विकासन्युज

सनराइज बैंकको १२औं वार्षिकोत्सवमा सरसफाई कार्यक्रम

काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । “सफा रहौं सफा राखौं-हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का, कावाश्वती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाहरुबाट सरसफाइ कार्यक्रम गरिएको हो । बंैकले असोज महिनालाई १२ औं वार्षिक उत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

मुनाल सहकारीका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट

काठमाडौँ । कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा पृथ्बीचोकमा रहेको चरक मेमोरियल हस्पीटल प्रालिबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बिहीबार दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र चरक मेमोरियल हस्पीटल प्रालिको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सेयर सदस्य, सदस्यका परिवार र सहकारीका कर्मचारीले मुनाल डिस्काउन्ट कार्ड र आफ्नो परिचयपत्र मार्फत चरक मेमोरियल हस्पिटलले प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा बिशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् । हस्पिटलले २४ घण्टा इमर्जेन्सी सेवा, अनुभवी विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताइएको छ । हस्पिटलले छिटै नै नागढुङ्गा स्थित हेलीप्याड सहितको आफनै भवनबाट नियमित स्वास्थ्य सेवाको अलावा सिटि स्क्यान, अत्याधुनिक ल्याब, फार्मेसी, मुटुरोग, न्युरो, मृगौला सम्बन्धी सम्पुर्ण रोगको शल्यक्रिया र उपचार गर्ने तयारी गरेको अध्यक्ष डा. बद्री पौडेलले बताए । पोखरामा कर्पोरेट हस्पिटलको आबश्यकता महसुस गरी चरकले यस किसिमको उपचार सेवा दिन लागेको अध्यक्ष डा.पौडेलले बताए । चरक मेमोरियल हस्पिटलसंगको यो सहकार्यबाट सहकारीका सेयर सदस्य, सदस्यका परिवार र कर्मचारी स्वास्थ्य सेवाबाट लाभान्वित हुने मुनाल सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईँले बताए ।

एनआईसी एशिया क्यापिटलले घर र अफिसमै डिम्याट सेवा दिने

काठमाडौँ । एनआई सी एशिया क्यापिटल लिमिटेडले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको अवसरमा सेवाग्राहीहरुको घर/कार्यालयमै गई डिम्याट खाता खोलिदिने भएको छ । २०७६ बैशाख १ गतेदेखि शुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाई ‘एनआईसी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा’को अभियान थालनी गरेको हो । साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीनजना व्यक्तिहरुको समूह हुनु पर्ने यो सेवा काठमाडौँ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।

विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण नि:शुल्क

काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निशुल्क गर्ने भएको छ । विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो । अस्पतालसहित लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् । ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर अस्पताल प्राङ्गणमा सो दिन निःशुल्क स्वास्थ्य शिविर पनि हुदैँछ । मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु मात्र निशुल्क हुने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए । उनका अनुसार सो दिन अस्पताल परिसरमा हुने निशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिनेछ । शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए ।

भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार

काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटी मण्डपमा फेस्टिवल शपिङ मार्केट सुरु भएको छ । पूर्व प्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेकी हुन् । मेला उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधीस कार्कीले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन् । ‘अफरै अफरको ब्यापारिक भेला, शपिङ गर्ने यहि हो बेला’ भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् । चाडपर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले फेस्टिवल मार्केट सुरु गरेको हो । फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई उपहार प्रदान गरिनेछ । दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिने जनाइएको छ । राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिङ मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रलिका अध्यक्ष सुनिल भण्डारीले बताए । फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समूह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ । एक्सपोको प्रवद्र्धन काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोको प्रवद्धन गरेका छन् । फेस्टिवल सपिङ मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।

कारहरुको लागि होण्डाको ड्रिम एक्सचेञ्ज योजना 

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले तीन दिनका लागि होण्डा ड्रिम एक्सचेञ्ज योजना ल्याएको छ । असोज ९, १० र ११ गते, होण्डा कार शोरुम, रिङ्गरोड धोबीघाटमा हुने एक्सेन्ज योजनामा कुनै पनि पुरानो कारसँग नयाँ होण्डा कार एक्स्चेन्ज गर्न सकिने छ । योजना अविधि भर होण्डाका ग्राहकहरुले एक्सचेन्जमा विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन् । योजना अन्तर्गत ग्राहकहरुले होण्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९.५% को ब्याजदरमा ७०% सम्मको फाइन्यानसिङ्ग सुविधा, रु. १ लाखसम्मको आकर्षक बोनस एक्स्चेन्ज, रु.५०,००० सम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

पिज्जा वल्र्डको तेस्रो आउटलेट पेप्सीकोलामा, २५ प्रतिशतसम्म ओपनिङ डिस्काउन्ट

काठमाडौँ । काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जावल्र्ड नेपालले स्थापनाको तीनबर्षको अवधिमा तेस्रोशाखा संचालनमा ल्याएको छ । झण्डै दुई बर्ष अगाडि ललितपुरको कुमारीपाटीमा दोस्रो शाखा विस्तार गरेको पिज्जावल्र्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको हो । पेप्सीकोला शाखाको बिहीबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् । करिब एक करोडको लगानीमा पिज्जावल्र्डको उक्त शाखाविस्तार गरिएको हो । स्थापना भएको छोटो अवधिमा नै ग्राहकको राम्रो रेस्पोन्स पाएकाले पिज्जाका पारखीहरूको मागलाई ध्यानमा राख्दै शाखाविस्तार गरिएको पिज्जावल्र्डले जनाएको छ । सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकहरुले त्यसलाई रुचाउँदा छोटो समय भित्रै चेन खोल्न सफल भएको संचालक उद्धव खड्का बताउँछन् ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा भोजपुरको हेलौंछामा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गते १०२ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णुकुमार भुजेलले उद्घाटन गरेका हुन् । उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कटवाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।