विकासन्युज

लाफिङ बुद्ध पावरले ९ लाख कित्ता आइपीओ निष्काशन गर्न माग्यो बोर्डको अनुमति

काठमाडौं । लाफिङ बुद्ध पावर नेपालले ९ लाख ७८ हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ७८ लाख रुपैयाँ बरारबको सेयर जारी गर्न लागेको हो । सो मात्राको आइपीओको लागि कम्पनीले जेठ ३१ गते नै बोर्डमा निवेदन दिएको हो । कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो ।

सेयर कर्जाको व्याज १९ प्रतिशत पुग्यो, नेप्से अझै घट्न सक्ने

काठमाडौं । बैंकहरुले सेयर कर्जाको व्याज १९ प्रतिशत पुर्याएका छन् । एनएमबी बैंकले सोमबार प्रकाशित गरेको व्याजदर मार्जिन ल्याण्डिङको व्याज १८.९५ प्रतिशत तोकिएको छ । त्यसमा बैंकले लोन प्रोसेसिङ फि अतिरक्त लिन्छ । बैंकले प्राइम लोनमा बेस रेटमा थप ५ प्रतिशत, स्ट्याण्डर्ड लोनमा थप ७ प्रतिशत र अदर लोनमा बेस रेटमा थप १० प्रतिशत व्याज लिने जनाएको छ । बैंकको बेस रेट ८.९५ प्रतिशत छ । केन्द्रीय बैंकले नै सेयर कर्जामा प्रवाह हुने कर्जालाई नेगेटिभ लिष्टमा राख्ने पोलिसि लिएपछि एनएमबी जस्तै अरु बैंकले पनि सेयरकर्जा प्रवाहमा निकै कडाई गरेको छन् । उनीहरुले उच्च व्याजदरमा पनि सेयरकर्जा प्रवाहलाई कम प्राथमिकतामा राखेको छन् । सेयर कर्जाको व्याज आकाशिएपछि बजारमा सेयरको बिक्री चाप बढेको छ र मूल्य निरन्तर घट्दै गएको छ । एनएमबी बैंकले घर जग्गा कर्जामा पनि १७ देखि १९ प्रतिशतसम्म व्याज लाग्ने जनाएको छ । लगानी योग्य पुँजीको अभावमा बैंकहरुले १५ प्रतिशतसम्म व्याज तिरेर निक्षेप लिएको छन् । त्यस्तै कर्जाको व्याजदर १८ देखि १९ प्रतिशत सम्म पुर्याएका छन् । यस पटकको तरलता अभावको समयमा फाइनान्स र विकास बैंकको तुलनामा वाणिज्य बैंकहरुले बढी दरको व्याजमा निक्षेप संकलन तथा कर्जा प्रवाह गरिरहेका छन् ।

जाजरकोटमा पोषण सुधार्न ९२ लाख रकम विनियोजित

जाजरकोट। जाजरकोट जिल्लामा पोषण संवेदनशील कार्यक्रमका लागि ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । आव २०७३/७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । यो रकम जिल्ला समन्वय समितिमार्फत पोषण लक्षित शीर्षकमा खर्च गर्नका लागि जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख, जिल्ला शिक्षा कार्यालयमा रु १४ लाख, खानेपानी तथा सरसफाइ कार्यालयमा रु १४ लाख, महिला तथा बालबालिका कार्यालयमा रु १४ लाख, जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख र जिल्ला समन्वय समितिमा रु १३ लाख रकम गरी जम्मा रु ९१ लाख रकम विनियोजित गरिएको छ । जसमध्ये ५० प्रतिशत रकम यी सम्बन्धित कार्यालयमा भुक्तानी गरिसकेको पण्डितले बताए । सुनौला हजार दिनका महिला तथा बालबालिका र किशोर,किशोरीको पोषण अवस्थामा सुधार ल्याउनका लागि पोषण संवेदनशील कार्यक्रम लागू गरिएको बहुक्षेत्रीय पोषण योजना जाजरकोटका कार्यक्रम संयोजक गगनसिंह ठगुन्नाले बताए । मानव पुँजी र समग्र सामाजिक आर्थिक विकासमा कुपोषणलाई अवरोधका रुपमा नरहने अवस्था सुनिश्चित गर्नका लागि उल्लेखनीय रुपमा दीर्घरोग कुपोषण, पुड्कोपना, कमतौल र ख्याउटेपन जाजरकोटबाटै न्यूनीकरण गर्न यो कार्यक्रमको लक्ष्य रहेको छ । त्यस्तै यो कार्यक्रम पोषण, स्वास्थ्य, कृषि र यातायातबाट वञ्चित रहेका (साविक) का नायकवाडा, रामीडाँडा, रोकायगाउँ, दह, कोर्ताङ र गर्खाकोट गरी जम्मा छ वटा गाविसमा लागु गरिएको छ । रासस

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार सरे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी सोमबार बिहान बालुवाटार सरेका पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उनी बिहानै पूजापाठ गरी सरेका हुन् । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उनले ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिएका थिए । बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए भने सो अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सर्नुभएपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो । रासस

लुम्बिनी जनरल इन्स्योरेन्सको असार १३ गते बुक क्लोज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सकोे आगामी असार १३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले शतप्रतिशत (एक बराबर एकको अनुपातमा) प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

एनबी इन्सुरेन्सको शतप्रतिशत हकपद्र सेयरको बिक्री खुला, कँहाबाट दिने आवेदन?

काठमाडौं । एनबी इन्सुरेन्सले आजबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले जेठ ३ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि एक सय रुपैयाँ अंकित मूल्यको दरले २७ लाख कित्ता हकप्रदको बिक्री खुला गरेको हो । सो मात्राको सेयरको बिक्री आगामी साउन ५ गतेसम्म खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । उक्त सेयरको लागि इच्छुक सेयरधनीले काठमाडौंको जमलमा रहेको ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, एनबी इन्सुरेन्स कम्पनीको काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर जुनसुकै शाखाबाट आवेदन दिन सकिने इन्सुरेन्सले जनाएको छ ।

सिटिजन्स बैंकको ५९ औं शाखा मनाङको चामेमा, थप तीन नयाँ शाखा खोल्ने तयारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मनाङ जिल्लाको चामेमा आफ्नो ५९औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुजापाठ गरि सो शाखा आरम्भ गरेका हुन् । बैंकले कुल ५९ वटा शाखा, ५८ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट ४ लाख १७ हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु दिँदै आइरहेको र ती सबै सेवाहरु यस शाखाबाट पनि उपलब्ध गराउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । मनाङ तथा यस क्षेत्रको वरपरका जनता र व्यवसायीलाई अन्तर्राष्ट्रिय गुणस्तरको बैंकिङ्ग सेवा दिने उद्देश्य लिएको यस बैंकको चामे शाखाबाट समेत ग्राहकहरुले आधुनिक बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने उनले जानकारी दिए । बैंकले आफ्नो शाखा सुरुवात गरेको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनाङ जिल्ला चामे स्थित लोकत्रिय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले निकट भविष्यमा पाल्पा जिल्लाको छहरा, मकवानपुर जिल्लाको मनोहरी तथा नवलपरासी जिल्लाको भुमईबाट आफ्नो शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

साउनदेखि सबै भारतीय च्यानल बन्द, आवश्यकता नभएको च्यानल बन्दको अर्थ छैन: सरकार

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट नेपाली टीभीमा विदेशी च्यानल आउँदा विज्ञापनरहित हुनुपर्ने नीति (क्लिन फिड) कार्यान्वयन गर्ने भएको छ । सरकारले क्लिन फिड कार्यान्वयन गर्दा नेपालमा कुनै पनि भारतीय च्यानल नआउने भएका छन् । यी च्यानलको नेपाल फिड नभएकोले सबै भारतीयसहितका विज्ञापनसहित आउने अन्य विदेशी च्यानल पनि बन्द हुने केवुल व्यवसायी महासंघका अध्यक्ष सुधीर पराजुलीले बताए । उनका अनुसार सरकारले भर्खरै डिजिटलमा अनिवार्य जानुपर्ने र क्लिन फिडमा पनि जाने गरी एकैपटक दुइटा नीति अगाडि सार्यो । यो नीति आफैंमा राम्रो भएपनि प्राविधिक समस्याका कारण कार्यान्वनय नै चुनौतिपूर्ण देखिएको छ पराजुलीका अनुसार तत्काल क्लिन फिड कार्यान्वयन गर्न चुनौतिपूर्ण छ । सरकारले ल्याएको नीति कार्यान्वयन भैहालेको अवस्थामा कुनै पनि विदेशी च्यानल नआउने भएको छ । साउन १ देखि यो क्लिन फिड नीति कार्यान्वयपछि आउने समस्यालाई केवल व्यवसायी महासंघले कार्यान्वयन गर्ने परे सांकेतिक विरोधस्वरुप साउन अगाडि नै लागू गरेर कुनै पनि विदेशी च्यानल नराखी नेपाली सिग्नल मात्रै देखाएर त्यसको प्रतिकृया लिने तयारीमा पनि छ । पराजुलीका अनुसार नेपाल टीभी, नेपाल टीभी न्युज र एनटीभी प्लसको ३ वटा सरकारी च्यानलमात्रै राखेर देखाउने विषयमा पनि व्यवासायीबीच गृहकार्य भइरहेको छ । नेपाल फिड तत्काल संभाव नभएको इन्डियन ब्रोडकास्ट फोरमकै भनाइ नेपालबाट भएको आम्दानीले अर्को छुट्टै च्यानल बनाउँन नसकिने भएकोले यहाँ तत्कालै यो क्लिन फिड नीति कार्यान्वयन नहुने भारतीय टीभी च्यानलका प्रतिनिधितले औपचारिक रूपमै जानकारी दिइसकेका छन । पराजुलीका अनुसार साउन १ देखि क्लिन फिड नीति कार्यान्वयनमा जान सरकारको तयारी भएपनि व्यवहारिक रुपमा संभव अहिलेसम्म देखिएको छैन । यस अघि इन्डियन ब्रोडकास्ट फोरम (आईबीएफ)का प्रतिनिधि पनि काठमाडौं आएका थिए । यो प्रतिनिधीमण्डले पनि महासंघका पदाधिकारी र सरकारसँग भेट गर्दा नेपालसम्वन्धि छुट्टै फिड नभएको र अलग्गै फिड बनाउँन हाल नेपालबाट हुने आम्दानीले नभ्याउँने जानकारी दिएका थिए । भारतीय टीभी कलर्सले मात्रै विभिन्न १२ वटा टीभीको प्याकेज दिएको छ । यस्तो प्याकेजमा चर्चित भारतीय टीभी पर्छन् । पराजुलीका अनुसार हाल भारतीय च्यानलको यो प्याकेजले मासिक प्रति च्यानलको ८ लाखका दरले मासिक ३२ लाख आम्दानी गर्दै आएका छन । यसलाई क्लिन फिड बनाएर पठाउँदा मासिक कम्तिमा १ करोड रुपैयाँ खर्च लाग्ने भएकोले पनि नेपाल फिड बनाउँन नसकिने जानकराी दिएको उल्लेख छ । नेपाल फिड बनाउँन लाग्ने लागत, कमजोर तयारी र विभिन्न प्राविधिक समस्याले गर्दा पनि केवल अपरेटर्सले क्लिन फिड कार्यान्वयन हुँदा विदेशी च्यानल दिन नसक्ने दाबी गरको छन् । अनावश्यक च्यानल बन्दः सञ्चार मन्त्रालय सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले पनि प्राविधिक समस्या रहेको स्वीकार गरेका छन् । उनका अनुसार सरकारले ल्याउने नीति कार्यान्वय त गर्ने पर्छ, समस्या आउँछन भने समाधान पनि गर्दै जानुपर्छ । उनका अनुसार अहिले क्लिन फिड लागू गर्न सकियो भने नेपालबाट आउने फाइदाका लागि र केही समयपछि भएपनि विदेशी च्यानलले नेपाल फिड बनाउँदै जाने बुझाई पनि ढकालको छ । उनका अनुसार नेपाली च्यानलमात्रै आउँछ र कुनै पनि विदेशी च्यानल आउँदैन भनेपनि सरकारले ल्याउने नीति कार्यान्वयन भने गर्नै पर्छ । उनका अनुसार नेपालाई दुई तीन सय वटा च्यानल किन चाहियो भने पनि हेर्नुपर्छ । थोरै च्यानलले पुग्छ भने अनावश्यक च्यालन किन चाहियो ? ढकालले भने । अनावश्यक च्यानल बन्द भएर केही फरक नपर्ने तर्क पनि ढकालको छ । ६ वटा अंग्रेजी च्यानल मात्रै आउने केवल व्यवसायीका अनुसार साउन १ देखि क्लिन फिड नीति लागू गर्ने हो भने भारतीय च्यान त कुनै पनि आउँदैन केवल अपरेटरले दिन सक्ने भनेको जम्मा ६ वटा अंग्रेजी च्यानलमात्रै हो । ती च्यानल दिँदा हुने फाइदा र बेफाइदा पनि हेर्नुपर्छ । अरु परिचित च्यानल नआउने भएपनि यसको आवश्यकता छ की छैन भनेर पनि हेर्नुपर्ने व्यवसायीको तर्क छ । चोरीकै च्यानलको प्रयोग बढ्न सक्ने भारतीय च्यानले पनि पहिले नेपालबाट हुँन आम्दानीबाट छुट्टै फिड दिन सक्ने हुनुपर्ने र त्यसपछि नेपाल सरकारले एन्टी पाइरेसी नीति ल्याउनुपर्ने तर्क दिएको उल्लेख छ । नेपालमा भारतीय च्यानल नआएको अबस्थामा ग्राहकको गुनासोले केवल अपरेटरले धान्न नसक्ने र चोरीको च्यानल प्रयोग हुने दाबी अपरेटरको छ । सरकारले क्लिन फिड लागू गरेकै अवस्थामा नेपाली केवल अपरेटले उठाउने शुल्क बढी र भारतीय डिटिएचको कम हुने भएकोले पनि चोरीको च्यानल बढ्न सक्ने उल्लेख छ । दीर्घकालिन लाभ तत्कालका लागि मात्रै विलाप दीर्घकालिन रुपमा क्लिन फिड कार्यान्वयन हुँदा नेपाली विज्ञापन बजारलाई लाभ हुने भएपनि तत्कालको लागि भने विलाप नै भएको छ । अहिलेको अवस्थामा करिब ६ अर्ब रुपैयाँ रहेको नेपाली विज्ञापन बजार एक दुई वर्षमै दोब्बर भएर १२ अर्बसम्मको हुने दाबी व्यवसायीको छ । विदेशी च्यानलले नेपाली बजारलाई गर्ने विज्ञापन अहिलेसम्म नेपालीमा छैनन् । नेपालीम हुने, नेपालमै हुन र नेपाली च्यालनबाट मात्रै बहुराष्ट्रिय कम्पनीको विज्ञापन हुने भएकोले पनि दीर्घकलिन रुपमा भने लाभ हुने नेपाली विज्ञापन व्यवसायीको भनाइ छ ।