वैशाख ३१ काे चुनावी तयारी बढ्याे, एक करोड ४० लाखभन्दा बढी मतदाता
काठमाडौ । स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंगो लगाएको हो । मतदाता नामावली टुंगो लगाएसँगै मतदाता परिचयपत्र छपाइ पनि सुरु भएको छ । मनाङ जिल्लाबाट मतदाता परिचयपत्र छपाइ सुरु भएको आयोगले जनाएको छ। पुरुष मतदाता धेरै – महिला मतदाता ६९,८४,६२५ – पुरुष मतदाता ७०,६९,७१४ – तेस्रोलिंगी मतदाता १४३ ९ फागुन ०७३ सम्म १८ वर्ष उमेर पुगेकालाई मतदाता नामावलीमा समेटिएको छ । १६ वर्षको उमेरबाटै मतदाता नामावलीमा नाम संकलन हुने भए पनि १८ वर्ष पुगेकाहरू मात्रै मतदान अधिकारसहित अन्तिम नामावलीमा पर्छन् । गत ९ फागुनसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ । अब मतदाताको नामावली ठाउँसारी हुनेछैन । आयोगको कार्यतालिकाअनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी १० वैशाख ०७४ भित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्ने सहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट ।
किशोर प्रधान समूहबाट तीन पदाधिकारीसहित २५ सदस्यमा उम्मेदवारी, कहाँबाट कसको उम्मेदवारी ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहले तीन पदाधिकारी सहित २५ सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । आईतवार राजधानीमा आयोजित कार्यक्रममा जिल्ला नगरतर्फ उपाध्यक्षसहित १२ सदस्य पदमा उम्मेदवारी घोषणा गरिएको छ भने बस्तुगत तर्फ उपाध्यक्षसहित १३ सदस्य घोषणा गरिएको छ । उनीहरुले सोमबार ११ बजे महासंघमा उम्मेदवारी दर्ता गर्ने जनाएका छन् । प्रधानको समूहबाट जिल्ला तथा नगरतर्फ प्रमोद श्रेष्ठ उपाध्यक्षमा उठ्दैछन् । यस समूहबाट जिल्ला तथा नगर समूहको सदस्य पदमा चितवन उद्योग वाणिज्य संघबाट कल्याण जोशी, गाईघाट उद्योग वाणिज्य संघबाट गजेन्द्र भगत, तुलसी उद्योग वाणिज्य संघबाट दीपेन्द्र क्षेत्री, रामेछाप उद्योग वाणिज्य संघबाट पशुपति खड्का, ललितपुर उद्योग वाणिज्य संघबाट मनिसलाल प्रधान, सप्तरी उद्योग वाणिज्य संघबाट मनोज मुन्दडा, भक्तपुर उद्योग वाणिज्य संघबाट युवराज भण्डारी, सिन्दुपाल्चोक उद्योग वाणिज्य संघबाट राजेन्द्र श्रेष्ठ, कन्चनपुर उद्योग वाणिज्य संघबाट लोकविक्रम थापा, ताप्लेजुङ उद्योग वाणिज्य संघबाट सन्तोस खतिवडा, दोलखा उद्योग वाणिज्य संघबाट सुदर्शन कार्की, खोटाङ उद्योग वाणिज्य संघबाट कुसनारायण सैंजुले उम्मेदवारी दिने घोषणा गरिएको छ । प्रधानको समूहबाट बस्तुगततर्फ शंकर पाण्डेको उम्मेदवारी घोषणा गरिएको छ । यस समूहको वस्तुगत तर्फको सदस्यमा नेपाल जडिबुटी तथा हर्वल उत्पादक संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, ट्राभल्स एण्ड टुर्स एजेन्ट नेपालका अध्यक्ष मधुसुदन आचार्य, गार्मेन्ट उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल, दाना उद्योग संघका निवर्तमान अध्यक्ष डा त्रिचन्द्र भट्टराई, नेपाल सौर्य विद्युत उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक बहादुर शाही, नेपाल फेल्ट उत्पादक संघका अध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल फ्रेट फरवाडर्स एशोसिएशनका अध्यक्ष प्रकाश कार्की, नेपाल गुड्स क्यारियर्स एशोसिएशनको अध्यक्ष रितेश लामिछाने, नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठ, नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, एनपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे, स्वतन्त्र उर्जा उत्पादक संघको अध्यक्ष शैलेन्द्र गुरागाई, बैदेशिक रोजगार व्यवसायी संघको पूर्व अध्यक्ष हंशराज वाग्ले रहेका छन् । एशोसिएटतर्फको उपाध्यक्षमा आफ्नो समर्थत चन्द्रप्रसाद ढकाललाई रहेको बताउँदै यस समूहको १९ सदस्य पदमा पनि प्रधान समूहले उम्मेदवारी घोषणा गरेन । घोषणा सभामा ढकाल उपस्थित थिएनन् । त्यस्तै महासंघका एशोसिएट सदस्यहरु यस घोषणासभामा उपस्थिति देखिएन । घोषणा सभामा बोल्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान, निवर्तमान सुरज बैद्य, पूर्व अध्यक्ष कुशकुमार जोशीले घोषणा सभामा आउन इच्छुक महासंघका सदस्यहरुलाई समेत वर्तमान नेतृत्वले नजान दवाव दिएको भन्दै आलोचना गरेका छन् । ‘महासंघमा माथिबाट जवरजस्ती आफ्ना कुरा लाद्ने काम भयो, मतदाताको विवेक र स्वेच्छालाई दवाउने प्रयास भएको छ’ पूर्व अध्यक्ष जोशीले सभालाई सम्बोधन गर्दै भने–‘महासघभित्र भएको गलत अभ्यास रोक्न मतदाताले उचित निर्णय गर्ने समय आएको छ ।’
किशोर प्रधानको प्यानल घोषणा(फोटो फिचरसहित)
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि किशोर प्रधान समुहले औपचारिक रुपमा आफ्नो प्यानल घोषणा गरेको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले आफ्नो समुहबाट जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । त्यस्तै, बस्तुगत तर्फको उपाध्यक्षमा शंकर पाण्डेले उम्मेदवारी दिएका छन् । प्रधान समुहले एसोसियट तर्फको उपाध्यक्ष उम्मेदवार भने खडा गरेको छैन् । सौरभ ज्योतिलाई एसोसियट उपाध्यक्ष बनाउने तयारी गरेको थियो तर ज्योतिले अन्तिम समयमा उम्मेदवारी नदिने घोषणा गरेका थिए । पुर्व अध्यक्षहरुको उपस्थितिमा मोरङ उद्योग संगठनका अध्यक्ष मुकेश कुमार उपाध्यायले प्रधानको उम्मेदवारी घोषणा गरेका हुन् । प्रधानको उम्मेदवार घोषणा सभामा महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, सुरज वैद्य लगायतको उपस्थिति थियो ।
नयाँ वर्षको अवसरमा सेनसिको टिभी खरिदमा सित्तैमा घडी उपहार
काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा सेनसिले सेनसि टिभी, रोजाई सारा नेपालीको नारा सहित नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले सेनसि टिभी खरिदमा सित्तैमा हाते घडी उपहार पाउने भएका छन् । अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमापाउने सेनसि टिभीको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।
नलसिङ गाड जलविद्युत आयोजनामा २७ करोड घोटाला, ७ विरुद्ध मुद्धा
काठमाडौं । नलसिङ गाड जलविद्युत आयोजनाको परामर्श दाता कम्पनी छनौटमा २७ करोड भन्दा बढिको घोटाला भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । परामर्श दाता छनौटमा २७ करोड २४ लाख ५४ हजार ३ सय ५१ रुपैंयाँ ६२ पैसा अनियमितता भएको भन्दै अख्तियारले बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । आयोगले आयोजना प्रमुख मोतिवहादुर कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र परामर्श दाताका रुपमा छानिएको कम्पनी स्मेक–एमडब्ल्युएच–उदयका नेपाली प्रतिनिधी उदीपलाल श्रेष्ठ बिरुद्ध मुद्धा दायर गरेको हो । आयोजनाको विस्तृत संभाव्यता अध्ययनको लागि परामर्शदाता छनौटको सिलसिलामा प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा आफू अनुकूल बढि रकम कवोल गर्ने प्रस्तावकलाई बढि अङ्क र कम अङ्क कवोल गर्नेलाई कम अङ्क दिई बढि रकम कबोल गर्ने कम्पनीलाई छनौट गरेको भन्दै आयोगले मुद्धा दायर गरेको हो । आयोगले भ्रष्टाचार निवारण ऐनको दफा २१ बमोजिम १३ करोड ६२ लाख २७ हजार १ सय ७५ रुपैंयाँ ८१ पैसा जरिवाना र एक वर्ष कैद सजायको मागसहित मुद्धा दायर गरेको हो ।
एप्पलको रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस नेपाली बजारमा सार्वजनिक
काठमाडौं । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लि., एप्पलको नेपालका लागि आधिकारिक बितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्यूचर वल्र्ड, तथा ओलिज स्टोरबाट बिक्री गर्नेछ । यी संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ । कम्पनीले आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि केबल आधिकारिक आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्नका लागि ग्राहकहरुलाई अनुरोध गरको छ । आइफोन रेड १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ । अर्थात् रेड संस्करणका लागि ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । आइफोन रेड आइफोनका आधिकारिक बिक्रेताहरु ओलिज स्टोर, इभो स्टोर, फ्यूचर वर्ल्डबाट किन्न सकिने कम्पनीले जनाएको छ ।
रामनवमीको अवसरमा चन्द्रागिरिमा निशुल्क कन्सर्ट
काठमाडौं । नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा यहीं चैत २३ गते निः शूल्क कन्सर्ट हुने भएको छ । रामलिला शो, स्ट्याण्ड अप कमेडी सहित शिब परियारको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजना तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्ने कम्पनीले बताएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ । चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
उद्योग मन्त्रीको गुनासो-विदेशी लगानीकर्ताले पत्याए तर नेपालीले नै पत्याएनन्
काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले विदेशी लगानीकर्ताले नेपाललाई लगानी योग्य गन्तव्यका रुपमा पत्याएको तर नेपाली उद्योगी व्यवसायीले नपत्याएको बताएका छन् । उच्च स्तरिय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्रि जोशीले भने-विदेशी लगानी कर्ताहरुमा जुन किशिमको उत्साह र चासो देखिएको छ त्यै अनुरुपको चासो र उत्साह नेपालका नीजि क्षेत्रमा नदेखिनु दुखद पक्ष हो । उनले विदेशी लगानी कर्ताले नेपाललाई लगानी गन्तव्यका रुपमा स्वीकार गरेर ठुलो लगानी प्रतिवद्धता व्यक्त गरेको तर नेपाली लगानी कर्ताले भने अझै पनि खासै चासो नदेखाएको आरोप पनि लगाए । मन्त्री जोशीले सम्मेलनमा व्यक्त प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सकारात्मक ढंगले सरकारसँग हातेमालो गरेर अगाडी बढ्न नेपालको नीजि क्षेत्रलाई आग्रह गरे । समितिको बैठकले वैदेशिक लगानी अकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष पनि निकालेको छ । बैठकले वातावरण सम्वन्धी मुल्याङ्कन प्रकृया प्रारम्भिक वातारणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनलाई सरलिकृत बनाउने र अन्तर मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडी बढाउने निर्णय पनि गरेको छ । उद्योग सचिव सचिव शंकरप्रसाद कोईरालाले वैदेशिक लगानी भित्र्याउने प्रकृयालाई सरलिकृत गरी कार्यान्वयन चरणमा लैजान उद्योग मन्त्रालयले कार्य सुरु गरिसकेको बताएका थिए । पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले वन र वातावरणको संरक्षण गर्दै हाम्रा नीति नियमहरुलाई लगानी मैत्री बनाउन जरुरी रहेको बताए । वैठकमा लगानी वेर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा व्यक्त अशय पत्रलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान प्रोजेक्ट बैंक बनाउने काम अघि बढेको जानकारी दिएका थिए । निज क्षेत्रका तर्फबाट धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासँघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निश्चित समय सीमा तोकेर लगानी सम्मेलनमा लगानीका लागि आशय पत्र व्यक्त गर्ने लगानी कर्ताहरुलाई नेपालको कानुन अनुसार यो यो सुविधा उपलब्ध छ र उनीहरुको अपेक्षा के हो भन्ने बिषयमा पत्राचार गर्नु जरुरी रहेको बताएका थिए ।