विकासन्युज

आकाशमार्गबाट दसैं मनाउन जानेलाई टिकट छैन, आउनेलाई फालाफाल

काठामाडौं ः  नियमित उडानका अन्तरिक वायुसेवालाई दसैंमा भ्याइनभ्याइ भएको छ । आकासमार्गको प्रयोग गरेर दसैै मनाउने जानेका एक दुई महिना अगाडि देखि टिकट नपाएको चिन्ता छ । काठमाडौंबाट बाहिर जाने सुगम (शहरी क्षेत्रका) विमानस्थलमा जाने यात्रुले टिकट नपाएर हैरान भएका छन् भने काठमाडौं फर्कदा भने वायुसेवाको टिकट फालाफला रहेको छ । काठमाडौंबाट दसैंभर बाहिर जाने यात्रुले आकस्मिक टिकट पाएका छैनन् तर दसैंबाट फर्कनले लागि भने हजाज खाली भयो भनेर ६ हजारको टिकन १५ सयमै दिनुपरेको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार एयरले असोज १५ देखि २४ सम्म काठमाडौंबाट जाने टिकट पाइदैन भने आउनेका लागि भने जहाज खाली हुने भएकोले छुट दिइएको छ । काठमाडौं आउँदा दसैंभरको समयका लागि १५ सय देखि २५ सयसम्ममा नै सेवा दिएको उनको भनाइ छ । उनका अनुसार विराटनगर, भद्रपुर, जनकपुर, नेपालगञ्ज, भरतपुरसहितका गन्तव्यबाट काठमाडौं आउँदा विशेष छुटमा हवाई भाडादर निर्धारण भएको पनि आन्तरिक वायुसेवा कम्पनीले बताएका छन् । यी गन्तव्यका हवाइ भाडादार अन्य दिन भन्दा ७५ प्रतिशतसम्म छुट दिएको पनि जोशीले बताए । नारायणगढ—मुग्लिन सडकखण्डमा भइरहेको बाटो निर्माणका कारण पनि भैरहवा र भरतपुर जाने यात्रुको चाप निकै बढेको बुद्ध एयरकै अपरेशन म्यानेजर सुवर्ण खरेलले बताए । उनका अनुसार भरतपुरको लागि दसैंभरका लागि दैनिक ८ वटासम्म उडान राखिएको छ । यो गन्तव्यमा अन्य समय २ देखि ३ वटा मात्रै हुने गरेको थियो । दसैं सुर हुन थालेको र नारायणगढ—मुग्लिनसडक खण्ड अवरोध भएपछि भने यो गन्तव्यमा उडान ४ वटा भएको थियो । दसैैंका लागि भने यो गन्तव्यमा अधिक उडान गर्ने प्रयास भएको उनले बताए । बुद्ध एयरले मात्रै दैनिक ४० वटा उडान गर्ने गरेको छ । यतिले पनि ३० भन्दा बढी, सिम्रिकले दैनिक २० वटासम्म उडान गर्ने गरेको भएपनि दसैंमा घर जाने यात्रुका कारण एकतर्फि मात्रै चाप बढेकोले खर्कदा भने खाली हुने गरेको छ । यात्रु चाप बढेकाले कुनै यात्रुले आकस्मिक टिकट लिनुपर्दा उपलब्ध गराउन सक्ने अवस्था नरहेको बुद्ध एयरका अपरेसन म्यानेजर खरेलले बताए । उनका अनुसार बुद्ध एयरले दैनिक ४० वटा उडान विभिन्न गन्तव्य गर्दा पनि यात्रुलाई टिकट दिन सकेको छैन । यात्रु चाप बढी हुने गन्तव्यमा अतिरिक्त उडान थप गर्दा पनि टिकट नपाइने समस्या बढेको उनले बताए । आन्तरिक वायुसेवा कम्पनीले बुद्ध, यती, तारा, वायुसेवा निगम, सिम्रिक एयरको उडान सञ्चालन भए पनि दसैंका कारण सबै गन्तव्यमा उडान चाप रहेको उल्लेख छ । दसैंको मुखैमा सौर्य एयरलाइन्स विग्रिएका कारण उनका दैनिक ५ देखि ६ वटा उनकाका २५० देखि ३ सय यात्रुका पनि चाप अन्य वायुसेवामा थप भएको उल्लेख छ । वायुसेवा संचालक संघले भने बुद्ध, यति, सिम्रिक र सौर्य एयरबाट काठामाडौंबाट जादाँ नर्मल भादादर र काठमाडौं भित्रदाको छुटसहित भाडादर तोकेको छ । यो भाडादर अधिकांका वायुसेवाले दसैं अवधिभरका लागि भनेर सार्वजनिक गरेका छन् । दसैंभर काठमाडौं आउने आन्तरिक वायुसेवाको भाडा गन्तव्य काठमाडौंबाट          जाँदा             फर्कदा विराटनगर—काठमाडौं          ५९४०            २००० भद्रपुर—काठमाडौं                ७२५०            ३२०० जनकपुर—काठमाडौं            ३५२०             २००० नेपालगञ्ज—काठमाडौं           ७८१०             ३७०० तथ्यांक स्रोत वायुसेवा संचालक संघ, नेपाल ।

जुवामा सबैभन्दा धेरै गुमाउने १० मुलुकहरू, जहाँ ८० प्रतिशत युवा युवती जुवा खेल्छन्

काठमाडौं, २५ असोज /दशैं तिहारलाई धार्मिक सांस्कृतिक मान्यताका अवला जुवा खेल्ने अवसरका  रूपमा पनि हेर्न थालिएको छ । चाडबाडमा खेलिने जुवामा धेरैले कमाउने गरेका छन भने धेरैले सर्वस्व गुमाउने पनि गरेका छन् । संसारमा यस्ता केही मुलुक छन जसलाई जुवा घरका रुपमा हेरिन्छ । एच टु ग्याम्बलीङका अनुसार संसारमा १० वटा मुलुकलाई जुवा घरका रुपमा चिनिन्छ । ती देशको अर्थतन्त्रले जुवा घरबाट ठुलो मात्रामा राजश्व संकलन गर्दै आएका छन् । तर त्यहाँ जनताले भने बर्षेनी जुवाको खालमा आफ्नो सम्पति गुमाउने गरेका छन् । जसका कारणले समाजमा अशान्ति र अपराध बढेको आरोप पनि खेपिरहेका छन् । यी हुन संसारका जुवा घरका रुपमा चिनिएका १० मुलुक अष्ट्रेलिया प्रति व्यक्ति १२०० डलर गुमाउँछ अष्ट्रेलियामा ८० प्रतिशत युवाहरु कुनै न कुनै प्रकारको जुवामा सामेल हुने गरेका छन् । अष्ट्रेलियामा जुवाबाट जितिएको सम्पतिमा कर लाग्दैन् अझै नागरिकलाई थप अनुदानको व्यवस्था गरिन्छ । जुवा खेलाउनेहरुलाई भने ठुलो मात्रामा कर लगाइएको हुन्छ र सरकारको १० प्रतिशत राजश्व समेत जुवा घरबाटै प्राप्त हुन्छ । एक अध्ययनले अष्ट्रेलियाका युवाहरुले बार्षिक १२०० डलर औषत रकम जुवामा हार्ने गरेका छन् । मोनाश युनिभर्सीटीका अध्येताहरुका अनुसार पुर्वोत्तर राज्यहरुमा जुवाको लत बढि छ र जसले गर्दा अपराध र घरेलु हिंसा र मानसिक बिरामीहरुको संख्या बढिरहेको छ । सिंगापुर सिंगापुरका युवाहरुले बार्षिक औषत ११७४ डलर जुवाको खालमा गुमाउने गरेका छन् । सन २०१० मा सिंगापुरमा मेरिना बे स्याण्ड र रिसोर्ट्स वल्र्ड सेन्टोसा नामका दुई वटा क्यासिनो खोलिए । यी दुबैमा विदेशी पर्यटकलाई निःशुल्क प्रवेश र सिंगापुरेका लागि एक सय डलर प्रवेश शुल्क तोकियो । सिंगापुरे नागरिकलाई क्यासिनो प्रवेशमा निरुत्साहित गर्न एक सय डलर प्रवेश शुल्क तोकिए पनि त्यो असफल भयो । अहिले सिंगापुरका नागरिकले प्रति बर्ष ११७४ डलर गुमाउँदै आएका छन् । आयरल्याण्डः ५८८ डलर बार्षिक द लक अफ आइरिस नामको विश्वासलाई आइरिस जुवाडेहरुले अझै पनि विश्वास गर्छन् । यद्यपी आयरल्याण्डमा क्यासिनोलाई अबैधानिक मानिन्छ । तर कानुनको आखाँ छल्दै प्राइभेट क्लबहरुले भित्रभित्रै क्यासिनो सञ्चालन गरिरहेका छन् । यो देश बिशेष गरि खेलकुदमा बाजी थाप्नेहरुका लागि परिचित छ । यहाँ अनलाइनबाट पनि ठुलो मात्रामा जुवा सञ्चालन गरिन्छ । पेडी पावर आयरल्याण्डको सबै भन्दा ठुलो र पहिलो जुवा सञ्चालन गर्ने कम्पनी हो । यसको अनलाईन बजार भन्दा स्थानिय बजार पाँच गुणा बढि ठुलो रहेको मानिन्छ । यहाँका जनताले बार्षिक ५८८ डलर जुवामा गुमाउने गरेको बताइन्छ । क्यानाडाः ५६८ डलर क्यानाडामा सबै तिर जुवालाई बैधानिकता प्रदान गरिएको छ । यद्यपी देशका १० वटै प्रान्तमा आ आफ्नै नियमद्धारा जुवालाई व्यवस्थित गरिएको छ । पोकर, खेलकुद र स्किल गेम्सहरुमा क्यानेडियन जुवाडेहरुको बिशेष रुचि रहेको छ । प्रत्येक क्यानेडियन नागरिकले बार्षिक ५६८ डलर जुवाको खालमा हार्ने गरेका छन् । यसलाई मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा मान्ने गरिएको छ । फिनल्याण्डः५५३ डलर बार्षिक फिनल्याण्डमा जुवा घरबाट संकलन गरिएको राजश्वलाई सामाजिक सुरक्षाका क्षेत्रमा खर्च गरिँदै आइएको छ । यस मुलुकका नागरिक बर्षेनी औषतमा ५३३ डलर गुमाउने गरेका छन् । इटाली इटालीका जनताले बर्षेनी औषतमा ५१७ डलर जुवाको खालमा हार्ने गरेका छन् । पछिल्लो केहि बर्षदेखि इटाटीले जुवालाई प्रोत्साहन दिँदै आएको छ । नयाँ क्यासिनो खोल्नेदेखि सञ्चालन प्रक्रियालाई सहज बनाईरहेको छ । युरोपमै इटालीलाई क्यासिनो सञ्चालनका लागि उपयुक्त मुलुक मानिन्छ । हङकङ हङकङका नागरिकहरुले प्रत्येक बर्ष ५०३ डलर हार्ने गरेका छन् । सरकारले आधिकारीक रुपमा जुवा घर सञ्चालनको व्यवस्था गरेको छ । हङकङ जकी क्लबले त्यहाँ सबै भन्दा ठुलो करदाताका रुपमा योगदान पुर्याउँदै आएको छ । हङकङका नागरिकले अनलाईन जुवालाई प्राथमिकता दिँदै आएको बताइन्छ । नर्वे नर्वेका नागरिकले बार्षिक औषत ४४८ डलर जुवामा हार्ने गरेका छन् तै पनि त्यहाँ जुवालाई अबैधानिक मानिन्छ । सन २०१० मा सरकारले बैंकका कार्डहरुबाट क्यासिनो वा जुवा घरमा रकम तिर्न नपाउने व्यवस्था ल्याएको थियो । तैपनि त्यहाँ जुवाका पारखीहरुमा कुनै कमी आएको छैन् । ग्रीस ग्रीसका नागरिकले बर्षेनी ४२० डलर रुपैंयाँ जुवामा हार्ने गरेका छन् । पछिल्लो समय ग्रीस चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । जसको कारणका रुपमा जुवा अर्थात क्यासिनोहरुलाई पनि लिने गरिएको छ । ग्रीसमा सरकार लगानीमै क्यासिनो तथा जुवा घरहरु सञ्चालनमा रहेका छन् । ग्रीस सरकारले २ दशमलब ३ बिलियन डलर रुपैंयाँ क्यासिनोलाई तिर्न बाँकी नै छ । ग्रीसको आर्थिक संकटको कारण जुवा अर्थात क्यासिनोहरुलाई पनि लिने गरिएको छ । विश्व बैंक र मुद्रा कोषले ग्रीस सरकारलाई सरकारी उद्योग तथा कलकारखाना निजीकरण गर्नका लागि ठुलो दबाव दिईरहेका छन् । स्पेन स्पेनका नागरिकले बर्षेनी औषतमा ४१८ डलर हार्ने गरेका छन् । स्पेन खेलकुदमा बाजी लगाउनेहरुका लागि परिचित छ । त्यहाँको स्पेनले २० प्रतिशत कर चिठ्ठाबाट प्राप्त गर्ने गरेको छ । त्यहाँको ६० देखि ६५ प्रतिशत जुवा ग्रे मार्केटमा हुने गरेको छ ।

दशैंमा सेल्फि खिच्ने हो र ?  सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट स्मार्टफोन यी हुन

सेल्फी नयाँपुस्तामा आम संस्कृतिकै रुपमा विकशित भएको छ । सेल्फी क्लिक गर्नु भने अहिले दैनिक जिवनको अभिन्न पाटो बनिसकेको छ । स्न्यापच्याट तथा इन्स्टाग्राम जस्ता एपहरुले सेल्फी संस्कृतिलाई झनै बढावा दिएको छ । सेल्फी संस्कृति बढ्दै जाँदा स्मार्टफोनहरुमा उच्चस्तरीय सेल्फी क्यामराको खोजी हुने नै भयो । सेल्फीप्रेमीहरुले उच्च क्षमतायुक्त फ्रन्ट क्यामरा भएका स्मार्टफोन खोज्न थालेपछि स्मार्टफोन कम्पनीहरुले पनि एक से एक गुणस्तरीय सेल्फी क्यामरायुक्त फोन उत्पादन गरिरहेका छन् । सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन यी हुन्ः १. हुवावे पि ९  यसको मूख्य क्यामरा १२ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । सेल्फी क्यामराले भिडियो कलिंगमा पनि उत्कृष्ट काम गर्दछ । यो फोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेकेा छ । २.जिओनी एस सिक्स एसः यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । जसमा फ्रन्ट फ्लास तथा स्क्रिन फ्लास समेत रहेको छ । कम प्रकाशयुक्त क्षेत्रमा पनि यसले उत्कृष्ट सेल्फी खिच्दछ । यसमा १३ मेगापिक्सेलको अटोफोकसन मुख्य क्यामरा रहेको छ । ३. सोनी एक्सपेरिया एक्स डुअलः यसमा १३ मेगापिक्सेलकेा सेल्फी क्यामरा रहेको छ । साथै यसमा सोनीको आफ्नै एफएक्सएमओर आर एस सेन्सर रहेको छ । यो फोनमा मुख्य क्यामरा २३ मेगापिक्सेलको रहेको छ । यसले फूल एचडी भिडियो खिच्न सक्दछ । फोटोग्राफी तथा सेल्फीका शौखिनका लागि यो फोन उत्कृष्ट रोजाइ बन्न सक्ने देखिएको छ । ४. सोनी एक्सपेरिया एक्स जेडः  गत महिना लञ्च भएको यो स्मार्टफोनमा पनि १३ मेगापिक्सेलको सेल्फी क्यामरा छ र एफएक्स मोर आरएस इमेज सेन्सर रहेको छ । यो स्मार्टफोन फाइभ एक्सिस भिडियो स्टाबिलाइजेसन भएको विश्वको पहिलो स्मार्टफोन भएको दाबी सोनीको छ । ५.एसस जेनफोन थ्री डिलक्सः  यसमा ८ मेगापिक्सेलको प|mन्ट क्यामरा, ८५ डिग्री वाइड एंगल लेन्स रहेको छ । यसले फोर के भिडियो सपोर्ट गर्दछ र सोनीको सेन्सरयुक्त २३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । ६. ओप्पो एफ वान एसः  कम्पनीले यो फोनलाई सेल्फी एक्सपर्टको नामले मार्केटिंग गरिरहेको छ । यो फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ जसमा ब्यूटी फिचर पनि छ । यसको मुख्य क्यामरा भने १३ मेगापिक्सेलको छ । ७.ग्यालेक्सी जे सेभेन प्राइमः यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । साथै यसमा अटोफोकसयुक्त १३ मेगापिक्सेलको मुख्य क्यामरा हुनुका साथै एलइडी फ्लास पनि रहेको छ । ८.एलजी एक्स क्यामः  हुवावेको पि नाइन जस्तै एलजीको एक्स क्याममा पनि दुइवटा मुख्य क्यामरा तथा एउटा सेल्फी क्यामरा छन् । मुख्य क्यामरामध्ये एउटा १३ मेगापिक्सेलको र अर्को ५ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । जसमा ब्यूटी मोड पनि छ । ९. लेनोभो भाइब के फाइभ नोटः  यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने १३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । एजेन्सीको सहयोगमा

तीन महिनामा १२९ अर्ब रुपैयाँ खर्च, गत वर्षको तुलनामा साढे ४० अर्ब बढी, पूँजीगत खर्च भने न्यून

काठमाडौं, २४ असोज । चालू आर्थिक वर्षको तीन महिना अर्थात असोज २० गतेसम्म १ खर्ब २९ अर्ब १३ करोड खर्च भएको छ । हालसम्म भएको खर्च गत आर्थिक वर्ष २०७२÷७३ कोभन्दा ४० अर्ब ५२ करोड रुपैयाँले बढी हो । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा ८८ अर्ब ६१ करोड खर्च भएको महालेखा कार्यालयको तथ्ष्याङ्क छ । गएको वर्ष भूकम्प तथा नाकाबन्दीको कारण खर्च हुन सकेको थिएन । यस वर्षभने यी सबै अवरोध हट्दै गएको र निजामति कर्मचारी, सेना तथा प्रहरी एवम् शिक्षकको तलव भत्ता वृद्धि भएको कारणले पनि खर्च बढी भएको हो । चालू आवमा सरकारले सरकारी कर्मचारीको २५ प्रतिशतले तलव वृद्धि गरेको छ । चालू आवको पहिलो तीन महिनामा १ खर्ब १७ अर्ब ५२ करोड अर्थात कुल चालूगत खर्चको १९ प्रतिशत हो । समीक्षा अवधिमा चालू खर्च बढेपनि पूँजीगत खर्च ३ प्रतिशत (रू.१० अर्ब ५३ करोड) मात्र भएको छ भने वित्तीय व्यवस्थापन खर्च शून्य दशमलव ९० प्रतिशत (रू.१ अर्ब ७ करोड) रहेको छ । सरकारले यस वर्ष साउन १ गतेनै बजेट खर्चको अख्तियारी पठाएको र केन्द्रीयस्तर ( रातो किताव भाग एक) का आयोजनाले मात्र राष्ट्रिय योजना आयोगबाट आयोजना स्वीकृत गराउनु पर्ने व्यवस्था गरेपनि चालू खर्च वाहेक अन्य दुई खर्चको अवस्था भने निराशाजनक नै छ । सरकारले चालू आवमा पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयन गर्न जेठ १५ गते संविधान दिवसकै दिन अर्थात चालू आव शुरु हुनु डेढ महिना अघि नै बजेट ल्याएपनि पूँजीगत खर्चको खासै प्रभावकारिता बढ्न सकेका छ्रैन । गत आवको भन्दा पूँजीगत खर्चमा ४ अर्ब रुपैयाँले बढेको छ । यसरी बढ्दै जाने हो भने चालू आवमा राम्रै खर्च हुने अनुमान अर्थमन्त्रालयले गरेको छ । ‘गएको वर्षकोभन्दा यस वर्ष आर्थिक कारोबार बढ्नुका साथै पूँजी पनि चलायमान भएकोले यसपालि अर्थतन्त्रको आकार बढ्नुका साथै पूँजीगत खर्चमा आर्थिक वृद्धिदर पनि राम्रो हुने सक्छ,’ अर्थ सचिव शान्तराज सुवेदीले भने ‘लगानीमैत्री वातावरण सिर्जनाका लागि एकातिर सरकार लागि परेको छ भने अर्कोतिर नयाँ आएको औद्योगित व्यवसायी ऐनले गरेको व्यवस्थाको कारण उद्योगी पनि होसिएका छन् । ’ सरकारले बजेट ल्याउँदा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने बताए पनि विश्व बैंकले भर्खरै सार्वजनिक गरेको तथ्याङ्कले नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रह्ने अनुमान गरेको छ । विश्व बैंकले गरेको यो प्रक्षेपण तथा अर्थ मन्त्रालयले तथा प्रधानमन्त्री स्वयम्ले देखाएको चासोका कारणले पनि चालू आवमा शतप्रतिश पूँजीगत खर्च हुने आँकलन मन्त्रालयले गर्दे आएको छ । तर, विगत चार÷पाँच वर्षयता ८० देखि ८५ प्रतिशतको हाराहारीमा पूँजीगत खर्च हुने गरेको छ । गएको वर्ष आवमा करिब ७४ अर्ब २६ करोड रुपैयाँ चालूगत खर्च ६ अर्ब ५१ पूँजीगत र ७ अर्ब ८४ करोड वित्तिय व्यवस्थापन खर्च भएको थियो । सरकारले चालू आवको लागि १० खर्ब ४८ अर्ब बजेट ल्याएको थियो । सो बजेटमध्य यो अवधिमा १२ दशमलव ३१ प्रतिशतमात्र खर्च भएको छ ।

दशैमा घर जान नपाउनको नाममा…

विछोडको पिडा नसकी खप्न दशैको बेलामा तिमीलाई भेट्न आउदैछु फर्कि रमाइलो गाउमा । टाढा छ साथी, ती दिन र राती निद छैन आखामा मनको कुरो बुझ्दैन कोही पहरे पाखामा… । स्वर सम्राट नारायण गोपाल र तारदेबीको युगल स्वरमा रहेको यो गीतले दशैको महत्व र गरिमा दर्शाउछ । पेशा, ब्यवसायको लागि आफन्तभन्दा टाढा रहेकाहरु दशैमा घर जान कति ब्यग्र प्रतिक्षा रहन्छन् भन्ने आशय यो गीतमा छ । दशैको बेलामा ढाटाका आफन्तसँग हुने भेटको रमाइलो अनुभूति गर्दै मायालुहरु मनको वह कसरी ब्यक्त गर्छन् भन्ने कुरा पनि गीतले दर्शाउछ । यो गीतले गएको सालबाहेकको दशैको प्रतिनिधित्व गर्ने गर्छ । गएको बर्षको सन्दर्भ फरक थियो । भारतको अघोषित नकाबन्दीको कारण इन्धनको चरम अभाव थियो । यसले गर्दा सर्वसाधारणले सहज आवत जावत गर्न पाएका थिएनन् । अघिल्लो सालको १२ बैशाखको भूकम्प र त्यसपछिका निरन्तर पराकम्पनले सर्वसाधारणको धन, सम्पत्ति र आफन्त मात्र लगेको थिएन, मन पनि भाचिदिएको थियो । सर्वसाधारणका करिब ८ लाख घर भत्किएका छन् । भूकम्पको कारण घरवार विहिन भएकाहरु अझै पनि पाल वा अस्थायी टहरामा छन् । कुनै पेशा ब्यवसायका कारण घरभन्दा टाढा रहेकाहरुलाई दशै मान्न घर जान सहज छैन । बृद्ध बाबुआमा र साना केटाकेटी एउटा सानो छाप्रामा बसेका छन् । शहरमा बसेकाहरु दशैको लागि घर जाने हो भने बस्ने, खाने र सुत्ने ठाउकै अभाव छ अझै पनि । ‘भूकम्पले भत्काइ दिएको घर बनाएको छैन, दुखजिलो गरेर बाबाआमा बस्नु भएको छ, अब हामी पनि थपिने हो भने कहाँ बस्ने, कहाँ खाने भन्ने समस्या आउछ, यसपाली दशैमा घर आउदिन भनेर आमालाई फोनमा भनेको छु,’ काठमाडौंको कोटेश्वरमा जुत्ता पसल गर्ने सर्लाहीका जगदीश अधिकारी भन्छन् । यसपालीको दशैमा पाउना लाग्न जाने वा आएका पाउनालाई उचित सत्कार गर्न सक्ने अवस्था देखिदैन । काठमाडौंको वसाइ पनि सहज छैन । चामल, तेल, मसला, दाल जस्ता दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ । काठमाडौ उपत्यकामा हरियो तरकारीको उत्पादन कम हुन्छ । किसान दशैको रमाइलोमा भुल्दा तरकारीको आपूर्ति कम हुन्छ । आपूर्ति कम भएपछि मूल्य आकाशिएको छ । अघिल्लो बर्षको भूकम्प पछि बन्द भएको चीनसँगको नाका खुलेको छैन । चीनसँगको नाका खुल्ला नहुदा चीनवाट आउने सस्तो मूल्यका कपडाको अभाव भएको छ । खासगरी पहाडी क्षेत्रमा दशैमा नयाँ कपडा किन्ने पराम्परा छ । चीनीया कपडा नआउदा दशै महंगो भएको छ । कम आयस्तर भएका नेपालीलाई सस्तो चिनिया कपडाको अभावले थप गरिब बनाएको छ । यस्तै अवस्था हिमाली क्षेत्रको पनि छ । समग्रमा नेपालीका लागि यसपालीको दशै योगेश्वर अमात्यले गाएको ‘दशै नै हो कि यो मेरो दशा, किन आएको…,’ बोलको गीत जस्तै बनेको छ ।

दसैं जहाजमै मनाउछु-क्याप्टेन विजय लामा

विजया लामा, क्याप्टेननेपाल वायुसेवा निगम नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले निगमकै जहाज २९ वर्ष उडाइसकेका छन् । स्पष्ट वक्ता, मिलनसार र सार्वजनिक व्यक्तित्व लामा दसैंको समयमा अरूको खुशीमा रमाउने गरेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज उडाएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने गरेको उनै लामासँगको विकासन्युजले गरेको यो वर्षको दसैं वार्ता : दसैं कसरी मनाउनुहुन्छ ? मेरो दसैं भनेकै आम नेपालीको दसैं हो । जहाजमा उड्ने र जहाजमा नेपाली यात्रुलाई सेवा दिँदैमा दसैं बितेको पत्तै हुँदैन । विगत २९ वर्षदेखिको मेरो दसैं कहिले जहाज त कहिले देश बाहिर (जहाज उडाउने क्रममै) हुनेगर्छ । अहिलेसम्म कुनै पनि दसैं आनन्दले बसेर मनाउँन पाएको छैन, दसैं मनाउन नपाएको र परिवारलाई समय दिन नपाएको कुनै गुनासो पनि छैन । अधिकांश नेपाली दसैंमा परिवसारसँग बसेर रमाइलो गर्छन्, तपाईको मनमा पनि कहीँ न कतै परिवारसँग दसैं मनाउन नपाएकोमा खल्लो महसुस होला नि ? पेशाले पाइलट भएपछि म जहाज उडाउँदिन, घरमा दसैं मनाएर बस्छु भन्न मिलेन । म एक जनाको सेवाले सयौ नेपाली दाजुभाई दिदीबहिनीले दसैं मनाउन पाएका छन् । आम नेपालीको खुशी नै मेरो खुशी हो । मेरो दसैं तिहार भनेकै सधै जहाजकै उडान सफल रूपमा सम्पन्न गर्नुमा हुन्छ । उसो भए, यसपाली दसैंको टीकाको साइत जहाजमै हुन्छ ? यो वर्ष र हरेक वर्ष जहामा नै हुन्छ । जहाज उडानकै क्रममा दसैंको टीकाको साइत परेको हुन्छ । यो वर्ष भने म अघिल्लो दिन काठमाडौंबाट जहाज उडाएर दुबई पुगेको हुन्छु । दसैंको टिकाको दिन दुबईबाट आउनुपर्ने भएकोले साईतको बेला म उतै हुन्छु । टीका त लगाउनुहुन्छ नि ? लगाउँछु । हरेक दिन शुभ यात्राको कामना गर्दै र हरेक वर्ष दसैंमा टीका लगाउँछु । मलाई टीका मन पर्छ । दसैंको टीका पनि लगाउँछु । नेपाली दाजुभाइसँग भेटघाट गर्ने र रमाइलो मान्दै उहाँहरूबाट नै टीका लगाउने गर्छु । मलाई नेपाली दाजुभाइले निकै माया गरेर टीका लगाउँन आग्रह गर्नुहुन्छ । मलाई जसले लगाइदिए पनि खुशीसाथ लाउने गरेको छु । नेपाल बाहिर हुँदा गैर आवासीय नेपाली संघ तथा नेपालीको समूह भएको ठाउँमा पुगेर लगाउने गरेको छु । मेलै एक जनाले दशमीको टीका घरमा नलगाएर उडान गर्दा धेरै नेपालीको निधारमा टीका लाग्छ । धेरै जना नेपालीको खुशी मेरो पनि खुशी हो । तपाईको घर काठमाडौं मै छ । समय मिलाएर घर त जानुहुन्छ होला नि दसैमा ? म दसैं मूख्य दिन फूलपाती, अष्टम, नवमी र दशमी सबै दिने फ्लाइटमा नै हुन्छु । बैंकक, हकङकङ, क्वालालम्पुर, दुवाई उडान गरेर बसिरहेको हुन्छ । आफ्नो परिवारसँग अष्टमीको दिन विहान खान भ्यान्छ कि भन्ने आशा छ । त्यसमा पनि क्याप्टेन स्याण्डवाई बसिरहुपर्ने भएकोले नभ्याइन पनि सक्छ । मलाई राष्ट्रिय ध्वजाबाहक उडाउनुमै मज्जा छ । कुनै दुखेसो र गुनो छैन । परिवारका सदस्यहरु कहाँ हुनुहुन्छ ? बुबा, दिदी र श्रीमती काठमाडौं नै हुनुहुन्छ । दाई र भाई अमेरिकामा हुनुहुन्छ । दुई छोरीहरू एकजना न्यूयोर्क र अर्की इटाली छन् । क्याप्टेन विजय लामालाई भेट्ने अनि कुरा गर्न चाहनेलाई भेट्दा कस्तो लाग्छ ? मलाई भेट्न चाहने धेरै नेपाली हुन्छन् । म पनि सबैसँग घुलमिल हुन चाहन्छु । हात मिलाउँछु, मलाई धेरै नेपालीले माया गर्नुहुन्छ । जहाजमा नेपालीले भेट्ने कुरा गर्ने, फोटो खिच्ने गर्छन्, मलाई रमाइलो लाग्छ । धेरै नेपालीले तपाईलाई माया गर्छन, तर नेपाल वायु सेवा निगमले पटक पटक तपाईलाई कारकाही गर्छ भन्ने सुनिन्छ नि ? म आफूले जानको र देखेको कुरालाई कहिल्यै लुकाउँदिन । मलाई झुटो बोल्न पनि आउँदैन । म मिडियाका साथीहरूसँग पनि नजिक छु । उहाँहरूले सोधेको कुरा भनिदिने र सत्य बोलेकै कारण बेलाबेलामा कार्यालयले स्पष्टीकरण सोध्छ । कारवाही गर्न खोज्ने पनि गर्छ । मैले कारवाही गर भन्छु । आफ्नो हतियार नै शुभचिन्तक हुन । नचाहिँदो कुरा बोलेको छैन, भएकै कुरा बोल्दा र साँचो बेल्दा कारवाही वा कसैले गाली गर्छ भने मलाई स्वीकार्य छ । तर अहिलेसम्म कारवाही गरेको भने छैन । तपाई जस्तै सबै पाइलटहरुको दसैंमा जहाजमा नै मित्ने हो ? कतिपयले मेरो घरमा पार्टी छ, म जहाजमा उड्दिन पनि भन्ने गरेका छन् । दसैमा परिवारसँग बस्न नपाएकोमा गुनासो गर्ने पनि छन् । घर जान पाए हुन्थ्यो भनेर आफ्नो ड्यूटी मिलाएर जाने त सामान्य हो । तर, कसैलाई चाहिँ यो उडान गर्छु, यो उडान गर्दिन भन्ने भावना पनि आउँदो रहेछ । त्यस्तो अवस्थामा ड्यूटीको समय सकेसम्म मिलाउने गरिएको छ । तपाईको कमाई चाँही कति हुन्छ ? विश्वमै कम आम्दानीमा जहाज उडाउने संस्था नेपाल वायुसेवा निगम हो । आम्दानी कम हुन्छ । विदेशमा बढी हुन्छ । तर नेपाल वायुसेवा निगमका पाईलट, कर्मचारीले सन्तुष्टिका साथ गरेका हुन्छन । आफ्नो देशप्रतिको माया र नेपालमै केही गरौं भन्ने चाहनाले मात्रै यहाँ बस्ने गरेका छन् । आम्दानी, सेवा सुविधा हेर्ने हो भने त नेपालभन्दा बाहिर पाइटलाई मात्रै हैन अरुलाई पनि राम्रो छ ।

मासु सेवनका सात फाइदाहरु

काठमाडौं, २३ असोज । पोषण विद क्रिस गुनार्सले अथोरिटी न्युट्रिशन डटकमका लागि एक आलेख लेखेर मासुका सात वटा फाइदाबारे उल्लेख गरेकी छिन् । उनले मासु सेवन छोड्नु नपर्नाका सात कारण भनेर उनले लेखेको सो लेखमा मासुका फाइदाबारे चर्चा गरिएको छ । पछिल्लो केहि दशकदेखि मासुलाई धेरै रोगहरुको कारणका रुपमा आरोप लगाइँदै आइएको छ । तर नयाँ रोगका लागि हामीले लामो समयदेखि खाँदै आएको पुरानो आहार मासुलाई दोष दिईरहेका छौं । यहाँ मासु खान छोड्नु नपर्ने सात कारण उल्लेख गरिएका छन् । जीव र वनस्पति दुबै खाएर हामी राम्रो काम गर्न सक्छौं / १)क्रमबद्ध विकास इतिहास हेर्दा चरणदेखि पुर्व मानव जाति देखि मानव जातिको विकासका क्रममा पनि हामीले मासुको सेवन गरेका थियौं । हाम्रो पाचन प्रणालीको बनोट नै प्रोटिन र पोषणहरु पचाउन सक्ने खालको छ । सत्य कुरा यो पनि हो की मानव जाति सर्वहारी प्राणी हो अर्थात मानिस शाकाहरी र मांशाहारी दुबै हो । शाकाहारी जीवको भन्दा मानिसको पाचन प्रक्रिया पनि धेरै छोटो हुन्छ । शाकाहारी जीवको पाचन प्रक्रियाका लागि छुट्टै कुनै अंग पनि हुँदैन् । १ लाख ५० हजार बर्ष पहिले नै हाम्रा पुर्खाहरुले मासु खाने गरेको ऐतिहासिक तथ्यहरुले समेत देखाइसकेका छन् । २) मासुमा पोषण हुन्छन् उच्च गुणस्तरको मासुमा उच्चस्तरको पोषण हुन्छ । १०० ग्राम भिटामिन बी१२, बी३, बी६, आइरन लगायतका पदार्थ हुन्छ । बी१२ भिटामिन साधारण खानाबाट प्राप्त नहुने भएकाले त्यसका लागि मासु नै सेवन गर्नुपर्छ । मासु नखानेहरुमा भिटामिन बी१२ को कमि हुने गरेको छ । ३) मुटुरोग र मधुमेहको कारण मासु होइन मुटुरोग र मधुमेह रोगको कारकका रुपमा मासुलाई आरोपित गरिँदै आइएको छ । मासुमा रहेको अधिक बोसोका कारण मासुलाई यी रोगको कारक मानिएको हो तर मिथकमा परिणत भैसकेका छन् । पछिल्ला अध्ययन अनुसन्धानहरुले मुटुरोग र मधुमेहको कारण बोसो नभएको पुष्टि गरिसकेका छन् । हार्भड युनिभर्सीटीले १२ लाख १८ हजार ३ सय ८० जनामा गरेको विस्तृत अध्ययनले मुटुरोग तथा मधुमेह रोगको मासुसँग कुनै सम्बन्ध नभएको देखाएको थियो । ४) मासुमा उच्च गुणस्तरको प्रोटिन पाइन्छ । प्रोटिनहरु अमिनो एसिडहरु जोडिएर निर्माण भएका रेसादार आकृतिका हुन्छन् । ९ प्रकारका अमिनो एसिड मानिसले उत्पादन गर्न सक्दैन जुन खानाबाट मात्रै प्राप्त हुन्छ । जीवजन्तुका मासुबाट हामीले ती ९ वटै प्रोटिन प्राप्त गर्न सक्छौ तर वनस्पतिमा ती सबै नहुन सक्छन् । हाडहरुको बलियोपनका लागि प्रोटिन नभै नहुने पदार्थ हो । बुढेशकालसम्म गतिशिल रहन र हाड भाँचिने समस्याबाट जोगिन पनि प्रोटिन आवश्यक पर्छ । यी समस्याहरुबाट जोगिन प्रोटिनको सेवन आवश्यक हुन्छ र त्यसका लागि मासु खानु पर्छ । ५)मासु र क्यान्सरको कमजोर न्युन सम्बन्ध मासु र क्यान्सरका बिचमा सम्बन्ध हुन्छन भन्ने केहि अध्ययनहरु अघि सारिएका छन् । तर तारिएको रातो मासुसँग मात्रै क्यान्सरको झिने सम्बन्ध हुन्छ भनिएको छर त्यस्ता अनुसन्धानहरु स्वंय अवलोकनका आधारमा तयार पारिएका हुन जुन असान्दर्भीक र अप्रमाणित छन् । मासुको उचित प्रयोग गरेको खण्डमा क्यान्सरको कुनै सम्भावनै रहन्न तर मासुलाई अधिक तारेर वा डढाएर खाँदा भने त्यस्तो सम्भावना रहन्छ नै । ६) मासु खान छोड्नु पर्नाको ठोस प्रमाणित कारण अझै पत्ता लागेको छैन् । अझैसम्म मासु खान छोडेपछि स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने प्रमाण अझै फेला परेको छैन् । त्यसरी अघि सार्ने प्रयास गरिएका अध्ययनहरु पनि फगत अवलोकनका आधारमा तयार पारिएका प्रतिवेदनहरु हुन जसले ठोस आधार पेश गर्न सकेका छैनन् । मांशाहारी भन्दा शाकाहारी धेरै स्वस्थ हुन्छन् भन्नुको कारण भनेको शाकाहारीहरु मांशाहारीको तुलनामा स्वास्थ्य प्रति अलि बढि नै सचेत हुन्छन् । शाकाहारी खानाका कारण उनीहरु स्वस्थ भएको नभएर आफ्नो बानी व्यवहार र स्वास्थ्य प्रतिको सचेतताका कारण मात्रै अलि बढि स्वस्थ देखिएका हुन् । ७) मेडिसिन डेल्लीका अनुसार मासुबाट ठुलो मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ जसले शरिरलाई बलियो बनाउन मदत गर्छ । यसमा रहेको आइरन, जीन्क लगायतले शरिरमा होमोग्लोबिनको मात्रा बडाउन सहयोग गर्छ । त्यस बाहेक यसमा रहेको भिटामिन ए, बी र डीले चिन्तन शक्ति, हाडको बजबुति, मानशिक स्वास्थ्य लगायतमा ठुलो सहयोग गर्दछ ।

अपरमादीले कात्तिकदेखि जलविद्युत उत्पादन थाल्ने, ५ अर्ब लगानीमा २५ मेघावाट क्षमताको जलविद्युत गृह निर्माण

पोखरा, २२ असोज । कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम सकिएकाले परीक्षण उत्पादनको अन्तिम तयारीमा लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए । आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएकोे छ । विद्युत् लाइनलाई लेखनाथ नगरपालिकास्थित सवस्टेसनसम्म जोड्नका लागि ३२ वटा विद्युत् टावर निर्माण गरिसकिएको र त्यसमा तार तान्ने काम पनि सम्पन्न भएको छ । टावरमुनि पर्ने जङ्गलमा रहेका रुख काट्न वन तथा भू–संरक्षण विभागबाट स्वीकृत आइसकेको र कात्तिक १५ गतेसम्म ती रुख पनि काटिसक्ने बताइएको छ । आयोजनाले परीक्षण उत्पादन गरेपछि त्यसमा केही कमी कमजोरी भए एक महिनाभित्र सुधार गर्ने र मङ्सिर महिनाको अन्तिमतिरबाट नियमित उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने को–अर्डिनेटर बरालले बताए । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, विनोशकारी भूकम्प र सुरुङ खन्ने क्रममा पहिरो गएकाले लागत बढेर रु आठ अर्ब पुग्न गएको बताइएको छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा विसं २०६९ को पुस महिनाबाट आयोजना सुरु गरिएको थियो । आयोजना सुरु भएको ३० महिनामा सक्ने लक्ष्य राखिए पनि विविध कारणले ४८ महिनामा आयोजना सकिन लागेको बताइएको छ । रासस