विकासन्युज

कुमारी बैंकको नाफा ७० करोड, संचित कोष १३५ करोड थपियोे

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड रुपैयाँ कम हो । तर एक वर्षमा बैंकको संचित कोषमा १३५ करोड थपिएको छ । गत आर्थिक वर्षमा कुमारी बैंकले काष्ठमाण्ड डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविकार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स एक्वाएर गरेको थियो । उक्त एक्वाएर पूर्व ती बैंकहरुले गरेको नाफा ६६ करोड र स्वाप रेसियो अन्तरबाट थप पुँजी गरी संचित कोष १३५ करोडले वृद्धि गरेको हो । २०७३ असार मसान्तमा ७६ करोड संचित कोष भएको यस बैंकले २०७४ असार मसान्तमा संचित कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । संचित कोषमा ठूलो रकम सेयरधनीलाई वितरण गर्न योग्य भएको बैंक स्रोतले बतायो । यस बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाईरहेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ । हकप्रद सेयर र यस वर्ष दिने बोनस सेयरबाट बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ । यस बैंकले असारमसान्तसम्ममा ५२ अर्ब निक्षेप, ४५ अर्ब कर्जा र साढे सात अर्ब लगानी परिचालन गरेको छ । सीडी रेसिओ ७८ प्रतिशत छ । बैंकको एनपीएल १.८६ प्रतिशत रहेको छ । बैंकको आरओई ८.६७ प्रतिशत रहेको छ ।

हिमालयन डिष्टिलरीको नाफामा भारी गिरावट

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीको नाफा १२ करोड २१ लाख घटेर ३ करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । रोयल ट्रेजर ब्राण्ड लक्ष्यअनुसार बिक्री नभएपछि कुल आम्दानीमा गिरावट आएको हिमालयनले जनाएको छ । यस्तै गोल्डेन ओक ब्राण्डको मदिरा पनि बिक्री कम भएको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले १ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ । अघिल्लो वर्ष मदिरा बिक्रीबाट १ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बिक्रीबाट हुने आम्दानी झण्डै १८ करोड रुपैयाँ घटेको कम्पनीले सोमबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणमा उल्लेख छ । वित्तीय विवरणअनुसार बिक्री, नाफा, प्रतिसेयर आम्दानी र तरलता अनुपातमा कमी आएको छ । नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ मात्र छ । कम्पनीले पछिल्लो समयमा ल्याएका उत्पादन लक्ष्य अनुसार बिक्री हुन सकेका छैनन् ।

राष्ट्र बैंकले मंगलबारदेखि नयाँ ५ रुपैयाँको नोट बजारमा ल्याउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ । केन्द्रीय बैंकले मंगलबारदेखि नयाँ ५ रुपैयाँ दरको नोट चलन चल्तिमा ल्याउन लागेको हो । नयाँ नोटमा तलेजु भवानी मन्दिरको सट्टा काष्ठमण्डप मन्दिर, साविक याकको सट्टा वन्य याक र सगरमाथाको सट्टा हुम्लाको लिमि हिमाल चित्र रहने राष्ट्र बैंकले जनाएको छ । नोटको दायाँतर्फ लालिगुराँशको पानीछाप रहने छ ।

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध, सौराहाका पर्यटकको उद्धार 

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पाँच किलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको छ । सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो । दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् । सौराहाका पर्यटकको उद्धार यसैगरी अविरल वर्षाले बाढी पसेपछि जिल्लाको सौराहास्थित पर्यटकीय होटलका पर्यटकलाई आइतबार उद्धार गरिएको छ । राप्ती र बूढीराप्ती खोला सौराहामा शनिबार साँझबाट पसेपछि अधिकांश होटल डुबानमा परेका थिए । सबै होटलको पहिलो तलामा पानी पसेपछि पर्यटकलाई माथिल्लो तलामा राखिएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय र होटल व्यवसायी जुटेका थिए । उद्धारमा सक्रिय इलाका प्रहरी कार्यालय रत्ननगरका निमित्त प्रमुख प्रहरी निरीक्षक अभय विक्रमका अनुसार दिउँसो ट्याक्टर, गाडी, हात्ती, ¥याफ्टिङ डुङ्गामा राखेर केही पर्यटकलाई रत्ननगर र नारायणगढका होटलमा पठाइएको थियो । बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनबाट ३० जना पर्यटकको उद्धार गरिएको उहाँले बताए। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै क्षेत्रबाट पर्यटकको उद्धार गरिएकाले यकिन तथ्याङ्क भने आई नपुगेको बताउनुभयो । सयजना भन्दा बढीलाई उद्धार गरिएको अनुमान गरिएको छ । आइतबार साँझ पानीको सतह घट्दै गएपछि कतिपय पर्यटक भने होटलमै रहेको र उनीहरुलाई सुरक्षित रुपमा राख्न र खुवाउन सकिने अवस्था सिर्जना भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। पर्यटकीय क्षेत्र सौराहासमेत रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले मानवीय क्षति नभए पनि कुखुरा, बंगुर, बाख्रा लगायतका पशु चौपाय भने धेरै सङ्ख्यामा मरेको बताए । उद्धार र राहत वितरण कार्य तीव्र रुपमा भइरहेको जानकारी दिँदै उहाँले क्षति न्यूनीकरणका लागि हरसम्भव प्रयास भइरहेको बताए । सौराहामा दुई सय नेपाली, दुई सय भारतीय र दुई सय अन्य मुलुकका पर्यटक रहेको अनुमान गरिएको थियो । पर्यटक आगमन शुरु भएसँगै होटलमा बाढी पसेपछि व्यवसायी चिन्तित बनेका छन् । रासस

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४१ करोड ६५ लाख

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा ४१ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो बीमा कम्पनीले यस वर्षको बीमांकीय मूल्यांकन भने गर्ने बाँकी रहेको र सो पश्चात हुने नाफा पनि यसमा जोडिने भएको जानकारी दिएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष भने ९० करोड ६६ लाख नाफा गरेको थियो । यो नाफा विमांकिय मूल्यांकन पश्चात प्राप्त भएको ५७ करोड ८९ लाख रुपैयाँको नाफासमेत जोडेर राखिएको अन्तिम तथ्यांक भएको पनि यो बीमा कम्पनीले जानकारी दिएको छ । यो बीमा कम्पनीको गत आवसम्ममा ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यसले जगेडा कोषमा ४ अर्ब ७४ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले बीमाशुल्क मार्फत १२ अर्ब रुपैयाँ संकलन गरेको छ । यसले अभिकर्ता कमिशनमा १ अर्ब २२ करोड खर्च गरेको छ । यो बीमा कम्पनीको बीमालेख संख्या १० लाख रहेको छ । यसले बीमाशुल्क मार्फत गत आवसम्ममा ५२ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ भने गत आवमा मात्रै १२ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो बीमा कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३६ पैसा रहेको छ ।  

स्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६ प्रतिशतले मात्रै बढ्यो, बैंकको नाफा १ अर्ब ३८ करोड रुपैयाँ

काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा जम्मा ८ करोड ९४ लाखले मात्रै नाफा बढाएको छ । यो बैंकको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९२ प्रतिशत हो । यो बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यसले बैंकले अघिल्लो वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । यो बैंकले गत असारमसान्तसम्ममा ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३९ अर्ब २० करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गत आवसम्ममा गरेको लगानी  १५ अर्ब ७६ करोड रुपैयाँ छ । बैंकको सीसीडी रेसियो ७२ दशमलव ३४ प्रतिशत छ । यो बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी ३ अर्ब ५ करोड रुपैयाँ छ भने व्याजमार्फतको खर्च ८६ करोड ३४ लाख रुपैयाँ रहेको पनि उल्लेख छ । यसको खराव कर्जा शून्य दशमलव १९ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाा ५० पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ ३०३ रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो, बैंकले कमायो ३ अर्ब १६ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा २३ दशमलव ८८ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत वर्ष ३ अर्ब १६ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैकको नाफा अघिल्लो वर्षको तुलनामा ६० करोड ९१ लाख रुपैयाँले बढी हो । यो बैंकले अघिल्लो वर्ष २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको थियो । यो बैंकले गत असारमसान्तसम्ममा १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गत आवसम्ममा गरेको लगानी २५ अर्ब ६१ करोड रुपैयाँ छ । बैंकको सीसीडी रेसियो ७७ दशमलव ६३ प्रतिशत छ । यो बैंकको चुक्ता पुँजी ९ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी ९ अर्ब २४ करोड रुपैयाँ छ भने व्याजमार्फतको खर्च ४ अर्ब ४६ करोड रुपैयाँ रहेको पनि उल्लेख छ । यसको खराव कर्जा शून्य दशमलव ८३ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाा २० पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा रहेको छ ।

नेपाल बैंकले कमायो ३ अर्ब २१ करोड, बैंकको नाफा ११ प्रतिशले बढ्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमाा ३ अर्ब २१ करोड ९५ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैकको नाफा अघिल्लो वर्षको तुलनामा ११ दशमलव ६७ प्रतिशतले बढी हो । यो बैंकले गत वर्षभन्दा ३३ करोड ६५ लाख रुपैयाँल नाफा बढाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २ अर्ब ८८ करोड २९ लाख रुपैयाँ थियो । यो बैंकले गत असारमसान्तसम्ममा ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गरेको लगानी १२ अर्ब १६ करोड छ । बैंकको सीसीडी रेसियो ७० दशमलव ७९ प्रतिशत छ । यो बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी मात्रै ७ अर्ब ५६ करोड छ भने व्याजमार्फतको खर्च १ अर्ब ७२ करोड रुपैयाँ रहेको पनि उल्लेख छ । यसको खराव कर्जा ३ दशमलव १७ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ४० रुपैयाा ३ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।