विकासन्युज

सानिमा बैंकले शुरु गर्यो नयाँ कार्ड, २० वटा बैंकका एटिएममा कारोबार निशुल्क

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि मासिक ३ वटा निशुल्क एटिएम कारोबारको नयाँ कार्ड योजना सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले सानिमाको भिसा डोमेस्टीक डेबिट कार्ड प्रयोग गर्दा नेपाल भरि सानिमा सहित अन्य करिब ७३६ एटिएममा निशुल्क कारोबार गर्न सक्नेछन् । यो योजना अन्तर्गत करिब २० वटा बैंकका एटिएममा कारोबार निशुल्क हुनेछन् । ग्राहकहरुले यी बैंकका सुची सानिमा बैंकको वेव साइट तथा शाखाहरुबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजनाले ग्राहकहरुलाई अझ बढी एटिएम कारोबारको पहुच पुरर्याउने बैंकको विश्वास छ ।

आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा, नुन, चिनी, चामल, पिठो, घिउ, पनिरमा छुट

काठमाडौं । सरकारले आजदेखि दशैं, तिहार र छठ लक्षित गरेर उपभोक्ताका लागि उपत्यकामा सहुलियत सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शुक्रबारदेखि सञ्चालनमा आएको यी पसल छठसम्म चल्नेछन् । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्ति मन्त्रालयले जनाएको छ। आगामी चाडपर्वमा उपभोक्ताको सहजताका लागि विभिन्न संस्थानमार्फत सहलियतमा दैनिक उपभोग्य वस्तु बिक्रीबितरण गर्न लागिएको आपूर्ति सचिव प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार यसपाली खाद्य संस्थानले उपत्यकाका ११ स्थान तथा मूलुकभरका गोदामबाट सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेका छन् । साल्ट ट्रेडिङको उपत्यकाका ९ स्थान तीन वटा घुम्ति पसलबाट सेवा छ । साल्ट ट्रेडिङको उपत्यका बाहिर ३६ स्थानमा सहुलियत पसल रहेको मन्त्रालयले जानकारी दिएको छ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ र चिनीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिएको मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । खाद्य संस्थानले बिक्री गर्ने बासमती चामल र फापरको पिठोमा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिएको उनले जानकारी दिइन् । मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिइएको छ । पसलमा दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपैयाँ छुट दिइएको छ ।आपूर्तिमन्त्री शिवकुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्ताे निर्णय गरेको थियो । खाद्य संस्थानले बिक्री गर्ने खसी बोका तथा च्यांग्रामा पनि प्रतिकिलो १० रुपैयाँसम्म छुट दिने उनले बताइन् । संस्थानले पश्चिम नेपालबाट १ हजार ५ सय खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा गरेर २ हजार ५ सय साना चौपाया ल्याउने तयारी गरेको छ । प्रत्येक वर्ष संस्थानहरुले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उलपब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ । यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउने उनले बताइन् । आयल निगमले दसैं तिहारमा पेट्रोलियम आपूर्तिमा कुनै समस्या नआउने जानकारी दिएको छ ।

खारेजीमा रहेको हिमालय फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी, लिक्विडेटरले लगानीकर्तासंग माग्यो सुझाव

काठमाडौं ।  खारेजीको प्रक्रियामा रहेको हिमालय फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन तयारी थालिएको छ ।  लिक्विडेटरको कार्यलयले खारेजीमा परेको कम्पनीलाई दामासाही सम्बन्धि ऐनअनुसार पुनरसंरचना गरेर पुनःसञ्चालनमा ल्याउन सकिने प्रावधान रहेको भन्दै लगानीकर्ता र निक्षेपकर्तासंग सुझाव मागेको छ । कार्यलयले १५ दिनभित्र सुझाव दिन भनेको छ । लिक्विडेटरको कार्यलयले बैंकिङ कसुर तथा सजायमा मुद्धा चलिरहेका संस्थापक तथा साधारण सेयरधनी बाहेक पुनरसंरचनामा संलग्न हुनसक्ने कार्यलयले स्पष्टपारेको छ । पुनरसंरचनामा सहभागी हुने वा नहुने, गर्ने वा नगर्ने विषयमा प्रतिवद्धता १५ दिनभित्र उपलब्ध गराउन लिक्विडेटरको कार्यलयले अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंक पनि पुनरसंरचना गरेर फाइनान्स सञ्चालन गर्न सकरात्मक भएपछि पुनःसञ्चालनको प्रक्रिया थालिएको लिक्विडेटरको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार राष्ट्र बैंकले फाइनान्स सञ्चालनका लागि वित्तीय योजना (क्यापिटल प्लान) मागेको छ । हाल निक्षेप रकम फिर्ता र अन्य गरी संस्थाको दाइत्व ५० करोड रुपैयाँ छ । फाइनान्सको तरल र स्थिर सम्पत्ति गरी कुल २५ करोड रुपैयाँ दाइत्व भुक्तान गर्न नसकिने अवस्था देखिएपछि निक्षेपकर्ताको निक्षेप रकम सेयरमा परिणत गर्न योजना ल्याइएको हो । निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न सकरात्मक भएको कार्यलयको भनाई छ । २५ करोड रुपैयाँ दाइत्वलाई सेयरमा परिणत गर्न सके फाइनान्स सञ्चालन गर्ने वातावरण बन्ने देखिएको लिक्विडेटरको ठहर छ । राष्ट्र बैंकले फाइनान्सको इजाजतपत्र (लाइसेन्स) बन्द गरेको अवस्थामा पुरानो फाइनान्सलाई पुनरसंरचना गर्दा सहज हुने ठहर कार्यलयको छ । फाइनान्स कम्पनी सञ्चालन गर्न अहिले ८० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ । वित्तीय संस्थाको अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरी खारेजीका लागि तत्कालिन पुनरावेदन हालको उच्च अदालतमा मुद्धा दायर गरेको थियो । उसको निवेदनको सुनुवाई गर्दे पुनरावेदन अदालत पाटनले ०७२ असोज २१ गते दामासाही ऐनअनुसार लिक्विडेटर नियुक्त गरी खारेज प्रक्रिया अघि बढाउन आदेश दिएपछि हाल कार्यलयले खारेजीको काम गरिरहेको छ । वित्तीय अवस्था नाजुक भएपछि राष्ट्र बैंकले सन् २०१२ मा जुलाइमा खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको थियो । कम्पनीको पुँजी पर्याप्तता अनुपात, खुद सम्पत्तिलगायत अन्य सुचक नियम भन्दा कमजोर भएपछि राष्ट्र बैंकले खारेजीको प्रक्रियामा लगेको हो । हिमालयको कुल सम्पत्ति १८ करोड रुपैयाँ रहेकोमा वित्तीय अवस्था खराब भएपछि दाइत्व बढेर ७३ करोड रुपैयाँ पुगेको थियो । फाइनान्सका पुर्वअध्यक्ष हिमालयभक्त प्रधानाङ लगायत १६७ जनालाई बैंकिङ कसुर ऐन अनुसार ५३ करोड २२ लाख ९० हजार रुपैयाँ दावी माग गरिएको छ । सन. १९९४ मा स्थापना भएको फाइनान्सको चुक्तापुँजी १४ करोड रुपैयाँ छ । ११ वित्तीय संस्था समस्याग्रस्त घोषणा भएकोमा अरुण फाइनान्स लिमिटेड र जनरल फाइनान्स लिमिटेड नयाँ लगानीकर्ताको प्रवेश भई सञ्चालनमा आइसकेका छन् । यस्तै ९ मध्ये केही संस्था पनि नयाँ लगानीकर्ताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हालसम्म नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेड, क्रिष्टल फाइनान्स लिमिटेड, कुवेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्स लिमिटेड समस्याग्रस्त अवस्थामा रहेका छन् । ललितपुरले निक्षेप रकम फिर्ता लिन बोलाएको छ । ललितपुर पुनः सञ्चालनमा आउने तयारी रहेको बुझिएको छ । समस्याग्रस्त वित्तीय संस्थाको अझै ५ अर्ब ६७ करोड १६ लाख रुपैयाँ कर्जा असुली हुन बाँकी छ । यस्तै साढे २ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । तरलताको अवस्था ५४ करोड २९ लाख रुपैयाँ छ । यी वित्तीय संस्थाको खराब कर्जा ९७.५९ प्रतिशत छ । चुक्तापुँजी २ अर्ब १४ करोड ९६ लाख रुपैयाँ छ ।  

नेपाल ग्रामीण विकास बैंकको एफपीओ भदौ २७ देखि, प्रतिकित्ता १०० रुपैयाँ मात्र

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो । बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको छ । सेयर निश्कासन असोज १० गतेसम्म बन्द हुने छ । सेयर निश्कासनपछि पुँजी ५५ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । संस्थापकको ७० र सर्वसाधरणको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ ।

अल्पाइन र सेतीलाई प्राप्ति गर्न सेञ्चुरी बैंकले बोलायो विशेष सधारणसभा

काठमाडौं । सेन्चुरी बैंकले चुक्तापुँजी बढाउन २ वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । बैंककले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न भदौ २३ गते विशेष साधारणसभा बोलाएको छ । सभाले दुई संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने छ । दुबै संस्थाको अचल चल सम्पत्तिको दाइत्व मूल्याँकन (डीडीए) अनुसार अल्पाइनका लगानीकर्ताको सेन्चुरीमा ९३ र सेतीको ७० कित्ता सेयर हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ । कान्छो बैंक सेन्चुरीलाई चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याउन दवाव छ । उसको पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ मात्र छ ।

आरएसडीसी लघुवित्तको हकप्रद सेयर असोज २ गतेदेखि बिक्री खुला हुदै

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले असोज २ गतेदेखि २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद निश्कासन कात्तिक ५ गते हुने छ । १ बराबर २ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद निश्कासनपछि संस्थाको चुक्तापुँजी साढे ३४ करोड रुपैयाँ पुग्ने छ ।

क्यान्सरको पूर्ण उपचार हुने, करिव ५ करोड रुपैयाँ खर्च हुने

काठमाडौं । अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले क्यान्सरको उपचारमा प्रयोग गर्नका लागि नयाँ प्रकारको उपचार पद्धतिलाई स्वीकृति दिएको छ । सो पद्धति अनुसार बिरामीको आफ्नै स्वेत रक्तकोषलाई निकालेर ‘जेनेटिकल्ली रिप्रोग्राम’ गरि पुनः बिरामीलाई दिइन्छ, जसले बिरामीको शरिरमा रहेको क्यान्सरका कोषलाई निष्कृय बनाउँछ । यो उपचार पद्धतिले स्विकृति पाएसँगै विश्वभर क्यान्सर उपचारमा नयाँ युगको प्रारम्भ भएको मानिएको छ । औषधि उत्पादक कम्पनी नोर्भा्टिसले उत्पादन गरेको उक्त औषधिको प्रयोगबाट रक्तक्यान्सर लागेका ८३ प्रतिशत बिरामी पूर्णरुपमा निको हुने दाबी गरिएको छ । यद्दपि हाललाई उक्त पद्धतिको उपचार निकै महंगो हुने छ, जसको मुल्य ४ लाख ७५ हजार डलर (करिव ५ करोड रुपैयाँ) पर्नेछ । ‘लिभिङ ड्रग थेरापी’ भनिएको उक्त उपचार पद्धतिलाई ‘सीएआर–टी (कार्ट)’ पनि भनिन्छ जसले भविष्यमा किमोथेरापी र शल्यकृयालाई पूर्णरुपमा विस्थापित गर्ने सम्भावना रहेको चिकित्सहरुको बुझाइ छ । एफडीएका डा. स्कट गटलीभका अनुसार ‘लिभिङ ड्रग थेरापी’ प्रयोगमा आउनु भनेको उपचार पद्धतिमा नयाँ आयामको सुरुवात हो । ‘सेल र जीन थेरापी जस्ता नयाँ प्रविधिको प्रयोगबाट उपचार हुनु भनेको हाम्रो आफ्नै शरिरले उपचार नै हुन नसक्ने भनिएका रोगलाई निको पार्नसक्ने अवस्था आउनु हो,’ उनले भने । हाललाई यो उपचार पद्धति ‘एक्यूट लिम्फोब्लास्टिक ल्युकिमिया (एएलएल)’ (एकप्रकारको रगतको क्यान्सर)को उपचारका लागि बजारमा उपलब्ध हुने छ । ‘कार्ट’ प्रयोग गरेर पहिलो बिरामी बच्चाको उपचार गरेका अमेरिकाको फिलेडेल्फिया बाल अस्पतालका डा. स्टेफान ग्रुप्पका अनुसार यो निकै ‘उत्साहप्रद’ औषधि हो । ‘हामीले यस्तो पहिला कहिल्यै देखेका थिएनौं,’ उनको प्रतिकृया थियो, ‘बिरामी मृत्युको मुखमा थियो । तर अहिले पाँच वर्ष भयो उसमा क्यान्सर छैन ।’ स्विकृति पाउनु पूर्व ‘ट्रायल’ (प्रयोग)का रुपमा ६३ जना बिरामीको उपचार गरिएकोमा ८३ प्रतिशत बिरामी उपचार सुरु गरेको तीन महिनामा नै क्यान्सर मुक्त देखिएका थिए । यद्दपि लामो समयको तथ्यांक र विवरण भने अझै जम्मा भइरहेको छ । यस्तै, यो उपचार पूर्ण रुपमा जोखिम मुक्त भने छैन । ‘कार्ट’ कोषको वृद्धी सँगै शरिरले ज्यानलाई जोखिममा पार्नसक्ने ‘साइटोकिन रिलिज सिन्ड्रोम’ हुन सक्छ । तर यसलाई अन्य औषधिको प्रयोगबाट नियन्त्रण भने गर्न सकिन्छ । नयाँ युगको प्रारम्भ ‘कार्ट’ प्रविधिको प्रयोग एकप्रकारको क्यान्सरको उपचारमा मात्रै सिमित छैन । फ्रेड हच्किन्सन क्यान्सर अनुसन्धान केन्द्रका सेलुलर इम्यूनोथेरापीका मेडिकल डाइरेक्टर डा. डेभिड म्यालोनीका अनुसार एफडीएको स्विकृति ‘कोषेढुंगा’ हो । ‘हामीलाई लाग्छ यो चाँडै नै सबै प्रकारको क्यान्सरको उपचारमा नयाँ पद्धतिका रुपमा आउँछ,’ उनले भने । ‘कार्ट’ प्रविधिले विभिन्न प्रकारको रक्तक्यान्सरको उपचारमा राम्रो नतिजा दिएको छ । तर ‘सलिड ट्युमर(गाठो)’ जस्तै फोक्सो तथा छालाको क्यान्सरमा भने खासै राम्रो नतिजा दिन सकेको छैन । निजामति कर्मचारी अस्पतालका रक्तरोग तथा बोनम्यारो ट्रान्सप्लान्ट विशेषज्ञ डा. विशेष पौड्यालका अनुसार कार्ट सेलको प्रयोगबाट हाललाई एएलएलमा मात्रै प्रयोग गरिने भएपनि भविष्यमा यो सबै प्रकारका क्यान्सरको उपचारका लागि प्रयोग हुने सम्भावना अत्याधिक रहेको छ । उनको अनुसार बिरामीको रगतबाट स्वेत रक्तकणिका निकालेर त्यसमा एकप्रकारको क्यान्सरका कोषहरुलाई निष्कृय पार्ने भाइरस प्रवेश गराइन्छ । जसले स्वेत रक्तकणिकामा क्यान्सरसँग लड्ने क्षमता उत्पन्न हुन्छ र त्यो बिरामीलाई दिइन्छ । ‘कार्ट प्रविधिले भविष्यमा बोनम्यारो ट्रान्सप्लान्टलाई नै प्रतिस्थापन गर्न सक्छ,’ उनले भने, ‘नेपालमा यो प्रविधि भित्रिन केही नभए पनि अझै पाँच वर्ष लाग्ला । जबसम्म भारतीय वा अन्य जेनेरिक औषधि बनाउने अन्तर्रा्ष्ट्रिय कम्पनीले यसको उत्पादन सुरु गर्दैनन् नेपालीले यो उपचार पद्धतिलाई धान्न सक्दैनन् ।’ डा. पौड्याल थप भन्छन्– ‘आज अमेरिकी एफडीएले जेको लागि स्विकृति दिएको छ त्यसले पुरै विश्वको उपचार पद्धतिलाई परिवर्तन गर्न सक्ने क्षमता राख्छ । त्यसैले नेपालमा कहिले आउँछ भनेर हेर्नुभन्दा उपचारमा नयाँ युगको प्रारम्भ भएको रुपमा यसलाई हेर्नुपर्छ ।’ उनको अनुसार यसमा अझै धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ । तर अहिले विश्वले जे प्राप्त र्गयो त्यो चिकित्सा क्षेत्रलाई उत्साहित बनाउन पर्याप्त छ । कान्तिपुरबाट

काठमाडौंमा बिजुली करेन्टलाई भूमिगत गर्न एडीबीले दियो साढे १५ अर्ब

काठमाडौ । राजधानीमा विद्युतीय वितरण प्रणालीलाई भूमिगत तथा अटोमेसन (अण्डरग्राउन्ड) गर्न एसियाली विकास बैंक (एडीबी)ले साढे १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले एडीबीको १५ अर्ब ४० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । एडीबीको ऋण लिने भएपछि नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रमा बिजुली प्रावहलाई भूमिगत वितरण प्रणालीमा लैजाने योजना अघि बढ्ने भएको छ । दुबै क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भुगित गर्न प्राधिकरणले अन्तराष्ट्रिय प्रतिस्पर्धा बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरिसकेको छ । बोलपत्रमा वितरण सञ्जाल क्षमता बढाउने, बिजुलीका तारलाई भुमिगत र वितरण प्रणालीलाई अटोमेशन गर्ने उल्लेख छ । रत्नपार्कको बोलपत्र पेश गर्ने मिति असोज १९ गतेलाई तोकिएको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा उत्तरी क्षेत्र महाराजगञ्ज वितरण केन्द्रका लागि ग्लोबल टेण्डरको आब्हान गरिसकेको छ । पहिलो चरणको बोलपत्र पेश गर्ने मिति असोज ४ गते तोकिएको छ । बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको खाका (डिजाइन) समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने बोलपत्रमा उल्लेख छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिल्वालले बताए । उनका अनुसार वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याँक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ । भुमिगत प्रणाली जडान भएपछि विद्युत वितरण अझ बढी प्रभावकारी हुने अनुमान गरिएको छ । पहिलो चरणमा २ वटा वितरण केन्द्रका अतिरित्त काठमाडौ उपत्यकाका ९ वटै वितरण केन्द्रमा भूमिगत गर्ने र दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना रहेको सिल्वालले जानकारी दिए । विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागेको हो । बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुनुका, मानविय क्षतिका साथै सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । काठमाडौ उपत्यका र देशका प्रमुख शहरहरुमा वितरण प्रणाली सुदृढीकरण गर्न दिर्घकालीन गुरुयोजना तयार भैरहेको छ । भूमिगत लाइन विस्तारको काम अघि बढाउन प्राविधिक तयारी भईरहेको समेत उनले बताए । २ वर्षभित्र यसलाई सक्ने गरी योजना तयारी भएको छ । यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरालगायत प्रमुख शहरमा भूमिगत प्रणालीबाट विद्युत वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।