि सम्मान गर्नु पर्छ । राम्रो काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई दण्डको व्यवस्था गरिनु पर्छ । त्यसको अगुवाई राज्यले नै गर्ने हो । हामी व्यवसायीले पनि त्यसमा राज्यलाई सहयोग गर्छौ । स्वच्छ व्यवसाय गर्नु हामी सबैको कर्र्तव्य पनि हो । तर हामीलाई सबै भन्दा तुच्छ व्यवहार गरिन्छ । जाली फाटाहाको आरोप लगाइन्छ किन ? संसार भर रोजगारी दिने मान्छेलाई सबै भन्दा उच्च सम्मान दिईन्छ । तर हामी कहाँ तुच्छ, फाटाहा, ठग र कर छल्ने भन्ने आरोप लगाईन्छ । नीति निर्माताले पनि त्यसका बारेमा सोच्नु आवश्यक छ । दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्छ । राम्रालाई प्रोत्साहन र खराबलाई दण्डको बैधानिक व्यवस्था गर्नु पर्छ । सबैलाई एउटै टोकरीमा हालेर हेर्नु हुन्न । अब कुरा रह्यो सिटिसी मललाई कसरी व्यवसायीक रुपमा सञ्चालन गर्ने भन्ने रु हामीले सिटिसी मललाई सफल बनाउन सक्यौं भने अर्को मल पनि बनाउन सकिन्छ । यो मल असफल भयो भने अर्को मल बनाउन सकिँदैन् । निकै मेहनत गरेपछि मात्रै सिभिल मल सफल रुपमा सञ्चालन भएको हो । अब सिभिल मल सफलताको बाटोमा निरन्तर अघि बढ्छ । कुनै पनि मलमा प्रडक्ट कम्पोजिसन हुन्छ । मोबाइल, खाने ठाउँ, बैंक, फिल्म हल, कपडा किन्ने ठाउँ, जिम गर्ने ठाउँ पनि चाहिन्छ । त्यसकारण मल व्यवस्थापकहरुलाई जो पायो त्यहिलाई सटर तथा कबल नदिन भनेको छु । सबै सुबिधा र सबै खाले समान उपलब्ध गराएपछि मात्रै व्यापारिक मल चल्ने रहेछ । पहिले कपडै कपडा, जुत्तै जुत्ता वा पेटी नै पेटी राखेर मल चलाउन खोजियो । जुन गलत रहेछ । पहिले हामीले पनि मलको बिजनेश पोलिसी राम्रो बनाउन सकेनौं । त्यसै कारणले केहि समयसम्म मलको भाडा गुमाउनु पर्यो । तर अहिले मलको बिजनेश योजना बनिसकेको छ । अब धेरै समय कुर्नु नपर्ला । अहिले नै यो यो काम गर्र्दैछौं भनेर भन्नु त्यति उचित नहोला तर हामी बिशेष योजनासहित काम गरिरहेका छौं । मेरो सिभिल ग्रुपकै कर्पोरेट अफिस सिटिसी मलकै १० औं र ११ औं तल्लामा राखिसकेको छ । मेरो आफ्नै कार्यालय नै यहि मलमा आईसकेको छ । यो मललाई हामीले चानचुने ढंगले सोचेका छैनौं । जरुर बिशेष रुपमा मललाई उदाहरणिय रुपमा सञ्चालन गर्ने योजनामा छौं । यसलाई अझै थप बजबुत ढंगले अघि बढाउनु पर्छ ।(राजधानीमा आयोजीत एक कार्यक्रममा तामाङले व्यक्त गरेको विचार)