विकासन्युज

हाइड्रो उद्यमीका दुःख-‘अब घरखेत जान मात्र बाँकी छ’

‘घरखेत मात्र जान बाँकी छ, अब जाग्नुस् नभए डुब्नुस्’, रुग्ण जलविद्युत आयोजना समन्वय समितिका सभापति सूर्य अधिकारीले आक्रान्त हुँदै बोलेको वाक्य हो यो । बुधबार राजधानीमा स्वतन्त्र ऊर्जा उत्पादक संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो वाक्य मात्र नभइ यस्तै अनेकौं वाक्यहरू आक्रोसका साथसाथै भावुक भएर प्रस्तुत गरे । जलविद्युत आयोजनाहरुको वर्तमान अवस्था विषयक कार्यक्रममा अधिकारी सहित दर्जनौं हाइड्रो उद्यमीहरूले आफुहरू कि गर कि मरको अवस्थामा पुगेको सुनाए । पछिल्लो समयमा सरकारले हाइड्रोपावर क्षेत्रलाई अनेक नीति नियम बनाइ हतोत्साहित गर्न खोजेको सुनाउँदै उनीहरूले थुपैं जलविद्युत आयोजनाहरू रुग्ण अवस्थामा रहेको जानकारी गराए । विद्युत नियमावली २०५० बनिसकेपछि देशको जलविद्युत विकासमा महत्वपूर्ण योगदान निजी क्षेत्रले गरेकोमा हाल आएर सरकारले आफूहरुलाई विभिन्न अंकुश लगाएर विस्थापन गर्न खोजेको समेत आरोप लगाए । स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले राष्ट्रिय प्रसारण लाईनमा आधा भन्दा बढि ऊर्जा नीजि क्षेत्रबाट उत्पादन भएको बताउँदै आफुहरूको लगानीका कारण नेपालले उर्जाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए । ‘सरकारले कागजमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भनेको छ’ उनले भने, तर कार्यान्वयनमा भने हाइड्रो उद्यमीहरूलाई विभिन्न शर्तहरूमा अंकुश लगाएर अनावश्यक कार्बाही गरी रहेको छ ।’ हाइड्रोमा नीजि क्षेत्रको लगानी ७ खर्ब लगानी रहेको र सरकारले हाइड्रो क्षेत्रका विभिन्न समस्याहरूलाई समाधान नगरे ६६ वटा आयोजनाहरू (२८१.५९ मे.वा) बन्द भई राष्ट्रिय पुँजी निर्माण र जलविद्युत क्षेत्रको विकासमा गम्भिर असर पर्न जाने संकेत गरे । यदि यी उद्योगहरू फस्टाउन सकेनन् भने बैंकको ३६ अर्ब ऋण र १६ अर्ब स्वपुँजी डुब्छ,’ उनले भने । रुग्ण जलविद्युत आयोजनाका सभापति अधिकारीले हाल विद्युत खरिद दर, ब्याजदर, प्रसारण लाईन, ढिलो उत्पादन हर्जानालगायत जलविद्युत क्षेत्रका विद्यमान समस्या रहेको उल्लेख गरे । प्राधिकरणले विद्युत प्रसारण लाईन नबनाएर निजी क्षेत्रबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न नपाए वापत क्षतिपुर्ति तिर्नु पर्ने, अनुदान वाफतको रकम तत्काल भुक्तनी गर्नु पर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, स्वदेशी र विदेशी लगानीकर्ताहरूबीचको विभेद हटाउने लगायत कुराहरूलाई समाधान गरे मात्र हाइड्रो क्षेत्र सन्तुलित र व्यवसाय गर्न सहज हुने तर्क राखे । कार्यक्रममा हाल सञ्चालनमा रहेका आयोजनाहरूको अवस्था प्रस्तुत गर्दै वैदेशिक लगानीका ६ वटा (२०१.४० मे.वा.), नाफामा रहेका ११ वटा ( ७७.७९ मे.वा.), कमजोर अवस्थामा रहेका २८ वटा ( १३४.०३) रहेका छन् । नाजुक अवस्थामा रहेका १८ वटा ( ८०. ९१ मे.वा) र बैंकले लिलाम गर्ने अवस्थाका पुगेका रुग्ण २० वटा (६६.६५ मे.वा) गरी जम्मा ८३ वटा (५६०.७७ मे.वा ) आयोजनाहरूमा समस्या देखिएको छ । सरकारको विगत १०८ वर्ष र निजी क्षेत्रको विगत २५ वर्षको जलविद्युत उत्पादनको तुलना गर्दा सरकारी स्तरबाट हाल सम्म तीन हजार आठ सय पाँच मेगावाट क्षमताका ४९ वटा आयोजना र निजी स्तरको लगानीबाट १३ हजार एक सय ४९ मेगावाटका ६ सय ७० आयोजनाहरू निर्माण र निर्माणाधीन अवस्थामा रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि जलविद्युतमा निजी लगानीकर्तालाई प्रोत्साहन गर्ने भनिए पनि कार्यान्वयनमा ध्यान नदिनु गलत भएको बताए । हाइड्रोपावरले देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्छ,’ उनले भने ‘व्यवसायीलाई दिनु पर्ने रकम समयमै नदिनुको कारण स्पष्ट बुझ्न पाए राम्रो हुन्थ्यो ।’ कार्यक्रममा पूर्व अर्थमन्त्री रामशरण महतले विकासको प्रमुख आधार र क्षेत्र जलविद्युत् भएकोले निजी जलविद्युत आयोजनाहरूलाई हस्तक्षेप तथा हतोत्साहित गर्न खोज्नु सरकारको ठूलो त्रुटी रहेको बताए ।

महिन्द्राको बाइक वा स्कुटर किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् विशेषता, मूल्य कति ?

काठमाडौँ । भारतीय मोटरसाइकल उत्पादक कम्पनी महिन्द्रा टू व्हिलर्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले नेपालमा महिन्द्राका ६ ओटा मोडेलहरु विक्री वितरण गर्दै आएको छ । ‘गस्टो आरएस’, ‘गस्टो भिएक्स’ र ‘गस्टो १२५’ गरी स्कुटरका तिन मोडेल र त्यसैगरी ‘सेन्ट्युरो डिस्क ब्रेक’, ‘सेन्ट्युरो रकस्टार’ र ‘मोजो एक्सटि ३००’ गरी मोटरसाइकलका पनि तीनओटै मोडेलहरु कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको छ । आउनुस् जानौं ती मोडेलहरु र तिनका मूल्यका बारेमा । गस्टो ११० (गस्टो आरएस र गस्टो भिएक्स) गस्टो ११० हेर्दा डिसेन्ट देखिएतापनि यसमा केहि यूनिक फिचरहरु समावेश गरिएका छन् । जस्तै हाइट एडजस्ट गर्न मिल्ने सिट, रिमोट फ्लिप की, फाइण्ड मि ल्याम्प, गाइड ल्याम्प, ठूला ट्यूवलेश टायर, इजि फ्रन्ट किक आदि । यो स्कुटरमा प्रयोग भएको १०९.६ सीसी ४–स्ट्रोक एयरकुल्ड इञ्जिनले ८.० बिएचपिको पावर र ९ एनएमको टर्क प्रोड्यूस गर्दछ । यसले दिने माइलेज र यसको मूल्यले नै यो स्कुटरलाई अरुको तुलनामा खास बनाएको छ । कम्पनीले गस्टो ११० ले ६३.७ केएमपिएलको माइलेज दिन्छ भनी क्लेम गरेको छ । नेपालमा गस्टो ११० को आरएस र भिएक्स गरी दुई अलग भेरियन्टहरु विक्रि भइरहेका छन् । कम्पनीले नेपाली बजारमा गस्टो आरएसको मूल्य रु.१,८२,५०० तोकेको छ भने गस्टो भिएक्सको मूल्य चाहिँ रु.१,८६,५०० तोकेको छ । गस्टो १२५ गस्टो ११० भन्दा केही पावरफुल यस स्कुटरमा टेलिस्कपिक फ्रन्टफर्क र हाइड्रोलिक रियर शक दिइएको छ भने ब्रेकको रुपमा यसका दुवै चक्कामा ड्रम ब्रेक दिइएको छ । त्यसैगरी यो स्कुटरमा १२ इञ्च अलोए व्हील पनि दिइएको छ भने अन्य फिचरहरु चाहिँ गस्टो ११० को जस्तै नै छन् । इञ्जिनको कुरा गर्नुपर्दा यस स्कुटरमा एमसिडिआइ टेक्नोलोजी सहितको १२४.६ सीसीको इञ्जिन दिइएको छ जसले ८.५ बिएचपिको पावर र १० एनएमको टर्क प्रोड्यूस गर्दछ । नेपालमा उपलब्ध गस्टो १२५ को मूल्य भने रु.२,०६,५०० रहेको छ । सेन्ट्युरो डिस्क ब्रेक यो मोटरसाइकलको डिजाइन एलिमेन्टका रुपमा फ्यूल ट्याङ्क तल रहेको गोल्डेन टुइन बार, मल्टि–कलर्ड डेकल्स र डिजिटल ड्यासबोर्ड रहेका छन् । त्यसैगरी यसको अन्य फिचरहरुका रुपमा फ्लिप की, इञ्जिन इम्मोबलाइजर, एनटि–थेप्ट अलार्म, एलइडि पार्किङ लाइटजस्ता कुराहरु रहेका छन् । इञ्जिनको कुरा गर्नुपर्दा यस मोटरसाइकलमा १०६.७ सीसीको सिङ्गल सिलिण्डर एयरकुल्ड इञ्जिन दिइएको छ जसले ८.४ बिएचपिको पावर र ८.५ एनएमको टर्क प्रोड्यूस गर्दछ । अगाडिको चक्कामा डिस्क ब्रेक दिइएको यस मोटरसाइकलको मूल्य नेपाली बजारमा रु.१,७५,००० रहेको छ । सेन्ट्युरो रकस्टार यस मोटरसाइकलमा सेन्ट्यूरो डिस्क ब्रेकमै दिइएको इञ्जिन भएतापनि अन्य केहि फिचरहरु भने फरक रहेका छन् । तुलनात्मक रुपमा हेर्दा सेन्ट्युरो रकस्टारमा बोल्ड रकस्टार ग्राफिक्स्, मेन्टेनेन्स फ्रि ब्याट्री, लामो सिटजस्ता फरक फिचरहरु रहेका छन् । कम्पनिले नेपाली बजारमा यस मोटरसाइकलको मूल्य रु.१,६३,००० तोकेको छ । मोजो एक्सटि ३०० यस मोटरसाइकलमा अप्साइड डाउन फर्क र पिरेली टायरजस्ता प्रिमियम कुराहरुको प्रयोग गरिएको छ । यसका साथै यस मोटरसाइकलमा २९५ सीसीको लिक्विड–कुल्ड ४–भल्भ सि¨ल–सिलिण्डर फ्यूल इन्जेक्टेड इञ्जिन दिइएको छ जसले २७ बिएचपिको पावर र ३० एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस मोटरसाइकलमा ६–स्पिड गियरबक्स पनि दिइएको छ । नेपाली बजारमा मोजो एक्सटि ३०० को मूल्य भने रु.५,८०,००० रहेको छ ।

स्काईवर्थद्वारा ‘ग्राण्ड छुट उत्सव’ को घोषणा

काठमाडौँ । स्मार्ट अपलायन्सेस् प्रालि(केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी)ले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा “स्काइवर्थ ग्राण्ड छुट उत्सव” सार्वजनिक गरेको छ । यो क्याम्पेनको नारा “स्काईवर्थ सँग सबै दङ्ग ३०% सम्म छुट पाइ सबै फुरुङ्ग” रहेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले हरेक स्काईवर्थ होम अपलायन्सेस्को खरिदमा ३०% सम्मको छुट प्राप्त गरेर यस चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् । स्काईवर्थ होम अपलायन्सेस् दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वाशीलो र भरपर्दो उत्पादन बनेको छ । एक उत्कृष्ट ब्राण्ड स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमईको कार्डबाट जुनसुकै पीओएस मेशिनमार्फत पुनः कारोबार सुचारु

काठमाडौँ । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल(पीओएस) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । यससँगै डेबिट,क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल(पीओएस) मेशिनहरुबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु यथाशीघ्र सुचारु गराउन बैंक प्रतिबद्ध रहेको जनाएको छ । बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल(पीओएस) मेशिनहरु रहेका छन् ।

विश्वकर्मा पूजाको दिन सवारी पूजाः ‘बीमा गरेर बनाउन सकिन्छ थप सुरक्षित’

काठमाडौ । सवारी साधनलाई पूजा गरेर बुधबार विश्वकर्मा पूजा गरिंदैछ । सवारी साधनलाई सुरक्षित बनाउन विश्वकर्मा पूजाको दिन जसरी महत्वका साथ पूजा गरिन्छ, त्यो भन्दा बढी आवश्यक बीमा गर्नु रहेको बीमा क्षेत्रका विज्ञहरु बताउँछन् । तर, बीमाको महत्व अझै बुझाउन सकिएको छैन । जनरल इन्स्योरेन्स कम्पनीका एक्टिङ सिईओ एसके टमोटले भने–‘हामीलाई सवारी पूजा गर्नु पर्छ भन्ने सानैबाट सिकाइयो, तर सवारीको बीमा गर्नु पर्छ भन्ने कुरा सिकाइएन, सोही कारण सवारी सुरक्षाका लागि पूजा मात्र गरिन्छ ।’ एक्टिङ सीईओ तमोटले आज विश्वकर्मा पूजाको दिनमा पनि आफ्नो सवारीको पूजा गरेका छैनन् । अहिले पूजा नगरेपनि दशैँको बेलामा भने सवारी पुज्ने गरेको बताए ।बीमाको आफ्नै महत्व भएकाले बीमा गराउँदा आफ्नै सुरक्षा हुने उनले तर्क गरेका छन् । साथै आपूmहरुले समेत बीमा चेतना वृद्धि गर्न समय समयमा सघाउँदै आएको बताए । हामीले एक पटक बीमा गर्नुस भन्छौँ, २ पटक बीमा गर्नुस् भन्छौँ, ३ पटकपनि बीमा गर्नुस् भन्छौँ, तर चौथो पटकबाट हामीलाई नै भन्ने जाँगर हराउँछ । बीमा व्यवसाय भनेको नाफामुलक मात्र नभई सेवामूलक व्यवसाय हो । हामीले पोलिसी बेचेपछि हाम्रो काम सकिन्न, भर्खर सुरु हुन्छ । ३ पटकसम्म बीमा गर्न हामीले अनुरोध गर्नको कारण बीमितले राम्रोसँग बीमालाई बुझुन् भन्ने हो–उनले बताए । सडकमा रहेको जोखिमलाई गाडी पूजा गरेर मात्र नभई बीमा गरेर थप सुरक्षित बनाउन सकिने उनको तर्क छ । यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चंकी क्षेत्री भन्छन्–‘सवारी बीमा गर्न आवश्यक हुनुको कारण सडक आफँैमा जोखिमपूर्ण क्षेत्र भएकाले हो ।’ उनले सडकमा आफूले बचेर चलाउँदा समेत अर्कोले गर्ने लापरवाहीले आफूलाई असर पुर्याउने भएकाले बीमा आवश्यक हुने बताए । भगवानको पूजा आस्थाका कारण गरिन्छ भने दुर्घटना हुँदा भगवानलाई नै दोष दिने चलन हाम्रोमा छँदैछ । तर, हामीले दोष दिनु भन्दा समयमा नै बीमा गर्नु पर्छ भन्ने हो–सीईओ श्रेष्ठले भने ।

सनराइज बैंकको १२ औँ वार्षिकोत्सव, सीईओ पौड्यालसहित १५० भन्दा बढीले गरे रक्तदान

काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले काठमाडौको गैरीधारा स्थित प्रधान कार्यालयबाट कार्यक्रमको सुरुवात गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । बैंकले काँकडभिट्टा, लहान र बुटवल शाखामा पनि रक्तदान कार्यक्रम गरेको छ । बुधबार बैंकले आयोजना गरेको कार्यक्रमहरुमा १५० भन्दा बढीले रक्तदान गरेका छन् । बैंकले असोज महिनालाई १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

इटहरीको पचरुखीमा टिभीएसको ह्विली बिट्स कन्सर्ट सम्पन्न

काठमाडौँ । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालीहरुको महान पर्ब बडादशैँ तथा दीपावलीको अवसरमा ग्राहकहरुलाइ लक्षित गरि “टिभीएस दशैको दौड” भन्ने स्किम लागु गरेको छ । यही अवसरमा जगदम्बा मोटर्स प्रालिले नेपालको मुख्य मुख्य सहर मा ह्विली बिट्स कन्सर्ट सुरु गरेको छ । यसैक्रममा असोज १गते बिश्वकर्मा पूजाको दिन इटहरीको पचरुखीमा ह्विली बिट्स कन्सर्ट कार्यक्रम अन्तर्गत् रास्ट्रिय बाइक राइडर सन्दिप छेत्री, प्रकास अधिकारी भिम होना साथै गौरब पाठकले स्टन्ट शो प्रस्तुत गरे । चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि प्रस्तुति रहेको थियो । दशैँको दौड हो स्किमसंगै देशभरि आउने शनिबार स्वास्थ्यको लागि दशैँको दौड भन्ने कार्यक्रम अन्र्तगत देशका जनतालाई दौडाउने कार्यक्रम पनि रहेको जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए ।

भृकुटीमण्डपमा चाडपर्व लक्षित स्टक क्लियरेन्स मेला शुरु, सामान सस्तोमा पाइने

काठमाडौँ । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला शुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा शुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् । मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पुर्याउने बताए । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले बताए । विगत वर्षका मेला अधिक रुचाइए पछि यसवर्ष पनि मेलालाई निरन्तरता दिइएको हो । मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । यस पटकको मेलामा विभिन्न किसिमकाबम्पर छुट अफर समेत सञ्चालन गरिएको छ । मेलामा जुत्ता तथा चप्पल उद्यमी समूह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दाबढी मोडलका जुत्तातथाचप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समूहले निरन्तर सहभागिता जनाउने छ । मेलामा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् ।