विकासन्युज

केएल टावरमा मोबाइलको मेगा मेला, बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने

काठमाडौं ।राजधानीकाे केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गर्ने कम्पनीले जनाएको छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र १ जनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर बिजय लामाले गरेको कम्पनीले जानकारी दिएको छ । केएल मोबाइल हव संचालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । बिजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर लामाले एस ८ प्लस हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरि, बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् । बिहिबार ब्राण्ड एम्बेसडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अबसरको फाइदा लिने भाग्यमानी ग्राहकमा बिष्ट परेकी हुन् । दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र बिभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् । यसको साथै मेलामा ६० प्रतिशतसम्म छुटका मोबाइल पनि रहेकाले कम्पनीले अफर भित्रको पनि अफर योजना समाबेश गरेको छ । साथै, यो मेगा मेला तिहार सम्म संचालनमा आउने कम्पनीले जानकारी दिएको छ ।    

राष्ट्र बैंकमा रहेको भारु साट्न भारतको आनकानी, पत्रचारमा सीमित

काठमाडौं । नेपालको बैकिङ प्रणालीमा रहेका ५ सय र १ हजार दरका भारतीय रुपैयाँ (भारु) साट्न रिजर्व बैंक अफ इन्डिया (आरबीआई) आनाकानी गर्दै आएको छ । भारतले ५ सय र १ हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि मात्रै नेपालका २ जना प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन् । भारु प्रतिबन्धपछि प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल र शेर बहादुर देउवाले भारत भ्रमण गरेका थिए । विभिन्न चरणमा वार्ता र पत्राचार भएपनि आरबीआईले नेपाल राष्ट्र बैंकमा रहेको ७ करोड ८३ लाख भारु साटन ढिलाइ गरिरहेको छ । राष्ट्र बैंकले पटकपटक प्रयास गर्दा पनि बैकिङ प्रणालीमा भएको ५ सय र १ हजार दरका भारु साट्न आरबीआईले ढिलाइ गरिरहेको राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए । यसअघि नेपालको बैकिङ प्रणालीमा भएको सबै र सर्वसाधारणसंग भएको भारु साट्ने सहमति जनाए पनि अझै पनि प्रक्रिया अघि नबढेको पण्डित बताउछन् । “बैंकमा भएको भारु कहिले साटिने हो अझै निश्चित भएको छैन” उनले भने “आरबीआईले साट्ने भन्दै आएको छ तर अहिलेसम्म साटेको छैन् ।” भारतीय अधिकारीसंग सहमति भएपछि ६ महिना अघि नै अर्थ मन्त्रालयले नेपालीसंग रहेका प्रतिवन्धित ५ सय र १ हजार दरका साढे ४ हजार भारु साट्नका लागि प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । आरबीआई र भारतका वित्त मन्त्रालयका अधिकारीबीच ६ महिनाअघि काठमाडौमा भएको छलफलपछि बैंकमा भएको सबै र सर्वसाधारणको बढीमा साढे ४ हजार भारु साट्ने सहमति जनाएको थियो । सोही आधारमा अर्थ मन्त्रालयले पत्राचार गरी भारु सटहीको प्रक्रिया अघि बढाउन राष्ट्र बैंकलाई पत्रलेखेको थियो । २५ हजार भारु भन्दा बढी भए यसलाई नेपालमा अवैध मानिन्छ । कात्तिक २३ गते प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कालोधन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि भन्दै देशभर ५ सय र १ हजारका नोटमा रातरात प्रतिवन्ध लगाएपछि नेपालमा समस्या आएको थियो । नेपाल र भारतबीच भारुमा कारोबार हुने गरेको छ । नेपालले वर्षेनी अर्बो डलर बेचेर खर्बो भारु खरिद गर्दे आएको छ । नयाँ ५ सय र २ हजार भारु नेपालमा अनिश्चित ५ सय र १ हजार दरका भारु प्रतिवन्ध लाएर ५ सय र २ हजार दरका भारु सञ्चालनमा ल्याए पनि भारतले नयाँ नोट कारोबारका लागि स्वीकृति दिएको छैन् । नेपालमा अहिले १ सय र सो भन्दा साना दरका नोटमा चल्ने गरेको छ । ५ सय र २ हजार दरका भारु नेपालमा अझै अवैध ठहरिन्छन् । आरबीआईले सूचना जारी नगरेकाले नेपालमा ५ सय र २ हजार दरका भारु कारोबार अवैध हुने पण्डित बताउछन् । यता खुला नहुदा खुला सीमामा भारुको कारोबार मौलाएको छ । आन्तरिक राजश्व विभागले प्रतिवन्धित भारु नोट नेपालमा काराबोर हुन थालेको जानकारी दिएको छ । विभागले विभिन्न समयमा प्रतिवन्धीत लाखौ भारु बरामद गरेको छ ।  

काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा बिटीएस टावर नभएका कारण इन्टरनेटको पहुँच पुग्न नसकेको नेपाल टेलिकम, बनेपा शाखाले जानकारी दिएको छ । जिल्लाको कोशीपारि चौरीदेउराली गाउँपालिका, मादनकुडाँरी, सलम्बु, नार्गे गर्गचेलगायतका क्षेत्रमा इन्टरनेटको पहुँच छैन भने डाँडापारिस्थित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकालगायतको दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा स्थानीयले झण्झट ब्यहोरेका छन् । इन्टरनेटको पहुँच पु¥याउन कतिपय स्थानमा सर्वे भइरहेको र समयमा काम सम्पन्न नभएका कारण पनि इन्टरनेटको पहुँच कायम गर्न कठिनाइ भएको प्राविधिकले जनाएका छन् । डाँडापारि र खानीखोलाको केही क्षेत्रमा मोबाइलमा कुरा भएपनि इन्टरनेटको पहुँच नभएको बताइएको छ । वाइमेक्स, सिडिएमए, जिएसएम प्रविधिबाट उपभोक्ताले इन्टरनेटको सुविधा प्रयोग गरेका छन् तर यसमा पनि सबैभन्दा बढी जिएसएम प्रविधिबाट इन्टरनेट चलाउने छन् । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले दुर्गम क्षेत्र भएका कारण इन्टरनेटको पहुँच पुर्याउन कठिनाइ भएको उल्लेख गर्दै भूकम्प प्रभावित चार जिल्लालाई प्राथमिकतामा राखेर ब्रोडब्याण्ड पुर्याउने परियोजनाअन्तर्गत काम भइरहेको बताए । उनले काभ्रेपलाञ्चोकका सबै ठाउँमा इन्टरनेटको पहुँच पुर्याउन बिटीएस टावर निर्माण र उपकरण जडानको काम पनि भइरहेको उल्लेख गर्दै अब इन्टरनेटको पहुँच नभएको स्थानमा पनि छिट्टै इन्टरनेट चल्छ भने । चौरीदेउराली गाउँपालिका–२ नार्गे गर्गचेका राजीव मोक्तानले इन्टरनेट सहज नभएका कारण निजी प्रदायक संस्था एनसेलको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा इन्टरनेटसम्बन्धी काम नै नहुने बताए । रासस ––––––––––

तानसेन नगरपालिकाको बजेट ६९ करोड

पाल्पा । तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९ सय ४७ रुपैयााँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले आन्तरिक आयमा ४ करोड ६४ लाख ८० हजार रुपैयाँ, नेपाल सरकारको निशर्त अनुदान २३ करोड ८२ लाख ४७ हजार रुपैयाँ , गत आवको नगरपालिकाको बाँकी रकम ६ करोड ९२ लाख १० हजार ९ सय ४७ रुपैयाँ गरी कुल निशर्त अनुदान ३५ करोड ३९ लाख ३७ हजार ९ ४७ रुपैयाँ, सशर्त अनुदान १९ करोड २९ लाख ४४ हजार रुपैयाँ , सामाजिक सुरक्षा ५करोड रुपैयाँ , दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान ७ करोड १२ लाख ५० हजार, कन्टीन्जेन्सीबाट आम्दानी ३० लाख रुपैयाँ र जनसहभागिताबाट १ करोड ५० लाख रुपैयाँबाट बजेट विनियोजन गरेको हो । आव २०७४/७५ मा कुल निशर्त १३‌‍/१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिकमा १ करोड ६८ लाख रुपैयाँ थप प्रक्षेपण गरिने विहिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख अशोककुमार शाहीले बताए । १४ वडा कार्यालय सञ्चालनका लागि कुल १ करोड ७७ लाख ७८ हजार ७ सय रुपैयाँ र नपामा ४ करोड ४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ कर्मचारी अवकासमा खर्च गर्नेछ । नगरपालिकाले प्रत्येक वडालाई चालु र पूँजीगत खर्च १२ लाख ७० हजार रुपैयाँ र ४५ लाख रुपैयाँ गरी कुल ८ करोड सातलाख ९९ हजार ७९२ रुपैयाँ बजेट निशर्त बजेटको २२।८२ प्रतिशत रहेको छ । वडा र नगर कार्यपालिका व्यवस्थापनका ४ करोड ५७ लाख रुपैयाँ , सूचना र सञ्चार क्षेत्रमा २० लाख रुपैयाँ, संस्थागत विकासका लागि ७५ लाख रुपैयाँ , सम्पदा संरक्षणमा ३३ लाख रुपैयाँ , गरिबी न्यूनीकरणमा ६७ लाख रुपैयाँ, वातावरण प्रवद्र्धनमा ३० लाख रुपैयाँ , आन्तरिक राजस्व अभिवृद्धि र सुशासन प्रवद्र्धनमा २५ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख शाहीले बताए । विपन्न परिवारलाई निःशुल्क बीमामा २५ लाख रुपैयाँ , दिगो शहरी विकासका लागि १२ करोड १६ लाख रुपैयाँ विनियोजित बजेटमध्ये भौतिक पूर्वाधारमा १ करोड ८५ लाख रुपैयाँ , आर्थिक पूर्वाधारतर्फ २६ लाख रुपैयाा , संस्थागत विकासमा ४३ लाख रुपैयाँ , राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्ध विकासमा ३८ लाख रुपैयाँ , बस्ती विकास सम्भाव्यता अध्ययनका लागि ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको शाहीले बताए । तानसेनको खानेपानी उपभोक्ता समितिलाई २५ लाख रुपैयाँ र राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षयकोषका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरप्रमुख शाहीले यस वर्ष सडक वर्षको रुपमा तानसेनलाई चिनाउने बताए । ‘जनतासँग प्रमुख’ रेडियो कुराकानीसमेत नीति, बजेट तथा कार्यक्रममा रहेको नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले जानकारी दिए । रासस ––––––––––

सामसङ इलेक्ट्रोनिक्सले टिभि तथा होम अप्लाइन्सहरुमा ३३ प्रतिशतसम्म छुट दिने

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले चाडपर्वलाई लक्षित गर्दै खुशी फर्की आयो योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा  ३३ प्रतिशतसम्मको छुटको व्यवस्था ल्याएकाे छ । यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका ीभ्म् टिभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिने छ । सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । सामसङका २४एच४००३, ३२एफएच४००३ तथा के सिरिज र एम सिरिज सबै एलइडी टीभीहरुमा २ वर्षको वारेन्टी सुविधा उपलब्ध हुने छ । ग्राहकले टिभिको वारेन्टीलाई दर्ता गर्न सामसङको ग्राहकसेवा केन्द्रमा टोलफ्री नम्बर १६६०–०१–७२६६७(एनटीसी), ९८०–१५–७२६६७(एनसेल)मा सम्पर्क गरी टिभीको मोडेल नम्बर, खरिद मिति र बिलनम्बर तथा टिभिमा भएको सिरियल नम्बर उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ । यो योजनाहिम इलेक्ट्रोनिक्स तथात्रिवेणी व्यापारले प्रस्तुत गरेकाहुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुने कम्पनीको जानकारी दिएको छ ।  

नेपाल बिजुलीमा आत्मनिर्भर भई ३ वर्षपछि आयात बन्द, उर्जा बैंक स्थापनाको तयारी

काठमाडौं ।आउदौ ३ वर्षपछि नेपाल बिजुली उत्पादन आत्मनिर्भर हुने भएको छ । निर्माणधिन सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि भारतबाट हुदै आएको विद्युत आयात लगभग बन्द हुने छ । आउदो ३ वर्षमा १ हजार २ सय मेगावाट बिजुली थप भई कुल जडित क्षमता २ हजार १ सय मेगावाट नाघने छ । सुख्खायाममा केही आयात गरेपनि वर्षादमा पुरै बन्द हुने भएको छ । माथिल्लो तामाकोसीका अतिरित्त निजी र सार्वजनिक क्षेत्रबाट धेरै आयोजना सम्पन्न भई विद्युत उत्पादन थप हुने भएपछि भारतबाट बिजुली आयात बन्द हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माथिल्लो तामाकोसीको पहिलो युनिट ०७५ को असारसम्म र अन्य युनिट सोही वर्षको पुससम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार माथिल्लो तामाकोसी आएपछि वर्षादको ६ महिना हामी बिजुली बढी भई निकासीको अवस्थामा पुग्ने देखिएको छ । लोडसेडिङ हटाउन प्राधिकरणले भारतबाट विद्युत आयात गरिरहेको छ । गत वर्ष भारतबाट ३८० मेगावाटसम्म बिजुली आयात गरिसकेको छ । यो वर्ष १ सय मेगावाट थप आयात गरी ४८० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको तयारी छ । यसका लागि आवश्य पुर्वाधार तयारी हुनका साथ प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा स्वीच थिचेर आयातको शुभारम्भ भइसकेको छ । तामाकोसी अर्धजलासययुक्त आयोजना भएकाले साँझको मागलाई पुरा गर्ने छ । यस्तै कुलेखानी चमेलिया जस्ता अर्धजलासययुक्त आयोजना पनि सम्पन्न हुने चरणमा रहेका छन् । यो वर्ष निजी क्षेत्र र सार्वजनिक गरी २४५ मेगावाट बिजुली थप हुदैछ । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भइसकेको छ । हाल बिजुलीको माग बढेर १ हजार ३५० मेगावाट पुगेको छ । सुख्खायाममा रोल्वालिङ खोलाको पानी ६ किलोमिटर सुरुङ निर्माण गरी तामाकोसीमा ल्याएर थप साढे १६ करोड युनिट बिजुली थप्ने योजना अघि बढेको छ । यसको संभाव्यता अध्ययन सम्पन्न भइसकेको छ । माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादको ४ महिना बढी हुने बिजुली व्यवस्थापन गर्न ऊर्जा बैंक स्थापनका तयारी भएको छ । विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली निकासी र सुख्खायाममा आयात गर्न लागि भारतसंग ऊर्जा बैंकिङ अवधारणामा छलफल सुरु गरेको छ । ऊर्जा बैंकको काम अघि बढाएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत नियमन आयोगका अतिरित्त नेपालमा बिजुली व्यापार गर्ने नोडल एजेन्सी एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडलसंग छलफल सुरु भएको छ । माथिल्लो तामाकोसीलगायत अन्य केही ठुला आयोजना सञ्चालनमा आएपछि ०७६ देखि वर्षादको ४ महिना बिजुली उत्पादन बढी हुने प्रक्षप्रणका आधारमा विद्युत् प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खायाममा भारतबाट खरिद गर्न ऊर्जा बैंकिङ स्थापना गर्न लागेको हो । ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत अन्य केही आयोजना सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी हुने र सुख्खायाममा कम हुने देखिएपछि यसको व्यवस्थापनका लागि विद्युतसंग सम्बद्ध भारतीय अधिकारीसंग छलफल भएको हो । वर्षादमा बढी भएको बिजुली भारतमा निकासी गरेर सुख्खायाममा आयात हुने गरी ऊर्जा बैंकिङको अवधारणा लागु गर्न खोजिएको उनको भनाई छ । यसबाट वर्षादमा बढी भएको बिजुली निकासी गर्ने र सुख्खामा आयात हुने छ । तामाकोसीले वर्षादको ३ महिना मात्र पुर्ण क्षमता ४५६ मेगावाट बिजुली उत्पादन गर्ने छ । मंसिर, पुस, माघ, फागुन, चैत, बैशाख र जेठसम्म नदीको पानी वहाव घटेपछि यसको असर उत्पादनमा परी ९० मेगावाटमा झर्ने छ । तामाकोसी आएपछि वर्षादमा बिजुली छेलोखेलो भएपनि सुख्खायामा उत्पादन घटेर केही घण्टा लोडसेडिङ हुने अवस्था अझै पनि छ ।  

कामना विकास बैंकले हकप्रद सेयर लिलाम गर्दे

काठमाडौं । कामना विकास बैंकले बिक्री नभएका हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकको बिक्री हुन बाँकी ४५ हजार ४८७ कित्ता संस्थापक र साधारण हकप्रद सेयर बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ । बैंकले आउदो ८ गतेदेखि बोलपत्र पेश गर्न खुला हुने र असोज २२ गतेसम्म बोलपत्र पेश गर्ने मिति तोकेको छ । बैंकले संस्थापक सेयर २७ हजार १२० र सर्वसाधारण सेयर १८ हजार ३६७ कित्ता बिक्री गर्न लागेको हो ।

अमेरिकाले नेपाललाई दियो ५० अर्ब , सडक र विद्युत विकासमा खर्च हुने

काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम सहयोग गरेको हो । सहयोगसम्बन्धी सम्झौतामा बिहीबार अमेरिकाको वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ । अमेरिकाले एकमुष्ठ गरेको हालसम्म कै सबैभन्दा ठुलो सहयोग हो । अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् । यो कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड डलर बराबरको रकम सहयोगस्वरुप उपलब्ध गराउनेछ । नेपालले १३ करोड डलर रकमको योगदान गर्नेछ । यसरी ६३ करोड डलर अर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना ५ वर्ष्भित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको एमसीसीले जनाएको छ । यसबाट २१३ किलोमिटर विद्युत् प्रसारणलाइनको निर्माण र सडक विस्तारमा खर्च गरिने भएको छ । पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ । हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्यून आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पु¥याउन पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोशेढुंगा सावित भएको बताए । कार्यक्रममा एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत नासाले एमसिसी च्यालेन्जको माध्यमबाट विभिन्न क्षेत्रमा सहयोग गरिएको चर्चा गर्दै दक्षिण एशियाली देशमध्ये नेपालको गरिबी निवारणका लागि यो रकम सहयोग गरिएको जानकारी दिए । डिसीस्थित स्टेट डिपार्टमेन्टको ट्रिटी हलमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत एलिना वी टेप्लीज, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्की, न्यूयोर्कका लागि कन्सुलेट जनरल मधुकुमार मरासिनी, अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, स्टेट डिपार्टमेन्टका अधिकारी, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेललगायतको उपस्थिति थियो ।