एनआईसी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा
काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा मंगलबारदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको श्रीनगर शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।
नायरले असोज २ गते अष्ट्रेलियन एजुकेसन फेयर गर्ने
काठमाडौँ । नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर)ले अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधान गर्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न चाहनेका लागि भिसा प्रक्रिया तथा छात्रवृत्ति र अन्य विषयमा जानकारी दिने उद्देश्यले यो फेयर गर्न लागिएको हो । ‘समयसमयमा विभिन्न फेयर आयोजना भइरहेका छन्, तर हामीले विद्यार्थीलाई उचित परामर्श दिन र उनीहरुको करिअर सेट गर्नका लागि हाम्रो योगदान होस् भन्नका लागि यो फेयर आयोजना गरेका हौँ,’ नायरका अध्यक्ष विज्ञान श्रेष्ठले भने, ‘यसले विद्यार्थीहरुलाई विशेष फाइदा पुर्याउनेमा हामी विश्वस्त छौँ । हामी समुन्नत नेपाली समाज निर्माणका लागि विदेशमा वा स्वदेशमा जहाँ भए पनि विद्यार्थीले आफ्नो चाहनाअनुरुप पढ्नु पर्छ भन्नेमा विश्वास गर्छौँ ।’ ‘उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रमहरुबाट मुक्त गर्नका लागि यो फेयरको आयोजना गरिएको हो,’ नायरका महासचिव उद्धव खड्काले भने, ‘यो फेयर यसअघि गरिएका फेयरभन्दा भिन्न हुनेछ किनकी यो विशुद्ध विद्यार्थीहरुलाई फाइदा होस् र अष्ट्रेलियाका विषयमा रहेका विविध भ्रमहरु चिर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ गरिएको हो ।’ यो फेयरमा काठमाडौंमा अष्ट्रेलियन शिक्षाको परामर्श गरिरहेका हब एकजुकेसन, एजुकेसन पार्क, युनिक्याम्पस, एक्सपर्ट एजुकेसनलगायतका २० भन्दा बढी संस्थाहरु सहभागी हुँदैछन् । ‘धेरै शैक्षिक संस्थाहरु भएकाले एउटै स्थलोमा विद्यार्थीहरुले धेरै शिक्षा लिन पनि पाउँछन्,’ खड्काले जानकारी दिए, ‘सबै विषयमा बुझेर भोलि आफूलाई तयार पार्न र आफ्नो चाहना सम्बोधन होस् भन्ने चाहने विद्यार्थीले हाम्रो फेयरमा भाग लिन सक्नुहुनेछ ।’ यो फेयर असोज २ गते अर्थात् सेप्टेम्बर १९ तारिखमा अन्नपूर्ण होटलमा आयोजना गरिएको छ । विहान १० बजे सुरु भएर साँझ पाँच बजे सकिने फेयरमा निःशुल्क भाग लिन पाइनेछ ।
दशैँमा खसीबोकाको मासुको मूल्य बढ्दैन, ‘अहिलेकै मूल्यमा खरिद बिक्री’
काठमाडौं । दशैं पर्व नजिकिँदै गर्दा यो पर्वका बेला धेरै खपत हुने खसीबोकाको मासुको मूल्य के होला ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष दशैँमा खसीबोकाको मासुको मूल्य नबढ्ने र अहिलेकै मूल्यमा खरिद बिक्री हुने जनाएको छ । गतवर्ष ८ सयदेखि ८ सय ५० रुपैयाँमा किनबेच भएको खसीको मासु हाल १३ सय रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ । अन्य समयमा सामान्य रहने बजार दशैंको समयमा भने चापमा पर्ने गरेको छ । दशैंलाई करिब ४० हजार वटा खसीबोकाको माग भएपनि १७ हजारमात्र व्यवस्थापन भएको नेपाल पशु चौपाय खरिद विक्री सेवा संघका अध्यक्ष भानुभक्त पराजुलीले बताए । त्यस्तै भारतबाट आउन खसीबोकामा रोक लगाएसँगै नेपाली बजारमा बिक्री हुने मासुको मूल्य बढेको अध्यक्ष पराजुलीले बताए । देश मासुमा आत्मनिर्भर राज्य घोषणा भएपनि हालसम्म देश पुर्णरुपमा आत्मनिर्भर नभई सकेको पराजुलीले बताए । यता, पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले दशैँमा मासुको समस्या नहुने र मूल्य पनि नबढ्ने बताए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयकाले अघिल्लो वर्ष नेपालमा उत्पादित खसीबोकाले बजार नपाएको र भारतबाट हुने आयात प्रभावित गरेको निश्कर्ष सहित गाँउगाँउमा उत्पादन भएका खसीबोका खपत गर्न केन्द्रीय बाख्रा पालक महासंघ तथा विभिन्न सहकारी संस्था र आमा समूहहरुसँग सहकार्य गरेको थियो । हाल देशभर १ करोड १८ लाख खसीबोका तथा बाख्रा पालन भएको छ । वार्षिक ६ लाख खसीबोका काठमाडौं उपत्यकामै खपत हुने नेपाल पशु चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष पराजुलीले बताए ।
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरी मनाइँदै
काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा गरिन्छ । मजदुरहरुलार्इ बिदा पनि दिने चलन छ । फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।
नारायणगढ-मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान, कहिले बनिसक्ला ?
चितवन । सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गरेका थिए । हाल ती पुलहरु छ मिटर हाराहारी फराकिला छन् । सडक भने नौदेखि ११ मिटर फराकिलोे छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनियर दीपक भट्टराईका अनुसार एक साताअघि डिजाइनसहित निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । एक महिनाभित्रमा प्राप्त बोलपत्रमध्ये छनोट गरी ठेक्काको टुङ्गो लगाइनेछ । ती पुल निर्माण सम्पन्न गर्न करीब तीन वर्ष लाग्ने अनुमान गरिएको भट्टराईले जानकारी दिए । बोलपत्रको टुङ्गो लागेपछि वास्तविक लागत आउने भए पनि रु एक अर्ब ३० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । शुरुमा नेपाल सरकारले पुल निर्माणको भुक्तानी गर्नेछ । पछि सो रकम ऋणका रूपमा विश्व बैंकले उपलब्ध गराउने उनले जानकारी दिए । निर्माण गर्न अप्ठ्यारो पर्ने तीन पुल नौ मिटर फराकिला हुनेछन् भने अन्य पुल ११ मिटर फराकिला हुने भट्टराईले बताए । ठेक्का परेपछि ठेकेदार कम्पनीले पहिले पुलको नक्साङ्कन गर्नेछन् । सो नक्सा विभागले अनुमोदन गरेपछि निर्माणको काम शुरु हुनेछ । हाल सोही सडकखण्डका तीन पुल निर्माण सम्पन्न भएका छन् भने एउटा पुल निर्माणाधीन अवस्थामा छ । साँघुरा र जीर्ण पुल भएकाले समय–समयमा सवारी आवागमनमा अवरोध हुँदै आएको छ । सडकको भित्ता काटेर फराकिलो बनाएसँगै यस वर्षको वर्षात्मा यात्रुले दुःख पाएका छैनन् । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवागमन हुने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख सडकका रूपमा यस सडकलाई लिने गरिएको छ । रासस
एनआईसी एशियाका डेविट तथा क्रेडिट कार्ड आजदेखि भिजा नेटवर्कमा आबद्ध सबै पीओएसमा चल्ने
काठमाडौँ । एनआइसी एशिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु बुधबारदेखि भीजा नेटवर्कमा आबद्ध सबै बैंक तथा वित्तीय संस्थाका पीओएसमा चल्ने भएका छन् । भदौ १८ गतेदेखि प्राबिधिक कारणले यस बैंकको डेविट तथा क्रेडिट कार्डहरु यसै बैंकका एटीएम र पीओएस मेशिनहरुमा मात्र चल्ने भएका थिए । यसबीचमा प्राविधिक कारणले ग्राहकहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमा मागेको छ ।
एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’, प्रिपेड ग्राहकका लागि नयाँ योजना
काठमाडौँ । एनसेलकाग्राहकले अबकुनै पनि समय बिनाकुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो । जसअन्र्तत ग्राहकले अबअझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदालिन सक्नेछन् । असोज १ देखि लागु हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ । यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्रभ्वाइस र एसएमएस सेवापनिअझ सुलभ दरमालिन सक्नेछन् । यो योजनाको प्रमुखविषेशताभनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् । ग्राकहले कर सहित रु २५४.१० मा १ जिबी डेटा भोल्युम र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ माथप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजालिन सक्नेछन् । प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमाग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहककालागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७मा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा मात्र रु १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक रु १९१.५४ माखरिद गर्न सक्नेछन् । त्यस्तै प्लान ७९९ अन्तर्गत रु १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्रभ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधिअगावै सकिएमा ग्राहकले मात्र रु ३८३.०७मा थप ७ जिबी डेटा भोल्युमलिन सक्नेछन् । मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्रभ्वाइस सेवाको फाइदालिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमाप्लानमारहेकाग्राहकले मात्र रु ५१०.७६ माथप १०जिबी डेटा खरिद गर्न सक्नेछन् । हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्यकुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र रु ०.६४ माएनसेल नेटवर्क भित्रएसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।
चाँडै आउँदैछ हिरोको ‘एक्सपल्स २००’, यी बाइकहरुसँग गर्नेछ प्रतिष्पर्धा
काठमाडौँ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले आफ्नो नयाँ उत्पादन ‘एक्सपल्स २००’ को बिक्री दशैं आसपासबाट नै शुरु गर्ने भएको छ । केहि दिन अघिमात्र पनि हिरोले नेपाली बजारमा ‘एक्सपल्स २०० टि’, ‘एक्सट्रिम २०० एस’ र ‘प्लेजर प्लस’ गरी तिन नयाँ मोडलहरुको बिक्री शुरु गरेको थियो । नेपालमा निकै प्रतिक्षारत रहेको यो मोटरसाइकललाई हालसालै सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा शोकेस गरिएको थियो । हिरोले अफरोड मोटरसाइकलको रुपमा बजारमा ल्याएको एक्सपल्स २०० मा एक्सट्रिम २०० आरमै भएको अण्डरपिनि¨हरु दिइएको भएतापनि यसको अफरोडि¨ क्षमतालाई विकास गर्न यो मोटरसाइकलमा केहि थप इक्कुइपमेन्टहरु पनि दिइएका छन् । हाइ माउन्टेड मर्डगार्ड, अफरोडि¨ नव्बि टायर्स, इञ्जिनगार्ड, माथि लगाइएको एक्जस्ट पाइप, नकल गार्डस्, व्हिण्ड शिल्ड लगायतका कुराहरुले यो मोटरसाइकललाई पर्फेक्ट अफरोडि¨ मेशिन बनाएको छ । त्यसैगरी यसको अफरोडि¨ विशेषतालाई ध्यानमा राखेर अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स दिइएका छन् । यी ठूला चक्काहरुले अफरोडमा आइपर्ने जस्तोसुकै अप्ठ्याराहरुलाई पनि पार गर्न सक्दछन् । खास फिचरका रुपमा एक्सपल्स २०० मा ब्लूतुथ कनेक्टिभिटी नेभिगेशनको फिचर सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यो मोटरसाइकलको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई २२२३ मिलिमिटर, चौडाइ ८५० मिलिमिटर, उचाई १२५७ मिलिमिटर र व्हिलवेस चाहिँ १४१२ मिलिमिटर छ । त्यसैगरी ग्राउण्ड क्लियरेन्स २२० मिलिमिटर र सीट हाइट ८२३ मिलिमिटरको रहेको यस मोटरसाइकलको कर्ब वेट भने १५३ के.जी. रहेको छ । यो मोटरसाइकलमा २०० सीसीको सि¨ल सिलिण्डर २–भल्व एयरकुल्ड इञ्जिन समावेश गरिएको छ जसले १८.४ बिएचपिको पावर र १७.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस मोटरसाइकलमा ट्रान्समिशन ड्यूटीको काम चाहिँ अफरोडि¨ पर्पोजको लागि ट्यून गरिएको ५–स्पिड गियरबक्सले गर्दछ । यस मोटरसाइकलको अगाडिको चक्कामा २७६ मिलिमिटर पेटल डिस्क ब्रेक र त्यसैगरी पछाडिको चक्कामा चाहिँ २२० मिलिमिटर पेटल डिस्क ब्रेक दिइएको छ । सेफ्टी फिचरका रुपमा यस मोटरसाइकलमा सि¨ल च्यानल एबिएस दिइएको छ । त्यसैगरी यसको अगाडि १९० मिलिमिटर सस्पेन्सन ट्राभल भएको टेलिस्कोपिक फर्क र पछाडि भने १०–स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । सिएट टायर प्रयोग भएको हिरो एक्सपल्स २०० को ब्युल्ट क्वालिटि मजबुत रहेको छ । नेपाली बजारमा यस मोटरसाइकलका प्रतिष्पर्धिहरुको रुपमा होण्डाको ‘एक्सआर १९० एल’, रोयल इन्फिल्डको ‘हिमालयन’, यामाहाको ‘एक्सटिजेड १२५’ जस्ता मोटरसाइकलहरु रहेका छन् । कम्पनीले जनाए अनुसार रु.३,७०,००० देखि रु.३,९०,००० मूल्यको हाराहारीमा यो मोटरसाइकल नेपाली बजारमा आउन लागेको हो ।