पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल मंगलबारदेखि पुनःसञ्चालन
डोल्पा । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल मंगलबारदेखि पुनः सञ्चालन भएको छ । उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो । मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घामले बाँकी हिउँ र हिलो सुकेपछि विमानस्थल पुनःसञ्चालन भएको हो । यातायातको एक मात्र साधनका रुपमा रहेको विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि हप्तौँदेखि विमानस्थलमै अलपत्र परेका सर्वसाधारण पालो कुर्दै गन्तव्यसम्म जान थालेका छन् । विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामग्री समेत ढुवानी गर्न सहज भएको व्यापारीले बताएका छन् । मंगलबार मात्रै तारा एयरलायन्सले नेपालगन्जदेखि एउटा उडान भरेको छ । रासस
सानिमा बैंकले पनि पायो ३० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति, पूँजी करिब ७ अर्ब पुग्ने
काठमाडौं । सानिमा बैंकले पनि ३० प्रतिशत (१० बराबर ३ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले सोमबार नै बैंकलाई १ करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको १ अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिबीआईएल क्यापिटलले गरिरहेको बोर्डले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड ५८ रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ८९ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।
लक्ष्मी बैंकलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । लक्ष्मी बैंकलाई शतप्रतिशत (१ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनमति अनुसार बैंकले ३ करोड १५ लाख ९० हजार ३०४ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको बैंकले जनाएको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब १६ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ७०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
दोस्रो त्रैमाससम्म पौने २२ प्रतिशत पुँजीगत खर्च, विकासे आयोजनाको गैर बजेटरीमा बाँड्दै अर्थ मन्त्रालय
चालू आर्थिक दोस्रो चौमाससम्म जम्मा २१.७४ प्रतिशत अर्थात ६७ अर्ब ८२ करोडमात्र पुँजीगत खर्च भएको छ । सामान्य समय रहेकोे यस वर्ष सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न जेठ १५ मै बजेट ल्यायो । तर, पनि बजेट खर्च भने उस्तै गर्यो । बजेट खच नहुने देखिएपछि सरकारले बजेट अंकनै संशोधन गरे पनि चालु आर्थिक वर्षमा ८९.२२ प्रतिशतसम्म खर्च हुने अनुमान गरेको छ । पछिल्लो संशोधित बजेट पनि खर्चं गर्न नसक्ने देखिएपछि जथाभावी चुनावी स्वार्थसँग गासिएका कार्यक्रममा बजेट विनियोजन गर्न थालेको हो । अन्य वर्षमा जब आर्थिक वर्षको अन्तिम चौमास आउँछ तब मन्त्रालयमा बजेट माग्नेको घुइचो लाग्ने गरेकोले यस वर्ष चुनावी कार्यक्रम सहित बजेट माग बढी आएकाले अर्थले खर्च नहुने अर्थात नभएका आयोजनाको रकम काटेर झण्डै चार अर्ब रकम गैर बजेटरीमा विनियोजन गरिसकेको छ । कार्यकर्ता रिझाउनका लागि पनि एक टोलबाट अर्को टोल जोड्ने, पार्टीगत रुपले खोलिएका संघ संस्थामा समेत बजेट विनियोजन गर्न थालिएको छ, ठूला आयोजनको बजेट काटेर । खर्च गर्न नसकेका राष्ट्रिय गौरव तथा राष्ट्रिय महत्वका आयोजना वर्षौदेखि निर्माण थालनी समेत हुन सकेको छैन भने यस्ता आयोजनाको रकम कटौती गरेर अन्य खुद्रे तथा टुक्रे आयोजनामा बजेट खर्च गर्नु त्यति उपयुक्त नदेखिएपनि अर्थ मन्त्रालयले भने त्यसै गरिरहेको छ । सरकारले बजेट विनियोजन गर्दा खर्च गर्न सजिलो होस भन्नका लागि रणनीतिक योजना अनुसार बजेट विनियोजन गरेको थियो । तर, ती शीर्षकको खर्चमा पनि खासै हुन भने सकेको छैन । पछिल्लो सरकारी तथ्याङ अनुसार उतपादन बृद्धिमा जम्मा १८ प्रतिशतमात्र खर्च भएको छ भने पूर्वाधार निर्माणमा २० प्रतिशत, सामाजिक विकासको लागि २७ प्रतिशत खर्च भएको छ । त्यस्तै सुशासन प्रवद्र्धनका लागि १५ प्रतिशत, अन्तरसम्बन्धित विकासको लागि करिब २० प्रतिशत र साधारण प्रशासनको लागि ३९ प्रतिशत गरी जम्मा कुल बजेटमा ३८.१५ अर्थात ४ खर्ब १ अर्बमात्र खर्च भएको छ । सरकारले चालु आवको लागि १० खर्ब ४८ अर्बको बजेट विनियोजन गरेको छ । कुल बजेटमध्ये ५८.८४ प्रतिशत साधारण, २९.७४ प्रतिशत पुँजीगत र ११ दशमलव ४२ प्रतिशत वित्तीय व्यस्था खर्च हो । समग्र खर्चको अवस्थालाई प्रतिशतको आधारमा हेर्ने हो भने सबैभन्दा बढी साधारण खर्च भएको देखिन्छ भने सबैभन्दा कम पुँजीगत खर्च भएको छ । रकमका आधारमा हेर्दा भने वित्तीय व्यवस्थातर्फको खर्च सबैभन्दा कम ३८ अर्ब ९१ करोडमात्र खर्च भएको देखिन्छ । बजेटका अन्य शीर्षकमा भएको खर्चलाई खासै चासो राख्ने हाम्रो अभ्यास छैन । तर, पुँजीगत खर्च भने सबैको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र चिन्ताको विषय बनेको छ । चालु आर्थिक वर्षका लागि ३ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ पुँजीगत शीर्षकमा बजेट विनियोजन गरिए पनि आठ महिनामा जम्मा ६७ अर्ब ८२ करोड रुपैयाँ मात्र खर्च भएको छ । सरकारले समयमै बजेट खर्च गर्न डेढ महिना अघि बजेट ल्याएको, साउन १ मै बजेट अख्तियारी पठाएको, कार्तिक र मंसिर दुबै महिनामा विकासे मन्त्रालयका सचिव तथा योजना महाशाखा प्रमुखसँग छलफल गरी आयोजनामा रहेका व्यधानहरूलाई हटाएपनि सोचे जस्तो खर्च बढ्न भने नसकेको अर्थ मन्त्रालयले भनाइ छ । तथ्याङले त्यो देखाए पनि अर्थ मन्त्रालयले भने दोस्रो चौमाससम्म कम्तीमा पनि करिब ४० प्रतिशत पुँजीगत खर्च भएको हुनुपर्ने अनुमान गरेको छ । ‘हामीले खर्च बढाउन विभिन्न माध्यमबाट प्रयास गरिरहेका छौ,’ अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख मधुकुमार मरासिनीले भने ‘अहिले भएको खर्च पनि अर्थको अनुगमन र मूल्यांकनको प्रतिफल हो ।’ विस्तृत परियोजना प्रतिवेदनसमेत नबनेका योजनामा रकम विनियोजन हुनु, आयोजना ढिला स्वीकृत हुनु, ठेक्का पट्टाको काम ढिला लाग्नु, ठेकेदाररूले समयमै काम सम्पन्न गर्न नसक्नुलगायतका विविध कारणले बजेट खर्च हुन नसकेको हो ।
आर्थिक गणनाको पाइलट सर्वे वैशाखबाट गरिने
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले आर्थिक गणनाको पाइलट सर्वे (पूर्व तयारी) वैशाखदेखि शुरु गर्ने भएको छ । २०७५ वैशाखबाट शुरु गरिने आर्थिक गणनाको पूर्व तयारीका लागि ३३ जिल्लामा रहेका उद्योग प्रतिष्ठानहरूको एक महिना लगाएर पाइलट सर्वे गर्न लागिएकोे हो । पाइलट सर्वे सकिएपछि यसमा आएका व्यवधानहरूलाई हटाएर पूर्ण गणनाको तयारी गर्ने विभागको योजना छ । प्रतिष्ठान विधि अनुसार गरिने उक्त सर्वेक्षणले देशभरि सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरूको एक्कै पटक तथ्याङ प्राप्त गर्नका लागि उक्त गणना गर्न लागिएको विभागका उपमहानिर्देशक डा.रुद्र सुवालले बताए । ‘सबै उद्योगको तथ्यांक आएपछि नेपालको उत्पादन स्तर र वास्तविक अर्थतन्त्रको आँकार बुझ्न सहज हुन्छ,’ उनले भने ‘यसले नीति निर्माण गर्न सहज हुनाका साथै देशको आवश्यकताको पनि पहिचान गराउने उनले बताए । यो विशुद्ध आर्थिक गणना भएकोले उद्योगीहरूले यथार्थ विवरण दिन उनले सुझाएका छन् । आर्थिक गणनाले भौगोलिकता आधारमा हुने आर्थिक क्रियाकलापको अध्ययन गर्ने र कहाँ कस्तो सम्भावना र आवश्यकता छ भन्ने समेतको पहिचान गर्ने भएकोले अर्थतन्त्रको समग्र चित्रण स्पष्ट पार्ने उनको भनाइ छ । विभागले उक्त गणनाको लागि चैत दुई गतेदेखि साताव्यापी तथ्यांक अधिकृतहरूलाई तालिम सञ्चालन दिन लागिएको हो । ५० करोड लागत लाग्ने अनुमान गरिएको उक्त गणनामा प्रविधिक सहयोग जाइकाको रहने छ । देशमै पहिलोपटक हुन लागेको राष्ट्रिय आर्थिक गणनाले नेपालको भूभागभित्र अस्तित्वमा रहेका खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत् ग्यास तथा आपूर्ति, पानी ढल तथा फोहोर व्यवस्थापनजस्ता समग्र क्षेत्रलाई समेट्ने छ । यसैगरी निर्माण, थोक तथा खुद्रा व्यापार, सवारी मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थापन, सूचना तथा सञ्चार, वित्त तथा बीमासम्बन्धी क्रियाकलाप, घरजग्गा कारोबार, पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, कला तथा मनोरञ्जन र अन्य सेवाक्षेत्रलाई समेत समेट्ने विभागको योजना छ । गणनाले आर्थिक नीति, योजना निर्माण, प्रशासनिक कार्य सञ्चालन, अध्ययन–अनुसन्धान, उद्योग, व्यापारमा सर्वेक्षण उपयोगी देखिएको हुनेछन् । कृषि, वन तथा मत्स्यअन्तर्गतका औपचारिक रूपमा दर्ता नभएका व्यावसायिक प्रतिष्ठानका साथै सार्वजनिक प्रशासन र रक्षा क्षेत्रलाई गणनामा समावेश गरिने छ । साथै गणनामा सामाजिक सुरक्षाअन्तर्गत वर्गीकृत प्रतिष्ठान, स्वरोजगार तथा घरायसी कामदार र अन्तर्राष्ट्रिय संगठन तथा कूटनीतिक निकाय भने समावेश नहुने विभागले बताएको छ । हरेक ५ वर्षमा हुने गरी योजना गरिएको राष्ट्रिय आर्थिक गणनालाई मूर्तरूप दिन स्वचालित प्रविधिको प्रयोग गरी सर्वे गर्न हो । विभागले आर्थिक गणना थाल्नुअघि व्यावसायिक प्रतिष्ठानको तथ्याङ संकलन गर्न जापान सरकारको सहयोगमा ‘ई–सेन्सस’ नामको सफ्टवेयर निर्माण गरेको छ । यहि प्रविधिको प्रयोगबाट आर्थिक गणना गरिने छ । ई–सेन्सस तथ्यांक संकलनमा सहयोग गर्ने अनलाइन माध्यम हो ।
‘स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ’ बचतकर्ताको लागि लगानीको राम्रो अवसर, ऋण लिनेलाई कम फाइदा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालकाे थप सार्वजनिक निष्काशन (एफपीओ)को लागि आजदेखि आवेदन खुला भएको छ । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ । यस बैंकमा ५० प्रतिशत शेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रिण्डलेज पिटिआई (अस्ट्रेलिया) र २५ प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड बैंक (बेलायत)को रहेको छ । नेपालीको २५ प्रतिशत सेयर छ । एफपीओ निष्काशनपछि संस्थापक विदेशीको सेयर ७०.२१ प्रतिशत हुनेछ भने नेपाली सर्बसाधारणको सेयर २९.७९ प्रतिशत हुनेछ । एफपीओपछि पनि ७० प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको रहने भएकोले यो बैंक मुलभुत रुपमा सोही ग्रुपले सञ्चालन गर्छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ७४ करोड रुपैयाँ छ भने एफपीओ बाँडफाँडपछि ४ अर्ब ५७ लाख रुपैयाँ हुने छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार आर्थिक वर्ष २०७४ असार मसान्तसम्ममा ८ अर्ब ४ करोड चुक्ता पुँजी पुर्याउने बैंकको योजना छ । त्यसको लागि बैंकले आगामी वर्ष १०० प्रतिशत बोनस सेयर दिने पुँजी वृद्धि योजना छ । त्यसको लागि एफपीओबाट ३ अर्ब ४ करोड रुपैयाँ प्रिमियम आर्जन हुनेछ भने चालु आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा हुने बैंकको प्रक्षेपण छ । प्रिमियम रकम र नाफाबाट बैंकले १०० प्रतिशत बोनस सेयर दिने याेजना बनाएकाे छ । राष्ट्र बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ हुनुपर्ने नीति लिएपछि यस बैंकले पुँजी वृद्धि सम्बन्धि निर्णय ढिलागरी लियो । तर सुस्पष्ट र स्थीर नीति लियो । यो बैंक अलि परम्पराबादी छ र आक्रामक छैन तर दीगो देखिन्छ । ‘अन्तर्राष्ट्रिय बैंक हो, उसको निर्णय प्रक्रिया अलि लामो छ र कम्प्लाइन्स ज्यादै राम्रो छ’ चार्टर्ड एकाउन्टेन्ट अनुप श्रेष्ठले भने । ‘हाल प्रतिकित्ता २ हजार रुपैयाँमा किनबेच भईरहेको सेयर साधारण सेयरधनीले १२९० रुपैयाँमा पाउँछन् । आफ्नो बचतबाट लगानी गर्नेहरुको लागि यो सेयर राम्रो हो’ नेपाल हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल भन्छन्–‘चर्को व्याज तिरेर लगानी गर्नेको लागि भने धेरै फाइदा छैन ।’ उनी भन्छन–यस बैंकको सेयरमा पनि १० गुणा भन्दा बढी आवेदन पर्न सक्छ । बाँडफाँड गर्दा धेरै आवेदन गर्नेले ५/६ प्रतिशत मात्र सेयर पाउने अवस्था आउन सक्छ । ऋण लिएर सेयर आवदेन गर्नेको लागत उच्च हुनेछ ।’ पछिल्ला वर्षहरुमा बैंकको प्रतिसेयर आम्दानी भने घट्दै गएको छ । विगत ५ वर्षमा बैंकको प्रतिसेयर आम्दानी ७२, ६५, ६५, ५८ हुँदै गत आर्थिक वर्षमा ४५ रुपैयाँमा झरेको छ । आगामी तीन वर्षमा प्रतिसेयर आम्दानी क्रमशः ३६, २२ र २७ रुपैयाँ हुने बैंकले प्रक्षेपण गरेको छ । पछिल्लो वर्ष यस बैंकको विजनेश विस्तार उच्चदरको छैन तर पुँजी वृद्धिपछि बैंकले व्यवसाय विस्तार गर्ला भन्ने अपेक्षा गर्न सकिने पौडेल बताउँछन् । निकट भविष्यमा नेपालमा विदेशी लगानी उल्लेख्य रुपमा वृद्धि हुने देखिन्छ । त्यसको लाभ सबैले लिनेछन् र तर सबैभन्दा पहिला र बढी लाभ स्ट्याण्डर्ड चार्टर्ड बैंकले लिने जानकारहरु बताउँछन् । ८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी हुँदा बैंकसँग जगेडा तथा संचित कोषमा करिव पौनै ५ अर्ब रुपैयाँ हुनेछ । पुस मसान्तसम्ममा यो कोषमा करिव ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । जतिबेला बैंकले १३० अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्छ । हाल बैंकको कुल कर्जा लगानी जम्मा ५५ अर्ब रुपैयाँ मात्र छ । ‘स्ट्याण्डर्ड चार्टर्ड बैंकको विजनेश सानो तर क्रिम विजनेश गरिरहेको छ । ठूला संकटको बेलामा पनि यो बैंकको व्यापार र नाफामा ठूलो असर पर्दैन’ एक जना इन्भेष्टर भन्छन्–‘ब्राण्डको लागि पनि यो बैंकको सेयरमा मान्छेले बढी मूल्य तिर्छत ।’ केही वर्षअघि यस बैंकको सेयर प्रतिकित्ता ९ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भएको थियो । यस बैंकको नेपालभित्रको नेटवर्क सानो छ । जम्मा १२ वटा शाखाबाट कारोबार गर्दै आएको छ । तर यस बैंकको अन्तराष्ट्रिय नेटवर्क सबैभन्दा राम्रो छ र नेपालमा भएका अरु बैंकको लिडर बैंक हो यो । ठूला बैदेशिक व्यापारी, विदेशी मुद्राको कारोबारी, नेपालका विकासका साझेदार, आइएनजीओहरुले कारोबार गर्दा यसै बैंकलाई रोज्ने गरेका छन् ।
विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङले दिइन् १४ लाख रूपैयाँ सहयोग
काठमाडाैं । आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गरेकी छिन् । काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उनले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गरेकी हुन् । सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उनले आत्माशान्तिका लागि सहयोग गरेको बताइन् । उनले गर्नु भएको सहयोगले आफ्नो विद्यालय निर्माण गर्ने अभियानमा ठूलो सघाउ पुगेको घाँसी नेपालले जनाएको छ । घाँसी नेपालले भूकम्पमा भत्किएका विद्यालयहरु पुनःनिर्माण गरिरहेको छ ।
दूरसञ्चार कम्पनीले लाभांश सेयरधनीकाे खातामा नहाल्ने, पुर्जी बोकेर पैसा लिन आउन एनएमबी बैंकको उर्दी
काठमाडौं । नियामक निकायहरुको निर्देशन अवज्ञा गर्दै नेपाल दूरसञ्चार कम्पनी, यसको निश्काशन तथा बिक्री प्रबन्धक एनएमबी बैंक तथा यस बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले दूरसञ्चार कम्पनीको नगद लाभांश बुझ्न सेयर प्रमाणापत्रकाे पूर्जी लिएर लिएर आफै उपस्थिति हुन उर्दी जारी गरेको छ । नेपाल धितोपत्र बोर्डले एक वर्षअघि नै सूचिकृत कम्पनीहरु सबैले सेयरधनीलाई दिने लाभांश सेयरधनीको खातामा जम्मा गर्न निर्देशन दिएको थियो । नेपाल धितोपत्र बोर्ड नेपाल स्टक एक्स्चेञ्ज कम्पनीमा सूचिकृत सबै कम्पनीहरुको नियामक निकाय हो । नियामक निकायको निर्देशनको उल्लंघन आफ्नो सुविधा अनुसार कम्पनीहरुले काम गरेको छन् । उनीहरुले विकसित प्रविधिको प्रयोग गर्नुको साटो सयौं वर्ष पुरानो उर्दी मोडलमा सूचना जारी गरे लाभांश दिन आउन लगानीकर्तालाई आदेश दिएका छन् । नेपाल टेलिकमको ७ अर्ब ६५ करोड रुपैयाँ बोनस रकम पास, सेयरधनीले चैत १ गतेदेखि पाउने