विकासन्युज

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई स्वास्थ्य बीमा दावी वापत रु. ४० लाख भुक्तानी

काठमाडौं । कर्मचारी सञ्चय कोषको केन्द्रिय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा ८ जना घातक रोगका सञ्चयकर्ताहरुलाई करिव रु. ४० लाख बराबरको घातक रोगको औषधोपचार खर्च प्रदान गरिएको छ । यसरी बीमा दावी रकम प्राप्त गर्ने सञ्चय कर्ताहरुमा शिवजी गुरुङ्ग, शान्ता थापा देउला, राधा देबी भट्टराई, नरेन्द्र कुमार श्रेष्ठ, शान्त बहादुर देउला, सावित्रि आचार्य, शान्त बहादुर भुजेल र लेखनाथ खतिवडा रहेका छन् । कार्यक्रममा वक्ताको रुपमा विरामी सञ्चयकर्ताको तर्फबाट शिवजी गुरुङ्गले सञ्चय कोष र बीमा कम्पनी बीच भएको यस प्रकारको बीमाले आम सञ्चयकर्ताहरुलाई निकै नै राहत मिलेको अनुभव सुनाए । उक्त कार्यक्रममा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले केही प्राविधिक तथा प्रशासनिक कठिनाईका बावजुत कम्पनीले बीमा दावी भूक्तानी प्रकृयालाई यहांसम्म ल्याईपुर्याईएको तथा आगामी दिनहरुमा अझ सशक्त ढङ्गबाट दावी प्रकृया अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रम कम्पनीका मुख्य ब्यवस्थापकसुवास कोईरालाले सञ्चालन गरेका थिए । राष्ट्रिय बीमा कम्पनी लि. र कर्मचारी सञ्चय कोष बीच सञ्चयकर्ताहरुको रु. १ लाख बराबरको औषधोपचार तथा रु. १० लाख बराबरको घातक रोगको उपचारको लागि बीमा गर्ने सम्वन्धमा २०७५ साल कार्तिक २८ गते सम्पन्न भएको समझदारीको आधारमा मिति २०७५ मंसिर १ गते देखि लागू हुने गरि बीमालेख जारी गरेको छ । हालसम्म ८५३ जना सञ्चयकर्ता विरामी हरुका लागि रु. तीन करोड ८८ लाख बराबरको बीमा दावी भूक्तानी समेत गरिसकिएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले जनाएको छ ।

हजार रुपैयाँको सबै नोट त्रुटीपूर्ण, ३ खर्ब १० अर्बको नयाँ नोट छापिदै, अबको नोटमा राम लक्ष्मण

काठमाडौं । हजार रुपैयाँ दरका नोट छपाईको क्रममा नेपाल राष्ट्र बैंकले ठूलो गल्ती गरेको भेटिएको छ । चलनचल्तीमा रहेको एक हजार रुपैयाँको नोटमा विदेशी हात्ती छापिएको पुष्टि भएको छ । कुनै पनि देशको मुद्रामा त्यो देशको संस्कृति र इतिहास झल्कने हुनुपर्छ । तर नेपाली नोटमा प्रयोग भएको हात्ती नेपाली नभएको पुष्टि भएको छ । ठूलो कान, दाह्रा र शरिरको बनौटको आधारमा नोटमा छापिएको हात्ती अफ्रिकन वा वर्मेली भएको विज्ञहरुले बताएका छन् । चलनचल्तीमा भएको नोट त्रुटीपूर्ण देखिएपछि राष्ट्र बैंकले ३ खर्ब १० करोड रुपैयाँ बराबरको हजार दरका ३१ करोड थान नयाँ नोट छाप्दैछ । नयाँ नोट दशैं अगाडि नै बजारमा आउने नेपाल राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । नयाँ नोटमा अब पुरानो हात्ती आउने छैन । एक हजार रुपैयाँ अंकित नयाँ नोटमा राम लक्ष्मण नाम गरेका दुई हात्तीको फोटो छापिने डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । नयाँ नोटमा आँखा नदेख्ने व्यक्तिले छामेर चिन्न सक्ने, फरक फरक कोणबाट हेर्दा फरक फरक रंग देखिने सुरक्षणयुक्त धागो लगायत एन्टिकपिङ (नक्कली नोट बनाउने नमिल्ने) फिचर हुने उनले बताए । किन राम र लक्ष्मण ? राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठको अनुसार राम र लक्ष्मण देवीकल्लीले जन्माएकी जुम्ल्याहा हात्ती हुन् । नयाँ नोटमा उनीहरुको फोटो राख्ने निर्णयपछि बन्य जन्तु संरक्षण विभागका कर्मचारले नै राम र लक्ष्मणको फोटो खिचेर राष्ट्र बैंकलाई बुझाएको उनले जानकारी दिए । ‘संसारमा हात्तीले जुम्ल्याहा बच्चा विरलै जन्मन्छन् । हात्तीका जुम्ल्याहा बच्चा जन्मिए भने पनि बिरलै बाँचेका हुन्छन् । तर चितवन राष्ट्रिय निकुल्जको प्रत्यक्ष निगरानीमा रहेकी देवीकल्लीले एक साथ जन्माएको जुम्ल्याहा हात्ती दुबै स्वस्थ्य छन् । त्यसैले पनि उनीहरुको फोटो राख्दा राम्रो हुने हामीले सुझाव दिएका थियौंं’ उनले भने । जुम्ल्याहा भएकोले उनीहरुको नाम राम र लक्ष्मण राखिएको हो । रामलाई हाल चितवनकै कसरामा पालिएको छ भने लक्ष्मणलाई सौराहमा पालिएको छ । २०६५ मंसिर २० गते चितवन राष्ट्रिय निकुञ्जमा जन्मिका राम लक्ष्मण अहिले ११ वर्षका भए । कसरी भयो गल्ती राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीका अनुसार २०२६ सालदेखि राष्ट्र बैंकले १००० रुपैयाँ दरको नोट छाप्न थालेको हो । नेपाली नोटको बारेमा जानकार श्याम सुन्दर अग्रवालका अनुसार शुरुमा हजारको नोटको अगाडि भागमा राजा महेन्द्रको फोटो थियो भने पछाडिको भागमा धौलागिरी हिमालको फोटो थियो । राजा महेन्द्र र धौवलागिरी हिमाल भएको नोटमा तत्कालनि गभर्नर यादवप्रसाद पन्तको मात्र हस्ताक्षर रहेको छ । महेन्द्रको निधनपछि हजारको नोटमा राजा विरेन्द्रको फोटो छापिए । धौलागिरी हिमाललाई हटाएर हात्तीको फोटो छाप्न थालियो । पूर्व गभर्नरहरु कुलशेखर शर्मा, कल्याणबिक्रम अधिकारी, गणेशबहादुर थापा, हरिसंकर त्रिपाठी, सत्येन्द्रप्यारा श्रेष्ठ, दिपेन्द्रपुरुष ढकालको पालासम्म हजारको नोटमा पटक पटक धेरै परिवर्तन भए तर हात्तीको फोटो परिवर्तन भएन । तत्कालनि राजा ज्ञानेन्द्र शाहको फोटो राखिएको हजारको नोटमा पनि हात्ती नै राखिएको थियो र नोटमा सहि गरेको थिए गभर्नर डा. तिलक रावलले । लोकतन्त्र आएपछि नेपाली नोटहरुमा राजाको फोटो हटाइयो । सगरमाथाको फोटो राख्न थालियो । सगरमाथा छापिएको नेपाली नोटमा पहिलो सहि गरे तत्कालिन कामु गभर्नर कृष्णबहादुर मानन्धरले । नोटमा राजा हटाएर सगरमाथा राख्न थालिए पनि जंगली जनावरको फोटो राख्ने परम्परा जारी रह्यो । नेपाली नोटबारे राम्रो जानकारी राख्ने अग्रवाल भन्छन्–अरु नोटमा राखिएको जनावर बेलाबेलामा परिवर्तन भईरहेको पाइन्छ । तर १००० रुपैयाँको नोटमा हात्तीको फोटो परिवर्तन भएन । अब सच्चियो, गल्ती नकोट्याउः सत्यमोहन जोशी पछिल्लो समय शदाब्दी पुरुष सत्यमोहन जोशीले नोटमा प्रयोग भएको हात्ती नेपाली नभएको जानकारी राष्ट्र बैंकलाई दिएका थिए । नोट तथा सिक्का छाप्ने क्रममा राष्ट्र बैंकले परामर्श लिदै आएको व्यक्तित्व जोशीले हात्तीको बारेमा गम्भीर विषय उठान गरेपछि राष्ट्र बैंकले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागसँग अध्ययनसहितको सुझाव मागेको थियो । विभागले उक्त हात्ती नेपाली नभएको जानकारी गराएपछि राष्ट्र बैंकले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको सुझाव अनुसार राम लक्ष्मणको फोटो राख्न लागेको हो । ‘नयाँ नोटमा राम लक्ष्मणको फोटो आउँदैछ । सच्याउनुपर्ने काम सच्चिएको छ । अब गल्ती नकोट्याऊ’ विकासन्युजसँगको संक्षिप्त कुराकानीमा संस्कृतिविद जोशीले भने–‘गभर्नर कल्याण विक्रम अधिकारी देखि गभर्नर चिरञ्जीवि नेपालसम्म नोट डिजाइन समितिमा म छु । गभर्नर फेरिए, म रहिरहे । गल्ती कमजोरी भए, त्यसलाई नखोतलौ ।’ तर हजार दरका नोटमा छापिएको हात्ती विदेशी वा स्वदेशी भनेर प्रमाणित नभएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी बताए । ‘हाल नोटमा रहेको हात्ती विदेशी भनेर हटाउन लागिएको होइन’ डेपुटी गभर्नर शिवाकोटीले भने–‘पछिल्लो समय राष्ट्र बैंकले नोट छाप्नुपूर्व नोटको बारेमा विस्तृत जानकारी अभिलेख आन्तरिक रुपमा राख्न लागिएको छ । सोही क्रममा पहिला प्रयोग भएको हात्तीको बारेमा विस्तृत जानकारी भएन । कसले खिचेको ? कहाँको हात्ती ? भन्ने जानकारी राष्ट्र बैंकलाई पनि भएन । कतै वेवसाइटबाट तानेरा राखिएको थियो कि भन्ने आशंका पनि रह्यो । त्यसैले नयाँ पुरानो हात्ती हटाएर राम लक्ष्मणलाई राख्न लागिएको हो ।’ राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागले दिएको हात्तीको फोटो राम्रो पनि भएको र त्यस फोटोको बारेमा पूर्ण जानकारी पनि भएकोले नयाँ नोटमा प्रयोग गरिएको उनले बताए । हजारको नोटमा जस्तै सबै नेपाली नोटहरुमा नेपालमा पाइने विभिन्न प्रकारका जनावरहरुको प्रयोग भएको छ । ५ रुपैयाँको नोटमा याक (चौरी गाई), १० रुपैयाँको नोटमा कस्तुरी मृग, २० रुपैयाँको नोटमा जरायो, ५० रुपैयाँको नोटमा हिँऊ चितुवा, १०० रुपैयाँको नोटमा गंैडा, ५०० रुपैयाँको नोटमा बाघ र १००० रुपैयाँको नोटमा हात्ती छ । पहिला पनि गल्ती यसअघि राष्ट्र बैंकले २० रुपैयाँ दरका नोट छाप्दा पनि यस्तै विवाद भएको थियो । ‘बीस’ को सट्टा बिस लेखेपछि भाषाविद्हरुले राष्ट्र बैंकको कडा आलोचना गरेका थिए । ‘संस्कृत, भाषाको ज्ञाता राष्ट्र बैंक होइन । मुद्रामा भाषा, सस्कृति, राष्ट्रिय पहिचाहनको चिन्ह राख्दा हामीले विज्ञको सहयोग लिन्छौं’ डेपुटी गभर्नर चिन्तापणि शिवाकोटीले भने । कुनै पनि दरको नोटको डिजाइन तयार गर्दा राष्ट्र बैंकले नोट डिजाईन समिति बनाउँछ । समितिमा गभर्नर, दुई जना डेपुटी गभर्नर, नोट विभागका कार्यकारी निर्देशक, नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट एक जना विज्ञ, वन विभागका विज्ञ, पुरातत्व विभागको विज्ञ लगायतको सहभागिता हुन्छ । मुद्राको भित्र, प्राविधिक फिचर राष्ट्र बैंकले तयार गर्छ । नोटमा हुनुपर्ने सुरक्षणको फिचरहरु राष्ट्र बैंकले नै तय गर्छ । तर नोटमा राष्ट्र प्रमुखको फोटो राख्ने वा सगरमाथाको, जनावरको वा राष्ट्रिय पहिचान झल्कने चिन्ह्र के राख्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्छ ।

जनकपुरको रामचोकमा टिभीएसको ह्विली बिट्स कन्सर्ट सम्पन्न

काठमाडौँ । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावलीको अवसरमा ग्राहकलाई लक्षित गरि “टिभीएस दशैको दौड” भन्ने स्किम शुरु गरेको छ । उक्त अवसरमा जगदम्बा मोटर्स प्रालिले नेपालको मुख्य मुख्य सहर मा ह्विली बिट्स कन्सर्ट नामको कार्यक्रम सुरु गरेको छ । यसैक्रममा भदौ ३१ गते जनकपुरको रामचोकमा उक्त कार्यक्रम सम्पन्न गरको छ । कार्यक्रममा रास्ट्रिय बाइक राइडर सन्दिप छेत्री, प्रकाश अधिकारी, भिम होना साथै गौरब पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए । चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि प्रस्तुति रहेको थियो ।

उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाईभ

काठमाडौँ । टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरु मध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयर उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । साथै सम्मान स्वरुप टाटा मोटर्सद्घारा टाटा एचफाईभ प्रदान गरेको हो । उक्त कार्यक्रममा टाटा मोटर्सका आईवि हेड (पार्टस्) राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठद्वारा सयुक्त रुपमा हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराएकोमा धन्यबाद व्यक्त गर्दै आगामी दिनमा अरु जिम्मेवार भएर काम गरिदिनका लागि अनुरोध गरे । आगामी दिन अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरहरुलाई लक्षित गरी विविध कार्यक्रमहरु ल्याईने सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज बुढाथोकीले बताए ।

सिटी एक्सप्रेसको ‘लखपति एक्स्प्रेस २०७६-न यति न उति सिधै लखपति’ उपहार योजना

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्मचल्ने “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १०जनाले रु. २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु. १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने १ जनालाई रु १००,००० उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु. १०,००,०००जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गतेसम्म लागू हुने जनाइएको छ ।

गत आवमा १ लाख ३ हजार परे बीमा दावी, अझै ११ अर्ब भुक्तान हुन बाँकी

काठमाडौ । निर्जीवन बीमा कम्पनीहरूले आव २०७५/७६ मा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ बीमा दावी भुक्तान गर्न बाँकी रहेको छ । गत आवमा १७ बीमा कम्पनीमा १ लाख ३ हजार बीमा दावी परेको थियो । सो बीमा दावीमध्ये कम्पनीहरूले सो अवधिमा ८२ हजार २ सय ८० दावीको १३ अर्ब ३२ करोड १२ लाख रुपैयाँ भुक्तान गरेका छन् । गएको आवमा २४ अर्ब २३ करोड ७२ करोड रुपैयाँ मूल्य बराबरको बीमा दावी परेको थियो । बीमा कम्पनीहरूले बीमा दावीे भुक्तान गर्न समय लगाएपनि कागजात पुग्ने वित्तिकै बीमा दावी भुक्तान प्रक्रिया अघि बढाउने गरेको बीमा समितिले जनाएको छ । कुनैपनि बिमितले बीमा दावी भुक्तानीको लागि सम्बन्धित बीमा कम्पनीमा निवेदन दिएको १५ दिनभित्र सर्वेयरले जाँचबुझ गरी दावी बीमाको मूल्यांकन प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था बीमा नियमावली २०४९ मा उल्लेख गरिएको छ । कम्पनी उक्त प्रतिवेदन प्राप्त गरेको ३५ दिनभित्र बीमा दावी भुक्तान गरिसक्नु पर्ने व्यवस्था छ । दाबी परेको रकम धेरै जस्तो देखिएपनि कम्पनीहरुले पुर्नबीमा मार्फत भुक्तानी गर्ने भएकाले यसले बीमा बजारमा खासै असर नपार्ने बीमा विज्ञ भोजराज शर्माले बताए । बीमा विज्ञ शर्माले हवाईजहाजको मूल्य धेरै पर्ने भएकाले दाबी समेत धेरै नै देखिएको सुनाए । त्यस्तै, पुनर्बीमा कम्पनीले भने हवाई बीमाको ९९ प्रतिशत र अन्य अग्नि लगायतको बीमामा ६० प्रतिशत जोखिम व्यर्होर्दै आएको पाइन्छ । २० निर्जीवन कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी तथा एनएलजी इन्स्योरेन्स कम्पनीको तथ्यांक भने बीमा समितिको तालिकामा देखिदैन । [pdf id=171846]

ईपीएल भारतीय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । एभरेष्ट प्रिमियर लिगको यस वर्षको संस्करणको प्रसारण भारतीय टेलिभिजन च्यानल डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ बाट हुने भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे लिगको जानकारी दिएका हुन् । डिस्कभरी एसिया प्यासिफिकले सञ्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकारी खरिद गरेको हो । नेपालको लागि भने प्रसारण अधिकारी ईपीएलसँग नै रहेको छ । अख्तरका अनुसार आवश्यक परेको खण्डमा ईपीएलले नेपाली च्यानलहरुलाई पनि लिगबारे अधिकार प्रदान गर्न सक्नेछ । डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । ईपीएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अख्तरले गर्व महसुस गर्दै विश्वसामु नेपालको राम्रो सन्देश जाने बताए । डी स्पोट्र्सका दिलिपले पनि नेपालमा आएर प्रतियोगिता प्रसारण गर्न पाउँदा उत्साहित भएको बताए । यू१९ टोलीका प्रशिक्षक विनोद दासले अन्तर्राष्ट्रिय बोर्डकाष्टले विदेशी समर्थक आर्कषित गर्नुको साथै स्तरीय प्रसारण देख्न पाइने र नेपाल पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउने बताए । नेपाली क्रिकेटमा पहिलो पटक अन्तर्राष्ट्रिय मिडिया डी स्पोर्ट्सको प्रयोग गरिएको हो । यसअघि ईपीएलले पहिलो संस्करण कान्तिपुर टेलिभिजनले गरेको थियो । दोस्रो र तेस्रो संस्करण भने एपिवान एचडीले गरेको थियो । चौथो संस्करणको ईपीएल आगामी फागुन १७ देखि चैत्र १ सम्म हुने छ ।एभरेष्ट प्रिमियर लिगको ६ शहरमा ६ टोली रहेका छन् । गत वर्षको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो ।

सगरमाथा प्रिकास्ट प्रालिको ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा

काठमाडौँ । सगरमाथा प्रिकास्ट प्रालिको ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा आएको छ । सगरमाथा प्रिकास्टको स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ प्लान्ट सुनवल नवलपरासीमा रहेको छ । प्रिकास्ट निर्माण टेक्नोलोजीको अग्रणी हो र यसले स्मार्ट इन्फ्रास्टक्चर निर्माणमा सहयोग पुग्ने सगरमाथा प्रिकास्ट प्रालिले जनाएको छ । हाल कम्पनीले विश्वव्यापी उत्कृष्ट टेक्नोलोजीहरु प्रयोग गरिरहेको जनाएको छ । साथै उच्च गुणस्तरीय कच्चा पदार्थहरु सुक्ष्म रुपले कम्पनीको स्टेट अफ दी आर्ट प्रयोगशालामा परीक्षण गर्छ । जसले उत्तम गुण, उच्च शक्ति, आयामी सटीकता र स्थिरताका साथ नवीन उत्पादनहरुको ग्यारेन्टी जनाइएको छ । कम्पनीले मेक ईन नेपाल प्रवृत्तिको प्रतिबद्धता जनाएको छ । साथै यो उत्पादन नेपालमा पहिलो पटक आर्थिक विकासको लागि बनेको र यसले नेपालीलाई ठूलो संख्यामा रोजगारी पनि दिएको जनाइएको छ ।