विकासन्युज

माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु, २० महिनामा बिजुली उत्पादन हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु ) सकिएको छ । आयोजनाको सुरुङ खन्ने काम बिहीबार सम्पन्न भएको हो । सुरुङको लम्बाई ४ किलोमिटर छ । ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले बिहीबार सुरुङ खन्ने काम सकेको आयोजना प्रमुख फडिन्द्र जोशीले बताए । आयोजनाको सिभिलअन्र्तगतको जटिल काम सकिएको उनले जानकारी दिए । आउदो २० महिनामा आयोजनाको काम सम्पन्न हुने जोशीले बताए । हाल सिभिल निर्माणमा ८५ प्रतिशत प्रगति भएको छ । यस्तै हाइड्रोमेकानिकल र इलोक्ट्रोमेकानिकल उपकरण आपूर्ति हुन लागेको जोशीले बताए । उनकाअनसार समग्रमा आयोजनाको काम ६५ प्रतिशत सम्पन्न भएको छ । सन् २०१९ को अप्रिल ३० मा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको र आउदो ३ महिनामा आयोजनाको प्रगति ८५ प्रतिशत पुग्ने जोशीको दावी छ । आयोजनाको पहिरो व्यवस्थापन र ५ किलोमिटर लामो सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । सेनाले सडक मर्मतको काम सुस्त गतिमा गर्दा आयोजनाको कार्यतालिका प्रभावित भएको छ । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको काम सुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ । आयोजनालाई बजेटको अभाव चाइना एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकसंगको ऋणको समय सकिएर साँवा ब्याज तिर्ने समय सुरु भएपछि उसले ऋणको म्याद थप गर्न इन्कार गरेपछि १५ महिनादेखि ठेकेदार र परामर्शदाताले भुक्तानी नपाएको जोशी बताउछन् । काम हुदै जादा भूकम्पले आयोजनामा ठुलो क्षति पुर्याएपछि काम बन्द भई आयोजना सम्पन्न हुनुअघि नै कर्जाको साँवा ब्याज भुक्तानी गर्ने समय आएपछि थप समस्या आएको हो । १५ महिनादेखि आयोजनाले पैसा पाएको छैन् । ठेकेदार चाइना गेजुवा र परामर्शदाता नर्थवेस्ट हाइड्रोले काम गरिरहेका छन् । ऋणको म्याथ थप्ने विषयमा अर्थ मन्त्रालय र एक्जिम बैंकबीच समझदारी भएको सुनिएको जोशीले जानकारी दिए । उनले चाँडै पैसा आउनेमा आशावादी भएको बताउछन् । यता सरकारले ऋण म्याद ५ वर्ष थपगर्न एक्जिम बैंकलाई पुनः अनुरोध गरिसकेको छ । सरकारले आगामी सन् २०२१ सम्मका लागिकर्जाको म्यादथप्न प्रस्ताव गरेको हो । निर्धारित समयममा आयोजनाको काम नसकिएपछि सरकारले फेरि दुई वर्ष म्याद थपको तयारी गरेको छ । २०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुने गरी आयोजनाको म्याद दोस्रो पटक थप भएको थियो । आयोजनाको काम सम्पन्न नभएपछि ठेकेदार चाइना गेजुवाले ४ वर्ष म्याद थपको प्रस्ताव गरिसकेको छ । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन् । कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्नगर्ने लक्ष्य लिएको छ । जसअनुसार हालसम्म ५ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । क्षमता बढाएर ९० बनाउने विषयमा विवाद भएपछि आयोजनाको काम ६ महिना ढिलाइ भएको थियो । सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पछि २६ महिना म्यादथपेर ०७३ असार १५ मा सम्पन्न गर्ने अर्को कार्यतालिका तयार पारिएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।  

खुकुरी कक्टेल्समा निश्चल गुरुङको लेभल ३ डेजा भुमा प्रस्तुत

काठमाडौं । निश्चल गुरुङ, जो अन्तर्राष्ट्रिय रुपमा ख्याति आर्जन गरिसकेका मिक्सोलोजिस्ट हुन्, उनी यही असोज ३ गते लेभल ३ मा आयोजना गरेको एक विशेष साँगीतिक सन्ध्या एवं भेटघाटका लागि हाल काठमाडौं आएका थिए । दि नेपाल डिस्टिलरीज खुकुरी कक्टेल्सको एक हिस्सा स्वरुप निश्चलले रमका पारखीहरुलाई कक्टेल्सको एक जोशमय र कल्पनाशील संसारको यात्रा गराएका छन् । साँगीतिक समूह ज्वाइन्ट फेमिली इन्टरनेशनलको साँगीतिक कार्यक्रमका अलावा यस कार्यक्रममा रम कक्टेल्सको बारेमा जान्ने र यसको रसास्वा दनका साथै अन्य अन्तरक्रियात्मक विविध गतिविधिहरु पनि समावेश गरिएका थिए । खुकुरी कक्टेल्सले आफ्ना पारखी उपभोक्ताहरु र साझेदारहरुलाई खुकुरी कक्टेल्सको रुपमा बिल्कुलै नयाँ अनुभव संगाल्ने मौका दिएको थियो । खुकुरी कक्टेल्स रमको नेपाली परम्परागत स्वादको एक उत्सवहो र ककटेल्सका पारखीहरुको जोशिलो आकाँक्षालाई यसले एक अद्भूत स्वाद प्रदान गर्दै उत्साहित तुल्याएको थियो ।

बिजिमलमा शुरु भयो दशैं तिहार उपहार योजना, मोटरसाइकल देखि र बैंकक भ्रमणको अवसर

काठमाडौं । गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजीमलले दशैंतिहार लक्षित उपहार योजना शुरु गरेको छ । चाडपर्वका बेलाग्राहकलाई सुपथ मूल्यमा उपभोग्यवस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाँभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्य सहित मलले असोज २ गतेदेखि योजना शुरु गरेको हो । फ्यान्टास्टिक दशैंतिहार हरेक दिनउपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । निर्देशक गिरीले भने-‘अन्तर्राष्ट्रियस्तरका विद्युतीय सामाग्रीदेखि लत्ताकपडा लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । यसमा हाम्रा ग्राहकलाई अभ्यस्त बनाउनका लागि पनि हामीले उपहार कार्यक्रम शुरु गरेका हौं ।’ उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरामणि तिमल्सिनाले बताए । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने तिमिल्सिनाले बताए । यो अफर अन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजिवासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन् । बम्पर उपहारका रुपमा ग्राहक मध्येबाट एक एक जनाले सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कूटर तथा४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने बताइएको छ । यो उपहार योजना कार्तिक २५गतेसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमाहल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

राष्ट्र बैंकमा ३० बर्षे कार्यकाल विवादः व्यवस्थापन र कर्मचारी दुबै एग्रेसिभ

काठमाडौं । ३० बर्षे कार्यकाल कायम राख्ने र हटाउने विवादमा नेपाल राष्ट्र बैंक र कर्मचारी युनियन दुबै एग्रेसिभ देखिएका छन् । कर्मचारीले नटेरेको निष्कर्ष निकाल्दै सञ्चालक समितिबाट ३० बर्षे कार्यकाल हटाउने निर्णय गराएर अघि बढ्नुपर्ने मनस्थितीमा राष्ट्र बैंकको मुल व्यवस्थापन पुगेको छ । तर कर्मचारी युनियनहरुले जबरजस्ती ३० बर्षे कार्यकाल हटाएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘कर्मचारीलाई बढि महत्व दिईयो, अब व्यवस्थापनले आफ्नो निर्णय गरेर ३० बर्षे कार्यकाल हटाउनु पर्छ’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विकासन्युजसँग भने । शिवाकोटीले कुनै पनि संस्थाको हितबारे सोच्ने मुल दायित्व कर्मचारीको नभएर व्यवस्थापनको रहेको दावी गर्दै भने–‘व्यवस्थापनले संस्था सञ्चालनका लागि के गर्दा ठिक हुन्छ भन्ने कुरा कर्मचारीलाई सोधेर निर्णय लिनु पर्दैन, कर्मचारीसँग राय लिएर मात्रै निर्णय गर्ने हो’, डेपुटी गभर्नर शिवाकोटीले भने । काँग्रेस निकट कर्मचारी युनियनको आग्रहमा गभर्नर डा. चिरञ्जीवी नेपालले डेपुटी गनर्भर शिवाकोटी, शिवराज श्रेष्ठ, प्रवक्ता नारायण प्रसाद पौडेल र ३ वटै कर्मचारी युनियनका प्रतिनिधी सदस्य रहेको ‘३० बर्ष उमेर हद हटाउँदा कर्मचारीको वृद्धि विकासमा पर्ने असर र त्यसको समाधानका लागि सुझाव पेश गर्न गठित समिति’ गठन गरेका थिए । तर काँग्रेस र एमाले निकट कर्मचारी युनियनहरुले सञ्चालक समितिबाट अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने भन्दै शिवकोटी नेतृत्वको समितिलाई अस्विकार गरे । काँग्रेस निकट कर्मचारी युनियनका महासचिव राजिव रेग्मीले ३० बर्षे कार्यकाल हटाउन नहुने पक्षमा आफ्नो संगठन उभिएको बताए । ‘हाम्रो संगठनले ३० बर्षे कार्यकाल हटाउन नहुने स्पष्ट निर्णय गरेको छ, व्यवस्थापनले जबरजस्ती गरेमा हामी आन्दोलनमा जानेछौं’, महासचिव रेग्मीले भने । उनले अधिकार सम्पन्न समिति बनाए ३० बर्षे कार्यकालको सिमा हटाउँदा हुने फाइदा र बेफाइदाहरुको विस्तृत अध्ययन आवश्यक रहेको बताए । उता, एमाले निकट कर्मचारी संघका अध्यक्ष डुण्ढीराज मिश्रले पनि डेपुटी गभर्नर शिवाकोटीको नेतृत्वमा गठन भएको समितिमा आफुहरु सहभागी नहुने स्पष्ट पारिसकेका छन् । उनले सञ्चालक समितिको बैठकबाट ३० बर्षे कार्यकालको सिमा हटाएर अघि बढ्ने तयारी भैरहेको पनि स्पष्ट पारे । यस अघि नै राष्ट्र बैंक सञ्चालक समितिका सदस्य राजमी रेग्मीको संयोजकत्वमा गत असार १८ गते कर्मचारी सेवा नियमावली परिमार्जन एंव संसोधन सुझाव समिति गठन गरेको थियो । सो समितिले कर्मचारीको कार्यकाल ३० बर्ष हुने व्यवस्था परिमार्जन गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो । आफैंले तयार पारेको प्रतिवेदनमाथी सञ्चालक समितिमा छलफल हुँदा भने रेग्मीले असहमति जनाउँदै आएका छन् । सुरुमा ३० बर्षे कार्यकाल हटाउनुपर्ने प्रतिवेदन बुझाएका रेग्मीले पछि भने कर्मचारी युनियनले असहमति जनाएको भन्दै सञ्चालक समितिमा हस्ताक्षर गर्न अस्विकार गर्दै आएका छन् । श्रोतका अनुसार ३० बर्षे सेवा अवधीको वर्तमान व्यवस्था परिमार्जन गरेर ५८ बर्षे उमेर हद लागु गर्दा २५३ जना कर्मचारीको जागिर अधिकतम ८ बर्षसम्म बढ्नेछ । कार्यकारी निर्देशक रमेश पोखरेल, निमित्त कार्यकारी निर्देशक डा. गोपाल भट्ट, एजेन्द्र लुईटेल, बासुदेव अधिकारी, निर्देशक तथा सहायक प्रवक्ता राजेन्द्र पण्डित, केशब थापा, मुकुन्द महत, निमित्त निर्देशक बलराम पौडेल, रमण नेपाल लगायतले ३० बर्षे सेवा अवधीको वर्तमान व्यवस्था संसोधनका लागि तिब्र लबिङ गरिरहेका थिए ।  

सामसङ्ग डिजिटल प्लाजा अब चुच्चेपाटिमा पनि, उत्कृष्ट उत्पादनहरु पाइने

काठमाडौं । नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटिमा बिहीबार देखि शुभारम्भ गरेको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटिमा खोलिएको हो । हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छा र सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले बिहीबार यस शोरुमको उद्घाटन गरेका हुन् । यो प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु कर्भड टिभीएस, एलइडी टिभी, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभनस् लगायतका सामसङ्गका सामानहरु विक्री गर्ने छ । काठमाडौं उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुुलिसकेको छ । नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले भने, ‘हामी बौद्ध-चुच्चेपाटिमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै हर्षित भएका छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीेलाई बौद्ध-चुच्चेपाटिमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुकालागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’ नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक अफर पनि प्रदान गरेको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी यूएन ग्लोवल सिइओ मिटमा

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी संयुक्त राष्ट्र संघीय ग्लोवल सिइओ मिटमा सहभागी भएका छन् । संयुक्त राष्ट्र संघको मुख्यालयमा गत सोमबार सम्पन्न भएको उक्त सम्मेलनमा विश्वका ख्याती प्राप्त विजनेश लिडरहरु बिल एण्ड मलिन्डा गेट्स फाउण्डेशनकी सहअध्यक्ष मलिन्डा गेट्स, अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष ज्याकमा, अलवा लिदफिलान्थ्रपीजकी महासचिव एवं साउदी अरेबियाकी राजकुमारी लामिया विन्ट मजेद अल साउद संगै चौधरी गु्रपकातर्फबाट निर्वाण चौधरीको सहभागीता रहेको थियो । संयुक्त राष्ट्र संघीय दीगो विकास लक्ष्य प्राप्तीका निमित्त विजनेश लिडरहरुले खेल्नुपर्ने भुमिकाप्रति लक्षित रहेको उक्त सम्मेलनमा देशकै सबैभन्दा ठूलो बिजनेस हउस चौधरी गु्रपका तर्फबाट प्रबन्ध निर्देशक चौधरीले संयुक्त राष्ट्रसंगकोे आफ्नो सहकार्य र दीगो बिकास लक्ष्य प्राप्तीका लागि आफ्नो प्रतिबद्घता व्यक्त गरेका थिए । चौधरी ग्रुपले हालै संयुक्त राष्ट्र संघीय विकास साझेदार यु.एन.डि.पी. संग दीगो विकास लक्ष्य प्राप्तीकालागि सहकार्य सम्बन्धी सम्झौता गरेको थियो । त्यसैगरी संयुक्त राष्ट्र संघीय ७२औं महासभाको उपलक्ष्यमा युएनवुमेनद्वारा आयोजित एक विशेष कार्यक्रममा महिला तथा बालिकाहरुको हितकालागि रणनीतिक अन्तर्कियात्मक कार्यक्रममा पनि चौधरीको सहभागिता रहेको थियो ।

फुडमाण्डुको दशैं योजना शुरू, अर्डर गरिएका खानामा ३० प्रतिशतसम्म छुट

काठमाडौं । फुडमाण्डुले महान चाड बडा दशैंको मौकापारेर यो पर्वको लागिविशेष छुट योजना सहितको “खाउँला, पिउँला फुडमाण्डुसँग रमाउँला” योजना शुरू गरेको छ । यस योजनाअन्तर्गत फुडमाण्डुका पार्टनर रेष्टुरेन्टहरुबाट अर्डर गरिएका हरेक प्रकारका खानाहरुको मेनु रेटमा १० प्रतिशतदेखी ३० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । यो चाडवाडको याममा ग्राहकहरुले आफूलाई मनपर्ने प्रियखानाका साथसाथै मदिरा एवं वाइनहरु पनि फुडमाण्डु मार्फत् अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । फुडमाण्डुले आफ्नो सेवामाथप गरेको यो नयाँ सेवा हो र चाडवाडको मौसमलाई लक्षित गर्दै सीमित अवधिका लागि मदिरामा ८ प्रतिशत र बाइनमा १० प्रतिशत आकर्षक छुट समेत प्रदान गरिएको छ । फुडमाण्डुले आफ्ना ग्राहकहरुलाई उनीहरुका साथीभाइतथा परिवारजनसँग घरमै बसीबसी उत्कृष्ट रेष्टुरेन्टहरुबाट मनपर्ने स्वादिष्ट खानाका साथै त्यही समयमा आफ्नो रुची अनुसारको मदिरा एवं वाइनमगाउनलाई सुविधाहोस् भनेर यो अफर संचालनमा ल्याएको हो । फुडमाण्डु प्रालिका प्रबन्ध निर्देशक मनोहर अधिकारीले यसप्रकारको योजनाका कारण फुडमाण्डु र यसका ग्राहकहरु बीचको सम्बन्धअझ प्रगाढ बनाउन सहायक सिद्ध हुने विश्वास व्यक्त गर्ने भएको छ । फुडमाण्डु काठमाडौंका विभिन्न चर्चित रेष्टुरेन्टहरुको मेनुमा उल्लेखित मुल्य मै ग्राहकहरुको माग बमोजिमको खाना अर्डर गरेकै स्थानमा उपलब्ध गराउने सेवा संचालन गर्दै आएको एक विश्वसनीय एवं अग्रणी सेवा प्रदायक संस्था हो ।

ताम्राकारको पहिलो बम्पर उपहार चौधरीलाई, १५ हजारको मोबाइलले चढायो मोटरसाइकल

काठमाडौं । दशैंतिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्र बिक्रम चौधरीले पाएका छन् । उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने एमआइको एवान ४ ए मोबाइल किनेका थिए । दैनिक मोबाइल, पावर बैंक र अन्य एशोसरिज लक्की ड्रबाट बितण गर्दै आएको ताम्राकार मोबाइलले राखेका ३ वटा बम्पर उपहार मध्ये एउटा मोटरसाइकल लक्की ड्रमा खोलिएको हो । बिभिन्न उपहारको बहार ल्याएको ताम्राकार मोबाइल कम्प्लेक्सको अन्य २ वटा मोटरसाइकल र स्कुटर भने दिपावली पछाडी लक्की ड्र मार्फत खोलिने मोबाइल ब्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले बताए । दैनिक २ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिरहेको यो बजारले साप्ताहिक रुपमा ३२ इन्चको सामसुङ टेलिभिजन पनि बितरण गरिरहेको छ । अहिले सम्म ताम्राकारमा मोबाइल खरिद गर्नेमध्ये २६ वटा स्मार्टफोन, ४० वटा पावर बैंक, ४० वटा ब्लुतुथ एअरफोन बितरण गरिसकिएको मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए । बम्पर पुरस्कार बिजेता चौधरीलाई मेलामा मुख्य प्रायोजन रहेको लेनेभो र मोटोरोला मोबाइलका सिइयो शुशिल न्यौपानेले बाइकको चाबी हस्तान्तरण गरेका थिए । भदौ २२ गतेबाट सरु भएको मेलाको दोस्रो हप्ता सम्म १५ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै अध्यक्ष साउदले २२ करोड ४० लाख बढीको कारोबार भएको जानकारी दिए । मेलाको दोस्रोहप्ता सम्म ६० हजार बढी अबलोकनकर्ता आएको अनुमान आयोजकको छ । बिश्वासिलो मोबाइल बजारको ख्याती कमाएको ताम्राकार मोबाइल बजारले ग्राहकको सामुन्नेमा नै लक्की ड्र गर्दै आएको छ । मोटरसाइकल बिजेता चौधरी, टेलिभिजन बिजेता र मोबाइल बिजेताहरुलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको मोबाइल ब्यापार संघका सचिव गुरुदत्त शर्माले बताए । छट पर्वसम्म जारी रहने यो मेलामा अझैं सयौं मोबाइल, पावर बैंक, ब्लुतुथ एअरफोन र टेलिभिजन बाँकी रहेको बजारले जनाएको छ ।