विकासन्युज

अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, एक पाउण्डको बिक्रीदर १९४.०८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५८ पैसा र बिक्रीदर २० रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१  पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९२ पैसा रहेको छ ।

२ महिनामा ९ हजार लाइसेन्स छपाइ, ३ महिना १ लाखका दरले ३ लाख छाप्ने

काठमाडौं । पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा २ महिनामा करिब ९ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरे यता ८ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ ।  विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गरेका थिए । लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ । २ महिना अवधिमा ८ हजार ९८३ लाइसेन्स छपाइ भएको विभागका आईटी निर्देशक केशव खतिवडाले जानकारी दिए । उनका अनुसार विभागले केन्द्रलाई १२ लाख प्रति लाइसेन्स छाप्न जिम्मा दिइसकेको छ । हाल नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी ३० लाखको हाराहारीमा लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको उनको भनाइ छ । ‘अत्यावश्यक लाइसेन्समात्र छपाइ भएको हो, छापिएका करिब नौ हजारमध्ये सात हजार लाइसेन्स वितरण भइसकेको छ,’ खतिवडाले भने । विभागले साधारण लाइसेन्स छाप्ने तयारी गरिरहेको जनाएको छ । एकैपटक १ लाख ‘डाटा’ पठाउन लागिएको खतिवडाले जानकारी दिए ।  केन्द्रले विभागसँगको सम्झौता बमोजिम बाँकी रहेका ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य राखेको जनाएको छ । हालसम्मको काम सुस्त देखिए पनि अबको माघ महिनादेखि गति बढाइने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए ।  उनले भने, ‘सुरुआती चरण परीक्षण काल भएकाले थोरै मात्र छपाइ भएको हो, अब एक हप्तादेखि नयाँ जनशक्तिसँगै कामको गति बढाइनेछ ।’ उनका अनुसार माघदेखि दैनिक १० हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ । सुरुआती २ हप्तामा केन्द्रमा पहिलोपटक छापिएका ५२० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिएको थियो । ढुंगानाका अनुसार नेपालकै ल्याबमा गरिएको परीक्षण सफल भएपछि विभागलाई लाइसेन्स बुझाइएको हो । विभागसँगको सम्झौताअनुसार सुरुको ३ महिना १ लाखका दरले ३ लाख र बाँकी ३ महिनामा ९ लाख गरी १२ लाख लाइसेन्स छपाइ गरिने जनाइएको छ । केन्द्रबाट छपाइ भएका कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा ६  तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन् भने त्यसभित्र केही दृश्य र केही अदृश्य रहने बताइएको छ । केन्द्रले लाइसेन्सबाहेक हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्ने तयारी गरिरहेको छ । केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमूना छपाइ गरिएको थियो । हाल जडित २ मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने छ । प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने १० अर्ब रुपैयाँ जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब १ हजार जनशक्तिको आवश्यकता पर्नेछ । सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न विसं २०८० मा कार्यमूलक एवं नतिजा मूलक गुरु योजना तयार पारेको थियो । सोही अनुरूप पहिलो चरणमा नेपाललाई ५ वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिण पूर्वी एसियाका राष्ट्रहरूलाई उपलब्ध गराउनेछ ।  साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तर युक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो । सूचना–प्रविधि पार्क (आइटी पार्क) का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोग विहीन अवस्थामा रहेपछि सोही पार्कलाई पाँच वर्षअघि सुरक्षण मुद्रण केन्द्रमा परिणत गरिएको थियो । कुल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुइवटा ठूला व्यापारिक/प्रशासनिक भवन तथा चार सुविधासम्पन्न आवासीय भवन तथा गोदाम घरलगायत भवन छन् ।

नाडाको नयाँ नेतृत्व चयन प्रक्रियामा उच्च अदालतको ब्रेक, निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं । उच्च अदालत पाटनले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ कार्यसमिति चयन प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ । अदालतको आदेशसँगै नाडाको शुक्रबारका लागि तय निर्वाचन कार्यक्रम यथास्थितिमा राखिएको छ । न्यायाधीश टंकप्रसाद गुरुङ र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार (आज) नाडाको नयाँ नेतृत्व चयन प्रक्रिया रोक्न आदेश दिएको हो  । अदालतले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधि हाललाई स्थगित गर्न निर्देशन दिएको हो । अदालतले नाडासँग पुस ९ गते सम्पन्न साधारण सभामा अपनाइएका सम्पूर्ण प्रक्रिया तथा निर्वाचनसम्बन्धी कागजात समेत झिकाउन आदेश दिएको छ । साथै लिखित जवाफ परेपछि वा तोकिएको अवधि नाघेपछि उत्प्रेषणको रिटसमेत राखी नियमानुसार पेस गर्न निर्देशन दिएको छ । नाडाले पुस ९ गते साधारण सभा सम्पन्न गरी पुस १० गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तालिकाअनुसार पुस १७ गते उम्मेदवारी दर्ता भएको थियो । २५ सदस्यीय कार्यसमितिका लागि २५ जनाले नै उम्मेदवारी दर्ता गराएपछि सम्पूर्ण पदाधिकारी निर्विरोध भएका थिए । अध्यक्ष पदमा निवर्तमान महासचिव सुरेन्द्र उप्रेतीको मात्र उम्मेदवारी परेको थियो । अन्य पदाधिकारी र सदस्य पनि निर्विरोध भएपछि नाडाले शुक्रबार निर्वाचनमार्फत नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको थियो । तर निर्वाचन तालिकाविनै पुस ९ गते साधारण सभा गरिएको भन्दै प्रक्रिया रोक्न माग गर्दै नाडा कार्यसमितिका तत्कालीन सदस्य आकाश गोल्छा पुस ६ गते उच्च अदालत पुगेका थिए । गोल्छाको रिट निवेदनपछि अदालतले साधारण सभा र निर्वाचन प्रक्रियामा अपनाइएका कागजात माग गर्दै निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको हो । यससँगै नाडामा नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ ।

रोड इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङबीच तालमेल नहुँदा दुर्घटना बढ्यो : नवराज अधिकारी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले देशको सडक सुरक्षा र सवारी व्यवस्थापनमा मेकानिकल इन्जिनियरिङ र चालक शिक्षाको भूमिका अपरिहार्य रहेको बताएका छन् ।  बिहीबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले थापाथली क्याम्पसमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले स्वदेशी सवारी उत्पादनसँगै सवारी चलाउने व्यक्तिको प्राविधिक ज्ञान र शिक्षाको पाटोमा पनि उत्तिकै ध्यान दिनुुपर्नेमा जोड दिए ।  अधिकारीले भने, ‘हामी करोडौंका गाडीका कुरा गर्छौं । तर त्यो चलाउने मान्छेलाई गाडीको भित्री मेकानिजम र गतिको बारेमा कत्तिको ज्ञान छ भन्ने कुरामा बहस हुँदैन ।’ उनले रोड इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङबीच तालमेल नहुँदा दुर्घटना बढेको बताए । नेपालको भूगोल पहाड, अफ–रोड र सिटी रोड अनुसार सवारी साधनको इन्डिजेनाइजेसन (स्वदेशीकरण) हुनुपर्ने उनको तर्क थियो । प्रमुख अधिकारीले नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने प्रक्रियामा पनि सुधारको आवश्यकता औंल्याए ।  ‘आठ अंक (८) मा सानो गाडी चलाएर लाइसेन्स लिने तर सडकमा पल्सर वा ठूला गाडी कुदाउने प्रवृत्तिले जोखिम बढाएको छ,’ उनले भने।  सवारी साधनको गति नियन्त्रणका लागि म्यानुफ्याक्चरिङकै तहबाट सोच्नुपर्ने र नेपालका सडकको अवस्था हेरेर स्पिड लिमिट तोकिनुपर्ने उनले बताए ।  नेपाल अटो इन्डस्ट्रिज म्यानुफ्याक्चरिङ एसोसिएसनसँगको सहकार्यमा अब ट्राफिक प्रहरीहरूलाई नयाँ सवारीसाधनहरूको प्रविधि र मेकानिजमबारे वर्क ओरिएन्टेसन दिइने भएको छ ।  यसले सडकमा खटिने प्रहरीलाई सवारी साधनको प्राविधिक पक्ष बुझ्न र दुर्घटना न्यूनीकरण गर्न सहज हुने विश्वास लिइएको छ ।  कार्यक्रममा नाइमाकी बोर्ड सदस्य तथा साइमेक्स इन्ककी महाप्रबन्धक यमुना श्रेष्ठले इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको विदेश पलायन रोक्न नेपालमै नयाँ आविष्कार र उत्पादनको वातावरण बनाउनुपर्ने बताइन् । ‘हामीले ब्याट्री वा मोटर आयात गरे पनि सफ्टवेयर, एआई र एसेम्बलीमा आफ्नै इन्जिनियरिङ प्रयोग गर्न सक्छौं, जसले देशलाई औद्योगिकीकरणतर्फ लैजान्छ,’ श्रेष्ठले भनिन् । यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आगामी पुस २६ गतेदेखि माघ ८ गतेसम्म ट्राफिक सप्ताह आयोजना हुन लागेको जानकारी दिँदै नाइमाले तयार पारेका सचेतनामूलक भिडियोहरू नाइमाको पेजमार्फत प्रचार गरिने बताए । कार्यक्रममा अन्य वक्ताहरूले सरकारले स्थिर नीति र नियम बनाएमा नेपालमै गाडी उत्पादन गर्ने सपना टाढा नरहेको र यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निष्कर्ष निकालेका थिए ।  थापाथली क्याम्पसका विद्यार्थी, इन्जिनियरहरू र सरोकारवालाहरूको उपस्थिति थियो ।

करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको ​​​​​​​उडान, एकै वर्ष साढे ७ अर्ब आम्दानी

काठमाडौं । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले एक वर्षमै साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  सन् २०१७ मा स्थापना भएको यशोदा फुड्सले छोटो समयमै ठूलो व्यावसायिक छलाङ मारेको देखिन्छ । कम्पनीले सन् २०२० मा १ अर्ब ७३ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानीको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष निरन्तर उकालो लागिरहेको देखिन्छ ।  यशोदा फुड्सले नुडल्स, फ्राइड स्न्याक्स तथा भुजियाको बिक्रीमार्फत आम्दानी गर्दै आएको छ । सन् २०२५ मा भएको आम्दानी वृद्धि नुडल्स र स्न्याक्स दुवै खण्डको हो । कम्पनीले अवलम्बन गरेको उत्पादन विविधिकरण रणनीतिले सकारात्मक नतिजा देखाउन थालेको जनाएको छ ।  रुपन्देहीको तिलोत्तमा–१५ मा उत्पादन केन्द्र रहेको कम्पनीले नुडल्स तथा स्न्याक्स उत्पादन गर्दै आएको छ । विसं २०८१ असारमा यशोदा फुड्सले आफ्नै पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी यशोदा नुडल्स एण्ड स्न्याक्सलाई मर्जर गरेर उत्पादन क्षमता बढाएको थियो । मर्जरपछि वार्षिक उत्पादन क्षमता नुडल्सको ४२ हजार मेट्रिक टन र स्न्याक्सको ४ हजार ५ सय मेट्रिक टन पुगेको कम्पनीले जनाएको छ । यशोदा फुड्सको अध्यक्ष चुन्नाप्रसाद शर्मा हुन् । विभिन्न संस्थामा अध्यक्ष तथा सञ्चालकको भूमिकामा रहेका शर्मासँग व्यवसायीक क्षेत्रमा चार दशकको अनुभव छ । उनी सोना प्याकेजिङ इन्डस्ट्रिजका पनि अध्यक्ष हुन् । यस्तै, यशोदा फुड्सको कार्यकारी निर्देशकको रूपमा जीपी शाह छन् । शाहले अन्तर्राष्ट्रिय रणनीति तथा व्यवसाय विस्तारको जिम्मेवारी सम्हाल्दै आएका छन् । मर्जरपछि कम्पनीको आम्दानी बढेतापनि ब्याज, लीज, ह्रासकट्टि र कर अघि नाफा (पीबीआईएलडीटी) मार्जिन भने घटेको देखिन्छ । अघिल्लो वर्ष ११.४३ प्रतिशत रहेको पीबीआईएलडीटी गत वर्ष घटेर ७.४३ प्रतिशतमा सीमित भएको छ । गत वर्ष कम्पनीले ३० करोड रुपैयाँ बराबर लाभांश वितरण गरेको छ भने सञ्चित नाफा ४४ करोड ३० लाख रुपैयाँ पुर्याएको छ । २ अर्ब बढी ऋण  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्बभन्दा बढी ऋण लिएको छ । कम्पनीका अनुसार ५० करोड ८० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७० करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब २० करोड ८३ लाख रुपैयाँ बैंकबाट ऋण लिएको छ । जबकि यसअघि सन् २०२४ मा कम्पनीले २ अर्ब रुपैयाँ मात्रै लिएको थियो ।  व्यापार विस्तारमा आक्रामक बन्दै यशोदा फुड्सले सबै प्रदेशमा आफ्नो बजार उपस्थिति विस्तार गरिसकेको छ।  कम्पनीका अनुसार अधिकांश प्रमुख सहर तथा नगरमा कम्पनीका उत्पादन उपलब्ध हुँदै आएको छ । कम्पनीसँग देशभर करिब ३०० अधिकृत वितरक छन् भने डिपार्टमेन्ट स्टोर तथा सुपरमार्केटमा पनि कम्पनीका उत्पादनहरू उपलब्ध रहेको जनाएको छ । कम्पनीले विभिन्न ब्रान्डमा आफ्ना उत्पादनहरू बजारमा उपलब्ध गराइरहेको छ, जसमा करेन्ट ब्रान्ड छोटो अवधिमै अत्यन्त लोकप्रिय बनेको छ । यसका साथै कम्पनीले भारत तथा अन्य देशमा पनि आफ्ना उत्पादनहरू निर्यात गर्दै आएको छ । सन् २०२५ मा निर्यातबाट प्राप्त आम्दानी कुल आम्दानीको करिब १२ प्रतिशत हिस्सा रहेको कम्पनीले दाबी गरेको छ । यसले कम्पनीको अन्तर्राष्ट्रिय बजारमा समेत उपस्थिति बलियो बन्दै गएको संकेत गरेको छ । स्वदेशी कच्चा पदार्थमा जोड  यशोदा फुड्सले नुडल्स तथा स्न्याक्स उत्पादनका लागि कच्चा पदार्थ स्वदेशमै खरिद गरिरहेको छ । यससँगै भारत, मलेसिया र इन्डोनेसियाबाट समेत कच्चा पदार्थ आयात गर्दै आएको छ । निरन्तर तथा सहज उत्पादन सञ्चालन गर्न कम्पनीले पर्याप्त भण्डारण राख्ने गरेको छ । कम्पनीले करिब एकदेखि डेड महिनासम्मका लागि भण्डारण राख्ने गरेको जनाएको छ । यशोदा फुड्सका प्रमुख कच्चा पदार्थहरूमा गहुँको पीठो, पाम तेल र पामोलिन तेल हुन् । गत वर्ष कच्चा पदार्थ खर्च कुल सञ्चालन आम्दानीको करिब ८२ प्रतिशत हिस्सा रहेको कम्पनीले जनाएको छ ।  इन्स्ट्यान्ट नुडल्सको माग पछिल्ला तीन दशकदेखि निरन्तर रूपमा बढ्दै आएको छ । कम्पनीका अनुसार नास्ता र भोजनबीचको विकल्पका रूपमा रहने इन्स्ट्यान्ट नुडल्सले सजिलो, छिटो र विविध प्रयोगको सुविधा प्रदान गर्दछ । वर्ल्ड इन्स्ट्यान्ट नुडल्स एसोसिएसनका अनुसार नेपाल प्रतिव्यक्ति नुडल्स उपभोगका हिसाबले विश्वमै अग्रणी देशमध्ये एक हो । कम्पनी अत्यधिक नियमनयुक्त उद्योगमा सञ्चालन हुँदै आएको छ, जहाँ नुडल्स तथा स्न्याक्सजस्ता तयार उत्पादनहरूमा लगाइने सुरक्षात्मक आयात शुल्कले सस्तो आयातित वस्तुहरूविरुद्ध प्रतिस्पर्धात्मक लाभ प्रदान गर्दै आएको छ । तर, यस्ता नीतिगत व्यवस्थामा प्रतिकूल परिवर्तन आएमा कम्पनीको व्यवसायिक सम्भावनामा उल्लेख्य असर पर्न सक्ने जनाएको छ ।  साथै पामोलिन तेल र गहुँजस्ता आयातित कच्चा पदार्थमा निर्भरता रहेकोले कम्पनी विश्वव्यापी वस्तु मूल्य उतारचढाव तथा आपूर्ति शृंखला अवरोधले पनि व्यवसायमा असर पर्न सक्ने जनाएको छ । नुडल्सको बढ्दो मागसँगै नयाँ कम्पनीहरूको प्रवेश बढ्नुका साथै स्थापित ठूला कम्पनीहरूले पनि बजार हिस्सा बढाउन उत्पादन विस्तार गरेका छन्, जसका कारण बजार अत्यधिक प्रतिस्पर्धात्मक बनेको छ । पछिल्ला वर्षहरूमा बजारमा धेरै नयाँ खेलाडी प्रवेश गरेका छन्, जसमा यशोदा फुड्स पनि एक हो । नुडल्स बजारमा आकर्षक उत्पादनसहित नयाँ प्रतिस्पर्धी प्रवेश गर्ने जोखिम सधैं उच्च रहने देखिएको छ । साथै, उद्योगको विखण्डित र प्रतिस्पर्धात्मक स्वरूपका कारण नुडल्स उत्पादकहरूको मूल्य निर्धारण क्षमता तुलनात्मक रूपमा कमजोर रहेको छ । यद्यपि, कम्पनीले सन् २०२५ डिसेम्बरमा नेपालको पहिलो ‘ग्रीन नुडल्स’ उत्पादन इकाइ सञ्चालनमा ल्याएको छ, जसलाई ८६५ केडब्ल्यूपी क्षमताको रूफटप सोलार प्लान्टले समर्थन गर्दै करिब ८० प्रतिशत ऊर्जा आवश्यकता पूर्ति गर्ने व्यवस्था गरिएको छ । यस कदमले दिगो उत्पादन अभ्यासतर्फ कम्पनीको अग्रसरता रहेको जनाएको छ । 

मांसाहारी बिना पनि पूरा हुन्छ आइरन, आइरनले भरिपूर्ण यी शाकाहारी खानेकुरा खानुहोस्

काठमाडौं । के राति गहिरो निद्रा लागे पनि सधैं अल्छी वा थकित अनुभव भइरहन्छ ?  थोरै काम गर्दा चक्कर लाग्ने, सास फेर्न गाह्रो हुन थाल्ने हुन्छ ? अझ कहिलेकाँही त बिना कारण शरीर दुख्न थाल्छ.। बिना कुनै कारण तपाईंलाई सास फेर्न गाह्रो वा कमजोरी महसुस हुन सक्छ । यदि तपाईंलाई यस्तै समस्या छ भने बेवास्ता गर्न हुँदैन  । यी संकेतहरूले प्रायः शरीरमा फलामको कमीलाई संकेत गर्छन् ।  फलाम एक खनिज हो जसले हाम्रो शरीरलाई रगत बनाउन मद्दत गर्छ । यसका साथै यसले हाम्रो मष्तिष्कलाई सक्रिय राख्न, हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन र दिनभरि ऊर्जा कायम राख्न मद्दत गर्छ । प्रायः मानिसहरू सोच्छन् कि मांसाहारी खाना खाएर मात्र आइरनको आवश्यकता पूरा हुन्छ, तर यो सत्य होइन ।  शाकाहारीहरूका लागि पनि फलामका धेरै उत्कृष्ट र प्राकृतिक स्रोतहरू उपलब्ध छन्, जुन घरमा सजिलै उपलब्ध हुन्छन् र दैनिक आहारमा समावेश गर्न सकिन्छ । कालो तील कालो तील सानो हुन सक्छ, तर यसलाई फलामको खजाना मानिन्छ । एक चम्चा कालो तीलमा ४–६ मिलिग्राम फलाम हुन्छ । यस्तो समस्या देखिँदा कालो तीलको प्रयोग गर्नु राम्रो मानिन्छ ।  लुडे  लुडेको साग मात्र नभइ दाना समेत शरीरका लागि फाइदाजनक हुन्छ । यसको पातमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । एक कचौरा पकाएको लट्टे सागमा २ दशमलव ३–५ मिलिग्राम फलाम हुन्छ ।  सोयाबिन सोयाबिन प्रोटिन र आइरन दुवैको राम्रो स्रोत हो । आधा कचौरा पकाएको भटमासले ४–५ मिलिग्राम आइरन प्रदान गर्न सक्छ । कोदो जाडोमा धेरै फाइदाजनक मानिने कोदो पनि यस सूचीमा समावेश छ । एक कचौरा पाकेको कोदोमा लगभग ६ मिलिग्राम फलाम पाइन्छ । पीठोलाई रातभर भिजाएर रोटी बनाउँदा अझ राम्रो पोषक तत्व प्राप्त हुन्छ । गुड गुड गुलियो मात्र होइन, खनिज पदार्थले पनि भरिपूर्ण हुन्छ । २० ग्राम गुडले १–२ मिलिग्राम फलाम प्रदान गर्न सक्छ । यदि गुड परम्परागत तरिकाले बनाइएको छ भने शरीरका लागि निकै फाइदाजनक हुन्छ । मखाना मखाना टाढाबाट हेर्दा फूल उठेको मकै जस्तो देखिन्छ । यो नियमित खाँदा मुटु र मिर्गौला स्वस्थ हुन्छ । भुटेको मखाना हल्का र स्वस्थकर खाजा हो । एक कचौरा मखानामा लगभग १ मिलिग्राम आइरन र राम्रो मात्रामा म्याग्नेसियम हुन्छ । गहत  गहतमा अन्य सामान्य दालहरू भन्दा फलामको मात्रामा बढी शक्तिशाली हुन्छ । आधा कचौरा पकाएको गहतको दालले ५–६ मिलिग्राम फलाम प्रदान गर्दछ ।  

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, 'उहाँसँग सरकारमै रहेको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।' केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

एनएमबि बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकको ३०औँ वार्षिक साधारण सभा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभा सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा सहभागी सेयरधनीहरूले बैंकको समग्र गतिविधि, वित्तीय अवस्था तथा भावी रणनीतिबारे आ–आफ्ना धारणा राख्दै छलफल गरेका थिए । साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार बैंकले २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै, बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४३ अर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।