
काठमाडौँ । स्मार्ट अपलायन्सेस् प्रालि(केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी)ले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा “स्काइवर्थ ग्राण्ड छुट उत्सव” सार्वजनिक गरेको छ । यो क्याम्पेनको नारा “स्काईवर्थ सँग सबै दङ्ग ३०% सम्म छुट पाइ सबै फुरुङ्ग” रहेको छ ।
यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले हरेक स्काईवर्थ होम अपलायन्सेस्को खरिदमा ३०% सम्मको छुट प्राप्त गरेर यस चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् ।
स्काईवर्थ होम अपलायन्सेस् दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वाशीलो र भरपर्दो उत्पादन बनेको छ ।
एक उत्कृष्ट ब्राण्ड स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको कम्पनीले जनाएको छ ।