विकासन्युज

सभामुख घर्ती र मङ्गोलियाका विदेशमन्त्री अर्जिलबीच भेट

काठमाडौं, ४ पुस । सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच आज सिंहदरबारमा भेटघाट भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणमा विदेशमन्त्री अर्जिल गएराति काठमाडौं आएका थिए। यसअघि परराष्ट्रमन्त्री डा रामशरण महत र विदेशमन्त्री अर्जिलबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो । सो अवसरमा उनीहरुबीच नेपाल र मङ्गोलियाका द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो । सभामुख घर्तीले भूपरिवेष्टित देशले भोग्नुपरेका समस्या समाधान गर्न दुई देश मिलेर अगाडि बढ्नुपर्ने विचार राखेको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसित विदेशमन्त्री अर्जिलले आजै छुट्टाछुट्टै भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री डा महत दिवाभोज परराष्ट्रमन्त्री डा महतले नेपालको तीनदिने औपचारिक भ्रमणमाव रहेका विदेशमन्त्री अर्जिलको सम्मानमा सोमबार दिवाभोजको आयोजना गरेका छन् । सो अवसरमा उच्च सरकारी अधिकृत तथा भ्रमण दलमा संलग्न सदस्यहरुको सहभागिता रहेको थियो । रासस

गाँजा र चरेस तान्ने हिप्पीदेखि हवाई जहाजबाट हाम्फाल्ने पर्यटककाे नेपाल यात्रा

पहिले पर्यटन भनेको यात्रा हो । त्यसमा पनि गोरा छाला भएका पर्यटकको मात्रै भनेर चिनिन्थ्यो । ज्ञान हासिल गर्न डुल्ने विदेशी मात्रै पर्यटक हुन जो सँग प्रशस्तै पैसा छ र खर्च पनि गर्छ भन्ने गरिन्थ्यो । त्यसको परिभाषा र स्वरुपमा परिवर्तन आएको छ । अहिले पर्यटन भनेको यात्रा र उद्योग मात्रै होइन रहेछ भनेर बुझन् थालिको छ । यो त ज्ञानको भण्डार पनि हो । मानवीय मनोविज्ञान पनि हो भनेर बुझ्न थालिएको छ । हिजोको पर्यटन आज र आजको पर्यटन भोली हुँदैन । गाडीमा आउने गाँजा र चरेस तान्ने हिप्पीदेखि सुरु भएको पर्यटनको ट्रेण्ड परिवर्तन भएर घुमफिर, यात्रा, टुर, ट्रेकिङ हुँदै साहसिक र आन्तरिक पर्यटक भएको छ । अहिले त साहसिकको नाममा हवाई जहाजबाट हाम्फाल्ने, आकासमै कावा खाने पर्यटक आउन थालेको छ । यसर्थ, समय प्राकृति अनुसार पर्यटक आउने र त्यसबाट हुने पर्यटकीय क्रियाकलाप पनि फरकफरक हुन्छ । पर्यटक आउने प्रवृति र स्वरुप परिवर्तन हुँदै जाँदा गन्तव्य परिवर्तन पनि भएको हो । पहिले परम्परागत पर्यटकीय बजार इग्लान्ड, जापान, बेलायत, अमेरिका मात्रै थियो । अहिल भारतीय तथा चिनियाँ बजार प्राथमिकतामा आएका छन् । भारतीय र चिनियाले गर्ने खर्च तथा पहुँचको हिसावले पनि प्राथमिकतामा पर्न थालेका छन् । पहिले विदेशी पर्यकको मात्रै भर पर्ने गरिएकोमा अहिले त आन्तरिक पर्यटक पनि आउन थालेका छन् । आन्तरिकलाई पर्यटक नठान्ने र गोरो छालालाई मात्रै पर्यटक ठान्ने हो भने नेपालको पर्यटनले स्थायित्व लिन सक्दैन् भनेर सबैले बुझन् पनि थाले । नेपालमा सोही अनुसारको मार्केटको पनि खोजि भयो । अहिले आन्तरिक पर्यटक नै अन्तर्राष्ट्रिय पर्यटनको जग हो । गाउँगाउँमा अहिले पर्यटकीय गन्तव्य भनेको छ भने पर्यटकीय महत्व पनि छ । नेपालीको पनि आफ्नै सवारी साधन हुन थालेको छ । सवारी साधान भाडामा लिएर आन्तरिक पर्यटकीय गन्तव्य जान सक्ने क्षमता पनि बढेको छ । राज्यले पनि अहिले घुमफिर वर्ष मनाउँदै आन्तरिक पर्यटकलाई प्राथमिकता दिन थालेको छ । विदेशी होस् वा स्वादेशी पर्यटन क्षेत्रको दायरा फराकिलो बनाउने प्रयास भइरहेको छ । आन्तरिक पर्यटक र वाह्य पर्यटक आन्तरिक पर्यटक विदेशी जस्तो लामो समय र प्याकेजमा घुम्दैन । रमाइलो गर्ने र विदाको समयमा लहलहैमा घुम्ने गरेका छन् । तर, घुम्न निस्किएका आन्तरिक पर्यटकले जति पैसा खर्च गर्छन्, विदेशीले त्यति गर्दैैनन् । विदेशी पर्यटकले कालो चिया र पाउरोटी खाएर दिन विताउँन सक्छन तर आन्तरिक पर्यटले भने खानपानमा निकै खर्च गर्ने गरेका छन् । आन्तरिक पर्यटकलाई ह्वीस्की, मःम, चिकेन करीसहितको स्नाक्स सबै चाहिन्छ । यसको मतलब खानपिनमा आन्तरिक पर्यटकको खर्च निकै धेरै हुन्छ । कहिलेकाँही घुम्ने र खानापानमा रमाउने भएकोले सामान्य भन्दा बढी खर्च गरेका हुन । नियमित घुम्नेको तुलनमा यो सामान्य पनि हो । आन्तरिक पर्यटन भनेको सम्पन्न क्षेत्रबाट विपन्न क्षेत्रमा स्रोत र साधानको परिचालन गर्ने उपयुक्त माध्यम हो । विदेशीले गरेको खर्च तथा आन्तरिक पर्यटकबाट खर्च गरेको एक रुपैयाँ गाउँमा पुगेपछि तीन रुपैयाँ हुन्छ । एउटा विदेशी आउँदा नौ जनाले रोजगारी पाउँछन भन्ने गरिएको छ । विदेशीले गर्ने घुमघाम, ट्राभल, ट्रेक, पर्वतारोहणमा वास्तमै धेरै खर्च हुन्छ । सोल्टीमा आएर ८० डलर तिर्ने मात्रै क्वालीटी टुरिष्ट हो, ठमेलमा आएर २० डलर खर्च गर्ने पर्यटक क्वालीटि हैन भन्ने राज्यको अवधारणा हुनु भएन । अहिले काठमाडौं गेष्ट हाउसमा आएर बस्ने पनि किताव लेख्ने पर्यटक छन् । नेपालको प्रवद्र्धन गर्ने पर्यटक छन् । उसलाई खर्च गराउने आधार बढाउनुपर्छ । होटलको कोठामा लिइने शुल्कै आधारमा गुणस्तरीय हो होइन् भनेर निर्धारण गरिनु हुँदैन । सेवा र शुल्क पर्यटकलाई दिने सेवास्तर र शुल्क भनेको प्रतिस्पर्धामा निर्धारित हुन्छ । बैंककमा पाँचतारे होटल ३५ डलरमा पाउँछन् । होटलको कोठा भने जति सस्तो भएपनि फरक पर्दैन् । खाना खाने, मालसामान बेच्ने, सोभिनियर किनबेचबाट हुन्छ । पर्यटकलाई ल्याएर खर्च गराउँने माध्यम सबैभन्दा धेरै हुनुपर्छ । नेपालको पर्यटन सेवाको गुणस्तर अमेरिकाको भन्दा कम छ्रैन् । अमेरिकाको होटलमा पनि एउटा खाट र कोठा हुने हो त्यसको तुलनामा हामीले पनि सेवा सुविधा दिएका छौं । पर्यटक आउन थालेपछि आफैं गुणस्तर मेन्टेन हुन्छ । पर्यटन क्षेत्र जब हाइटमा जान्छ तव त्यसको भ्यालु हुन्छ । उदाहरणको रुपमा हाम्रो ग्रुपको होटल आठ वटा पुग्नु नै पर्यटकको रुची बढ्नु र सेवा लिने बढेर नै हो । जुन किसिमको रेट लिने हो त्यो स्तर निर्धारण गरेर गर्नु नै धेरै राम्रो हो । आज राम्रो गर्ने र भोली नराम्रो गर्ने पनि हुँदैन । ठमेल गेस्टहाउस नै एउटा व्यक्तिको रुपमा प्रतिनिधित्व गर्ने पर्यटन होइन । समग्र देशको प्रतिनिधित्व नै पर्यटन हो । अहिले फ्री मार्केट इकोनोमिका कारण विदेशी मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । हाम्रो देश गरिब होइन्, स्रोत र साधानको पहिचान गर्न नसक्नु चाहिँ हाम्रो कमजोरी हो । हामीले ब्राण्ड र गुणस्तर कायम गर्ने भनेको पनि विश्वसनिय सेवा नै हो । पहिले पर्यटकलाई नेपालमा सेवा दिने अवसर हुनुपर्छ त्यसपछि बजारले नै निर्धारण गर्न सेवा, सुविधा र गुणस्तरण । पर्यटक तान्ने आधार नेपाल बन्जी, प्याराग्लाइड, ट्राभल, ट्रेकिङसहितका साहसिक पर्यटनमा विश्वकै उत्कृष्ट सेवा दिन थालिएको छ । हामीले स्वार्थी पर्यटनको कुरा अहिले गर्नु हुँदैन । आफ्नो स्वर्थमा मात्रै कुरा गर्नु हुँदैन । संकुचित सोच बनाउँनु हुँदैन । प्रतिस्पर्धामा जे पनि राम्रो हुन्छ । नेपालमा दर्जनौ होटल आउँदै छ । प्रतिस्पर्धाले यसको बजार निर्धारण गर्छ । हामीले राम्रो सेवा दिने र धेरे खर्च गर्ने मात्रै ल्याउने कि धेरै ल्याउने अनि सेवा सुविधा पनि बढाउँदै जाने भन्ने हो । यसका लागि सबैभन्दा पहिले चिन्तन हुनुपर्छ । अहिले चिन्तन एक कदम अगाडि र विकास भने एक कदम पछाडि रहेको अवस्था छ । त्यसैले प्रतिस्पार्धामा जसले राम्रो सेवा र सुविधा दिन सक्छ पर्यट त्यहि जान्छन् । नेपाल अन्तर्राष्ट्रिय निकायसँग सेवा सुविधामा प्रतिस्पर्धा गर्न सक्यो भने अवस्था पनि पर्यटक आउँछन् । राज्यलाई गाली गरेर पूर्वाधार बनाएन भनेर आलोचना मात्र गरेर हुँदैन । सीमित स्रोत र साधनले असीमित माग पूरा गर्नुपर्छ । राज्य नालायक भयो भनेर निजी क्षेत्र चुप लागेर बस्ने पनि त हैन । त्यसैले सरकारले आफ्नो ढंगले काम गर्छ हामी व्यवसायी आफ्नै ढंगले जानुपर्छ । मैले पनि त सन् १९९८ मा नेपाल भ्रमण बर्षको कोअर्डिनेटर भएकै हो नि । त्यतिबेला आफूले कति गर्न सकियो र अब कति सकिन्छ भनेर हेर्नुपर्छ । नेपालको पर्यटन स्थापित भएको निजी क्षेत्रले हो । त्यसैले निजी क्षेत्रको सम्मान गर्नुपर्छ । पर्यटन क्षेत्र भनेकै सधै संभावना भएको क्षेत्र हो । नेपाल पनि पर्यटकीय संभावनाकै देश हो । भएको सम्भावनालाई राज्यले पहिचान गरेर सेवा सुविधाको आधार दिनुपर्छ । राज्यले पर्यटमा भएको विशेषज्ञ क्षेत्र पहिचान गरेर जानुपर्छ । वाइल्डलाइफ, ईको टुरिजम, जैविक विविधता, सांस्कृति, धार्मिक विविधतामा जान सक्छौ । हामीले पर्यटकलाई विविधिकरण नै गर्न सकिएको छैन । हाम्रो पर्यटन बग्गीको घोडा जस्तो हो । एउटाले जे ग¥यो त्यहिमा लाग्ने । हामी आफूले नयाँ केही दिन नसक्नु नै अहिलेसम्मको हाम्रो कमजोरी हो । पर्यटक आकर्षण गर्न नयाँ काम गर्दै जानुपर्छ । पर्यटक भनेको नयाँ र फरक क्षेत्र मन पराउने क्षेत्र हो । नेपालको प्राकृतिक सम्पदा रुचाउने पर्यटक धेरै हुन सक्छ । नेपाल विश्वकै सर्वोच्च हिमाल, सबैभन्दा बढी अग्ला हिमाल, कायकिङ, राफ्टिङ, बन्जी, साहसिक पर्यटकीय गतिविधि सबैभन्दा बढी नेपालमा नै गर्न सकिन्छ । संसारकै ठूलो साहसिक पर्यटनको तुलनामा नेपाल पछाडि पर्न सक्ने अवस्था छैन । विदेशले ठूला पूर्वाधार बनाउने र व्यवस्थित गर्न सकेको छ । नेपालमा व्यवस्थित गर्न सकेनौ । सन् २०१८ लाई हिमालय पर्यटन वर्ष भनेर प्रवद्र्धन गर्नुपर्छ । नेपालको पर्यटन सबैभन्दा बढी आशा र भरोसा भएको क्षेत्र हो । सन् १९५२ पछि नेपालमा पर्यटनको ढोका खुलेको हो । पहाड खोल्यो, हिमाल खोल्यो । अनि नेपाल पनि प्रवद्र्धन हुन थाल्यो । नेपालको पर्यटन भनेकै विस्तारै आएको हो । सन् १९६० पछि हिप्पी आउन थाल्यो । नेपालमा गाँजा तान्न पाउने भएकोले यो पर्यटन १० वर्ष रह्यो । त्यसपछि सन् १९७० पछि वाइल्ड लाइफ सुरू भयो । सन् १९८० बाट राफ्टिङ, सन् १९९० बाट प्राकृतिक पर्यटन सुरू हुन थाल्यो । त्यसपछि रैथाने पर्यटक हुँदै अहिलेको अवस्थामा आइपुगेको छ । संसारमा रैथाने पर्यटन सबैभन्दा राम्रोसँग विकास भएको पर्यटन हो । हामीसँग भएको प्रडक्ट बेच्ने पर्यटन नै रैथाने पर्यटन हो । भएकै वस्तु र सेवा बेचेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ । (कुराकानीमा आधारित)

अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद निष्कासन गर्ने

काठमाडौं, ४ पुस । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसको बैंकको १२०औँ बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी २२ करोड ७१ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर करिब ३६७ रुपैयाँमा कारोबार भइरहेको छ ।

१३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी भोलिदेखि शुरु, करिव १२५ वटा स्टल रहने

काठमाडौं, ४ पुस । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा ७ दिने जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको छ । उक्त प्रदर्शनी यहि पुस ५ देखि पुस ११ गतेसम्म हुने भएको छ । उक्त १३औं राष्ट्रिय औद्योगिक प्रदर्शनी “आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । उक्त आयोजनामा कपडा तथा सिलाई व्यवसायी संघको सहभागिता रहेको छ । एउटै छानामुनी स्वदेशी वुट र स्वदेशी सुटको प्रर्दशनी आयोजना हुनुले पनि यो प्रदर्शनीको विशेष महत्व रहनेछ । प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरु र नेपाल कपडा तथा सिलाई व्यवसायी गरि करिव १२५ वटा स्टल रहने आयोजकले बताएका छन् । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डल एवं सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु तथा आकर्षक डिजाइनका सर्टिङ सुटिङ्गका डिजाईनहरु तथा फुड स्टलहरु प्रदर्शनीमा रहनेछन् । साथै, जुत्ता-चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिने आयोजकले बताए ।

निम्बसको नयाँ ब्राण्डको तेल बजारमा सार्वजनिक, मूल्य प्रतिलिटर २०० रुपैयाँ

काठमाडौं, ४ पुस । निम्बसले नयाँ ब्राण्ड ‘व्यञ्जन’को खाने तेल नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा उक्त व्यञ्जन ब्राण्डअन्तर्गत हाल सूर्यमुखी र तोरीको तेल उपलब्ध छन् । हाल बजारमा व्यञ्जनको सूर्यमुखी र तोरीको १ र २ लिटरको बोटल तथा १र१ लिटरको पाउच उपलब्ध छन् । १ लिटर सूर्यमुखी तेलको मूल्य १ सय ९० रुपैयाँ कायम गरिएको छ भने १ लिटर तोरीको तेलको मूल्य २ सय रुपैयाँ कायम गरिएको छ । अन्तराष्ट्रिय गुणस्तर निर्धारण गरी कम्पनीले उत्पादन गरेको तेल गुणस्तरीयताको आधारमा अन्तराष्ट्रिय उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको जनाएको छ । कम्पनीले बजारमा ल्याएको तेलको प्याकेट अन्य तेलको प्याकेटहरु भन्दा भिन्न छ । बजारमा उपलब्ध अधिकांश प्याकेटमा एक लेयरको पोली फिल्मस् प्रयोग गरिरहेको छ भने व्यञ्जनमा ल्यामिनेटेड प्याकको प्रयोग गरिएको छ, जसमा पोलीको साथै अपर नाइलोन लेयर पनि प्रयोग गरिएको छ, जसको कारणले अक्सिडेसन हुने सम्भावना अत्यन्त कम हुन्छ । यसले तेललाई अक्सिडेसन हुनबाट बचाउँछ । साथै सूर्यमुखीको तेल स्वदेशी कम्पनी मध्ये पहिलो पटक पेट बोटलमा बजारमा ल्याएको छ । यसकारण आम उपभोक्ताले आफ्नै आँखाले यसको अवलोकन एवं उपभोग गरी शुद्धता र मौलिक स्वाद चाख्न पाउनेछन् । हाल नेपालमा उपलब्ध अन्य अन्तर्रा्ष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नको लागि निम्बसले प्रीमीयम स्तरको व्यञ्जन तेल बजारमा ल्याएको हो । हालको लागि कम्पनीले तराई भेग र मुख्य शहरहरु काठमाडौं पोखरा लगायतका क्षेत्रहरुमा बजार बिस्तार गरिरहेको छ । वीरगन्जमा करिव ५५ करोडको लागतमा तेल उद्योग स्थापना गरेको निम्बसले हाल उक्त उद्योगमा १ सयको हाराहारीमा कर्मचारीहरु कार्यरत रहेका छन् । दैनिक १०० टन भटमास, ५० टन सूर्यमुखी र ६० टन तोरीको तेल उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याएको हो । निम्बस कम्पनी सन् २००४ देखि कृषि क्षेत्रमा काम गर्दै आएको कम्पनी हो । उक्त कम्पनीले विशेष गरेर पोल्ट्रीको क्षेत्रको लागि दाना उत्पादन गर्ने काम गर्दै आइरहेको छ । साथै बोरा, ड्रम, पोली बुभन फ्याब्रिक र केमिकलको साथै कम्पनीले दैनिक उपभोग्य वस्तुहरु आयात तथा बिक्री गरिरहेको छ । कम्पनीले चाँडै नै दाल, चामल र मस्यौरा ल्याउन लागेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि गर्दै धितोपत्र बोर्ड, कालिकोटमा पुँजीबजार सम्बन्धी अन्तक्रिया सम्पन्न

काठमाडौं, ४ पुस । पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले कर्णाली अन्चलको कालिकोट जिल्लामा पुँजीबजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड र कालिकोट उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा हालै देशको सवैभन्दा विकट ठाउँ मानिएको कालीकोटमा पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले यो कार्यक्रमले कर्णाली अञ्चलमा पनि पूँजी बजार सम्बन्धी जनचेतना बढ्ने बताए । त्यस्तै बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले कार्यक्रमलाई सम्वोधन गर्देै काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी वनाउने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए । उनले पूँजी बजार मार्फत कर्णाली अञ्चलको पर्यटन, जलस्रोत तथा जडिवुटी उद्योगधन्दाको विकास गरी समग्र देशको रोजगारी तथा राजस्व बृद्धि गरी आर्थिक विकास गर्न सहयोग पुर्याउने दावी गरे । कार्यक्रमका उद्योग बाणिज्य संघका अध्यक्ष सूुर्य बहादुर शाहीले वोर्डसँग संयुक्त आयोजनामा कर्णाली अञ्चलमा नै पहिलो पटक पूँजी बजार सम्बन्धी यस्तो कार्यक्रम संचालन गर्न पाएको बताए ।  हालै यस्तो कार्यक्रम क्षेत्रिय सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा पनि आयोजना गरिएको थियो ।

भूकम्प पीडितले घर बनाउन तीन लाख पाउने पक्का, प्राबिधिकलाई ७५ प्रतिशत भत्ता पनि

काठमाडौं, ४ पुस । भूकम्प पीडितले निजी आवास निर्माणका लागि तीन लाख नगद अनुदान उने पक्का भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरले निजी आवास निर्माणका लागि तीन लाख दिने व्यवस्थासहितको परिमार्जित कार्यबिधीलाई अर्थमन्त्रालयले सहमति दिएसँगै भूकम्प पीडितले तीन लाख पाउने पक्का भएको हो । यस अघि मन्त्रीपरिषदले भूकम्प पीडितलाई तीन लाख नगद अनुदान दिने निर्णय गरेको भएपनि अर्थमन्त्रालयले श्रोत अभाव हुने बताउँदै आएको थियो । पुष ३ गते उपप्राधन तथा अर्थमन्त्री कृष्ण बहादुर महराले भूकम्प पीडितलाई तीन लाख नगद अनुदान दिने परिमार्जित कार्यबिधीलाई सहमति दिएका हुन् । अब सो कार्यबिधी मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदले पास गरेपछि अर्थमन्त्रालयले बजेट निकासा गर्नेछ र भूकम्प पीडितलाई दोश्रो किस्ता वापत डेढ लाख रुपैंयाँ वितरण सुरु हुनेछ । परिमार्जित कार्यबिधीले गुनासो प्रणालीमा आएका गुनासाहरुको विश्लेषण सहितको परिणाम सार्वजनिक गर्न र सम्बोधन गर्न सहज हुनेछ । प्राबिधिकलाई कार्य सम्पादनका आधारमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने गरी तयारी भएको पनि प्राधिकरणले जनाएको छ ।प्राधिकरणले कार्य क्षेत्रमा खटिएका प्राविधिकहरुलाई कुनै भ्रममा नपरी आ–आफ्नो जिम्मेवारी पूरा गरि भूकम्प पीडितहरुको सेवाका लाग्न आग्रह पनि गरेको छ । १७ जिल्लाको तथ्यांक संकलन सुरु हुँदै यसैबीच केन्द्रीय तथ्यांक विभागबाट भूकम्प कम प्रभावित १७ जिल्लामा सर्भेक्षणको कार्य गर्न १७ जिल्लाका समन्वयकर्ताहरु र सोसँग सम्बन्धीत तथ्यांक सहायकहरुलाई तीन दिन अभिमुखीकरण कार्य सम्पन्न भएको छ । पुनर्निर्माणको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला समन्वय समितिहरुको बैठकमा सहभागी हुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिरकणबाट पदाधिकारीहरु विभिन्न जिल्लाहरुमा खटिएका छन् । कार्यकारी समितिका सदस्य ध्रुव्रप्रसाद शर्माको टोली धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुका लागि खटिएको छ । कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठको टोली लम्जुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्यादी र स्याङजा जिल्लाका लागि खटिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको टोली चितवन, नवलपरासी, अर्घाखाँची, गुल्मी र पाल्पामा हुने जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

महिला तस्करी रोकिएन, प्रतिवन्धित मुलुकमा नयाँ रुट बनाएर तस्करी हुँदै

काठमाडौं ४, पुस । सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्राउ परेपछि रुटबारे खुलासा भएको हो। तस्करहरूले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै कुवेत, ओमनलगायतका देशमा पठाउने गरेको पाइएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करहरूले युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर लाने गरेको जनाएको छ। नवलपरासी दुम्कीवास–३ का ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ का ४६ वर्षीय पूर्णबहादुर लिम्बू र रूपन्देही गंगोलिया–६ का ४१ वर्षीय हरिप्रसाद थारू पक्राउ परेसँगै युवतीहरूलाई लैजाने रुटबारे प्रहरीले जानकारी पाएको हो। ब्युरोकी प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० मीरा चौधरीका अनुसार उनीहरूले अपराध स्वीकार गर्दै ६ महिलालाई नक्कली कागजात बनाएर रूपन्देहीको बेलहिया नाका हुँदै भारतको नयाँ दिल्लीबाट सीधै श्रीलंका पठाउने गरेको बताइन्। सो गिरोहले त्यहाँ केही दिन राखेर कुवेत, ओमन र दुबईमा घरेलु कामदारका रूपमा पठाउने गरेको पाइएको पनि उनले बताइन्। सो सिलसिलामा उनीहरूले ४५ दिनसम्म विभिन्न मुलुकमा बन्धकजस्तै बनाएर राख्ने गरेको पनि उनको भनाइ छ। एसपी चौधरीका अनुसार युवती तस्करहरूले विपन्न परिवारहरूलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्दै आएका छन्। यो काम पहिलो भने होइन। उनीहरूले नेपालगन्ज, भैरहवा, वीरगन्जजस्ता नाकाबाट बसमै हालेर दिल्ली लैजाने र त्यहाँबाट श्रीलंका हुँदै कुवेत ओमनजस्ता मुलुकमा पठाउने गरेका छन्। राजधानी दैनिकबाट ।