विकासन्युज

चुनावी राैनककाे प्रभाव: मधेशी दलका नेता उपेन्द्र र महन्थबीचमै विवाद, एउटै पदमा आमा छोरी भिड्दै

काठमाडौं । चुनावमा होमिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र चुनाव विथोल्न आन्दोलनमा उत्रिको राजपा नेतृत्वबीच द्धन्द्ध बढ्न थालेको छ । राजपाका नेताहरुले अहिले कांग्रेस, एमाले र माओवादीका नेतालाई भन्दा फोरम नेपालका अध्यक्ष यादवलाई बढी गाली गर्ने गरेका छन् । यादवले पनि राजपाका केन्द्रीय तथा स्थानीय कार्यकर्तालाई प्रायः दिनदिनै आफ्नो पार्टीमाा प्रवेश गराईरहेका छन् । यादव अहिले पनि पार्टी प्रवेश कार्यक्रम व्यस्त छन् । यसकारण पनि रजापाक नेताहरु यादवसंग आक्रिशित भएका हुन् । आमा छोरी एउटै पदमा भिड्दै खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् । बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् । आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् । साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिक दिएको हो । दोधारमा थवाङबासी विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सरगर्मी बढेको छ । सधैं एकजुट बनेर विद्रोह गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपाले थवाङमा कुनै पनि उम्मेदवार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मतदानको दिन नजिकिँदै गर्दा थवाङवासी दोधारमा परेका छन् । हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङवासी कसलाई भोट दिने भन्ने अन्योलपमा परेका हुन् । नागरिक दैनिकबाट ।

ब्लड बैंकबाट लिएकै रगत असुरक्षित, रगत लिँदा १६ वर्षे युवालाई एचआईभी सर्‍यो

काठमाडौं । हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी एड्स संक्रमण देखिएको छ। ‘चढाइएको रगतबाट ती युवालाई एचआईभी एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन। उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ।’ रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो। ‘ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्धि हुँदै जाने देखिन्छ,’ डा. रायमाझीले भने। रगत चढाइएकै कारण संक्रमित हुनेको संख्या बढे पनि यसको आधिकारिक तथ्याङ्क सरकार र स्वास्थ्य संस्थाहरु दुवैसँग छैन। कान्तिपुर दैनिकबाट ।

कपडा सिलाउँदै पढेर पनि डाक्टर, दुःखले पढ्दा पनि एमबिबिएस टप

फाइल फाेटाे काठमाडौं । परिवारको नाममाा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाईमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । जति नै दुःख गरे पनि लेटाङ मोरङ्का सुजितकुमार दर्नालको पढाईको भोक घटेन, बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमाा जन्मिएका उनी डाक्टर बने । त्रिविअन्र्तगत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०. ८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए । नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएको व्यक्तिको लागि कल्पनाभन्दा बाहिरको विषय थियो । डाक्टर बन्ने सोच त सोचेकै थिइन् । महेनतमात्रै गरे । सुजितले भने । समयले बाटो देखायो र डाक्टर बने । नागरिक दैनिकबाट ।

राष्ट्रपतिको तलब डेढ लाख, उपराष्ट्रपतिकोसमेत गरी मासिक खर्च २ लाख ६३ हजार रुपियाँ

काठमाडौं  । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ । ‍राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रूपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ। राष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक एक लाख ५० हजार ४ सय ५० रूपैयाँ र पोसाक सुविधा शीर्षकमा २ हजार ८४ रूपैयाँ उपराष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक एक लाख ८ हजार तीस रूपैयाँ र पोसाक सुविधा शीर्षकमा १ हजार ६ सय ६६ रूपैया उपलब्ध गराइने गरी विधेयक पारित भएको छ। यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेश भ्रमण गर्दा दैनिक ३ हजार ३ सय र विदेश भ्रमण गर्दा दैनिक भत्ता स्वरूप २५ हजार रूपैयाँ प्रदान गरिने उल्लेख छ। राष्ट्रपति र उपराष्ट्रपतिको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ। यस्तै चाडपर्वको अवसरमा राष्ट्रपति र उपराष्टरपतिले आफूले खाइ पाइ आएको एक महिनाको पारिश्रकिम बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा उपलब्ध गराइने भएको छ। समाचार पत्रबाट

नेपाली युवाले बनाए मनले सोचेको कुरा मोबाइलमा म्यासेज आउने प्रविधि

काठमाडौं । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ । पक्षाघातका विरामीमा नया प्रविधिकाे विकासकाे परिक्षण गर्दै २ युवा फाेटाे । अन्नपूर्णा पाेस्टबाट दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ । अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । शरीरमा जडान गरिएको ईईजीुनामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट ९बिटा ब्रेन वेभ० विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ । अनुसन्धानकर्ता पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच/पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न इथिकल एप्रुवलु दिएको छ । धेरै प्रकारका पक्षघातका बिरामी हुन्छन् । उनीहरूलाई यो प्रविधि प्रयोगका लागि तालिम दिनुपर्ने हुन्छ । जसले तालिम सफलतापूर्वक सम्पन्न गर्न सक्छन्, उनीहरूले त्यस्तो प्रविधि प्रयोग गर्न सक्छन्, अनुसन्धानकर्ता शाहले भन्नुभयो, प्रविधि प्रयोगका लागि ४५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ । नेपालमा पहिलोपटक विकसित प्रविधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई बिरामीमा प्रयोग गर्ने अनुमति दिएको हो । नास्टले प्रविधि विकासमा विश्वास गरेकाले आफूहरू सफल भएको शाहको भनाइ छ । उक्त प्रविधि पक्षघातका दुई जना बिरामीमा प्रयोग भइसकेको छ । आवश्यक पर्ने बिरामी तथा स्वास्थ्य संस्थालाई संयुक्त रूपमा दिने योजना उहाँहरूको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उक्त प्रविधि प्रोत्साहन गर्नुभएको थियो भने केन्द्रबाट पनि प्रविधिको विकास र विस्तार गर्ने योजना छ । अनुसन्धानकर्ताका अनुसार केन्द्रले पनि बिरामीलाई आवश्यक तालिम दिन सक्छ । प्रविधि विकासको सोच बूढानीलकण्ठबाट ए लेभल उत्तीर्ण शाह र सेन्ट जेभियर्सबाट प्लस टु उत्तीर्ण पाण्डेले यस्तो प्रविधि विकास गर्ने सोच चार वर्षअघि नै बनाउनुभएको थियो । कक्षा ११ अध्ययन क्रममा शाह बिरामी भएका बेला माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा उहाँको ईईजी गरिएको थियो । ईईजी गर्ने क्रममा उहाँ शान्त बस्दा ब्रेन वेभ स्थिर भएको र बढी सोच्दा ब्रेन वेभ पनि गतिशील भएका थिए । ब्रेन वेभको विशेषताबारे मनन् गर्नुभएका उहाँले त्यसबारे साथी पाण्डेलाई बताउनुभयो । त्यसपछि दुवै जनाले त्यस विषयमा अध्ययन गर्न थाल्नुभयो । आफ्नो अध्ययन पनि जारी राख्नुपर्ने बाध्यताले प्रविधि विकास समयमै सम्पन्न गर्न सक्नुभएन उहाँहरूले । अध्ययनपछिको फुर्सदमा उहाँहरू नास्टमा गई अनुसन्धानका लागि अनुमति माग्नुभयो । प्लस टु मात्रै सकेका उहाँहरूलाई यति ठूलो कामको अनुसन्धान जिम्मा दिन नास्ट डरायो । गम्भीर प्रकृतिका बिरामीमा प्रयोग गरिने साधनको परिकल्पना गरिएको थियो त्यसमा । तर, धाउन नछाडेपछि उहाँहरूको दृढता र लगनशीलता देखेर नास्टले स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिन आग्रह गर्‍यो । परिषद्को प्रोटोकलमा प्लस टु उत्तीर्णलाई अनुसन्धान गर्न दिने व्यवस्था थिएन । त्यसपछि उहाँहरूले अन्नपूर्ण न्युरो अस्पतालका प्रमुख एवं न्युरो सर्जन डा।वसन्त पन्तलाई को इन्भेस्टिगेटरका रूपमा अनुसन्धानमा सहभागी गराउने निर्णय गरेपछि बल्ल अनुसन्धानका लागि परिषद् र नास्टबाट अनुमति पाउनुभएको थियो । अन्नपूर्ण पाेस्टबाट ।

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो पनि सुरु

काठमाडौं । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पो समेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायिका ओशिमा बानु तथा समाजसेवी तथा व्यावसायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए । २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । नेपालमै पहिलो पटक फरक अवधारणामा असार ५ गतेबाट सञ्चालनमा आएको यो मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । यसैगरी पार्किङको पर्याप्त सुविधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पाइने निर्देशक संगम राईले जानकारी दिए । मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले मोबाइलकाबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था मिलाइएको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । कार्यक्रममा एप्पल वल्र्ड मोबाइल प्रालिमा अबलोकन तथा मोबाइल खरिद गर्न पुगेकाहरु मध्येबाट एक एक जनालाइ आइफोन ७ र ७ प्लसको लक्की ड्र खोलीएको थियो ।

उपत्यकाका जननिर्वाचित प्रतिनिधिले भने-सडक बिस्तारमा अवरोध गर्दैनौं

काठमाडौं । काठमाडौं उपत्यकाका जन निर्वाचित प्रतिनीधीहरुले सडक विस्तारको अभियानमा अवरोध नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार राजधानीमा काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको सडक विस्तार, नयाँ शहर निर्माण र बाहिरी चक्रपथ आयोजना सम्बन्धी छलफलमा भाग लिँदै उनीहरुले सडक विस्तार अभियानमा अवरोध नगर्ने घोषणा गरेका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरका जन प्रतिनिधीले सडक विस्तारले आधुनिक र सभ्य शहर निर्माणको आधार भएकाले सडक विस्तारमा अवरोध नगर्ने बताए  । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले व्यवस्थित शहरीकरणको आधार स्तम्भका रुपमा सडक पुर्वाधार रहेकाले त्यसको विस्तारमा आफुहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘जनता सडक विस्तार बिरोधी होइनन्, हामी प्रतिनीधी पनि सडक विस्तारकै पक्षमा छौं तर मापदण्ड एउटै हुनु पर्छ र मुआब्जा घर भत्काउनु अघि नै दिनुपर्छ’, महर्जनले भने । उनले ललितपुरको सातदोबाटो देखि चापागाउँसम्मको सडकमा कतै १७ मिटर र कतै २२ मिटरको मापदण्डले स्थानीय आक्रोशित बनेको बताउँदै साझा मापदण्ड अघि सार्न आग्रह गरे । उनले प्रति वर्ग मिटर ३ हजारका दरले क्षतिपुर्ति दिने व्यवस्था गर्न पनि अनुरोध गरे । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले पनि सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने–जिवित शहरका लागि फराकिला सडक आवश्यक छन तर भत्किएका घर टाल्न पुग्ने गरि क्षतिपुर्ति दिनुपर्छ ।’सडक विस्तारका क्रममा भत्काइएको घरको निर्माणका लागि दिइएको क्षतिपुर्ति रकम कम भएको बताउँदै भने–घर भत्काउन दिन्छौं, जमिनको क्षतिपुर्ति पनि चाहिँदैन तर केक झै चिरिएको घर टाल्न पुग्ने पैसा चाहियो ।’ गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सडक विस्तारमा आफुहरु बाधक नबन्ने तर जनताले उचित क्षतिपुर्ति भने पाउनुपर्ने धारणा राखे । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले पनि सडक विस्तार आवश्यक रहेको बताउँदै सम्पदा बस्तीहरुको संरक्षणमा भने ध्यान दिनुपर्ने बताए । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आफ्नो जिल्लामा रहेका सम्पदा बस्तीहरुलाई जोगाउँदै बैकल्पिक सडक निर्माण गर्नु पर्ने बताए ।उनले सम्पदा बस्ती बाहेकका क्षेत्रमा भने सडक विस्तार आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव सर्वेन्द्र नाथ शर्माले राजधानीलाई कुरुप हुनबाट जोगाउन पनि सडक विस्तार आवश्यक रहेको धारणा राखेका थिए । उनले उपत्यकाका चार छेउमा निर्माण हुने नयाँ शहर र बाहिरी चक्रपथले उपत्यकालाई नयाँ जिवन दिने दावी समेत गरेका थिए ।

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो शुरु

काठमाडौं । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए । २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । नेपालमै पहिलो पटक फरक अवधारणामा असार ५ गतेबाट सञ्चालनमा आएको यो मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । यसैगरी पार्किङको पर्याप्त सुविधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पाइने निर्देशक संगम राईले जानकारी दिए । मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले मोबाइलकाबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था मिलाइएको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । कार्यक्रममा एप्पल वल्र्ड मोबाइल प्रालिमा अबलोकन तथा मोबाइल खरिद गर्न पुगेकाहरु मध्येबाट एक एक जनालाइ आइफोन ७ र ७ प्लसको लक्की ड्र खोलीएको थियो ।